नाभर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाभर
साइटको प्रकार
सर्च इन्जिन
मालिकनाभर निगम
युआरएलwww.naver.com
अलेक्सा क्रमवृद्धि ३८ (१४ मे २०१९)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक

नाभर (कोरियाली: 네이버)[३][४] नाभर निगमद्वारा सञ्चालित दक्षिण कोरियाली अनलाइन मञ्च हो। यसलाई सन् १९९९ मा कोरियामा पहिलो वेब पोर्टलको रूपमा सार्वजनिक गरियो जसले आफ्नै खोज इन्जिनको विकास र प्रयोगमा जोड दिएको थियोे। विस्तारित खोज सुविधा परिचय गर्ने यो संसारको पहिलो सञ्चालक पनि थियो यसले विभिन्न श्रेणीहरूबाट खोज नतिजा रचना गर्दछ र तिनीहरूलाई एकै पृष्ठमा प्रस्तुत गर्दछ। नाभरले नयाँ धेरै आधारभूत सुविधाहरू, जस्तै ई-मेल सेवा, समाचार र विश्वको पहिलो अनलाइन प्रश्न र उत्तर मञ्च नलेज इन जस्ता अति लोकप्रिय सेवाहरू पनि सञ्चालन गर्दछ।

सेप्टेम्बर २०१७ को अनुसार, यस खोज इञ्जिनले दक्षिण कोरियामा सबै वेब खोजिहरूको ७४.७% सङ्कलन गरेको थियो र यसमा ४२ मिलियन भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।

२५ मिलियन भन्दा बढी कोरियालीहरूको आफ्नो पूर्वनिर्धारित ब्राउजरमा सुरु पृष्ठको रूपमा यो खोज इञ्जिन रहेको छ र मोबाइल अनुप्रयोगमा २ करोड ८० लाख भन्दा बढी दैनिक प्रयोगकर्ताहरू यसमा खोजी गर्ने गरेका छन्। नाभरलाई दक्षिण कोरियाको गुगल पनि भन्ने गरिन्छ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

नाभर जून १९९९ मा पहिलो दक्षिण कोरियाली पोर्टल वेबसाइटको रूपमा आत्मनिर्भर खोज इञ्जिनका साथ स्थापित गरिएको थियो। अगष्ट २००० मा, नाभरले 'विस्तारित खोजी' सेवा सुरु गरेको थियोे, जसले प्रयोगकर्ताहरूलाई विभिन्न श्रेणीहरूबाट खोज नतिजा रचना गर्दछ र तिनीहरूलाई एकै पृष्ठमा प्रस्तुत गर्दै विभिन्न परिणामहरू प्राप्त गर्ने अनुमति दिन्छ जसमा ब्लग, वेबसाईट, तस्वीर आदि पर्दछन् र खोज नतिजाहरू छुट्टाछुट्टै प्रकारहरूद्वारा व्यवस्थित गरिन्छ। यो सेवा गुगलले सुरू गर्न भन्दा ५ वर्ष अघि सुरू गरिएको थियोे।

नाभर सञ्चालनको सुरुवाती चरणहरूमा यसमा कोरियाली भाषाको सामग्रीहरूको कमी रहेको थियोे। यो समस्यको समाधान गर्नको लागि नाभरले, नलेज इन नामक प्रश्न - उत्तर वेबसाइटको सार्वजनिक गरेको थियोे। नलेज इन याहुको प्रश्न उत्तर वेबसाइट याहू! जवाफ जस्तै छ जसमा हाल २०० मिलियन भन्दा बढी उत्तरहरूको डाटाबेस समावेश छन्। [६] भन्दा यो लगभग तीन वर्ष अघि सुरु गरिएको थियोे र हाल यसमा २०० मिलियन भन्दा बढी जवाफहरूको सङ्गालो रहेको छ ।

केही वर्षमै, नाभरले आफ्नो सेवाहरू विस्तारको काम जारी राखेको थियो। यसले सन् २००४ मा आफ्नो वेब हास्य सेवा 'वेबटुन' र आफ्नै व्यक्तिगत ब्लोग सेवा सन् २००५ मा शुरू गरेको थियोे। सन् २००५ देखि २००७ सम्म, नाभरले मल्टीमीडिया खोजी सेवाहरूलाई विस्तारित गरेको थियोे, जसमा सङ्गीत र भिडियो खोजका साथै मोबाइल खोजीहरू पनि पर्दछन्।

नाभर भाषा शब्दकोष[सम्पादन गर्नुहोस्]

नाभर शब्दकोषमा नेपाली भाषा ३४ भाषाहरू समावेश छन् । सन् २०१६ मा नाभरले शब्दकोषको विकास गर्नको लागि १० बिलियन वन लगानी गर्ने कुरा घोषण गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नाभर डटकमको ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १४ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२८ मिति
  2. "नाभर डटकम, डोमेनको जानकारी", होइस, अन्तिम पहुँच २०१६-०८-१७ 
  3. "나베르 – 백괴사전, 너희 모두의 백과사전", अनसाइक्लोपिडिया डट केआर 
  4. "영단어 발음좀;;;ㅡㅡ^a", किन डट नाभर डटकम 
  5. "नाभरको नयाँ ढाँचा पत्र-पत्रिकामा छाएको छ", कोरिया टाइम्स डटको डट केआर, २०१२-०५-२४, मूलबाट २०१४-०३-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०४-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "याहू! उत्तर बारेमा अधिक जानकारी", द आइरिस टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]