यान्देक्स नक्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स नक्सा
साइटको प्रकार
वेब नक्सा सेवा
उपलब्ध भाषाबहुभाषिक
मालिकयान्देक्स
सर्जकयान्देक्स
युआरएलyandex.com/maps/
व्यवसायिकहो
दर्ताबैकल्पिक, सम्पादनको लागि यान्देक्स खाताको आवश्यकता
चालु भएको मिति२७ अगस्ट २००४; १९ वर्ष पहिले (२००४-०८-27)

यान्देक्स नक्सा एक रुसी वेब नक्सा सेवा हो[१] जुन बहुप्रतिष्ठित रूसी कम्पनी यान्देक्सले विकास गरेको हो। सेवाले विश्वको बिस्तृत नक्सा प्रदान गर्दछ। यसमा खोज, ट्राफिक आवतजावतको जानकारी, बाटो र सडक परिदृश्य समावेश छन्। यो सेवा सन् २००४ मा सुरु गरिएको थियो।[२]

यान्देक्स नक्सा रुसमा सर्वाधिक लोकप्रिय मानचित्र सेवा हो। यसको लगभग ११.५ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन् भने विश्वभरि २० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[३][४][५][६]

विशेषता[सम्पादन गर्नुहोस्]

पहिला यसमा रूसयुक्रेनको मात्र नक्सा उपलब्ध थियो, तर हाल यसमा विश्वका सबै नक्साहरू समावेश छन्।[२]

नक्सा चारवटा संस्करणहरूमा उपलब्ध छन् जसमा नक्सा, उपग्रह तस्वीर, शिर्षकको साथ उपग्रह तस्वीर र उन्नत दृश्य समावेश छन्।

प्रयोगकर्ताले नक्सामा ठाउँहरू बीच रेखा तानी दिशा प्राप्त गर्न र दूरी मापन गर्न सक्छन्। खोजी भौगोलिक वस्तुहरू जस्तै ठेगाना, सडक, सहर, क्षेत्र र देश मार्फत उपलब्ध छन्।[७] जिल्ला, सहर, वा क्षेत्रको स्पष्ट नक्सा साइटको सङ्गठनमा खोजेपछि उपलब्ध हुन्छ।

यान्देक्स नक्साको अनुप्रयोग आइओएस, एन्ड्रोइड र विन्डोज फोनमा उपलब्ध छ।[७]

सडक दृश्य[सम्पादन गर्नुहोस्]

यान्देक्स नक्साको लागि परिदृश्य खिच्दै हिडेको एक कार

यान्देक्स नक्सामा सडक परिदृश्य हेर्न मिल्ने सुविधा रहेको छ। प्रिप्यात र सेरनोबेल लगायतका सहरहरूको पनि यसमा सडक दृश्य रहेको छ।[८][९] सन् २०१६ मा, सगरमाथाको पनि "सडक दृश्य" लिइएको थियो।[१०]

नक्सा सम्पादन[सम्पादन गर्नुहोस्]

यान्देक्स नक्सा सम्पादकको मद्दतले प्रयोगकर्ताहरूले नयाँ ठाउँ, स्थान, सडक र अन्य थुप्रै सामग्रीहरू थप्न सक्छन्।

यान्देक्स ट्राफिक[सम्पादन गर्नुहोस्]

यान्देक्स ट्राफिक, यान्देक्स नक्सामा रहेको एक विशेषता हो जसले ट्राफिकको अवस्था मुख्य सडक र राजमार्गहरूमा वास्तविक समयमा देखाउने गर्दछ। यो यान्देक्स नक्साको आधिकारिक वेबसाइट र अनुप्रयोग मार्फत हेर्न सकिन्छ।

यान्देक्स ट्राफिकले जिपिएस-निर्धारित स्थानहरूको विश्लेषण गर्ने काम गर्दछ जसले ठूलो सङ्ख्यामा मोबाइल फोन प्रयोगकर्ताद्वारा यान्देक्समा प्रसारण गर्दछ। सडकको लम्बाइमा प्रयोगकर्ताहरूको गति गणना गरेर, यान्देक्सले प्रत्यक्ष ट्राफिक नक्सा उत्पन्न गर्दछ। यसले मोबाइल फोन उपकरण स्थानको बारेमा आउने कच्चा आँकडा प्रशोधन गर्दछ र अनियमितता गराउने जस्तै ठाउँ ठाउँमा रोक्किने हुलाकी सवारी साधनहरूलाई पन्छाउने काम गर्दछ।[११][१२]

आलोचना[सम्पादन गर्नुहोस्]

  • यान्देक्स नक्साको उपग्रह रिती गुगल नक्साको जस्तै विस्तारित रूपको छैन[७]
  • योसँग रूस, बेलारूस, युक्रेन, टर्की र कजाखस्तानको मात्रै विस्तृत नक्सा रहेको छ।[१३]
  • यस नक्सामा सम्पादन हाल रुसी भाषामा मात्र उपलब्ध छ।[१४]
  • सडक दृश्य रुस, युक्रेन, बेलारुस, कजाखस्तान, अर्मेनियन र टर्कीका सहरहरूमा मात्र उपलब्ध छ

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "८ उत्कृष्ट गुगल नक्साको विकल्प - प्राचीन नक्सा - नक्साको जानकारी", इगिसम्याप डटकम, ३० मे २०१५, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  2. २.० २.१ प्राभेट, लुडुभिच, "रुसमा जिपिएस फोनले ट्राफिक जानकारी उत्पन्न गर्दै", जिपिएसबिजनेस न्यून डटकम, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  3. ""Яндекс" запустил георекламу", कमेण्ट्स डटरू, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  4. "Реклама на Яндекс.Карты.ru", मिडियाप्लेनेरिष्ट डटरू, अन्तिम पहुँच २७ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१३ मिति
  5. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०६ मिति
  6. "Панорамные снимки еще десяти городов России опубликованы на "Яндекс.Картах"", १प्राइम डटरू, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  7. ७.० ७.१ ७.२ "गुगल नक्साको उत्कृष्ट ९ वटा विकल्प", बेटरटेक टिप्स डटकम, २२ जून २०१७, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  8. "Яндекс.Карты обновили панорамы Припяти и Чернобыля", पोपमेच डटरू, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  9. "सेरनोबेलको नयाँ परिदृश्य", म्याप टिडी डटकम, अन्तिम पहुँच २७ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०३ मिति
  10. "यान्देक्स नक्सामा अनौठो परिदृश्य देखियो।", ७ सुमित क्लब, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  11. इन, लि (३१ मार्च २०१६), "इ-वाणिज्य विकास, कार्यनयन, र व्यवस्थापनको विश्वकोश", आइजिआइ ग्लोबल, अन्तिम पहुँच २७ अक्टोबर २०१७ – गुगल पुस्तकद्वारा। 
  12. "Афиша Город: Кто составляет карты "Яндекс.Пробок" – Архив", गोरोड अफिसा डटरू, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 
  13. र्‍याङ्की वेब (७ अप्रिल २०१६), "यान्देक्स नम्साको अवलोकन - डाउनलोड म्याप्स डट ओआरजी", डाउनलोड म्याप्स डट ओआरजी, अन्तिम पहुँच २७ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१० मिति
  14. प्रभेट, लुडोभिच, "यान्देक्स नक्साको पुन मर्मत", जिपिएस बिजनेस न्युज डटकम, अन्तिम पहुँच २७ अक्टोबर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]