कुखुराको मासु
स्वरूप
परिकार | आरम्भ, मुख्य खाना, अतिरिक्त खाना |
---|---|
खान उपयुक्त | तातो र चिसो |
संसारमा कुखुरा पालन सबैभन्दा सामान्य प्रकारको कृषिपालन हो ।[१] गाई वा सुँगुरजस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको परिकारहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।
कुखुराको मासुलाई स्वाद अनुसार विभिन्न तरिकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयारी कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। कोलेस्टेरोल र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई रातो मासुभन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "FAOSTAT: Production_LivestockPrimary_E_All_Data", Food and Agriculture Organization, २०१४, अन्तिम पहुँच १४ मार्च २०१७। वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१९ मिति
- ↑ "Eat More Chicken, Fish and Beans", www.heart.org।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]