यान्देक्स
यन्देक्स एक रूसी बहुराष्ट्रिय निगम हो जसले इन्टरनेट सम्बन्धित उत्पादन र सेवाहरूमा विशेषज्ञता, खोज र जानकारी सेवाहरू, विद्युतीय-वाणिज्य, यातायात, पथ प्रदर्शन, मोबाइल अनुप्रयोग, र अनलाइन विज्ञापन प्रदान गर्दछ। यान्देक्स कुलमा ७० भन्दा बढी सेवाहरू प्रदान गर्दछ। यसको सेवा नेदरल्याण्ड्सबाट सुरु गरिएको थियो। [४][५] यान्देक्सले मुख्यतया रुस र स्वतन्त्र राज्य राष्ट्रसङ्घमा पूर्णरूपमा सेवा प्रदान गर्दछ। कम्पनी संस्थापक र टोलीका धेरै सदस्यहरू रूसमा अवस्थित छन्।[६][७][८] कम्पनीका विश्वव्यापी रूपमा १८ व्यावसायिक कार्यालयहरू रहेका छन्।
यो रूसको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो[९] र रूसी इण्टरनेट बजारमा सबैभन्दा ठूलो खोज इञ्जिन हो जसले रूसी बजारमा ५२% भन्दा बढी बजार साझेदारी गरेको छ।[१०] याण्डेक्स डटरूको गृह पृष्ठ रूसमा ४अौँ सबैभन्दा लोकप्रिय वेबसाइट हो। यो विश्वव्यापी रूपमा गुगल, बैडु, बिङ र याहु! पछिको ५अौँ सबैभन्दा ठूलो खोज इञ्जिन हो।[११] यसले स्वतन्त्र राज्य राष्ट्रसङ्घमा अन्य कुनै खोज इञ्जिन भन्दा सबैभन्दा धेरै बजार साझेदारी पनि गरेको छ।
रूसी इन्टरनेट बजारमा यान्देक्स मुख्य प्रतिस्पर्धी भनेको गुगल, मेल डटरू र र्याम्बलर हुन्।
कम्पनीका अनुसार, रूसी भाषी प्रयोगकर्ताहरूको लागि यसको सबैभन्दा ठूलो फाइदा भनेको रूसी भाषामा शब्द निर्माणको पहिचान गर्ने क्षमता हो।[१२]
याण्डेक्सले भिजि ल्याब्स, फेस डटकम, ब्लेको, सिस्मोटेक, मल्टिसिप, स्केल्स प्रेडिक्ट र डट प्लस लगायतका कम्पनीहरूमा लगानी गरेको थियो।[१३]
कार्यालयहरू[सम्पादन गर्नुहोस्]
यान्देक्स १७ वटा देशहरूमा कार्यालयहरू छन्।[१४] याण्डेक्स प्रयोगशाला सिलिकन उपत्यकामा [१५] सन् २००८ मा खोलिएको थियो भने इस्तानबुलमा पनि सन् २०११ मा खोलिएको थियो।[१६]
यो कम्पनीले लुत्सर्नमा सन् २०१२ मा यसका युरोपेली ग्राहकहरूलाई सेवा गर्नका लागि बिक्री कार्यालय खोलेको थियो।[१७] यसले खोज तथा विकास कार्यालय सन् २०१४ मा बर्लिनमा खोलेको थियो।[१८]
यान्देक्सले रूसी भाषा बजारमा काम गर्ने चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्ने उदेश्यका साथ पहिलो कार्यालय सन् २०१५ मा शाङ्घाईमा खोलेको थियो।.[१९]
इतिहास[सम्पादन गर्नुहोस्]
सन् १९९० अौँ दशक[सम्पादन गर्नुहोस्]
सन् १९८९ मा, उद्यमी आर्कडि भोलोझले कमप्टेक नामक कम्पनीको स्थापना गरेका थिए जजसले व्यक्तिगच सुशाङ्ख्य यन्हरूको बिक्री वितरण गरेको थियो।[२०] याण्डेक्स डटरू खोज इञ्जिन २३ सेप्टेम्बर १९९७ मा सुरु गरिएको थियो र यसलाई सार्वजनिक रूपमा मस्कोमा प्रस्तुत गरिएको थियो। सुरुवातमा, यो खोज इञ्जिनलाई कम्टेकले विकास गरेको थियो।[२१] सन् २००० मा, यान्देक्सलाई एकल कम्पनीको रूपमा अर्काडि भोलोझले सुरुवात गरेका थिए। [२२] सन् १९९८ मा, यान्देक्सले यसको खोज इञ्जिनमा प्रासङ्गिक विज्ञापनको प्रक्षेपण गरेको थियो।
सन् २०००अौँ दशक[सम्पादन गर्नुहोस्]
सन् २००१ मा, यान्देक्सले यान्देक्स प्रत्यक्ष नामक एक अनलाइन विज्ञापन सञ्जालको सुरुवात गरेको।
यो कम्पनी नोभेम्बर २००२ मा मुनाफा चलेको थियो। सन् २००४ मा, यान्देक्सको विक्रि १ करोड ७० लाख अमेरिकी डलर पुगेको थियो र यो क्रम दुई वर्षमै १००% ले बढेको थियो। यस कम्पनीको कुल नाफा सन् २००४ मा ७० लाख अमेरिकी डलर रहेको थियो। जून २००६ मा, यान्देक्स प्रत्यक्ष एक प्रासङ्गिक विज्ञापन प्रणालीको साप्ताहिक राजस्वले १० लाख नाघेको थियो। कम्पनीको लेखा परीक्षण सन् १९९९ देखि डेलोइटद्वारा गरिँदै आएको छ।
नोभेम्बर २००५ मा, यान्देक्सले युक्रेनमा पनि कार्यालयको स्थापना गरेको थियो[२३] र यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट यान्देक्स डट युएको पनि सुरुवात गरेको थियो। सन् २००७ मा, यान्देक्सले युक्रेनी प्रयोगकर्ताहरूको लागि अनुकूलित खोज इञ्जिनको परिचय गराएको थियो।[२४] याण्डेक्सले मे २००७ मा, युक्रेनको राजधानी किभमा विकास केन्द्र पनि खोलेको थियो।
सन् २००९ मा, यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट याण्डेक्स डट युएको सबै सेवाहरू यूक्रेनी बजारको लागि स्थानीयकरण गरेको थियो।[२५] सन् २०१० मा, यान्देक्सले यसको म्याट्रिक्स डटनेट प्रविधिमा आधारित यूक्रेनी प्रयोगकर्ताहरूको लागि यसले "पोल्टाभा" खोज इञ्जिन एल्गोरिदमको सुरुवात गरेको थियो। [२६] मार्च २००७ मा, यान्देक्सले रूसी सामाजिक सञ्जाल सेवा मोइकरूग डटरूको अधिग्रहण गरेको थियो।[२७]
१६ जून २००८ मा, यान्देक्सले यान्देक्स नक्सामा समायोजन गर्ने उदेश्यका साथ एसएमआई लिङ्क एक रूसी सडक यातायात निगरानी आयोगको अधिग्रहण गरेको थियो।[२८]
२० जून २००८ मा, यान्देक्सले सिलिकन उपत्यकामा यान्देक्स प्रयोगशालाको गठनको घोषणा गरेको थियो जससणसको मुख्य उदेश्य भनेको "खोज र विज्ञापन प्रविधि" लाई प्रोत्साहन गर्नु थियो। [१५]
जनवरी २००९ मा, मोजिला फायरफक्स ३.५ ले पूनर्निर्धारित खोज इञ्जिनको रूपमा गूगललाई हटाई रूसी भाषाका लागि यान्देक्सलाई राखेको थियो।[२९]
अगष्ट २००९ मा, यान्देक्सले आफ्नो खोज नतिजामा स्वतन्त्र कानुनी सङ्गीतको लागि प्लेयरको सुरुवात गरेको थियो।
सन् २०१० औँ दशक[सम्पादन गर्नुहोस्]
सेप्टेम्बर २०१० मा, यान्देक्सले यान्देक्स सङ्गीतको प्रक्षेपण गरेको थियो।[३०]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "Financial Reports Q4" (अङ्ग्रेजी भाषामा), यानडेक्स, १५ फेब्रुअरी २०२२, पृ: 21, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२।
- ↑ २.० २.१ २.२ "Yandex Announces Fourth Quarter and Full-Year 2022 Financial Results" (अङ्ग्रेजी भाषामा), यानडेक्स, १० फेब्रुअरी २०२३, पृ: 18, अन्तिम पहुँच १० फेब्रुअरी २०२३।
- ↑ "Яндекс объявляет финансовые результаты за четвертый квартал и весь 2017 год" (प्रेस विज्ञप्ति), Яндекс, फेब्रुअरी १५, २०१८।
- ↑ N.V., "Яндекс Объявляет Финансовые Результаты Первого Квартала 2018 Года", Яндекс।
- ↑ "Все сервисы Яндекса", Яндекс।
- ↑ "информация о компании" (रूसीमा)।
- ↑ "Яндекс в Нидерландах зарегистрировал дочернюю компанию под названием Yandex Europe B. V.-оффшорная компания Компания Экспресс" (रूसीमा), २०१८-०६-१३।[dead link]
- ↑ "Яндекс —Миссия", Яндекс (रूसीमा), अन्तिम पहुँच २०१८-०६-१३।
- ↑ "Yandex, Russia’s biggest technology company, celebrates 20 years", द इकोनोमिष्ट, सेप्टेम्बर ३०, २०१७।
- ↑ "Провайдер статистики Liveinternet, российские сайты, посещаемые россиянами"।
- ↑ "रूसका शीर्ष वेबसाइटहरू", अलेक्सा इन्टरनेट। वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-०३ मिति
- ↑ इयोफी, जुलिया (फेब्रुअरी १०, २००९), "Google's Russian threat", फर्च्युन।
- ↑ "Crunchbase: Yandex", टेक क्रञ्च।
- ↑ "Яндекс", Яндекс।
- ↑ १५.० १५.१ "Яндекс-лаборатории откроются в Кремниевой долине" (प्रेस विज्ञप्ति), Яндекс, जुन २०, २००८।
- ↑ name="turkey">"Яндекс запускает в Турции" (प्रेस विज्ञप्ति), Яндекс, सेप्टेम्बर २०, २०११।
- ↑ "Yandex Opens Offices in Europe" (प्रेस विज्ञप्ति), ग्लोब न्युज वायर, मार्च १२, २०१२।
- ↑ "Russia's Yandex to open new office in Europe", रेउटर्स, फेब्रुअरी ६, २०१४।
- ↑ "Russian Internet company Yandex opens commercial office in Shanghai", टिएएएस, सेप्टेम्बर १०, २०१५।
- ↑ "Миллиарды «Яндекса». В процессе поиска", www.forbes.ru, अन्तिम पहुँच २०१७-०७-१४।
- ↑ "Яндекс Получается 20", Яндекс, सेप्टेम्बर २८, २०१७।
- ↑ Елена Колмановская (१९९७-०९-२३), "Запущена новая поисковая машина Яndex-Web", Компания «Яндекс»।
- ↑ "Представительство Яндекса сейчас в Украине" (प्रेस विज्ञप्ति), Яндекс, सेप्टेम्बर ६, २००५।
- ↑ "Яндекс подарки www.yandex.ua" (प्रेस विज्ञप्ति), Яндекс, सेप्टेम्बर २०, २००५।
- ↑ "Яндекс расширяет свое присутствие в Украине" (प्रेस विज्ञप्ति), Яндекс, अगस्ट २०, २००८।
- ↑ "Яндекс поиск по каждому региону Украины" (प्रेस विज्ञप्ति), Яндекс, जुलाई २७, २०१०।
- ↑ "Яндекс Приобретает Сайт Социальной Сети MoiKrug.ru" (प्रेस विज्ञप्ति), Яндекс, मार्च २७, २००७।
- ↑ एण्ड्र्यु, रोबर्ट (जुन १६, २००८), "Russia’s Yandex Buys Traffic Info Service SMIlink", थिगाओम। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ७, २०१९ मिति
- ↑ साङ्खल्याण्ड, स्टिफन (जनवरी ९, २००९), "Firefox in Russia dumps Google for Yandex", सिनेट।
- ↑ "Enhanced Music Streaming on Yandex" (प्रेस विज्ञप्ति), Яндекс, सेप्टेम्बर २२, २०१०।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- yandex.ru — страница поисковика на русском языке
- Дата-центры
- Официальный блог Яндекса