यान्देक्स अनुवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स अनुवाद
साइटको प्रकार
तथ्याङ्कीय यन्त्र अनुवाद, तन्त्रिका यन्त्र अनुवाद
उपलब्ध भाषा९६ भाषाहरू, अन्तरमुख: अङ्ग्रेजी, रूसी, टुर्की, युक्रेनी
मालिकयान्देक्स
युआरएलtranslate.yandex.com (अङ्ग्रेजीमा)
translate.yandex.ru (रूसीमा)
ceviri.yandex.com.tr (टुर्कीमा)
translate.yandex.ua (युक्रेनीमा)
व्यवसायिकYes
दर्तावैकल्पिक
चालु भएको मितिमार्च २२, २०११; १३ वर्ष पहिले (२०११-०३-22)[१][२]
वर्तमान स्थितिचालू

यान्देक्स अनुवाद (पूर्व यान्देक्स अनुवादक) एक रूसी कम्पनी यान्देक्सले प्रदान गर्ने एक अनुवाद सेवा हो। यसले कुनै भाषाको सामग्रीहरू वा वेब पृष्ठहरू अन्य भाषाहरूमा अनुवाद गर्ने काम गर्दछ।

यस सेवाले यान्देक्सद्वारा विकसित स्वत सिक्ने तथ्याङ्कीय यन्त्र अनुवादको प्रयोग गर्दछ।[३][४] लाखौं अनुवादित पाठहरूको विश्लेषणमा आधारित प्रणालीले एकल शब्द अनुवादको शब्दकोश बनाउँदछ। पाठ अनुवाद गर्नका लागि कम्प्यूटरले यसलाई शब्दहरूको भण्डारसँग तुलना गर्दछ। त्यसपछि यसले पाठको सन्दर्भमा अभिव्यक्तिको अर्थ निर्धारण गर्न प्रयास गर्दै कम्प्युटरले आधार भाषा नमूनासँग तुलना गर्दछ।[५]

अनुवाद पृष्ठ पहिला सन् २००९ मा प्रकाशित गरिएको थियो जसले प्रोम्प्टको उपयोग गरेको थियो र यो यान्देक्स ब्राउजरमा उपलब्ध बनाइएको थियो जसले वेबसाइट अनुवादमा मद्दत गरेको थियो। सेप्टेम्बर २०१७ सम्ममा, यान्देक्सले राम्रो अनुवाद प्रदान गर्न उदेश्यका साथ तन्त्रिका सञ्जालमा परिवर्तन गरेको थियो। यो सेवा रूसी विकिपिडियामा पनि निर्माण गरिएको थियो जसले रूसी भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद प्रदान गरेको थियो। [६][७]

समर्थित भाषाहरू[सम्पादन गर्नुहोस्]

सन् २०११ को वसन्तमा परीक्षण संस्करण प्रक्षेपण गरिए लगत्तै यो अङ्ग्रेजी, रूसी र युक्रेनी गरी मात्रै तीनवटा भाषामा उपलब्ध थियोे जसमा १०,००० चरित्र मात्र समावेश थियो। [२]

डिसेम्बर २०१९ को अनुसार, यसले ९५ वटा भाषाहरूको समर्थन गर्दछ:

अनुवादको दिशा स्वत: निर्धारित हुन्छ। आवश्यक भएमा शब्दहरू, वाक्य वा वेब पृष्ठहरू पनि अनुवाद गर्न सकिन्छ। [८] त्यहाँ अनुवाद र मौलिक गरी दुवै एकैसाथ दुईवटा दृश्यमा हेर्न पनि सकिन्छ। यन्त्र अनुवादको अतिरिक्त, त्यहाँ अङ्ग्रेजी देखि र रूसी-अङ्ग्रेजी शब्दकोश पनि पूर्ण रूपमा उपलब्ध छ। विन्डोज फोनएण्ड्रोइडको लागि आइओएस सफ्टवेयरमा आधारित यन्त्रहरूको लागि एक अनुप्रयोग रहेको छ। तपाईले यसमा अनुवादित वाक्य र शब्दहरू सुन्न समेत सक्नुहुन्छ जुन मनपर्ने खण्डमा भण्डार गरिएको हुन्छ।[९]

आलोचनाहरू[सम्पादन गर्नुहोस्]

अन्य स्वचालित अनुवाद उपकरणहरू जस्तै, यस उान्दिक्स अनुवादको पनि आलोचनाहरू रहेका छन्। यो उपकरणको उदेश्य भनेको पाठकहरूलाई विदेशी भाषामा रहेको पाठको सामान्य अर्थ बुझ्न मद्दत गर्दछ, तर यसले सही अनुवादहरू भने प्रदान गर्दैन। सेवाको प्रमुख, एलेक्सी बैटिनका अनुसार, यन्त्र अनुवाद साहित्यिक पाठहरूसँग तुलना गर्न सकिँदैन।[१०]

विशेषताहरू[सम्पादन गर्नुहोस्]

१) आइओएसको लागि मोबाइल अनुप्रयोग अरबी, अर्मेनियाली, चिनियाँ (पिनयिन), जर्जियाली, युनानी, यहूदी, जापानी, कोरियालीफारसी भाषाहरूको अनुवादको लागि उपलब्ध छ।[११]

२) आवाज पहिचान

३) तस्वीर पाठ अनुवाद विशेषता (यसले मोबाइल फोन अनुप्रयोगमा यसको आफ्नै (प्रकाशद्वारा वर्णको पहिचान) प्रविधिको प्रयोग गर्दछ)।[१२]

४) "अनुवाद सुझाव" (प्रयोगकर्ताहरूले यन्त्र अनुवादहरूको गुणस्तर सुधार गर्न मद्दत गर्न यस अनुवाद सुझावको प्रयोग गर्न सक्छन्।)


५) "मनपर्ने" खण्ड, जहाँ तपाई व्यक्तिगत शब्द र वाक्यहरूको अनुवाद थप्न सक्नुहुन्छ।

६) आभाषी किबोर्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Yandex has launched an online translation service
  2. २.० २.१ Яндекс обзавелся собственным интерпретатором
  3. "Яндекс-Технологии-Машинный Перевод", यान्देक्स, अन्तिम पहुँच २०१६-०६-०८ 
  4. ""Яндекс" научился переводить тексты онлайн", भेष्ढटि डटरू, अन्तिम पहुँच २०१६-०६-०८ 
  5. "Одна модель лучше, чем две. Яндекс.Перевод выпускает гибридные системы машинного перевода", यान्देक्सको ब्लग (रूसीमा), अन्तिम पहुँच २०१९-१०-०३ 
  6. विकिपिडियाको लागि यान्देक्स अनुवाद वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-२६ मिति
  7. Благодаря Википедии появился Яндекс машинный перевод текстов
  8. Сервис Яндекс.Перевод был выпущен из бета-версии वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०३ मिति
  9. Яндекс.Перевод-карманный переводчик для iPhone वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-११ मिति
  10. Lenta.ru: Internet: "Yandex" has launched an online translator of texts
  11. Пришло время путешествовать! वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१० मिति
  12. перевести фото वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]