सामग्रीमा जानुहोस्

कृष्णलाल अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णलाल अधिकारी
कृष्णलाल अधिकारी कारागारमा
जन्म(१८८८-०२-०५)५ फेब्रुअरी १८८८
रामेछाप जिल्ला
मृत्यु९ डिसेम्बर १९२३(1923-12-09) (उमेर ३५)
काठमाडौँ
राष्ट्रियतानेपाली
पेशालेखक
उल्लेखनीय कार्य
मकैको खेती

कृष्णलाल अधिकारी(वि.सं. १९४४-१९८०) नेपालका प्रथम साहित्यिक सहिद हुन्। राणा कालमा मकैको खेती नामक पुस्तक लेखे वापत उनलाई थुनियो र कारागारमा नै उनको निधन भयो। कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो। उहाँ लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा हुनुहुन्थ्यो। १३ वर्षको उमेरमा कृष्णलालको विवाह रामेछापमा नै धर्मकुमारी सुवेदीसँग भएको थियो। उहाँका १ छोरा २ छोरी थिए। धर्मपत्नीको वि.सं. १९७७ वैशाख २१ गते निधन भयो।

मकैको खेती[सम्पादन गर्नुहोस्]

उहाँले वि.सं. १९४६ तिर 'मकैको खेती' नामक पुस्तक लेख्न थाली वि.सं. १९७७मा पूरा गर्नुभएको थियो। ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवती नजीकै पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो। पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायती कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य टानेर पुस्तकलाई प्रतिबन्ध गरे। स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे। उहाँ वि.सं. १९७७ साउन ११मा पक्राउ परे र ९ वर्षको जेल सजाय तोकियो।

कृष्णलाल अधिकारी त्यस बखत कौशील अड्डाका सुब्बा थिए। राणाकालिन दरवारिया दाउपेचमा उनका बिरोधिहरूको यस सजायमा ठुलै हात रहेको पनि विश्वास गरिन्छ।राणाकालिन समयमा 'सुब्बा' निजामति सेवामा उपल्लो दर्जा थियो। आफ्नो मातहतमा काम गर्ने मानिसबाट नै आफुहरूलाई होच्चाउने काम भएकोले उनलाई झन कडा सजाय भएको विश्वास गरिन्छ। छापिएको १००० प्रति मध्ये ९ सय ९९ पुस्तक जलाईयो र १ प्रति पुस्तक हालसम्म फेला परेको छैन। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो।

मृत्यु[सम्पादन गर्नुहोस्]

वि.सं. १९८०मा उहाँको जेलमा नै निधन भयो।जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक सहिद भनिन्छ। जेलमा सुब्बा कृष्णलालको मृत्युले तत्कालीन समाजमा ठुलो सनसनी ल्याइदिएको थियो। [१] लेखपढ गर्ने कार्यप्रती नेपालीहरूको रुचि लाई यो घटनाले कुण्ठित पारेको थियो। राणाशासक हरू प्रति नेपाली को अनास्था भित्र भित्रै बढ्दो गतिमा जान थाल्यो।[२] [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य ईतिहास पृष्ठ २७२, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१
  2. साम्बभक्त शर्मा सुवेदी, ऐतिहासिक मकैपर्व (काठमाडौँ :नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ,२०४५) पृष्ठ ४४।
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २७२, आइएसबिएन 99933-2-406-X 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]