वेब खोज संयन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डकडकगो खोज संयन्त्रको पर्दाचित्रण

वेब खोज संयन्त्र वा इन्टरनेट खोज संयन्त्र वेब खोज वा इन्टरनेटमा खोज गर्नका लागि सृजना गरिएको एक सफ्टवेयर प्रणाली हो जसको अर्थ विश्वव्यापी वेबलाई एक मुलपाठ वेब खोज प्रश्नमा निर्दिष्टित, विशेष जानकारीको लागि व्यवस्थित तरीकाले खोजी गर्नु हो।[१] वा अर्को शब्दमा भन्नु पर्दा वेब खोज संयन्त्र एक वेब अनुप्रयोग हो जसको प्रयोगबाट प्रयोगकर्ताले शब्दहरूको रूपमा भण्डारबाट स्रोतहरू फेला पार्न सक्दछन्। यसका संसाधनमा वेब पृष्ठ, इन्टरनेट मञ्च लेख, तस्वीर, श्रव्य दृश्य, फाइल, पुस्तक, शैक्षिक वेबसाइट, अनुप्रयोग, खुला स्रोत सफ्टवेयर, आदि हुन्छन्।[२]

केही वेबसाइटहरूले खोज संयन्त्रलाई उनीहरूको मुख्य सुविधाको रूपमा प्रस्ताव गर्दछन् जसलाई खोज संयन्त्र वेबसाइट भनिएको छ जुन मानव हस्तक्षेप बिना वेबमा अनुसन्धान गर्ने उपकरणहरू पनि हुन्। सामान्यतया वेब खोज संयन्त्रहरू "इन्टरनेट सरीसृप"मा आधारित हुन्छन् जसले नियमित अन्तरालमा साइटहरूलाई जाँच गर्ने र नयाँ ठेगानाहरू पत्ता लगाउन स्वचालित रूपमा मद्दत गर्दछ। सेवाहरूले सूत्र पछ्याउँछन् जसले पृष्ठहरूलाई एक पछि अर्को गर्दै सूत्रबद्ध गर्दछ। प्रत्येक पहिचान गरिएको पृष्ठ त्यसपछि भण्डारमा अनुक्रमित हुन्छन् र पछि इन्टरनेट प्रयोगकर्ताहरूले शब्दहरू प्रयोग गरेर पहुँच गर्न सक्दछन्। खोज संयन्त्रहरू इन्टरनेटमा मात्र लागू हुँदैन। केही संयन्त्रहरूले सफ्टवेयरको रूपमा कार्य गर्दछन् जुन व्यक्तिगत सुखाङ्ख्यमा स्थापित अवस्थामा रहेका हुन्छन्। यी तथाकथित सुशाङ्ख्य संयन्त्रहरू हुन् जसले सुशाङ्ख्यमा भण्डार गरिएका फाइलहरूको बीचमा खोजी र वेबसाइटहरूको बीचमा जोडेर खोजी गर्दछ। इन्टरनेट मञ्चमा विस्तारित खोज संयन्त्रहरू पनि रहेका हुन्छन् जसले विस्तारित खोजी गर्ने काम गर्दछन्।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

इन्टरनेट खोज संयन्त्रले डिसेम्बर १९९० मा, विश्वव्यापी वेबमा प्रदापण गरेको थियो। [४] १० सेप्टेम्बर १९९० मा, पहिलो खोज संयन्त्र आर्चीले इन्टरनेटमा कदम राखेको थियो। आर्ची, इन्टरनेटमा सामग्रीहरूको खोजीका लागि प्रयोग गरिएको पहिलो उपकरण थियो।[५] यसलाई क्यानडाको क्युबेकको मोन्ट्रियलको म्याकगिल विश्वविद्यालयका कम्प्युटर विज्ञान विद्यार्थी एलन इम्जेट, बिल हेलन र जे पिटर दोएच्सले संयुक्त रूपमा निर्माण गरेका थिए।

उपकरणले सार्वजनिक फाइल नामहरू खोजीयोग्य भण्डारमा सृजना गर्दै फाइल आदनप्रदान सौजन्यविधि साइटहरूमा अवस्थित सबै फाइलहरूको निर्देशिकाहरूलाई सूचीबद्ध रूपमा अभिभारण गरेको थियो।[६] आर्ची खोज संयन्त्रको आँकडा सीमित भएको र यसलाई सजिलैसँग गैर स्वचालित रूपमा खोजी गर्न सकिने भएकाले यसले यी वेबसाइटहरूको सामग्रीलाई अनुक्रमणिका गरेको थिएन।[७]

वेबमा पहिलो लोकप्रिय खोज संयन्त्र भनेको याहुको याहु! खोज थियो जसलाई जेरि याङ र डेभिड फिलोले जनवरी १९९४ मा, एक वेब निर्देशिकाको रूपमा सृजना गरेका थिए।[८] य याहुको पहिलो वेब सेवा पनि हो। सन् १९९५ मा, यसमा खोज विशेषता थपिएको थियो जसले प्रयोगकर्ताहरूलाई यसको निर्देशिकामा खोजी गर्न अभिप्रेरित गरेको थियो।[९] यो व्यक्तिहरूको रूचि अनुसार वेब पृष्ठहरू फेला पार्न सबैभन्दा लोकप्रिय तरिकाहरू मध्ये एक बनेको थियो र पछि याहु निर्देशिकालाई याहु! खोजमा पुनर्निर्देशन गरिएको थियो।[१०][११]

केही वर्ष पछि, इन्टरनेटमा विभिन्न वेब खोज संयन्त्रहरू देखा परेका थिए जसमा एक्साइट, इन्फोसिक, इङ्कटोमी, नर्थन लाइट, अल्टा भिस्टा आदी समावेश छ जसको मद्दतले सूचना खोज्नेहरूले प्रयोगकर्ताहरूले कुञ्जी शब्दमा आधारित खोजी गर्नुको सट्टा निर्देशिकामा खोजी गर्न सक्षम थिए।

सन् १९९६ मा, रोबिन लिले रेङ्कडेक्स नामक सेवाको विकास गरेका थिए जसले पछि प्रविधिको क्षेत्रमा अमेरिकामा एकश्व प्राप्त गरेको थियो।[१२][१३] सूत्र प्रयोग गरी वेबसाइटको गुणस्तर जाँच गर्ने यो एक पहिलो खोज संयन्त्र थियो। यसको समान कलन विधि भएको एकश्वलाई पछि गुगलले सन् १९९८ मा, दर्ता गराएको थियो।[१४] ल्यारी पेजले अमेरिकाको केही एकश्वहरूमा पृष्ठ वरियताको लागि लिको कार्यलाई सान्दर्भित गरेका थिए।[१५] पछि रोबिन लिले आफ्नो रेङ्कडेक्स प्रविधि बायदु खोज संयन्त्रका लागि प्रयोग गरेका थिए जसलाई चीनमा रोबिन लिले स्थापना गरेका थिए भने यसलाई सन् २००० मा सञ्चालनमा ल्याइएको थियो। [१६][१७]

सन् १९९६ मा, नेटस्केपले आफ्नो वेब ब्राउजरमा खोज संयन्त्र प्रयोगमा ल्याउनका लागि गृहकार्य थालेको थियो।[१८][१९] गुगलले सन् १९९८ मा गेटो डटकम नामको एक सानो खोज संयन्त्र कम्पनीबाट खोज सर्तहरू बेच्ने विचार अपनाएको थियो।[२०] सन् १९९६ मा, स्थापित भएको रूसी बहुराष्ट्रिय इन्टरनेट निगम यान्दिक्सले सन् १९९७ मा, यान्दिक्स खोजको स्थापना गरेको थियो जसले मुख्यतया रूस र स्वतन्त्र राज्य राष्ट्रसङ्घमा पूर्णरूपमा सेवा प्रदान गर्दछ।[२१][२२] यो रूसको सर्वाधिक लोकप्रिय खोज संयन्त्र बन्न सफल भएको छ।[२३][२४]

सन् २००० देखि, याहु!ले इङ्कटोमी खोजी संयन्त्रमा आधारित खोजी सेवाहरू प्रदान गर्ने गरेको थियो। याहु!ले सन् २००२ मा इङ्कटोमी र सन् २००३ मा, ओभर्चको अधिग्रहण गरेको थियो जुन अल द वेब र अल्टा भिस्टाको मालिक थियो। याहु!ले सन् २००४ सम्म गुगलको खोज संयन्त्रको प्रयोग गरेको थियो भने पछि यसले आफ्नो स्वतन्त्र खोज संयन्त्रको सुरु गरेको थियो।

माइक्रोसफ्टले सन् १९९८ को अन्त्य तिर, इङ्कटोमीको खोज संयन्त्रको प्रयोग गर्दै एमएसएन खोजको प्रक्षेपण गरेको थियो। सन् १९९९ मा, छोटो समयको लागि यसले अल्टा भिस्टाको प्रयोग गरेको थियो। यसले पछि आफ्नो स्वतन्त्र खोज संयन्त्रको विकास गरेको थियो र माइक्रोसफ्टले १ जुन २००९ मा, यसको स्वतन्त्र खोज संयन्त्रलाई बिङमा पुनर्गठन गरेको थियो। २९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! खोजलाई थप शक्तिशाली बनाएको थियो।[२५]

सन् २०२० का अति लोकप्रिय खोज संयन्त्रहरू, यान्दिक्स, गुगल, बिङ, बायदु, सोसो, सोगौ, डकडकगो, याहु! आदि हुन्।

कसरी काम गर्दछ[सम्पादन गर्नुहोस्]

इन्टरनेट खोज संयन्त्रहरूले वेब पृष्ठहरूको बारेमा विभिन्न जानकारी सङ्कलन गर्दै तिनीहरूलाई आफ्नो भण्डारणमा समावेश गर्दछ र प्रत्येक प्रयोगकर्ताहरूका माझ प्रस्तुत गर्ने गर्दछ।संसारको बारेमा सबै जानकारी खोज इन्जिन मार्फत प्राप्त गरिन्छ।[२६] इन्टरनेट खोज संयन्त्रको तीन भागहरू हुन्छन्। कुनै पनि संयन्त्रले भ्रमण गर्ने वेबसाइटहरूबाट आँकडा सङ्कलन गर्दछ र यसको सङ्ग्रह उपकरणले वेबसाइटहरूमा आफ्नो भ्रमणको समयमा सङ्कलन गरेको सर्तहरू समावेश गर्ने सूचकाङ्क यतावत र कार्यशील राखेको हुन्छ।[२७] इन्टरनेट खोज संयन्त्रहरूले धेरै वेबसाइटहरूको बारेमा जानकारी सङ्कलन गरेर काम गर्दछ जसलाई सेवाले विश्वव्यापी वेबमा फेला पार्दछ। यी पृष्ठहरूलाई एक स्वचालित उपकरणद्वारा सङ्कलन गरिएको हुन्छ र आवश्यक परेको खण्डमा प्रदर्शन गर्दछ। प्रत्येक पृष्ठको सामग्रीहरूलाई अनुक्रमणिका विधि पहिचान गर्न विश्लेषण गरिन्छ।[२८][२९] वेब पृष्ठहरूका बारेमा तथ्याङ्कहरू आँकडा अनुक्रमणिकामा भण्डारण गरिन्छ।प्रयोगकर्ताले सेवाको उपयोग गरी खोज गर्दा (सामान्यतया कुञ्जी शब्दहरूको प्रयोग गरेर), खोजी संयन्त्रले यसको अनुक्रमणिकामा छानबिन गर्दछ र मापदण्डको साथ उत्तम नजिताहरू साथ वेब पृष्ठहरूको सूची प्रदान गर्दछ जसमा सामान्यतया सामग्री, तस्वीर, नक्सा, प्रश्नोत्तर, कागजात, श्रव्य दृश्य आदि समावेश हुन्छ। [३०] खोज संयन्त्र उपयोगिता परिणामको प्रासङ्गिकतामा निर्भर गर्दछ। संयन्त्रहरूले उपयुक्त तथा उत्तम परिणाम देखाउने गर्दछन् र कुनै कुनै खोज संयन्त्रहरूले अश्लील सामग्रीहरूलाई समर्थन गर्दैनन्।[३१] सामान्य इन्टरनेट खोज संयन्त्रहरूले मानव ज्ञान र गतिविधिमा जोड दिने गरेका छन्।

बजार साझेदारी[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१९ मा, गुगल विश्वको सर्वाधिक लोकप्रिय खोज संयन्त्र थियो जसले कुल रूपमा ९२.९६% बजार साझेदारी गरेको थियो।[३२]

पूर्वी एसिया र रूस[सम्पादन गर्नुहोस्]

रूसमा यान्दिक्सको लोकप्रिय बढ्दो रूपमा रहेको छ। यसले हाल कुल बजार साझेदारीको ६१.९% नियन्त्रण गरेको छ भने प्रतिस्पर्धी गुगलले जम्मा २८.३% नियन्त्रण गरेको छ।[३३] चीनको कुरा गर्दा, बायदु त्यहाँको सर्वाधिक लोकप्रिय खोज संयन्त्र हो जसले ७२% नियन्त्रण गरेको छ।[३४][३५] दक्षिण कोरियाको भने नाभरको प्रयोग बढ्दो छ जसले वेब खोज संयन्त्रको ७०% नियन्त्रण गर्दछ।[३६] जापान र ताइवानमा क्रमश: याहु! जापान र याहु! ताइवन लोकप्रिय छन्। चीन र रूस यस्ता देशहरू हुन् जसमा शीर्ष ३ भित्र गुगल खोज संयन्त्र रहेको छैन। [३७]

युरोप[सम्पादन गर्नुहोस्]

युरोपका विभिन्न देशहरूमा गुगलको लोकप्रिय रहेता पनि चेक गणतन्त्रमा सेज्नाम यसको कडा प्रतिस्पर्धी हो। [३८]

एसिया बाहिर बजार साझेदारी[सम्पादन गर्नुहोस्]

सन् २०१९ को तथ्याङ्क[३९].
खोज संयन्त्रहरू  फ्रान्स  जर्मनी  क्यानडा  अमेरिका  मेक्सिको  ब्राजिल  मोरक्को
गुगल ९४.२१ % ९४.५४ % ९२.३८ % ८४.८ % ९४.९ % ९७.३५ % ९७.३१ %
बिङ २.९५ % २.८९ % ४.३१ % ५.५९ % ३.३६ % १.३२ % १.७९ %
याहु! १.५३ % ०.८४ % २.३३ % ८.३५ % १.५१ % १.१८ % ०.७१ %
क्वान्ट ०.७ %
डकडकगो ०.२५ % ०.६७ % ०.७३ % १.०१ % ०.०९ % ०.०१ % ०.०८ %
एमएसएन ०.१ % ०.०८ % ०.१ % ०.०२ %
यान्दिक्स ०.०३ %

गोपनियता संरक्षण गर्ने सेवाहरू[सम्पादन गर्नुहोस्]

हालको अवस्थामा प्रयोगकर्ताको गोपनियतालाई मध्यनजर गर्ने र यसलाई सुरक्षा गर्ने खोज संयन्त्रको रूपमा डकडकगो[४०], मोजिक[४१]स्टार्टपेजलाई[४२][४३][४४] लिन सकिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Accélérer la mutation numérique des entreprises : un gisement de croissance et de compétitivité pour la France"McKinsey & Company (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०१८-११-२९ 
  2. Zone, Bourse। "ALPHABET INC. : Données Financières Prévisions Estimations et Attentes | GOOGL | Zone bourse"www.zonebourse.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०४-१३ 
  3. Bolero-Cabinet Conseil en Stratégie Digitale et (२०१९-०९-२०)। "Parts de Marché des Moteurs de Recherche dans le monde"Bolero - Cabinet Conseil en Stratégie Digitale et Influence (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०४-१३ 
  4. "RFC 812 - NICNAME/WHOIS", ietf.org 
  5. "Knowbot programming: System support for mobile agents", cnri.reston.va.us 
  6. दोएच्स, बितर (सेप्टेम्बर ११, १९९०), "An Internet archive server server (was about Lisp)", गुगल समूह, अन्तिम पहुँच २०१७-१२-२९ 
  7. ओस्कर निरस्त्राज (२ सेप्टेम्बर १९९३), "Searchable Catalog of WWW Resources (experimental)" 
  8. "Archive of NCSA what's new in December 1993 page", २००१-०६-२०, मूलबाट २००१-०६-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-१४ 
  9. "What is first mover?", SearchCIO, तेक तार्गेत, सेप्टेम्बर २००५, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१९ 
  10. Inventing the Cloud Century: How Cloudiness Keeps Changing Our Life, Economy and Technology, स्प्रिङ्गर, २०१७, पृ: २३८, आइएसबिएन 9783319611617 
  11. "याहु! खोज"याहु!। १८ नोभेम्बर १९९६। सङ्ग्रह मिति ५ सेप्टेम्बर २०१० 
  12. ग्रिनबर्ग, एन्डी, "The Man Who's Beating Google", फोर्ब्स पत्रिका, ५ अक्टोबर २००९
  13. " रेङ्कडेक्सको बारेमा", rankdex.com
  14. USPTO, "Hypertext Document Retrieval System and Method", US Patent number: 5920859, Inventor: Yanhong Li, ५ फेब्रुअरी १९९६, जारी मिति: ६ जुलाई १९९९
  15. "Baidu Vs Google: The Twins Of Search Compared", फोरविक, १८ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १६ जुन २०१९ 
  16. अलतचर, जेम्स (मार्च १८, २०११), "10 Unusual Things About Google", फोर्ब्स, अन्तिम पहुँच १६ जुन २०१९ 
  17. "Method for node ranking in a linked database", Google Patents, मूलबाट १५ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  18. "Yahoo! And Netscape Ink International Distribution Deal", मूलबाट २०१३-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१६ मिति
  19. "Browser Deals Push Netscape Stock Up 7.8%", Los Angeles Times, १ अप्रिल १९९६। 
  20. Pursel, Bart, "Search Engines", Penn State Pressbooks, अन्तिम पहुँच फेब्रुअरी २०, २०१८ 
  21. N.V.। "Яндекс Объявляет Финансовые Результаты Первого Квартала 2018 Года"। Яндекс। 
  22. "Все сервисы Яндекса", Яндекс 
  23. "информация о компании" (रूसीमा)। 
  24. "Яндекс в Нидерландах зарегистрировал дочернюю компанию под названием Yandex Europe B. V.-оффшорная компания Компания Экспресс" (रूसीमा), २०१८-०६-१३। [dead link]
  25. Gandal, निल (२००१), "The dynamics of competition in the internet search engine market", International Journal of Industrial Organization 19 (7): 1103–1117। 
  26. "Four Laws Of Efficient Marketing – Mistery Marketing" (en-USमा), अन्तिम पहुँच २०२२-१२-०१ 
  27. Jesús (२००५)। "Directorios temáticos especializados: definición, características y perspectivas de desarrollo"Revista Española de Documentación Científica (२८ संस्करण)। 
  28. Raúl, López Curiel (२०१४)। ADP: Asociación para el desarrollo del profesorado, सम्पादक। "Las TIC en el aula de Tecnología. Guía para su aplicación a la metodología." (स्पेनी भाषा)। पृष्ठ ७२। सङ्ग्रह मिति २४ डिसेम्बर २०१६ 
  29. Graciela, Perrone (२०१२)। conectar igualdad, सम्पादक। "El bibliotecario escolar en el modelo 1 a 1." (PDF) (Serie para la enseñanza en el modelo 1 a 1. संस्करण)। अर्जेन्टिना। पृष्ठ ३६। सङ्ग्रह मिति ६ फेब्रुअरी २०१० 
  30. "Bancos de datos jurídicos. Pasado, presente y futuro" (PDF)UNIVERSIDAD COMPLUTENSE DE MADRID। २०१५। पृष्ठ १५८। 
  31. Social 4U। "Historia de los motores de búsqueda. Los inicios de Google"। सङ्ग्रह मिति १० नोभेम्बर २०१६ 
  32. "Search Engine Market Share Worldwide", StatCounter GlobalStats, सेप्टेम्बर २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९ 
  33. "Провайдер статистики Liveinternet, российские сайты, посещаемые россиянами" 
  34. "全球搜索引擎份额排名", मूलबाट २०१६-०८-२१-मा सङ्ग्रहित। 
  35. "百度成长史:从2000年的异军突起到如今的焦虑与变革-IT互联网-鸡啄米", www.jizhuomi.com (चीनको चिनियाँमा), मूलबाट २०१७-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-२७ 
  36. "나베르 – 백괴사전, 너희 모두의 백과사전"발음좀 (कोरियाली भाषा)। 
  37. "Age of Internet Empires", Oxford Internet Institute, अन्तिम पहुँच १५ अगस्ट २०१९ 
  38. ČTK (७ डिसेम्बर २०१२), "Seznam, najdu tam, co neznám: Ivo Lukačovič se vrací do firmy a s ním i starý slogan", Hospodářské noviny 
  39. Bolero-Cabinet Conseil en Stratégie Digitale et, Influence (२०१९-०९-२०)। "Parts de Marché des Moteurs de Recherche dans le monde"Bolero - Cabinet Conseil en Stratégie Digitale et Influence (फ्रान्सको फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०४-१३ 
  40. रिडर, रथ (११ जून २०१४), "डकडकग‍ र युम्लिको गठबन्धन", भेन्चर बिट, अन्तिम पहुँच ११ जून २०१४ 
  41. बेलायतका शीर्ष १० खोज इञ्जिनहरू
  42. "We hebben de strijd tegen Big Brother gestroomlijnd!", आइएक्सक्वीक, ३० मार्च २०१६, मूलबाट १६ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०१६ 
  43. Ixquick.eu press release, "StartPage en Ixquick bundelen hun krachten in de strijd tegen Big Brother" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१६ मिति, ३० मार्च २०१६, अन्तिम पहुँच मिति: ५ अप्रिल २०१६
  44. "Eerste European Privacy Seal toegekend" (प्रेस विज्ञप्ति), आइएक्सक्वीक, १४ जुलाई २००८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

वेब खोज संयन्त्र कर्लीमा