डकडकगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डकडकगो
अगष्ट, २०१८ मा लिइएको डकडकगोको पर्दा चित्रण
साइटको प्रकार
वेब खोज संयन्त्र
उपलब्ध भाषाबहुभाषिक
मुख्यालयहरूपेन्सिलभेनिया संयुक्त राज्य अमेरिका
सेवा क्षेत्रविश्वव्यापी
मालिकडकडकगो, निगम[१]
सर्जकग्याब्रियल विनबर्ग
युआरएलduckduckgo.com
अलेक्सा क्रमवृद्धि १७३ (जनवरी २०२०)[२]
व्यवसायिकहो
दर्ताचाहिँदैन

डकडकगो (अङ्ग्रेजी: DuckDuckGo) एक इन्टरनेट वेब खोज संयन्त्र हो जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई (यो मन पराउनु भयो भने अर्को त्यस्तै सामग्रीहरू पनि मनपराउन सक्ने) टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरूले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरूका बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ।[५] यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए।[६][७][८]

यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया आधारित छ र जुलाई २०१९ सम्म ७६ जना कर्मचारीहरू कार्यरत रहेका छन्।[९] यो कम्पनीको नाम, बालबालिकाहरूको खेल डकडक गुस (रूमाल लुकाई जस्तै खेल)बाट उत्पत्ति भएको हो।[१०][११]

केहि डकडकगोका स्रोत अङ्कहरू गिटहबमा अपाची २.० इजाजतपत्र अन्तर्गत नि:शुल्क सफ्टवेयर हुन् भने यसको कोर सफ्टवेयर स्वामित्व स्रोत हो।[१२] कम्पनीले डोमेन नाम डिडिजि डटजिजि लाई २२ फेब्रुअरी २०११ दर्ता गरेको थियो र डक डटकमलाई १२ डिसेम्बर २०१९ मा अधिग्रहण गरेको थियो।[१३] कम्पनीले डिडिजि डटको लाई भने २० सेप्टेम्बर २०१३ मा दर्ता गरेको थियो जसलाई डकडकगो डटकमको पुनर्निर्देशित यूआरएल उपनामको रूपमा प्रयोग गर्न सकिन्छ।

१८ सेप्टेम्बर २०१४ मा, एप्पलले डकडकगोलाई सफारी ब्राउजरमा वैकल्पिक खोज संयन्त्रको रूपमा समावेश गरेको थियो।[१४][१५] १० नोभेम्बर २०१४ मा, मोजिलाले डकडकगोलाई फायरफक्स ३३.१ मा खोज विकल्पको रूपमा थपेको थियो।[१६] ३० मे २०१६ मा, टोर प्रोजेक्ट, निगमले डकडकगो टोर ब्राउजर ६.० को लागि पूर्वनिर्धारित खोज संयन्त्र बनाएको थियो।[१७][१८][१९]

पृष्ठभूमि

डकडकगोले खोज नतिजाहरू "४०० भन्दा बढि" स्रोतहरू,[२०] जस्तै याहू! सर्च बोस; विकिपिडिया; उल्फ्राम अल्फा; बिङ, यसको आफ्नै वेब क्राउलर (डकडकबोट); र अन्य खोज संयन्त्रहरूबाट खोज नतिजाहरूको सङ्कलन गर्ने गर्दछ ।[२०][२१] यो विकिपिडिया सहित क्राउडसोर्स साइटहरूको डाटा प्रयोग गर्दछ, जसले कुनै अङ्क थिच्नु नपर्ने बाकसहरूको बृद्धि गर्नुका साथै नतिजाहरू माथि खैरो बाकसमा यसले सारांश र सम्बन्धित विषयहरू प्रदर्शन गर्ने गर्दछ।[२२]

यसले आफुलाई एक विशेष खोज संयन्त्रको रूपमा स्थानान्तरण गरेको छ। डकडकगोले गोपनीयतालाई मध्यनजर गर्दै, यसले आईपी ठेगानाहरू भण्डारण गर्दैन, प्रयोगकर्ताहरूको जानकारी पछ्याउदैन, र आवश्यक पर्दा मात्र स्मृति शेषको प्रयोग गर्दछ। डकडकगोका संस्थापक विनबर्गको भनाई अनुसार: "पूर्वनिर्धारित रूपमा, डकडकगोले व्यक्तिगत जानकारी सङ्कलन वा साझेदारी गर्दैन"। समग्रमा यही नै हाम्रो गोपनीयता नीति हो।" यद्यपि, प्रयोगकर्ताहरूले खोजेका सम्पूर्ण सामग्रीहरू यसले सम्हाल्ने गरेको छ।[२३]

संस्थापक विन्सबर्गका अनुसार, डिमाण्ड मिडिया नामक कम्पनीको स्वामित्वमा रहेको सहायक कम्पनी इहाउ लगायत अन्य थुप्रै कम्पनीहरूले ठूलो सङ्ख्यामा मुक्त पत्रकारहरूलाई खटाएर धेरै भन्दा धेरै लेखहरू बनाउने गरेका छन् जसबापत केही रकम तिरेर पत्रकारहरू वा लेखहरूद्वारा प्रतिदिन ४००० भन्दा बढि लेखहरू प्रकाशित गर्दछन् र विशेष रूपमा गुगल खोजीको सूचकाङ्कमा उच्च श्रेणी देखा पर्नका लागि न्यून गुणस्तरीय लेख निर्माण र प्रकाशन गर्दछन् । यस्ता सामग्रीहरू विन्सबर्गले डकडकगोबाट हटाइ खोज गुणस्तरलाई परिमार्जन गरेका छन् । डकडकगोले विज्ञापन सहितका नतिजाहरूलाई छानि बिज्ञापन रहितका सामग्रीहरूको प्रदर्शन गर्दछ।[२४]

तुरुन्त उत्तर

खोज नतिजाहरूलाई अझै प्रभावकारी वनाउनका लागि खोज पृष्ठको शीर्षमा डकडकगोले सापेक्ष नतिजाहरू प्रदर्शित गर्दछ जसलाई तत्काल उत्तर सेवा भनिन्छ। यी तत्काल जवाफहरू तेस्रो पक्ष एपीआईहरू वा पाठ फाइलहरू जस्तै स्थिर डाटा स्रोतहरूबाट एकत्रित हुन्छन् । तत्काल जवाफहरूलाई अङ्ग्रेजीमा जेरो क्लिक इन्फो भनिन्छ जसको नेपालीमा अनुबाद (बिना कुनै अङ्क थिचि जानकारी देखाउनु) किनभने यस पछाडिको उद्देश्य भनेको प्रयोगकर्ता खोज गरेका पृष्ठहरू बिना कुनै अङ्क थिचि प्रदर्शन गर्नु हो वा केही पनि नथिचिकन स्वचलित रूपमा खोज नतिजाहरू प्रदर्शन गर्नु हो । जुलाई २०१९ को अनुसार, डकडकगोमा १२३६ तत्काल जवाफ सक्रिय अवस्थामा रहेका छन्।[२५]

द्रुत उत्तर खुला स्रोत हो[२६] र यसलाई गिटहबद्वारा निर्वाह गरिएको छ , जसमा जोकोहीले पनि निर्माण वा काम गर्न सक्छन् ।

टोरमा पहुँच

अगस्ट २०१० मा, डकडकगोले टोर सञ्जाल प्रयोग गरी यसको सर्च इन्जिनमा एक ट्राफिक सेवाको माध्यमबाट पहुँच सक्षम गर्नका लागि, अज्ञात खोजी सेवाको थालनी गरेको थियो। यसै सन्दर्भमा विनबर्गका अनुसार, "मलाई विश्वास छ कि यो हाम्रो गोपनीयता नीतिसँग सही तरिकाले मिल्दछ"। टोर र डकडकगोको प्रयोग गरी, अब तपाई अज्ञात रूपमा आफूलाई लागेका कुरा यसमा खोज्न सक्नुहुनेछ ।[२७]

आवाज खोजी

सन् २०११ मा, डकडकगोले, गूगल क्रोममा आवाज खोज बिस्तारका मार्फत प्रयोगकर्ताहरूको लागि आवाज खोजी सेवाको प्रदान गरेको थियोे ।[२८]

ब्याङ्ग्स

डकडकगोले ब्याङ्ग्स नामक वाक्य रचना सेवा सञ्चालन गर्दछ, जसले प्रयोगकर्ताहरूलाई साइटको आफ्नै इन्जिन प्रयोग गरेर विशिष्ट तेस्रो-पक्ष वेबसाइटहरूमा खोज गर्ने क्षमतालाई साकार पार्दछ । अक्टोबर २०१८ को अनुसार, विविध इन्टरनेट साइटहरूको लागि ११,४१४ ब्याङ्ग्सहरू उपलब्ध रहेका छन् । २०१८ डिसेम्बरमा लगभग २,००० "ब्याङ्ग्सहरू" मेटाइएको थियोे ।[२९] तिनीहरूमध्ये केही तोडिएर काम नगरेका कारण र अन्य अनुमती बिना प्रकाशन गरिएका सामग्रीहरू दायित्वको कारणले मेटाइयो थियो।[३०]

व्यापार नमुना

अमेजन र इबे सँग सम्बद्ध सम्बन्ध मार्फत, डकडकगोले याहु - बिङ खोज गठबन्धन सञ्जालबाट विज्ञापनहरू गरेर राजस्व कमाउँदछ।[३१]

इतिहास

डकडकगोलाई फेब्रुअरी २००८ मा, पेन्सलभेनियामा ग्याब्रियल विनबर्गद्वारा स्थापित गरिएको थियो।[९][३२] विनबर्ग एक उद्यमी हुन् जसले पहिलेनै नेम्स डाटाबेस नामक सामाजिक सञ्जालको सुरुवात गरेका थिए र यो हाल निष्क्रिय रूपमा रहेको छ। प्रारम्भिक रूपमा विनबर्गद्वारा विकास गरिएको, डकडकगोले विज्ञापनलाई समर्थन गर्दथ्यो, तर प्रयोगकर्तासँग विज्ञापनहरूलाई निश्क्रिय पार्ने विकल्प पनि समावेश थियोे।[३३] यस खोज संयन्त्र पर्लमा लेखिएको छ[३४] र नन्जिन, फ्रि बिएसडी, र लिनक्स मार्फत सेवा सञ्चालन गर्दछ।[३५][३६] डकडकगो मुख्यतया खोज एपीआई देखि विभिन्न विक्रेताहरू मार्फत बनाइएको थियो। यसका कारण, टेकक्रन्चले सेवालाई "उन्नत" खोज संयन्त्रको रूपमा व्याख्या गरेको थियो।[३७][३८] विनबर्गका अनुसार यो खोज संयन्त्र वास्तविक नाम, डकडक गुस (रूमाल लुकाई जस्तै खेल) भन्ने बालबालिकाहरूको खेलबाट उत्पत्ति भएको थियो। उनले भने- "यो वास्तवमा मेरो दिमागमा एक दिन घुम्न थाल्यो र मलाई त्यो मन पर्‍यो"। यो निश्चित रूप देखिनै डकडक गुसबाट प्रभावित भएको हो।[३९]

जुलाई २०१० मा डकडकगोमा आउने समस्याहरू दर्ता गराउन, खोज संयन्त्रको प्रयोगलाई फैलाउनको लागि छलफल गर्न, सुविधाहरू अनुरोध गर्न र अङ्कको खुला स्रोत बारेमा छलफल गर्नका लागि विनबर्गले जुलाई २०१० मा डकडकगोको सामुदायिक वेबसाइट (डक डटको) को सार्वजनिक गरेका थिए।[४०]

गुगललाई हराउने उद्देशका साथ हामीले यसमा लगानी गरेका थिएनौं। एक निजी खोज संयन्त्रको आवश्यकता परेको हुँदा हामीले यसमा लगानी गरेका थियौं। हामीले यसलाई इन्टरनेट अराजकतावादीहरू, रेडिट र ह्याकर न्यूजमा रुचि राख्ने मानिसहरूका लागि स्थापना गरेका थियौं।

— फ्रेड विल्सन, सन् २०१२ को, न्युयोर्कमा भएको टेकक्रञ्च सम्मेलन[४१]

सन् २०११ मा युनियन स्क्वायर भेन्चर्स र एञ्जल इन्भेस्टरले लगानी गर्नु पूर्व यो एक आत्म-बित्त कोषित कम्पनी रहेको थियोे। यूनियन स्क्वायरका उपाध्यक्ष ब्राड बर्नमहले भने, "हामीले डकडकगोमा लगानी गरेका छौं किनभने हामी विश्वस्त भयौँ कि केवल खोजमा प्रतिस्पर्धाको आधार बदल्न सकिएन, यो गर्ने समय रहेको थियो"।[४२]

यसको अतिरिक्त, ट्रिसक्लेल, लिनक्स मिन्ट, र मिडोरी वेब ब्राउजरले, डकडगोलाई उनको पूर्वनिर्धारित खोज संयन्त्रको रूपमा बदलेका थिए।[४३]

४ मे २०१२ सम्म यस खोज संयन्त्रमा दिनहुँ १.५ मिलियन खोजहरू हुने गरेका थिए। विनबर्गले सन् २०११ मा कम्पनीको ११५,००० अमेरिकी डलर राजस्व सङ्कलन गर्यो र त्यसबेला कम्पनीमा जम्मा तीन कर्मचारीहरु थिए, साथै एक सानो अङ्कमा ठेकेदारहरू पनि रहेका थिए।[४४] फेब्रुअरी २०१४, एक मापन वेबसाइट कम्पिट डटकमका अनुसार यसमा २६६,४६५ आगन्तुक प्रयोगकर्ताहरूले यसमा खोजी गरेका थिए।[४५] १२ अप्रिल २०११ मा, अलेक्साले ३ महिनाको वृद्धि दर ५१% भएको सूचना दिएको थियोे ।[४६] डकडकगोको आफ्नै ट्राफिक तथ्याङ्कका अनुसार अगस्ट २०१२ मा प्रति दिन १,३९३,६४४ भ्रमणहरू हुने गरेका थिए र अप्रिल २०१० मा प्रति दिन ३९,४०६ भ्रमणहरू भएका थिए। (सबैभन्दा प्रारम्भिक डाटाका अनुसार)।[४७] नोभेम्बर २०१२ मा, वासिङटन पोस्टले अक्टोबर २०१२ सम्ममा डकडकगोमा खोजहरु ४५,०००,००० प्रति महिना सम्म पुगेको सङ्केत गरेको थियोे । यस लेखले यस्तो निष्कर्ष निकालेको छ:

"विनबर्गको गैर-महत्त्वाकांक्षी लक्ष्यले उनलाई अनलाइन विशेष गरी अनौठो र खतरनाक प्रतियोगी बनाउँदछ। गुगल वा बिङले गर्न नसक्ने उनले लगभग सबै काम गर्न सक्छन् किनभने यसले उनीहरूको व्यापारिक नमूनालाई क्षति पुर्याउन सक्छ, र प्रयोगकर्ताहरूले पत्ता लगाउँन सके भने, डकडकगोको खोजीमा अझ राम्ररी मन पराउन सक्छन्, जसले गर्दा विनबर्ग बिस्तृत खोजी संयन्त्रहरूलाई पनि हानि पुऱ्याउन सक्नेछन्। यो एक असमान अङ्कीय युद्ध हो, र युनियन स्क्वायर भेन्चर्सले गुगललाई कमजोरको रूपमा हेरेका छन्।

जिनोमीले, जिनेमी वेब ​​ब्राउजर ३.१०, २६ सेप्टेम्बर २०१३ मा सार्वजनिक गरेपछि यसको पहिलो संस्करणको साथनै यसमा डकडकगो पूर्वनिर्धारित खोज संयन्त्रको रूपमा रहेको छ।[४८]

एप्पल विश्वव्यापी विकासकर्ता सम्मेलन २०१४ को मुख्य भाषणमा, डकडकगोलाई दुवै आईओएस ८ र ओएस एक्स योसेमाइटमा, खोजीको लागि एक विकल्पको रूपमा समावेश गरिने एप्पलले घोषणा गरेको थियोे।[४९] मार्च १०, पेल मुन वेब ब्राउजरको संस्करण २४.४.० देखि , डकडकगो पूर्वनिर्धारित खोज संयन्त्रको रूपमा रहेको थियोे र साथै ब्राउजरहरूको गृह षृष्ठमा सूचीबद्ध भएको थियोे।[५०] मे २०१४ मा डकडकगोले, डकडकह्याक मार्फत बिटा परीक्षकहरूको साथ एक पुनः संस्करण जारी गरेको थियो।[५१] २१ मे २०१४ मा, डकडकगोले औपचारिक रूपले पुनः बनावट गरिएको संस्करणलाई सार्वजनिक गरेको थियोे जसले छिटो जवाफहरूमा र अधिक परिमार्जित दृश्यमा ध्यान केन्द्रित गरेको थियो। नयाँ संस्करणले धेरै नयाँ सुविधाहरू जस्तै तस्वीर, स्थानीय खोजी, स्वत: सुझाव, मौसम, व्यञ्जन आदि कुराहरू थप गरेको थियो। [५२]

जुलाई २०१६ मा, डकडकगोले आधिकारिक रूपमा याहूसँग साझेदारी विस्तार घोषणा गरेको थियो। यसले खोज नतिजा र थप साइट सूत्रहरूमा मिति समावेशका गर्नुका साथै यस खोज संयन्त्रका सबै प्रयोगकर्ताहरू माझ नयाँ सुविधाहरू विस्तार गरेको थियोे। यसले परिणामहरू उत्पन्न गर्न वा प्रस्तावित सुविधाहरू प्रयोग गर्न बिङ, यान्दिक्स, र विकिपिडियासँग पनि साझेदारी गरेको थियोे। आफ्नो नीतिलाई मध्यनजर गर्दै, कम्पनीले साझेदार कम्पनीहरूसँग प्रयोगकर्ता जानकारी साझा नगर्ने कुरा पुष्टि गरेको थियो। [५३][५४]

२३ जनवरी, २०१८ मा, डकडकगोले इन्टरनेट प्रयोगकर्ताहरू खोजलाई सुरक्षित गर्नको लागि आफ्नो ब्राउजर एक्सटेन्सन (विस्तार) र मोबाइल अनुप्रयोग पुन: परिमार्जन गरेको थियोे। जसले विज्ञापन पछ्याउने सञ्जाललाई रोक्न सक्ने क्षमता प्रदान गरेको थियोे।[५५]

जनवरी १५, २०१९ मा, डकडकगोले दुवै डेस्कटप र मोबाइल उपकरणहरूमा सबै नक्सा र ठेगाना सम्बन्धित खोजहरू एप्पल नक्साद्वारा सञ्चालित हुने घोषण गरेको थियो।[५६]

मार्च २०१९, गुगललेले क्रोम ७३ मा पूर्वनिर्धारित खोज संयन्त्रको सूचीमा डकडकगोलाई थपेको थियो।[५७]

ट्राफिक

यसमा १ मिलियन खोज पुग्न १,४४५ दिन लागेको
२ मिलियन खोजीहरू प्राप्त गर्न ४८३ दिन, र त्यसपछि ३ मिलियन खोजीहरू प्राप्त गर्न मात्रै ८ दिन लागेको थियो ।,
त्यसपछि ३ मिलियन खोजीहरू प्राप्त गर्न मात्रै ८ दिन लागेको थियो ।: https://duckduckgo.com/traffic/

डकडकगो ट्विटर खाता (@duckduckgo), १८ जून २०१३[५८][५९][६०]

जुन २०१३ मा, डकडकगोमा महत्त्वपूर्ण ट्राफिक वृद्धि भएको थियो। वेबसाइटको ट्विटर खाताका अनुसार, सोमबार, १७ जून २०१३ मा, यसमा दैनिक ३ लाख प्रत्यक्ष खोजहरू भएका थिए। मे २०१३ मा औसतमा, दैनिक १० लाख ८० हजार दैनिक प्रत्यक्ष खोजीहरू हुने गरेका थिए।[६१] पछि सेप्टेम्बर २०१३ मा, यस खोज संयन्त्रमा प्रति दिन ४० लाख खोजीहरू पुगेको थियो।[६२][६३][६४]

नोभेम्बर २०१८ का अनुसार, डकडकगोमा प्रति दिन ३१ मिलियन प्रत्यक्ष खोजी प्राप्त गरेको थियो।[६५]

जनवरी २०१९ सम्म, डकडकगोले ३४ मिलियन दैनिक खोजीहरू प्राप्त गरेको थियो र उक्त महिनामा यसमा १ अर्ब खोजीहरू भएका थिए।[६६]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "डकडकगो, निगम: निजी कम्पनीको जानकारी", ब्लुमबर्ग, अन्तिम पहुँच २ मे २०१७ 
  2. "डकडकगो डटकमको ट्राफिक तथ्याङ्क", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच ६ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२९ मिति
  3. "बास्तुकला", डकडकग‍ कम्युनिटी प्लेटफर्म, अन्तिम पहुँच ६ मार्च २०१५ 
  4. "हाम्रो बारेमा", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-१२ 
  5. "dontbubble.us", अन्तिम पहुँच २०१४-०९-१२ 
  6. "स्रोतहरू", डकडकगो हेल्प पेज, डकडकगो, मूलबाट २४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७ 
  7. रिडर, रथ (११ जून २०१४), "डकडकग‍ र युम्लिको गठबन्धन", भेन्चर बिट, अन्तिम पहुँच ११ जून २०१४ 
  8. "डकडकगो ट्राफिक", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-१२ 
  9. ९.० ९.१ "डकडकगोको बारेमा", डकडकगो (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी २०२० 
  10. रोसेनवाल्ड, माइकल (९ नोभेम्बर २०१३), "गुगल र डकडकगोमा भिन्नता", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच १९ मार्च २०१३ 
  11. आर्थर, चार्लस (१० जुलाई २०१३), "डकडकगोको प्रयोगकर्ताहरूको एक विवरण", द गार्जियन, अन्तिम पहुँच १० जुलाई २०१३ 
  12. "डकडकगो", १६ मार्च २०१२, अन्तिम पहुँच १९ मार्च २०१२ – गिटहबद्वारा। 
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named duck.com
  14. स्वार्च, ब्यारी (२ जून २०१४), "डकडकगोको लागि ठूलो बिजय: एप्पलले सफारीमा बैकल्पिक खोज संयन्त्रको रूपमा राखेको छ", सर्च इन्जिन ल्यान्ड, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  15. "एप्पल - ओएस एक्स योसेमाइट - अनुप्रयोग", मूलबाट २०१४-०९-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०९-३० 
  16. "फायरफक्स टिप्पणी", मोजिला डट ओआरजी, १० नोभेम्बर २०१४, अन्तिम पहुँच ११ नोभेम्बर २०१४ 
  17. लोमास, नटासा (३१ मे २०१६), "डकडकगो - पुनर्निर्धारित वेब ब्राउजर", टेक क्रन्च, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  18. साउथन, म्याट (१ जून २०१६), "टोर ब्राउजरको लागि डकडकगो पुनर्निधारिक वेब ब्राउजर बनेको छ", सर्च इन्जिन जरनल, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  19. "टोर ब्राउजर ६.० सार्वजनिक गरिएको छ", टोर प्रोजेक्ट ब्लग, ३० मे २०१६, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७ 
  20. २०.० २०.१ "स्रोतहरू", डकडकगो सपोर्ट सेन्टर, २२ जुलाई २०१८, अन्तिम पहुँच २२ जुलाई २०१८ 
  21. "उल्फ्रामअल्फा र डकडकगोको सम्बन्ध", वल्फ्रामअल्फा डटकम, १८ अप्रिल २०११। 
  22. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :2
  23. "डकडकगोको गोपनियता नीति" डकडकगो डटकम
  24. मिम्स, क्रिस्टोफर (२६ जुलाई २०१०), "डकडकगोको न्यून गुणस्तरीय लेखको लागि आलोचना", टेकनोलोजि प्रिभ्यु, अन्तिम पहुँच १९ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१६ मिति
  25. "डकडकगोको तुरुन्त उत्तर सेवा" 
  26. "तुरुन्त उत्तर गिटहबमा भण्डारण रहेको छ", अन्तिम पहुँच ७ जुलाई २०१५ 
  27. "डकडकगोको नविन सेवा", ग्याब्रियल विनबर्गको ब्लग, १३ अगस्ट २०१०, मूलबाट ३१ डिसेम्बर २०१०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२६ मिति
  28. "डकडकगोका अौजारहरू", २०११-१०-१२, अन्तिम पहुँच २०१८-१-१२ 
  29. "ब्याङ्ग्स", डकडकगो डटकम, अन्तिम पहुँच अक्टोबर ६, २०१८ 
  30. भेन्डरसार, एर्नस्टो (३ डिसेम्बर २०१९), "डकडकगोले अनुमती बिना प्रकाशन गरिएका सामग्रीहरू हटाएको छ", टोरेन्ट फ्रिक, अन्तिम पहुँच ४ डिसेम्बर २०१८ 
  31. "विज्ञापन र सम्बद्ध", डकडकगो कम्युनिटि प्लेटफर्म, अन्तिम पहुँच २०१५-०६-०४ 
  32. "इतिहास", अक्टोबर ६, २०१३, अन्तिम पहुँच नोभेम्बर १२, २०१८ 
  33. चु, ज्याकि (२९ जनवरी २०१५), "डकडकगोको प्रोफाइल", चुपप्रोजेक्ट डटकम, अन्तिम पहुँच २८ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-११ मिति
  34. "डकडकगो पर्ल डकडकगो/डकडकगो विकि गिटहब", गिटहब, अन्तिम पहुँच १० मे २०१६ 
  35. "डकडकगो: खुला स्रोतबाट बनाइएको एक नयाँ खोज संयन्त्र", ब्लग, १० जुलाई २०१०, मूलबाट १७ मार्च २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-१७ मिति
  36. "बास्तुकला", डकडकगो डटकम, २८ जनवरी २०१३, अन्तिम पहुँच ११ जून २०१३ 
  37. किम्बर्लिङ, ड्यान (१२ डिसेम्बर २००८), "डकडकगो, उन्नत सर्च इन्जिन", टेकक्रन्च, अन्तिम पहुँच १९ मार्च २०१३ 
  38. विनबर्ग, ग्याब्रियल (२५ मार्च २०१०), "डकडकगोको सेवा विस्तार", ह्याकर न्युज, मूलबाट २०११-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  39. विनबर्ग, ग्याब्रियल (११ जून २००९), "डकडकगोको विशेष अौजार", ह्याकर न्युज, मूलबाट २००९-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  40. विनबर्ग, ग्याब्रियल (जुलाई २०१०), "डक डटको – डकडकगो समाज", अन्तिम पहुँच २१ जुलाई २०१० 
  41. लुडविग, सिन (मे २१, २०१२), "फ्रेड विल्सन: रेडडिट र ह्याकर न्युजका अराजकतावादीहरूका लागि हामीले डकडकगोमा लगानी गरेका छौं", भेञ्चर बिट, अन्तिम पहुँच जनवरी २९, २०१३ 
  42. बर्नहाम, ब्राड (१३ अक्टोबर २०११), "डकडकगो", युनियन स्क्वायर भेन्चरको ब्लग, अन्तिम पहुँच १४ अक्टोबर २०११ 
  43. "वेब ब्राउजरमा डकडकगो", ट्रिसकल डट इन्फो, २५ नोभेम्बर २०१०, अन्तिम पहुँच मार्च १९, २०१३ 
  44. फरिभर, साइरस (१६ म २०१२), "गोपनियता: केहि खोज संयन्त्रले प्रयोगकर्ताहरूलाई नपछ्याइकन पैसा कमाउने गरेका छन्", आर्स टेक्निकल, अन्तिम पहुँच १४ मे २०१२ 
  45. "कम्प्लिट डटकम - डकडकगोको बारेमा", २०१२-०३-२४, अन्तिम पहुँच २०१८-११-१२ 
  46. "डकडकगो एनालाइटिक्स प्रोफाइल", अलेक्सा डटकम।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२३ मिति
  47. "डकडकगोको आधिकारिक ट्राफिक" 
  48. "जिनोमी ३.१० सार्वजनिक गरिएको छ", जिनमिको मेलिङ सुची, २६ सेप्टेम्बर २०१३, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१३ 
  49. डिकी, मेगान रोज (३ जून २०१४), "एप्पल ओएसमा डकडकगो", बिजनेस इन्साइडर, अन्तिम पहुँच ६ जून २०१४ 
  50. "पेल मुन २४.४.०", पेल मुन, मुन चाइल्ड प्रोडक्सन्स, अन्तिम पहुँच ४ जून २०१४ 
  51. "डकडकगो", नेक्सट डट डकडकगो डटकम, अन्तिम पहुँच २०१४-०५-११् 
  52. "डकडकगो कल्पना र पुनर्स्थापना" 
  53. ब्रिङ्कम्यान, मार्टिन (१ जुलाई २०१६), "डकडकगोले याहू! सँग साझेदारी कायम गरेको छ", जि ह्याक्स 
  54. "डकडकगले हाल खोजको लागि याहूको प्रयोग गरेको छ" 
  55. "गोपनियता-डकडकगोले तपाईलाई इन्टरनेटमा सुरक्षित राख्दछ", द भर्ज, अन्तिम पहुँच २०१८-११-१२ 
  56. "नक्सा सम्बन्धित गोपनियता खोजका लागि डकडकगोले एप्पल नक्सा चुनेको छ", डकडकगो ब्लग (अङ्ग्रेजीमा), २०१९-०१-१५, अन्तिम पहुँच २०१९-०१-१६ 
  57. झोउ, मारिन (मार्च १४, २०१९), "डकडकगो क्रोममा एक पूर्वनिर्धारित खोज विकल्प", सिनेट, अन्तिम पहुँच मार्च १६, २०१९ 
  58. "ट्विटर / डकडकगो: यसमा १ मिलियन खोज पुग्न १,४४५ दिन लागेको ...", डकडकगो, १८ जून २०१३, मूलबाट ६ जून २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  59. म्याक्गि, म्याट (१८ जून २०१३), "मिलियन खोजी भएको डकडकगोमा , ८ दिनमै ३ मिलियन खोज पुगेको छ", सर्च इन्जिन ल्यान्ड, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  60. वेबर, ह्यारीसन (१८ जून २०१४), "गूगलको बैकल्पिक डकडकगोले ३.१ मिलसयन खोजि प्राप्त गरेको छ", द नेक्ट वेब, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  61. क्रिन्जर, माइकल (Jul १०, २०१३), "खोज संयन्त्र डकडकगोको ट्राफिक काण्ड", Liberty Blitzkrieg, अन्तिम पहुँच ७ मार्च २०१५ 
  62. ग्रस, ग्रन्ट (१० अक्टोबर २०१३), "एक प्रतिवेदन", पिसी वल्ड अस्ट्रेलिया, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१३ मिति
  63. मिलर, रोन (१६ सेप्टेम्बर २०१६), "डकडकगोले धेरै भन्दा धेरै ग्राहकहरू तानिरहेको छ", फियर्स कन्टेन्ट म्यानेजमेन्ट, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१४ मिति
  64. लियोनहार्ड, वडि (१३ सेप्टेम्बर २०१३), "डकडकगो अघि बढ्दै छ", इन्फोवल्ड, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  65. "डकडकगोको ट्राफिक", डकडकगो डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  66. "डकडकगोको ट्राफिक", डकडकगो डटकम, अन्तिम पहुँच १७ माघ २०७५ 

बाह्य कडीहरू