किडल (खोज संयन्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किडफ
Kiddle
किडलको गृह पृष्ठ
साइटको प्रकार
खोज इञ्जिन
उपलब्ध भाषाअङ्ग्रेजी
युआरएलwww.kiddle.co
अलेक्सा क्रमवृद्धि २२,८६६ [१](विश्वव्यापी, ६ अक्टोबर २०१९)
दर्ताचाहिँदैन

किडल डट को एक वेब सर्च इन्जिन तथा अनलाइन विश्वकोश पनि हो जसले साना बालबालिकाहरूका लागि सुरक्षामा जोड दिएको छ। यो गुगल अनुकूलन खोजीद्वारा सञ्चालित छ र यसले सुरक्षित खोजीमा थप छनौटहरूको प्रयोग गर्दछ। प्रयोगकर्ताले खोजी उपकरणपट्टीमा शीर्षकहरूको प्रविष्ट गर्दछन्, र किडलले यसको खोजीलाई क्रमबद्ध गर्दछ। यसको पहिलो तीन परिणामहरू बच्चालाई पढ्नका लागि उपयुक्त हुन्छ र साथसाथै यो सजिलो पठन तहको लागि पनि उपयुक्त हुन्छ। सन् २०१६ मा यसको सार्वजनिकको बेलामा यो यौनिकताका सम्बन्धमा केहि खोजी सर्तहरूमा अवरुद्ध पुर्‍याएकोमा आलोचना गरिएको थियो र त्यस पछि यसले त्यसलाई फुकुवा गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा किडलको लोगो

डोमेन सन् २०१४ मा दर्ता गरिएको थियो।[२] बनावटकर्ताहरूले यसको डोमेन नाम डटको छनौट गरेका थिए र त्यो बच्चाहरूका लागि मात्र रहेको जनाएका थिए।[३] किडल सन् २०१६ मा सामाजिक सञ्चार माध्यममा धेरै लोकप्रिय बनेको थियो र यसले केही समयको लागि केहि शब्दहरूलाई अवरुद्ध गरेको थियो।[४]

ढाँचा[सम्पादन गर्नुहोस्]

किडलले तिनीहरूको पृष्ठहरूको लागि बाह्य अन्तरिक्ष विषयवस्तुको प्रयोग गर्दछ।[५] यो हेर्दा गुगल अनुकूलन खोज जस्तो देखिन्छ। प्रयोगकर्ताले यस विषयमा प्रवेश गरेपछि किडलले खोज परिणामहरू प्रस्तुत गर्दछ, पहिलो तीन परिणामहरू सुरक्षित मानिन्छन् र विशेष गरी बालबालिकाहरूका लागि लेखिएको हुन्छ। किडललाई सम्पादकहरूद्वारा जाँच गरिएको छ। अर्को चार सुरक्षित साइटहरू विशेष रूपमा बालबालिकाहरूका लागि लेखिएको थिएन, तर यसलाई पूर्ण रूपमा बाल मैत्री भाषामा प्रस्तुत गरिएको थियो। आठौँ परिणाम र यसबाहेक अरू केहि सुरक्षित साइटहरू वयस्कहरूका लागि लेखिएका छन् तर यो बालबालिकाहरूका लागि बुझ्न कठिन छ। प्रस्तुत परिणामहरू गुगल सुरक्षित खोजीको माध्यमद्वारा छनौट गरीएका छन्। [३][५]

यदि प्रयोगकर्ताले खराब मानिएका शब्दहरूको खोजी गर्छन् भने एउटा यन्त्रमानवको तस्वीर प्रदर्शित हुन्छ जसले प्रयोगकर्तालाई पुनः प्रयास गर्न आग्रह गर्दछ।[२]

केपिडिया[सम्पादन गर्नुहोस्]

किडल विश्वकोश (केपिडिया) एक अनलाइन विश्वकोश हो जून मिडियाविकिद्वारा सञ्चालित छ। यो तिनीहरूको खोज इञ्जिनबाट उपलब्ध छ। यसले ७,००,००० भन्दा बढी लेखहरू सूचीबद्ध गर्दछ जून विकिपिडियाबाट चयन गरिएका सामग्री र तथ्यहरूमा आधारित छ जुन बालबालिकाहरूका लागि लेखिएको छ। किडलले विद्यालय गृहकार्य मद्दत र सामान्य शिक्षाको लागि यसको केपिडियालाई शैक्षिक स्रोतको रूपमा स्थान प्रदान गर्दछ।[६][७]

आलोचना[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा, किलडलाई समलिङ्गीयौन शिक्षा" भन्ने वाक्यांशहरूलाई प्रतिबन्ध गरेका कारण यसलाई आलोचना गरिएको थियो, जसको बारेमा थाहा पाउनु बाह्र वर्षको उमेरको लागि ठीक हुने तर पाँच वर्ष ठिक नहुने उनीहरूको दावी रहेको थियो।[८][९] उनीहरूले "अन्तरलिङ्गी", र "उभयलिङ्गी" शब्द पनि प्रतिबन्धित गरेको थियो।[१०] सार्वजनिक नाराको कारण, किडलले उक्त शब्दहरूलाई फुकुवा गर्ने घोषण गरेको थियो।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "किडल डटकम, साइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच ६ अक्टोबर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२७ मिति
  2. २.० २.१ क्लिनम्यान, जो (१ मार्च २०१६), "'Safe' search engine blocks common words", अन्तिम पहुँच २३ जनवरी २०१९ – बिबिसीद्वारा। 
  3. ३.० ३.१ "About Kiddle - visual search engine for kids using Google Safe Search", किडल डटको, अन्तिम पहुँच २०१९-०१-२१ 
  4. कोनोल्ली, अमाण्डा (२०१६-०३-०१), "'Child-friendly' search engine Kiddle is promoting ignorance", द नेक्स्ट वेब (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०९ 
  5. ५.० ५.१ कियाटिङ, लरेन (२०१६-०२-२५), "Kiddle Search Engine Is The Google For Kids", टेक टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२१ 
  6. "बालबालिकाहरूको विश्वकोशको तथ्य", किड्स डट किडल डटको, अन्तिम पहुँच २३ जनवरी २०१९ 
  7. नाभारो, फ्रान्सीस; कोम; ओ डटकम, "7 search sites to use other than Google", द किम कोमाण्डो सो (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२१ 
  8. क्लिनम्यान, जो (२०१६-०३-०१), "'Safe' search engine blocks common words", बिबिसी समाचार (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२१ 
  9. कोनोल्ली, अमाण्डा (२०१६-०३-०१), "'Child-friendly' search engine Kiddle is promoting ignorance", द नेक्स्ट वेब (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२१ 
  10. ग्रिफिन, एण्ड्र्यु (२०१६-०२-२९), "The 'child-friendly Google' bans swearwords like bisexual and transgender", द इण्डिपेण्डेण्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२१ 
  11. "Kid-friendly search engine Kiddle unblocks ‘inappropriate’ words after backlash", पिक्स११ डटकम, ५ मार्च २०१६, अन्तिम पहुँच २३ जनवरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:वेब खोज इञ्जिनहरू