कार्य (भौतिकशास्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भौतिक शास्त्रमा, कुनै वस्तुमाथि बल लगाउँदा उक्त वस्तु बलकै दिशामा स्थानान्तरण हुन्छ भने मात्र कार्य भएको मानिन्छ । उदाहरणको लागि : जब कुनै भकुण्डोलाई माथि उचालेर छोडिन्छ , तब भकुन्डोमा भकुण्डोको तौल गुणन स्थानान्तरण बराबरको कार्य हुन्छ ।

कार्यले शक्तिलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण वा एक रूपबाट अर्को रूपमा परिणत गर्छ ।

कार्यको एसआइ एकाइ जुल (J) हो ।

एकाईहरु[सम्पादन गर्नुहोस्]

कार्यको एसआइ एकाइ जुल (J) हो । एक जुल कार्य भनेको एक न्युटन बलले एक मिटर दुरी स्थानान्तरण गर्दा उत्पन्न हुने कार्य हो ।

गैर एस आइ एकाई[सम्पादन गर्नुहोस्]

  • अर्ग
  • क्यालोरी

सुत्र[सम्पादन गर्नुहोस्]

कार्यको मात्रा गणना (जब बल र विस्थापनको दिशा अलग-अलग छ)

यदि कुनै वस्तु मा बल लग्यो तर उक्त वस्तु फरक दिशा (बलको दिशामा या बलको दिशा भन्दा अलग दिशा मा) गति उत्पन्न भएमा , कार्य निम्नलिखित सूत्रबाट निकालिन सकिन्छ-

जहाँ:

बल
विस्थापन

किन्तु यदि बलको मान नियत छैन (अर्थात् परिवर्तनशील हो) र विस्थापन पनि एक दिशा नभई अलग-अलग दिशामा हुन्छ भने यस स्थितिमा कार्यको मात्रा निकाल्नको लागि बल र विस्थापनको सदिश गुणनफल का समाकलन गर्न पर्छ

जहाँ:

W – कार्य
L – विस्थापन-मार्ग
– बल
– विस्थापन (सदिश)
α – कुनै स्थानमा बल तथा विस्थापनको बीचको कोण