मोजिक
साइटको प्रकार | वेब खोज इञ्जिन |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली |
मुख्यालयहरू | ब्राइटन, संयुक्त अधिराज्य[१] |
मालिक | मोजिक लिमिटेड[२] |
सर्जक | मार्क स्मिथ |
युआरएल | www |
अलेक्सा क्रम | १९६,७२० (मे १४, २०१९[उद्यतन])[३] |
चालु भएको मिति | अक्टोबर 2004[४] |
वर्तमान स्थिति | चालू |
मोजिक संयुक्त अधिराज्यमा आधारित एक वेब खोज इञ्जिन हो।[५] मोजिकद्वारा प्रदान गरिएको खोज परिणामहरू वेब क्राउलरद्वारा सृजना गरिएको वेब पृष्ठहरूको आफ्नै सूचकाङ्क मार्फत आउने गर्दछ। कम्पनीको प्रधान कार्यालय ब्राइटनमा अवस्थित छ।[६][७]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २००४ मा, मोजिक खोज इञ्जिनलाई, ससेक्स इनोभेसन सेण्टरमा मार्क स्मिथद्वारा निजी परियोजनाको रूपमा सुरु गरिएको थियो। खोज प्रविधिले सामान्यतया सी प्रोग्रामिङ भाषाको प्रयोग गरिरहेको छ र यसको प्रारम्भमा सेवकहरू मार्कको शयनकक्षबाट चलाइएका थिए।[८]
लगानी प्राप्त गरिसकेपछि मोजिकलाई आधिकारिक रूपमा सन् २००९ मा सीमित कम्पनीको रूपमा सुरुवात गरिएको थियो।[२]
सन् २००६ मा, पछ्याउने गोपनीयता नीति समावेश नगरिएको यो पहिलो खोज इञ्जिन बनेको थियो। यो नीति हाल सम्म पनि यथावत रूपमा कायम राखेको छ।[९]
२६ जनवरी २०११ मा, यसलाई बेलायतमा आधारित एक वैकल्पिक खोज इञ्जिनको रूपमा,बेलायती इण्टरनेट खोज इञ्जिनको बारेमा चलेको संसदीय बहसको क्रममा " गुगल खोजी नतीजाहरूमा हेरफेर गरेको आरोप, विशेष गरी यसको भुक्तानी गरिएको र प्रायोजित नतीजाहरूको प्रतिकूल व्यवहार"को बारेमा यसलाई प्रकाश पारिएको थियो।[१०]
१५ अप्रिल २०१५ मा बीबीसीको वर्ल्ड ग्लोबल कार्यक्रम र रेडियो ५ लाइभले, मोजिकका संस्थापक मार्कलाई मोजिक खोज इञ्जिन र युरोपेली सङ्घको, गुगल विरोधी प्रतिस्पर्धीको कथित व्यवहारको बारेमा उजुरी गर्ने निर्णयको बारेमा कुरा गरेका थिए।[११]
सन् २०१७ मा, इमरेज प्रविधिसँगको साझेदारीमा, मोजिकले उनीहरूको भावनात्मक खोज इञ्जिनको प्रदर्शन सुरू गरेको थियो जसले प्रयोगकर्ताहरूलाई केहि भावनात्मक सामग्री भएका पृष्ठहरूको लागि खोजी गर्न मद्दत पुर्याएको थियो।[१२]
सन् २०१९ को मे महिनमा सम्ममा, मोजिकको भण्डारले २.३ अरब पृष्ठहरू समावेश गरेको थियो।[१३]
सन् २०१३ देखि, मोजिकका सेवकहरू मेडष्टोनमा, संरक्षक आँकडा केन्द्रहरूबाट सञ्चालित छन्।[१४]
प्रमुख विशेषता
[सम्पादन गर्नुहोस्]मोजिक वेब क्राउलरमा आधारित एक खोज इञ्जिन हो जसले स्वतन्त्र खोज परिणामहरू प्रदान गर्दछ।[१५] अन्य खोज इञ्जिनहरूबाट उत्पन्न भएका परिणाम तथा सामग्रीहरूको प्रयोग गर्नुको सट्टामा यसले आफ्नै वेब पृष्ठहरूको अनुक्रमणिकको प्रयोग गर्दछ।
लोकप्रियता
[सम्पादन गर्नुहोस्]सिमिलर वेब
[सम्पादन गर्नुहोस्]नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २,३२,३५८अौँ स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिकामा यसको क्रम १,२४,५७६ रहेको छ जसमा यसको उछाल दर ४४.०६% रहेको छ।[१६]
अलेक्सा इन्टरनेट
[सम्पादन गर्नुहोस्]नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १,७०,७०३अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम ९०,१६५ रहेको छ।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sussex Innovation Centre | UKSPA", www.ukspa.org.uk, अन्तिम पहुँच २०१९-०४-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०९ मिति
- ↑ २.० २.१ "MOJEEK LIMITED - Overview (free company information from Companies House)", beta.companieshouse.gov.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ "मोजिक डटकमका ट्राफिक तथा प्रतिस्पर्धीहरू", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १४ मे २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२० मिति
- ↑ "मोजिक खोजको समिक्षा", मोजिक, २००४-११ -२७, अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ बेलायतका शीर्ष १० खोज इञ्जिनहरू
- ↑ More than £1.5 billion of revenue passes through servers held at Custodian Data Centre, the high-security site in Maidstone, Kent Online, १७-०३-०२
- ↑ Expert Internet Searching: पाचौँ संस्करण आइएसबिएन ९७८-१-७८३३०-२४९-९
- ↑ टेकमास!, Team (२०१८-०९-०५), "मोजिक! एक बेलायती बैकल्पिक खोज इञ्जिन", टेक मास (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२१ मिति
- ↑ "Privacy Policy, Wayback Machine internet archive from Mojeek website, 06-03-18)", web.archive.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ "House of Commons Hansard Debates for 26 Jan 2011 (pt 0002)", publications.parliament.uk, अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ "Mojeek interviewed on BBC", blog.mojeek.com, अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ Watts, Jack (२०१७-०७-१४), "Artificial Emotional Intelligence for Web Browsing | NVIDIA Blog", The Official NVIDIA Blog (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२३ मिति
- ↑ रिचर्ड्स, लुक (२०१९-०३-०५), "Alternatives to Google: Mojeek believes a truly independent and tracking-free search engine must be built from scratch", सर्च इञ्जिन वाच (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ Mojeek Colocation Case Study, Custodian Data Centre, २०१८-०६-३० वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२१ मिति
- ↑ "» Have it your way with the Mojeek search engine", पाण्डिया, २०१३-०५-२६, अन्तिम पहुँच २०१९-०४-०२।
- ↑ सिमिलर वेब, "मोजिक डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच १७ असोज २०७६।
- ↑ अलेक्सा इण्टरनेट, "मोजिक डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच १७ असोज २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२० मिति