कुमाले
स्वरूप
कुमाले माटोको भाडाँ बनाउने मान्छेलाई भनिन्छ । यो एक पुर्ख्यौली पेसा हो। वैज्ञानिक स्रोतका अनुसार विश्वको सबैभन्दा पुरानो जात कुमाले नै हो किनभने उनीहरूले बनाएका माटोका भाँडाहरू अहिले पनि उपलब्ध छन्, जसले गर्दा कुमाले जात संसारकै सबैभन्दा पुरानो जात भएको प्रमाण हो र अन्य जातिको विभाजनबाट यो जातको उत्पत्ति भएको हो । यो पेसा प्राय कुमाल जातिले गर्दछन् भने नेपालको परिपेक्षमा भन्ने हो भने काठमाण्डौ उपत्यका भित्रै पनि भक्तपुरमा एक विशेष जाति प्रजापतिहरूले माटोको भाडाँ बनाउने गरेका छन् ।