कम्पिट डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कम्पिट डटकम
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
वेब ट्राफिक तथा वरियता
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापित२०००; २४ वर्ष अघि (२०००)
मुख्यालयहरूबोष्टन, म्यासेट्युसेस
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्रअमेरिकी इण्टरनेट प्रयोगकर्ताहरू
मालिकटेलर नेलसन सोफरेस (डब्ल्यूपिपि)
संस्थापक (हरू)बिल ग्रस, डेभिड क्यानसिल
उद्योगअनलाइन प्रतिस्पर्धी बुद्धमत्ता (वेब ​​विश्लेषण/ बजार सर्वेक्षण)
उत्पादहरूकम्पिट साइट विश्लेषण (नि:शुल्क), कम्पिट प्रो परिचय, कम्पिट प्रो मानक, कम्पिट प्रो उन्नत
सेवाहरूवेबसाइट प्रोफाइल, खोजी विश्लेषण, आगमन तथा बहिर्गमन ट्राफिक, वरियता सूचीहरू, श्रेणी फ्रोफाइल, पूर्ण ब्लग
युआरएलwww.compete.com
अलेक्सा क्रमह्रास १९,८४८ (August 2016)[१]
वर्तमान स्थितिनिष्क्रिय

कम्पिट डटकम (अनुवादित - प्रतिस्पर्धा), एक वेब ट्राफिक विश्लेषण सेवा थियो। कम्पनी सन् २००० मा स्थापना भएको थियो र डिसेम्बर २०१६ मा यसको सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।

सेवाहरू[सम्पादन गर्नुहोस्]

कम्पिट डटकमले दुई श्रेणीमा जानकारीहरूको प्रस्ताव गर्दथ्यो:

  • वेबसाइट विश्लेषण: वेबसाइट विश्लेषण कम्पिट डटकमले प्रदान गर्ने एक लोकप्रिय सेवा थियो। यो एक नि: शुल्क सेवा हो जहाँ प्रयोगकर्ताहरूले कुनै पनि डोमेन नाम प्रविष्ट गर्न सक्दछ र आगन्तुकहरू र प्रविष्ट गरिएको साइटको लागि प्रतिस्पर्धा र जानकारीहरू प्राप्त गर्न सक्दछ।
  • खोज विश्लेषण - खोज विश्लेषण कम्पिट डटकमले प्रदान गर्ने भुक्तान गरिएको सेवा थियो जसले प्रयोगकर्तालाई कुञ्जी शब्दहरूले प्रयोगकर्ताको वेबसाइट र यसका प्रतिस्पर्धीहरूका ट्राफिकहरूको बारेमा जानकारी दिन्छ।[२]

कम्पिट डटकमको सूचीपत्रले अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूको मापनलाई समर्थन गर्दैनथ्यो यसले संयुक्त राज्य अमेरिकाका प्रयोगकर्ताहरूको मात्र मापन गर्दथ्यो। कम्पिटले लगनशीलताका साथ काम गरेको थियो र यसले संयुक्त राज्य अमेरिकामा अनलाइन उपभोक्ताहरूको सबैभन्दा ठूलो र विविध सूचीपत्र भएको विश्वास पनि व्यक्त गरेको थियो।[३]

कम्पिटका उपकरणपट्टी[सम्पादन गर्नुहोस्]

कम्पिटको उपकरणपट्टीले प्रयोगकर्ताहरूले भ्रमण गरेका अमेरिकी वेबसाइटहरूको वरियताको साथसाथै कम्पिट विश्वास अङ्कहरूको अवलोकन गर्न सक्षम पार्दथ्यो। यसले सो कार्य गर्नका लागि, प्रयोगकर्ताहरूले कम्पिट डटकममा भ्रमण गर्ने वेबसाइटहरूको युआरएलहरू पठाउँथ्यो र त्यसपछि यसले विश्वास अङ्क र इण्टरनेटका डाटाबेसहरू प्रयोगकर्ताहरूका माझ उपलब्ध गराउँथ्यो।

थप रूपमा, कम्पिट उपकरणपट्टीका प्रयोगकर्ताहरूसँग सामुदायिक साझेदारीमा भाग लिने विकल्प यसले प्रदान गर्दथ्यो। सामुदायिक साझेदारीमा भाग लिएर, प्रयोगकर्ताहरूलाई प्रयोगकर्ता सङ्ख्या तोकिथ्यो, र उक्त सङ्ख्या यी प्रयोगकर्ताहरूले भ्रमण गर्ने वेबसाइटहरूका युआरएलहरूसँग प्रस्तुत गरिन्थ्यो। यो जानकारी कति प्रयोगकर्ताहरूले प्रत्येक वेबसाइटको भ्रमण गर्छन् भनेर निर्धारण गर्न पनि प्रयोग गरिन्थ्यो। तथापि, कुनै पनि व्यक्तिगत पहिचान योग्य जानकारी कम्पिट डटकममा पेश गरिन्नथ्यो। यद्यपि, सेवकले सुरु भएको इण्टरनेट स्तरीय ठेगानाहरूको प्राप्त गर्दथ्यो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पिट डटकमलाई सन् २००० मा एक उद्यमी बिल ग्रोसद्वारा सुरु गरिएको थियो जसले वेब खोज इञ्जिन गोटु डटकमको (पछि ओभरचर) पनि सुरु गरेका थिए।[५] मार्च २००८ मा, लण्डनमा आधारित बजार अनुसन्धान कम्पनी टिएनएसले १६० मिलियन अमेरिकी डलरमा कम्पिट डटकमको खरिद गरेको थियो।[६] कम्पिट डटकमका सम्पूर्ण गतिविधिहरू ३१ डिसेम्बर २०१६ मा बन्द गरिएको थियो।[७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कम्पिट डटकम वेबसाइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१६-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-३० मिति
  2. McGill University CMIS 530 Web Analytics Blog Web Analytics blog वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२७ मिति
  3. ग्राभिले, भिन्सेण्ट (२०१२-०२-०९), "एनालाइटिक ब्रिज", एनालाइटिक ब्रिज ठटकम, अन्तिम पहुँच २०१३-०५-०१ 
  4. हामीले तपाईलाई कसरी सहयोग गर्न सक्छौं? वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०२ मिति कम्पिट डटकम
  5. "कम्पिट: हालै सोधिएका प्रश्नहरू", मूलबाट २००८-०५-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०४-१९  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०२ मिति
  6. ज्याक्स, रेबेका (२००८-०३-०३), "Xconomy: Boston's Compete Bought by UK Market Research Firm for Up to $150 Million", एक्सकोनोमी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-२३ 
  7. "Measuring digital performance for 15 years | PRO", कम्पिट डटकम, २०१६-१२-२९, अन्तिम पहुँच २०१९-०२-२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]