डकडकगो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डकडकगो
354px-DuckDuckGo logo.svg.png
DDG screenshot 2015.png
अगस्ट, २०१८ मा लिइएको डकडकगोको स्क्रिनसट
साइटको प्रकार
वेब सर्च इन्जिन
उपलब्ध भाषाबहुभाषिक
मुख्य कार्यलयपेन्सिलभेनिया संयुक्त राज्य अमेरिका
क्षेत्र सेवाविश्वब्यापी
मालिकडकडकगो, इङ्क[१]
सृष्टि कर्ताग्याब्रियल विनबर्ग
वेबसाइटduckduckgo.com
अलेक्सा क्रमIncrease २२७ ( नोभेम्बर २९, २०१८)[२]
व्यावसायिकहो
दर्ताचाहिँदैन
आरम्भसेप्टेम्बर २५, २००८; ११ वर्ष अघि (२००८-०९-25)[३]
वर्तमान अवस्थाचालु
लेखिएको भाषापर्ल, जाभा स्क्रिप्ट, पाइथन[४]

डकडकगो (अङ्ग्रेजी: DuckDuckGo) एक इन्टरनेट सर्च इन्जिन हो जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई (यो मन पराउनु भयो भने अर्को त्यस्तै सामग्रीहरू पनि मनपराउन सक्ने) टाढा राख्दछ। डकडकगोले अन्य सर्च इन्जिनहरु भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरूका बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ।[५] यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य सर्च इन्जिनहरू जस्तै बिङ, याहू!, र यानडेक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए।[६][७][८]

यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया आधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्।[९] यो कम्पनीको नाम, बालबालिकाहरूको खेल डकडक गुस (रूमाल लुकाई जस्तै खेल) बाट उत्पत्ति भएको हो।[१०][११]

केहि डकडकगोका स्रोत कोडहरू गिटहबमा अपाची २.० इजाजतपत्रमा नि:शुल्क सफ्टवेयर हो तर कोर भने अमुक्त स्रोत हो।[१२] कम्पनीले डोमेन नाम ddg.gg लाई २२ फेब्रुअरी २०११ दर्ता गरेको थियो र ddg.co लाई भने २० सेप्टेम्बर २०१३ मा दर्ता गरेको थियो। जुन डकडकगो डटकमको पुनर्निर्देशित यूआरएल उपनामको रूपमा प्रयोग गर्न सकिन्छ।

१८ सेप्टेम्बर २०१४ मा, एप्पलले डकडकगोलाई सफारी ब्राउजरमा वैकल्पिक खोज इन्जिनको रूपमा समावेश गरेको थियो।[१३][१४] १० नोभेम्बर २०१४ मा, मोजिलाले डकडकगोलाई फायरफक्स ३३.१ मा खोज विकल्पको रूपमा थपेको थियो।[१५] ३० मे २०१६ मा, टोर प्रोजेक्ट, इङ्कले डकडकगो टोर ब्राउजर ६.० को लागि पूर्वनिर्धारित खोज इन्जिन बनाएको थियो।[१६][१७][१८]

पृष्ठभुमी

डकडकगोले खोज नतिजाहरू "४०० भन्दा बढि" स्रोतहरू,[१९] जस्तै याहू! सर्च बोस; विकिपिडिया; वल्फ्राम अल्फा; बिङ, यसको आफ्नै वेब क्रलर (डकडकबोट); र अन्य सर्च इन्जिनहरूबाट खोज नतिजाहरू सङ्कलन गर्दछ ।[१९][२०] यो विकिपिडिया सहित क्राउडसोर्स साइटहरुको डाटा प्रयोग गर्दछ, जसले कुनै अङ्क थिच्नु नपर्ने बाकसहरूको बृद्धि गर्नुका साथै नतिजाहरू माथि खैरो बाकसमा यसले सारांश र सम्बन्धित विषयहरू प्रदर्शन गर्ने गर्दछ ।

यसले आफुलाई एक बिशेष सर्च इन्जिनको रूपमा स्थानान्तरण गर्दछ । डकडकगोले गोपनीयतालाई मध्यनजर गर्दै, यस्तो आईपी ठेगानाहरू भण्डारण गर्दैन, प्रयोगकर्ताहरूको जानकारी पछ्याउदैन , र आवश्यक पर्दा मात्र कुकिजहरू प्रयोग गर्दछ । डकडकगोका संस्थापक विनबर्गको भनाई अनुसार: "पूर्वनिर्धारित रूपमा, डकडकगोले व्यक्तिगत जानकारी सङ्कलन वा साझेदारी गर्दैन" । समग्रमा यही नै हाम्रो गोपनीयता नीति हो ।" यद्यपि, प्रयोगकर्ताहरूले खोजेका सम्पूर्ण सामग्रीहरू यसले सम्हाल्ने गरेको छ ।[२१]

संस्थापक विन्सबर्गका अनुसार, डिमाण्ड मिडिया नामक कम्पनीको स्वामित्वमा रहेको सहायक कम्पनी इहाउ लगायत अन्य थुप्रै कम्पनीहरूले ठूलो सङ्ख्यामा मुक्त पत्रकारहरूलाई खटाएर धेरै भन्दा धेरै लेखहरू बनाउने गरेका छन् जसबापत केही रकम तिरेर पत्रकारहरू वा लेखहरूद्वारा प्रतिदिन ४००० भन्दा बढि लेखहरू प्रकाशित गर्दछन् र विशेष रूपमा गूगल सर्चको सूचकाङ्कमा उच्च श्रेणी देखा पर्नका लागि न्यून गुणस्तरीय लेख निर्माण र प्रकाशन गर्दछन् । यस्ता सामग्रीहरू विन्सबर्गले डकडकगोबाट हटाइ खोज गुणस्तरलाई परिमार्जन गरेका छन् । डकडकगोले विज्ञापन सहितका नतिजाहरूलाई छानि बिज्ञापन रहितका सामग्रीहरूको प्रदर्शन गर्दछ ।[२२]

तुरुन्त उत्तर

खोज नतिजाहरूलाई अझै प्रभावकारी वनाउनका लागि खोज पृष्ठको शीर्षमा डकडकगोले सापेक्ष नतिजाहरू प्रदर्शित गर्दछ जसलाई तत्काल उत्तर सेवा भनिन्छ । यी तत्काल जवाफहरू तेस्रो पक्ष एपीआईहरू वा पाठ फाइलहरू जस्तै स्थिर डाटा स्रोतहरूबाट एकत्रित हुन्छन् । तत्काल जवाफहरूलाई अङ्ग्रेजीमा जेरो क्लिक इन्फो भनिन्छ जसको नेपालीमा अनुबाद (बिना कुनै अङ्क थिचि जानकारी देखाउनु) किनभने यस पछाडिको उद्देश्य भनेको प्रयोगकर्ता खोज गरेका पृष्ठहरू बिना कुनै अङ्क थिचि प्रदर्शन गर्नु हो वा केही पनि नथिचिकन स्वचलित रूपमा खोज नतिजाहरू प्रदर्शन गर्नु हो । ९ अगस्ट २०१८ को अनुसार, डकडकगोमा १२३१ तत्काल जवाफ सक्रिय रहेका छन् ।[२३]

द्रुत उत्तर खुला स्रोत हो[२४] र यसलाई गिटहबद्वारा निर्वाह गरिएको छ , जसमा जोकोहीले पनि निर्माण वा काम गर्न सक्छन् ।

टोर हिडन सेवा

अगस्ट २०१० मा, डकडकगोले टोर सञ्जाल प्रयोग गरी यसको सर्च इन्जिनमा एक ट्राफिक सेवाको माध्यमबाट पहुँच सक्षम गर्नका लागि, अज्ञात खोजी सेवाको थालनी गरेेको थियो । यसै सन्दर्भमा विनबर्गका अनुसार, "मलाई विश्वास छ कि यो हाम्रो गोपनीयता नीतिसँग सही तरिकाले मिल्दछ । टोर र डकडकगोको प्रयोग गरी, अब तपाई अज्ञात रूपमा आफूलाई लागेका कुरा यसमा खोज्न सक्नुहुनेछ ।[२५]

आवाज खोजी

सन् २०११ मा, डकडकगोले, गूगल क्रोममा आवाज खोज बिस्तारका मार्फत प्रयोगकर्ताहरूको लागि आवाज खोजी सेवाको प्रदान गरेको थियोे ।[२६]

ब्याङ्ग्स

डकडकगोले ब्याङ्ग्स नामक वाक्य रचना सेवा सञ्चालन गर्दछ, जसले प्रयोगकर्ताहरूलाई साइटको आफ्नै इन्जिन प्रयोग गरेर विशिष्ट तेस्रो-पक्ष वेबसाइटहरूमा खोज गर्ने क्षमतालाई साकार पार्दछ । अक्टोबर २०१८ को अनुसार, विविध इन्टरनेट साइटहरूको लागि ११,४१४ ब्याङ्ग्सहरू उपलब्ध रहेका छन् । २०१८ डिसेम्बरमा लगभग २,००० "ब्याङ्ग्सहरू" मेटाइएको थियोे ।[२७] तिनीहरूमध्ये केही तोडिएर काम नगरेका कारण र अन्य अनुमती बिना प्रकाशन गरिएका सामग्रीहरू दायित्वको कारणले मेटाइयो थियो ।[२८]

व्यापार नमुना

अमेजन र इबे सँग सम्बद्ध सम्बन्ध मार्फत, डकडकगोले याहू - बिङ खोज गठबन्धन सञ्जालबाट विज्ञापनहरू गरेर राजस्व कमाउँदछ ।[२९]

इतिहास

डकडकगोलाई फेब्रुअरी २००८ मा, पेन्सलभेनियामा ग्याब्रियल विनबर्गद्वारा स्थापित गरिएको थियो।[३०] विनबर्ग एक उद्यमी हुन् जसले पहिलेनै नेम्स डाटाबेस नामक सामाजिक सञ्जालको सुरुवात गरेका थिए र यो हाल निष्क्रिय रूपमा रहेको छ। प्रारम्भिक रूपमा विनबर्गद्वारा बिकास गरिएको, डकडकगो विज्ञापन समर्थन गर्दथ्यो, तर प्रयोगकर्तासँग विज्ञापनहरूलाई निश्क्रिय गर्ने विकल्प रहेको थियोे।[३१] यस सर्च इन्जिन पर्लमा लेखिएको छ[३२] र नन्जिन, फ्रि बिएसडी, र लिनक्स मार्फत सेवा सञ्चालन गर्दछ।[३३][३४]डकडकगो मुख्यतया खोज एपीआई देखि विभिन्न विक्रेताहरू मार्फत बनाइएको थियो। यसका कारण, टेकक्रन्चले सेवालाई "उन्नत" सर्च इन्जिनको रूपमा ब्याख्या गरेको।[३५][३६] विनबर्गका अनुसार यो सर्च इन्जिनको वास्तविक नाम, डकडक गुस (रूमाल लुकाई जस्तै खेल) भन्ने बालबालिकाहरूको खेलबाट उत्पत्ति भएको थियो। उनले भने- "यो वास्तवमा मेरो दिमागमा एक दिन घुम्न थाल्यो र मलाई त्यो मन पर्यो"। यो निश्चित रूप देखिनै डकडक गुसबाट प्रभावित भएको हो।[३७]

जुलाई २०१० मा डकडकगोमा आउने समस्याहरू दर्ता गराउन, सर्च इन्जिनको प्रयोगलाई फैलाउनको लागि छलफल गर्न, सुविधाहरू अनुरोध गर्न र कोडको खुला स्रोत बारे छलफल गर्नका लागि विनबर्गले जुलाई २०१० मा डकडकगोको सामुदायिक वेबसाइट (डक डटको) को सार्वजनिक गरेका थिए।[३८]

सन् २०११ मा युनियन स्क्वायर भेन्चर्स र एञ्जल इन्भेस्टरले लगानी गर्नु पुर्ब यो एक अात्म-बित्त कोषित कम्पनी रहेको थियोे। यूनियन स्क्वायरका उपाध्यक्ष ब्राड बर्नमहले भने, "हामीले डकडकगोमा लगानी गरेका छौं किनभने हामी विश्वस्त भयौँ कि केवल खोजमा प्रतिस्पर्धाको आधार बदल्न सकिएन, यो गर्ने समय रहेको थियो"।[३९]

यसको अतिरिक्त, ट्रिसक्लेल, लिनक्स मिन्ट, र मिडोरी वेब ब्राउजरल्, डकडकोलाई उनको पूर्वनिर्धारित सर्च इन्जिनको रूपमा बदलेका थिए।[४०]

हामीले गूगललाई हराउनको लागि यसमा लगानी गरेका होइनौं। यहाँ एक नयाँ निजी सर्च इन्जिनको अावश्यक परेकाले हामीले यसमा लगानी गरेका हौँ। (सन् २०१२ मा न्युयोर्क स्थित एक सभामा भनिएको भनाइ)[४१]

४ मे २०१२ सम्म यस सर्च इन्जिनमा दिनहुँ १.५ मिलियन खोजहरू हुने गरेका थिए। विनबर्गले सन् २०११ मा कम्पनीको ११५,००० अमेरिकी डलर राजस्व सङ्कलन गर्यो र त्यसबेला कम्पनीमा जम्मा तीन कर्मचारीहरु थिए, साथै एक सानो अङ्कमा ठेकेदारहरू पनि रहेका थिए।[४२] फेब्रुअरी २०१४, एक मापन वेबसाइट कम्प्लिट डटकमका अनुसार यसमा २६६,४६५ आगन्तुक प्रयोगकर्ताहरूले यसमा खोजी गरेका थिए।[४३] १२ अप्रिल २०११ मा, अलेक्साले ३ महिनाको वृद्धि दर ५१% भएको सूचना दिएको थियोे ।[४४] डकडकगोको आफ्नै ट्राफिक तथ्याङ्कका अनुसार अगस्ट २०१२ मा प्रति दिन १,३९३,६४४ भ्रमणहरू हुने गरेका थिए र अप्रिल २०१० मा प्रति दिन ३९,४०६ भ्रमणहरू भएका थिए। (सबैभन्दा प्रारम्भिक डाटाका अनुसार)।[४५] नोभेम्बर २०१२ मा, वासिङटन पोस्टले अक्टोबर २०१२ सम्ममा डकडकगोमा खोजहरु ४५,०००,००० प्रति महिना सम्म पुगेको सङ्केत गरेको थियोे । यस लेखले यस्तो निष्कर्ष निकालेको छ: "विनबर्गको गैर-महत्वाकांक्षी लक्ष्यले उनलाई अनलाइन विशेष गरी अनौठो र खतरनाक प्रतियोगी बनाउँदछ । गूगल वा बिङ गर्न नसक्ने उनले लगभग सबै काम गर्न सक्छन् किनभने यसले उनीहरूको व्यापारिक मोडेललाई क्षति पुर्याउन सक्छ, र प्रयोगकर्ताहरूले पत्ता लगाउँन सके भने, डकडकगोको खोजीमा अझ राम्ररी मन पराउँन सक्छन्, जसले गर्दा विनबर्ग बिस्तृत खोजी इन्जिनहरूलाई पनि हानि पुऱ्याउन सक्नेछन्। यो एक असमान डिजिटल युद्ध हो, र युनियन स्क्वायर भेन्चर्सले गूगललाई कमजोरको रूपमा हेरेका छन्।

जिनोमीले, जिनेमी वेब ​​ब्राउजर ३.१०, २६ सेप्टेम्बर २०१३ मा सार्वजनिक गरेपछि यसको पहिलो संस्करणको साथनै यसमा डकडकगो पूर्वनिर्धारित सर्च इन्जिनको रूपमा रहेको छ।[४६]

एप्पल विश्वव्यापी विकासकर्ता सम्मेलन २०१४ को मुख्य भाषणमा, डकडकगोलाई दुवै आईओएस ८ र ओएस एक्स योसेमाइटमा, खोजीको लागी एक विकल्पको रूपमा समावेश गरिने एप्पलले घोषणा गरेको थियोे।[४७] मार्च १०, पेल मुन वेब ब्राउजरको संस्करण २४.४.० देखि , डकडकगो पूर्वनिर्धारित सर्च इन्जिनको रूपमा रहेको थियोे र साथै ब्राउजरहरूको गृहषृष्ठ मा सूचीबद्ध भएको थियोे।[४८] मे २०१४ मा डकडकगोले, डकडकह्याक मार्फत बेटा परीक्षकहरूको साथ एक पुनः संस्करण जारी गरेको थियो।[४९] २१ मे २०१४ मा, डकडकगोले औपचारिक रूपले पुनः डिजाइन गरिएको संस्करणलाई सार्वजनिक गरेको थियोे जसले छिटो जवाफहरूमा र अधिक परिमार्जित दृश्यमा ध्यान केन्द्रित गरेको थियो । नयाँ संस्करणले धेरै नयाँ सुविधाहरू जस्तै तस्बिर, स्थानीय खोजी, स्वत: सुझाव, मौसम, व्यञ्जन अादि कुराहरू थप गरेको थियो। [५०]

जुलाई २०१६ मा, डकडकगोले आधिकारिक रूपमा याहूसँग साझेदारी विस्तार घोषणा गरेको थियो। यसले खोज नतिजा र थप साइट लिङ्कहरू मिति समावेशका साथै यस सर्च इन्जिनका सबै प्रयोगकर्ताहरू माझ नयाँ सुविधाहरू विस्तार गरेको थियोे। यसले परिणामहरू उत्पन्न गर्न वा प्रस्तावित सुविधाहरू प्रयोग गर्न बिङ, यानडेक्स, र विकिपिडियासँग पनि साझेदारी गरेको थियोे। अाफ्नो नीतिलाई मध्यनजर गर्दै, कम्पनीले साझेदार कम्पनीहरूसँग प्रयोगकर्ता जानकारी साझा नगर्ने कुरा पुष्टि गरेको थियो। [५१][५२]

२३ जनवरी, २०१८ मा, डकडकगोले इन्टरनेट प्रयोगकर्ताहरू खोजलाई सुरक्षित गर्नको लागि आफ्नो ब्राउजर एक्सटेन्सन (विस्तार) र मोबाइल अनुप्रयोग पुन: परिमार्जन गरेको थियोे। जसले विज्ञापन पछ्याउने सञ्जाललाई रोक्न सक्ने क्षमता प्रदान गरेको थियोे।[५३]

जनवरी १५, २०१९ मा, डकडकगोले दुवै डेस्कटप र मोबाइल उपकरणहरूमा सबै नक्सा र ठेगाना सम्बन्धित खोजहरू एप्पल नक्सा द्वारा सञ्चालित हुने घोषण गरेको थियो।[५४]

ट्राफिक

यसमा १ मिलियन खोज पुग्न १,४४५ दिन लागेको
२ मिलियन खोजीहरू प्राप्त गर्न ४८३ दिन, र त्यसपछि ३ मिलियन खोजीहरू प्राप्त गर्न मात्रै ८ दिन लागेको थियो ।,
त्यसपछि ३ मिलियन खोजीहरू प्राप्त गर्न मात्रै ८ दिन लागेको थियो ।: https://duckduckgo.com/traffic/

डकडकगो ट्विटर खाता (@duckduckgo), १८ जून २०१३[५५][५६][५७]

जुन २०१३ मा, डकडकगोमा महत्वपूर्ण ट्राफिक वृद्धि भएको थियो। वेबसाइटको ट्विटर खाताका अनुसार, सोमबार, १७ जून २०१३ मा, यसमा दैनिक ३ लाख सीधा खोजहरू भएका थिए। मे २०१३ मा औसतमा, दैनिक १.८ मिलियन दैनिक सीधा खोजीहरू हुने गरेका थिए ।[५८] पछि सेप्टेम्बर २०१३ मा, यस सर्च इन्जिनमा प्रति दिन ४ मिलियन खोजहरू पुगेको थियो ।[५९][६०][६१]

नोभेम्बर २०१८ का अनुसार, डकडकगोमा प्रति दिन ३१ मिलियन प्रत्यक्ष खोजी प्राप्त गरेको थियो।[६२]

जनवरी २०१९ सम्म, डकडकगोले ३४ मिलियन दैनिक खोजीहरू प्राप्त गरेको थियो र उक्त महिनामा यसमा १ बिलियन खोजीहरू भएका थिए।[६३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "डकडकगो, इङ्क: निजी कम्पनीको जानकारी", ब्लुमबर्ग, अन्तिम पहुँच २ मे २०१७ 
  2. "डकडकगो डटकमको ट्राफिक तथ्याङ्क", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १ डिसेम्बर २०१८ 
  3. "हाम्रो बारेमा", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-१२ 
  4. "बास्तुकला", डकडकग‍ कम्युनिटी प्लेटफर्म, अन्तिम पहुँच ६ मार्च २०१५ 
  5. "dontbubble.us", अन्तिम पहुँच २०१४-०९-१२ 
  6. "स्रोतहरू", डकडकगो हेल्प पेज, डकडकगो, २४ जनवरी २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. रिडर, रथ (११ जून २०१४), "डकडकग‍ र युम्लिको गठबन्धन", भेन्चर बिट, अन्तिम पहुँच ११ जून २०१४ 
  8. "डकडकगो ट्राफिक", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-१२ 
  9. "डकडकगोको बारेमा", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०८ 
  10. रोसेनवाल्ड, माइकल (९ नोभेम्बर २०१३), "गुगल र डकडकगोमा भिन्नता", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच १९ मार्च २०१३ 
  11. अार्थर, चार्लस (१० जुलाई २०१३), "डकडकगोको प्रयोगकर्ताहरूको एक विवरण", द गार्जियन, अन्तिम पहुँच १० जुलाई २०१३ 
  12. "डकडकगो", १६ मार्च २०१२, अन्तिम पहुँच १९ मार्च २०१२ – गिटहबद्वारा। 
  13. स्वार्च, ब्यारी (२ जून २०१४), "डकडकगोको लागि ठूलो बिजय: एप्पलले सफारीमा बैकल्पिक सर्च इन्जिनको रूपमा राखेको छ", सर्च इन्जिन ल्यान्ड, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  14. "एप्पल - अोएस एक्स योसेमाइट - अनुप्रयोग", मूलबाट २०१४-०९-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-३०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. "फायरफक्स टिप्पणी", मोजिला डट अोअारजी, १० नोभेम्बर २०१४, अन्तिम पहुँच ११ नोभेम्बर २०१४ 
  16. लोमास, नटासा (३१ मे २०१६), "डकडकगो - पुनर्निर्धारित वेब ब्राउजर", टेक क्रन्च, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  17. साउथन, म्याट (१ जून २०१६), "टोर ब्राउजरको लागि डकडकगो पुनर्निधारिक वेब ब्राउजर बनेको छ", सर्च इन्जिन जरनल, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  18. "टोर ब्राउजर ६.० सार्वजनिक गरिएको छ", टोर प्रोजेक्ट ब्लग, ३० मे २०१६, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  19. १९.० १९.१ "स्रोतहरू", डकडकगो सपोर्ट सेन्टर, २२ जुलाई २०१८, अन्तिम पहुँच २२ जुलाई २०१८ 
  20. "वल्फ्रामअल्फा र डकडकगोको सम्बन्ध", वल्फ्रामअल्फा डटकम, १८ अप्रिल २०११। 
  21. "डकडकगोको गोपनियता निति" डकडकगो डटकम
  22. मिम्स, क्रिस्टोफर (२६ जुलाई २०१०), "डकडकगोको न्यून गुणस्तरीय लेखको लागि अालोचना", टेकनोलोजि प्रिभ्यु, अन्तिम पहुँच १९ मार्च २०१३ 
  23. "डकडकगोको तुरुन्त उत्तर सेवा" 
  24. "तुरुन्त उत्तर गिटहबमा भण्डारण रहेको छ", अन्तिम पहुँच ७ जुलाई २०१५ 
  25. "डकडकगोको नविन सेवा", ग्याब्रियल विनबर्गको ब्लग, १३ अगस्ट २०१०, मूलबाट ३१ डिसेम्बर २०१०-मा सङ्ग्रहित। 
  26. "डकडकगोका अौजारहरू", २०११-१०-१२, अन्तिम पहुँच २०१८-१-१२ 
  27. "ब्याङ्ग्स", Duckduckgo.com, अन्तिम पहुँच अक्टोबर ६, २०१८ 
  28. भेन्डरसार, एर्नस्टो (३ डिसेम्बर २०१९), "डकडकगोले अनुमती बिना प्रकाशन गरिएका सामग्रीहरू हटाएको छ", टोरेन्ट फ्रिक, अन्तिम पहुँच ४ डिसेम्बर २०१८ 
  29. "विज्ञापन र सम्बद्ध", डकडकगो कम्युनिटि प्लेटफर्म, अन्तिम पहुँच २०१५-०६-०४ 
  30. "इतिहास", २०१३-१०-०६, अन्तिम पहुँच २०१८-११-१२ 
  31. चु, ज्याकि (२९ जनवरी २०१५), "डकडकगोको प्रोफाइल", चुपप्रोजेक्ट डटकम, अन्तिम पहुँच २८ जनवरी २०१४ 
  32. "डकडकगो पर्ल डकडकगो/डकडकगो विकि गिटहब", गिटहब, अन्तिम पहुँच १० मे २०१६ 
  33. "डकडकगो: खुला स्रोतबाट बनाइएको एक नयाँ सर्च इन्जिन", ब्लग, १० जुलाई २०१०, मूलबाट १७ मार्च २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  34. "बास्तुकला", डकडकगो डटकम, २८ जनवरी २०१३, अन्तिम पहुँच ११ जून २०१३ 
  35. किम्बर्लिङ, ड्यान (१२ डिसेम्बर २००८), "डकडकगो, उन्नत सर्च इन्जिन", टेकक्रन्च, अन्तिम पहुँच १९ मार्च २०१३ 
  36. विनबर्ग, ग्याब्रियल (२५ मार्च २०१०), "डकडकगोको सेवा विस्तार", ह्याकर न्युज, मूलबाट २०११-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  37. विनबर्ग, ग्याब्रियल (११ जून २००९), "डकडकगोको विशेष अौजार", ह्याकर न्युज, मूलबाट २००९-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  38. विनबर्ग, ग्याब्रियल (जुलाई २०१०), "डक डटको – डकडकगो समाज", अन्तिम पहुँच २१ जुलाई २०१० 
  39. बर्नहाम, ब्राड (१३ अक्टोबर २०११), "डकडकगो", युनियन स्क्वायर भेन्चरको ब्लग, अन्तिम पहुँच १४ अक्टोबर २०११ 
  40. "वेब ब्राउजरमा डकडकगो", ट्रिसकल डट इन्फो, २५ नोभेम्बर २०१०, अन्तिम पहुँच मार्च १९, २०१३ 
  41. लुडविग, सिन (२१ मे २१२), "फ्रिड विल्सन: हामीले रेडिटको लागि डकडकगोमा लगानी गरेका हौं, ह्याकर न्युज", भेन्चर बिट, अन्तिम पहुँच २९ जनवरी २०१३ 
  42. फरिभर, साइरस (१६ म २०१२), "गोपनियता: केहि सर्च इन्जिनले प्रयोगकर्ताहरूलाई नपछ्याइकन पैसा कमाउने गरेका छन्", अार्स टेक्निकल, अन्तिम पहुँच १४ मे २०१२ 
  43. "कम्प्लिट डटकम - डकडकगोको बारेमा", २०१२-०३-२४, अन्तिम पहुँच २०१८-११-१२ 
  44. "डकडकगो एनालाइटिक्स प्रोफाइल", अलेक्सा डटकम। 
  45. "डकडकगोको अाधिकारिक ट्राफिक" 
  46. "जिनोमी ३.१० सार्वजनिक गरिएको छ", जिनमिको मेलिङ सुची, २६ सेप्टेम्बर २०१३, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१३ 
  47. डिकी, मेगान रोज (३ जून २०१४), "एप्पल अोएसमा डकडकगो", बिजनेस इन्साइडर, अन्तिम पहुँच ६ जून २०१४ 
  48. "पेल मुन २४.४.०", पेल मुन, मुन चाइल्ड प्रोडक्सन्स, अन्तिम पहुँच ४ जून २०१४ 
  49. "डकडकगो", नेक्सट डट डकडकगो डटकम, अन्तिम पहुँच २०१४-०५-११् 
  50. "डकडकगो कल्पना र पुनर्स्थापना" 
  51. ब्रिङ्कम्यान, मार्टिन (१ जुलाई २०१६), "डकडकगोले याहू! सँग साझेदारी कायम गरेको छ", जि ह्याक्स 
  52. "डकडकगले हाल खोजको लागि याहूको प्रयोग गरेको छ" 
  53. "गोपनियता-डकडकगोले तपाईलाई इन्टरनेटमा सुरक्षित राख्दछ", द भर्ज, अन्तिम पहुँच २०१८-११-१२ 
  54. "नक्सा सम्बन्धित गोपनियता खोजका लागि डकडकगोले एप्पल नक्सा चुनेको छ", डकडकगो ब्लग (अङ्ग्रेजीमा), २०१९-०१-१५, अन्तिम पहुँच २०१९-०१-१६ 
  55. "ट्विटर / डकडकगो: यसमा १ मिलियन खोज पुग्न १,४४५ दिन लागेको ...", डकडकगो, १८ जून २०१३, मूलबाट ६ जून २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  56. म्याक्गि, म्याट (१८ जून २०१३), "मिलियन खोजी भएको डकडकगोमा , ८ दिनमै ३ मिलियन खोज पुगेको छ", सर्च इन्जिन ल्यान्ड, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  57. वेबर, ह्यारीसन (१८ जून २०१४), "गूगलको बैकल्पिक डकडकगोले ३.१ मिलसयन खोजि प्राप्त गरेको छ", द नेक्ट वेब, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  58. क्रिन्जर, माइकल (Jul १०, २०१३), "सर्च इन्जिन डकडकगोको ट्राफिक काण्ड", Liberty Blitzkrieg, अन्तिम पहुँच ७ मार्च २०१५ 
  59. ग्रस, ग्रन्ट (१० अक्टोबर २०१३), "एक प्रतिवेदन", पिसी वल्ड अष्ट्रेलिया, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  60. मिलर, रोन (१६ सेप्टेम्बर २०१६), "डकडकगोले धेरै भन्दा धेरै ग्राहकहरू तानिरहेको छ", फियर्स कन्टेन्ट म्यानेजमेन्ट, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  61. लियोनहार्ड, वडि (१३ सेप्टेम्बर २०१३), "डकडकगो अघि बढ्दै छ", इन्फोवल्ड, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  62. "डकडकगोको ट्राफिक", डकडकगो डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  63. "डकडकगोको ट्राफिक", डकडकगो डटकम, अन्तिम पहुँच १७ माघ २०७५ 

बाह्य सूत्रहरू