कार्मन रेखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैङ्य्यानिक थियोडोर वोन कार्मन (Theodore von Kármán)ले सर्व प्रथम पृथ्वीको वायुमण्डल १०० कि.मीको छेउ छाउमा अत्यन्त पातलो हुन्छ र कुनै पनि विमानलाई उडान गर्न आवश्यक चाप पुग्दैन भन्ने पत्ता लगाएका थिए। उक्त क्षेत्रमा अत्यधिक तापक्रम र सौर्य उर्जा रहने तथ्य पनि प्रमाणित गरेका थिए। तत्पश्चात सो क्षेत्रलाई पृथ्वीको वायुमण्डलको अन्त क्षेत्र मानिन थालियो र सो भन्दा वाहिरको क्षेत्रलाई अन्तरिक्ष भन्न थालियो। सोहि सीमारेखा लाई उनको सन्मानमा कार्मन रेखा भनिन्छ।