कालो जीरा
कालो जीरा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. sativa
|
वैज्ञानिक नाम | |
निगेला स्याटिभा L. | |
पर्याय[१] | |
|
कालो जीरा अथवा काल्जिरा रानुन्क्युलेसी परिवारमा पर्ने एकवर्षीय फूल फुल्ने वनस्पति हो्। विभिन्न औषधीय गुणयुक्त यो वनस्पति युरोप, भारत तथा अरेबीयामा पाइन्छ। [२] यो वनस्पति २० देखि ३० सेन्टिमिटरसम्म अग्लो हुन्छ भने पातहरू स्पष्ट रूपमा छुट्टिएका रेखाकार (तर धागो जस्तो हैन) हुन्छन्। फूलहरू अत्यन्तै कोमल र हल्का नीला तथा सेता रंगका हुन्छन् जसमा ५ देखि १० वटासम्म पुष्पदल हुन्छन्। यसका फलहरू केही ठूला र उक्सिएका क्याप्सुल जस्ता हुन्छन् जसमा तीनदेखि सातवटा कोसाहरू हुन्छन्। तिनै कोसाहरूमा धेरै सङ्ख्यामा बीउहरू हुन्छन् जसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। कतै कतै यसलाई शाही जीराको सट्टामा पनि प्रयोग गरेको पाइन्छ।
नामाकरण
[सम्पादन गर्नुहोस्]यसको वैज्ञानिक नाम निगेला स्याटिभा ल्याटिन भाषाको शब्द नाइजरबाट आएको हो जसको अर्थ कालो भन्ने हुन्छ।[३]
प्रचलित नामहरू
[सम्पादन गर्नुहोस्]अङ्ग्रजीमा कालो जीरालाई कलोँजी[४], फेनल फ्लावर[४], नटमेग फ्लावर, ब्ल्याक कारावे[४] तथा रोमन कोरिएन्डर[४] भनेर चिनिन्छ। कतै कतै झुक्किएर यसलाई ब्ल्याक क्युमिन(शाही जीरा)[४], प्याजको बीउ तथा कालो तिल पनि भनेको पाइन्छ। यस वनस्पतिबाट निकालिएको सारतत्व थाइमोक्विननले मानव जीवनमा विभिन्न असर पुर्याउने अनुसन्धानबाट पत्ता लागेको छ।[५]
धेरै ठाउँमा ब्युनियम पर्सिकम (Bunium persicum)लाई पनि ब्ल्याक कारावे तथा कालो जीरा भनेको पाइन्छ।[६]
कालो जीरा पाँचथरी मसला मिलाएर बनाइने पाँच फोरोन (पड्काउने मसला) बनाउन प्रयोग गरिन्छ। त्यस्तै बङ्गाली परिकारमा यसको ठूलो महत्त्व छ विशेषगरी नानरोटी बनाउन कालो जीरा आवस्यक मानिन्छ।[७]
इतिहास
[सम्पादन गर्नुहोस्]पुरातत्वविद जोहरे तथा हुफका अनुसार कालो जीराको प्रयोग कहिलेदेखि भयो भन्ने बारेमा अहिलेसम्म धेरै कम मात्र पुरातत्विक प्रमाणहरू पाइएको छ। उनीहरूले प्राचिन मिश्रका विभिन्न भग्नावशेषहरूमा गरेको अनुसन्धानका क्रममा टुटानखामुनको समाधि लगायतका स्थानमा कालो जीराको बीउ फेला पारेको उल्लेख गरेका छन्।[८] प्राचिन मिश्रमा कालो जीराको प्रयोग किन गरिन्थ्यो भन्ने हालसम्म पत्ता नलागेको भए पनि समाधिमा राखिने चिजहरू फारोह(राजा)हरूको मृत्युपश्चातको समय सहजरूपमा बितोस भनेर राखिन्थ्यो।
अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेको तथ्य अनुसार पुरानो करारको इसैयाको पुस्तकमा कालो जीरा उल्लेख भएको पाइएको छ। इसैयाको पुस्तकमा कालो जीरा र गहुँबाली तयार हुनुको फरकलाई उल्लेख गरिएको छ (इसैया २८: २५, २७)। इस्टोनको बाइबल शब्दकोशका अनुसार हिब्रु भाषाको केत्साह शब्दले कालो जीरा भन्ने अर्थ दिन्छ तर सबै अनुवादकहरू यसकुरामा सहमत छैनन्। जोहरे तथा हुफका अनुसार कालो जीरा प्राचिन विश्वको परम्परागत मसला थियो र खानामा स्वाद बढाउन यसका काला बीउहरूको अत्याधिक प्रयोग गरिन्थ्यो।[८]
चरित्र
[सम्पादन गर्नुहोस्]कालो जीराको बीउको पर्रपराउने तितो स्वाद तथा गन्ध हुन्छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Plant List: A Working List of All Plant Species"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-२१ मिति
- ↑ "15 Reasons Why Black Seed Is ‘The Remedy For Everything But Death’", www.healthyandnaturalworld.com, Healthy and Natural World, अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ न्यू इन्टरनेसनल इन्साइक्लोपेडिया
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ "USDA GRIN Taxonomy"।
- ↑ ५.० ५.१ Bharat B Aggarwal, Molecular Targets and Therapeutic Uses of Spices, Google Books, पृ: २५९, आइएसबिएन 978-981-4468-95-4, अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ Bunium persicum - (Boiss.) B.Fedtsch. Common Name Black Caraway
- ↑ Bramen L (१६ फेब्रुअरी २०११), "Nigella Seeds: What the Heck Do I Do with Those?", smithsonian.com, The Smithsonian Online, अन्तिम पहुँच ४ जनवरी २०१५।
- ↑ ८.० ८.१ Zohary, Daniel; Hopf, Maria (२०००), Domestication of plants in the Old World (3 संस्करण), Oxford University Press, पृ: २०६, आइएसबिएन 0-19-850356-3।