किशोर पहाडी
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
किशोर पहाडी (वि.सं. २०१३ - ) विशेषत: एक साहित्यकार हुन्। तापनि पहाडी लेखनका साथै अभिनय र निर्देशनमा पनि सक्रिय छन्। उनका कथाहरू लोकप्रिय छन्। तर कविता, यात्रा संस्मरणतिर पनि उनको विशेष पकड छ। गायनतिरको यिनको रुचि पनि अहिले बाहिर आएको छ।
जीवनी
[सम्पादन गर्नुहोस्]किशोरको जन्म वि.सं. २०१३ साल मंसिर २४ (तदनुसार 9 December 1956)मा भएको हो। उनको खास नाम किशोरमान श्रेष्ठ हो।
कृतिहरू
[सम्पादन गर्नुहोस्]अगाडि नै फाट्टफुट्ट साप्ताहिक पत्रपत्रिकामा कथा कविता छापिए पनि साहित्यिक पहिलो रचना वि.सं. २०३३ मा रूपरेखामा प्रकाशित एकाङ्की 'माध्यम र माध्यम'लाई पहिलो प्रकाशित रचना मान्छन् । उनका प्रकाशित कृतिहरूः
- बाच्नु र बाँचेकाहरू (कथासँग्रह, वि.सं. २०३७)
- घर खण्डहर (कथासँग्रह, २०३७)
- कथा-कोण (संयुक्त कथासँग्रह, वि.सं. २०४३)
- विशु दाइ (कथासँग्रह, वि.सं. २०४५)
- शहरमा बत्ती निभेको बेला (कवितासँग्रह, वि.सं. २०५३)
- किंवदन्ती (लघुकथासँग्रह, वि.सं. २०५३)
- सर्वज्ञ र सेक्स (कथासँग्रह, वि.सं. २०५५)
- आ-आफ्नो भाग (बालकथा सँग्रह, वि.सं. २०६१)
- अध्याय (सम्पादित लघुकथा सँग्रह, वि.सं. २०४७)
- एकैसाथ हाँसौं (अनुवादित कथासँग्रह, वि.सं. २०५५)
- लम्लम्ती दम (बालकथा सँग्रह, वि.सं. २०५७)
- त्यो तलाको मालिक (अनुवादित कथासँग्रह, वि.सं. २०५९)
- हाँस र फुच्ची केटी (बालकथा सङ्ग्रह, वि.सं. २०६६)
- मुग्ध सिम्फोनी (कथासङ्ग्रह, वि.स. २०७०)
अन्नपूर्णाको भोज : कथाकार मनु ब्राजाकीको कथासङ्ग्रह (सम्पादन, वि.स. २०७१)
शनिवारको साथी : बालकथा–सङ्ग्रह : २०७३
रोजा कथाहरु : कथा–सङ्ग्रह : २०७५
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- 'नव भानु तिमी नेपाली नव नभका' शीर्षक कविता प्रतियोगितामा प्रथम (वि.सं. २०२८)
- कविताजी. ए. ए. शील्ड (वि.सं. २०४०, अभिनय)
- साझा पुरस्कार (वि.सं. २०४५, कथासँग्रह)
- युवावर्ष मोती पुरस्कार (वि.सं. २०४८, अस्वीकार)
- पेन नेपाल पुरस्कार (वि.सं. २०४८, कथा साहित्य)
- बालकृष्ण सम राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०५९, नाटक)
- पहलमानसिँह स्वार स्मृति साहित्य प्रतिभा सम्मान (वि.सं. २०६१, नाटक)
- मैनाली कथा पुरस्कार (वि.सं. २०६३, कथा साहित्य)
- [इन्सास प्रविधिक स्रष्टा सम्मान] (वि.सं. २०७०, साहित्य)
- [विश्व नेपाली साहित्य सम्मान] (वि.सं. २०७०, साहित्य)
[वैजयन्ती स्रष्टा सम्मान] (वि. सं. २०७१, लघुकथा)
पद्मा—रामचन्द्र लघुकथा सम्मान २०७४
उपलब्धि आख्यान दिवस २०७६ अनवरत कथालेखन स्रष्टा सम्मान
रमेश विकल सृजना पुरस्कार २०७६
चक्रपाणि स्मृति सम्मान २०७९
संलग्नता
[सम्पादन गर्नुहोस्]- शताब्दीका सदस्य
- सर्वनामका संस्थापक सदस्य (वि.सं. २०३८)
- सडक कविता क्रान्तिमा सहभागी
- कथाकोण लेखन अभियान (वि.सं. २०४३)
- 'Pen Lovers in Nepal' (साहित्यिक समाचार विशेष) का सञ्चालक
- 'शब्दपथ' का सञ्चालक