कुमारी चलचित्र भवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्युएफएक्स कुमारी
कुमारी चलचित्र भवन
कुमारी चलचित्र भवन
नामकुमारी हल
ठेगानाकमलपोखरी
शहरकाठमाडौँ
देशनेपाल
क्षमता५४३
प्रकारमनोरञ्जनात्मक स्थल
बर्तमान प्रयोगचलचित्र भवन
Website
www.qfxcinemas.com

कुमारी चलचित्र भवन नेपालको राजधानी सहर काठमाडौँको कमलपोखरीमा रहेको एक चलचित्र भवन हो।[१] लगभग २० वर्षदेखि निरन्तर रूपमा कुमारी सिनेमाले नेपाली सिनेमा पारखिहरूलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाको चलचित्रबाट मनोरञ्जन प्रदान गरिरहेको छ। क्वेस्ट इन्टरटेन्मेन्ट प्रा. लि.को ब्यानरमा स्थापना भएको कुमारी सिनेमा पछिल्लो समयमा आएर क्यूएफएक्स सिनेमाज अन्तर्गतका सिनेमाघरहरूसँग गाभिएको छ। कुमारी सिनेमाका मुख्य व्यवस्थापक नकिम उद्दिन, भाष्कर ढुङ्गाना र राजेश सिद्धि हुन् भने प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

क्युएफएक्सको खाजा खाने ठाउँ

पहिले कुमारी सिनेमा एक सामान्य हलको रूपमा सञ्चालित थियो। सन् २००५ मा यसको व्यवस्थापन क्वेस्ट इन्टरटेन्मेन्ट प्रा. लि.ले लिएपछि कुमारी सिनेमालाई मल्टिप्लेक्सको रुप दिइयो। त्यसपछि कुमारी सिनेमा भवनलाई आधुनिक रूप दिइयो। त्यहाँ रहेको एकमात्र हललाई दुईवटा हलमा विभाजित गरियो जसको सिट क्षमता क्रमशः ३०७ सिट र २३६ सिट रहेको छ।[१] नेपालमा पहिलोपटक 3D सिनेमा भित्राउने हलपनि कुमारीनै हो। सन् २००९मा कुमारी सिनेमा हलमा अवतार भन्ने अङ्ग्रेजी थ्रिडी चलचित्र लागेको थियो।

संरचना र सुविधाहरू[सम्पादन गर्नुहोस्]

पार्किङ गरिने ठाउँ

आधुनिक समाजको मागलाई मध्यनजर गर्दै कुमारी सिनेमा हलले आफ्नो भवनभित्र दर्शकहरुका लागि अतिरिक्त सुविधाहरूको व्यवस्था गरेको छ। शुलभ र पर्याप्त पार्किङ स्थल, सुविधाजनक टिकट काउन्टर, कम्प्युटर स्क्यानिङ प्रविधिको अत्याधुनिक टिकट र वाइफाइ हटस्पट यसका केही उदाहरण हुन्। चलचित्र हेराइलाई अझ सहज बनाउनका दर्शकहरुका लागि आरामदायी सिटहरूको ब्यवस्था गरिएको छ। कुमारीका दुबै हलमा एचडी प्रविधिको स्क्रिन र ५.१ डल्बी डिजिटल सराउन्ड साउन्ड सिस्टम जडान गरिएको छ। चलचित्र भवनभित्र खाजाघर पनि छ जहाँ बसेर विभिन्न किसिमका परिकार र पेय पदार्थहरूको स्वाद लिन सकिन्छ। यहाँ हरेक दिन बिहानीको शोमा ५०% र दिउँसोको पहिलो शोमा २५% छुट पाइन्छ। अन्य दिनको तुलनामा यहाँ शुक्रबार, शनिबार र आइतबार टिकटको मूल्य बढी हुन्छ। विशेष तयारीका साथ कुमारी सिनेमामा धेरैजसो नेपाली चलचित्रहरूको प्रिमियर शो पनि गरिन्छ जसमा नेपाली चलचित्र उद्दोगसँग सम्बन्धित विभिन्न व्यत्तिहरूको उपस्थिति रहन्छ। कुमारी सिनेमामा चलिरहेको कुनैपनि चलचित्रको कुनैपनि सोको टिकट अनलाईनमार्फतपनि खरिद गर्न सकिन्छ। यसका लागि क्यु.एफ.एक्स सिनेमाको औपचारिक वेवसाइटमा गइ क्यु.एफ.एक्स क्लबको सदस्य बन्नुपर्ने हुन्छ अनि त्यसपछि कुनैपनि शोको टिकट खरिद अथवा बुक गर्न सकिन्छ। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "QFX Kumari", qfxcinemas.com, QFX Cinemas, अन्तिम पहुँच २७ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ७ जुन २०१३ मिति
  2. "QFX kumari", अन्तिम पहुँच २७ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ जुन २०१३ मिति