सामग्रीमा जानुहोस्

कोलोरेक्टर क्यान्सर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोलोरेक्टर क्यान्सर
विभाग:ओन्कोलोजी Edit this on Wikidata

कोलोरेक्टर क्यान्सर (जसलाई ठूलो आन्द्रा, मलाशय क्यान्सर वा आन्द्राको क्यान्सर) भनेको क्यान्सर हो जुन ठूलो आन्द्रा वा मलाशय ( ठूलो आन्द्राका भागहरू) मा हुने गर्दछ।[१] यो कोषहरू को असामान्य वृद्धिको कारणले गर्दा हुन्छ जसमा शरीरका अन्य भागहरूमा आक्रमण गर्ने वा फैलिने क्षमता हुने गर्दछ।[२] सङ्केत तथा लक्षणहरूमा दिसामा रगत देखिने, दिसा गर्ने बानीमा परिवर्तन, तौल घट्ने, र हरेक समयमा थाकेको महशुस हुने जस्ता कुराहरू पर्दछन्।[३]

अधिकांश कोलोरेक्टल क्यान्सरहरू जीवनयापन तत्त्वहरू र बढ्दो उमेरको कारणले गर्दा हुन्छन् भने, थोरै संख्यामा मात्र वंशाणुगत आनुवंशिक विकारहरूको कारणले हुने गर्दछन्।[४][५] जोखिमका कारकहरूमा आहार, मोटोपना, धुम्रपान, र पर्याप्त शारीरिक गतिविधिहरू नगर्नु जस्ता कुराहरु पर्दछन्।[४][५] जोखिम बढाउने आहार सम्बन्धी कारक तत्त्वहरूमा रातो र प्रशोधित मासु, साथसाथै रक्सीजस्ता कुराहरू पर्ने गर्दछन्।[४] अर्को जोखिम कारक तत्त्व भनेको जलन गराउने पेटको रोगहो, जसमा क्रोहन रोग र अल्सरेटिव कोलाईटिस पर्दछन्।[४] कोलोरेक्टल क्यान्सर गराउन सक्ने केही वंशाणुगत अवस्थाहरूमा: पारिवारिक एडिनोमेटस पोलीपोसिस र आनुवंशिक गैर-पोलीपोसिस ठूलो आन्द्रा क्यान्सरपर्दछन्; यद्यपि, यसले 5% केसहरूको मात्र प्रतिनिधित्व गर्दछ।[४][५] यो विशेषगरी सामान्य किसिमको ट्युमरको रूपमा, प्राय: गरेर पोलीपको रूपमा देखिन्छ, जसले समय बित्दै जाँदा क्यान्सरको रूप लिन्छ।[४]

पेटको क्यान्सर ठूलो आन्द्राको नमूना लिएर निदान गरिन सक्छ जुन नमूना सिग्मोआइडोस्कोपी वा कोलोनोस्कोपीको बेलामा लिन सकिन्छ।[३] त्यसपछि रोग फैलिएको छ वा छैन भनी तय गर्न यसलाई मेडिकल इमेजिङ द्वारा परीक्षण गरिन्छ।[१] परीक्षण कोलोरेक्टल क्यान्सरबाट हुने मृत्युको सम्भावनालाई घटाउनमा एकदमै प्रभावकारी छ र यसलाई 50 वर्षको उमेर देखि सुरू गरेर 75 वर्षको उमेरसम्म जारी राख्न सिफारिस गरिन्छ।[६] कोलोनोस्कोपी को बेलामा पोलीपहरूलाई हटाइने गर्दछ। एस्पिरिन र अन्य नन्-स्टेरोइडल जलन-निरोधक औषधिहरु ले जोखिमलाई कम गर्दछन्।[४][७] यद्यपि, यिनीहरुका केही साइड इफेक्टहरू (दुष्प्रभावहरू)भएको हुनाले, यस उद्देश्यका लागि यिनीहरूको साधारण प्रयोगलाई सिफारिस गरिएको छैन।[८]

कोलोरेक्टल क्यान्सरको उपचारहरूमा केही संयुक्त शल्यक्रिया पर्दछन्, जस्तै: रेडिएशन थेरापी, केमोथेरापी र लक्षित थेरापी।[१] ठूलो आन्द्राको भित्ता भित्र मात्रै सीमित क्यान्सरहरूको उपचार शल्यक्रियाद्वारा गर्न सकिन्छ भने व्यापक रूपमा फैलिएको क्यान्सरको उपचार सामान्यतया गर्न सकिँदैन, र जीवनशैली र लक्षणहरूमा सुधार ल्याउनका लागि व्यवस्थापन मात्र गर्न सकिन्छ।[१] पाँच वर्षसम्म बाँच्ने दर संयुक्त राज्य अमेरिकामा करीब-करीब 65% रहेको छ।[९] यद्यपि, यो कुरा क्यान्सर कति विकसित भइसकेको छ, शल्यक्रियाबाट सबै क्यान्सर हटाउन सकिन्छ वा सकिँदैन, र व्यक्तिको समग्र स्वास्थ्य अवस्थामा निर्भर रहन्छ।[३] विश्वव्यापी रूपमा हेर्दा, कोलोरेक्टल क्यान्सर तेस्रो प्रमुख क्यान्सर हो जसले सबै केसहरूको करीब 10% हिस्सा ओगट्छ।[१०] सन् 2012 मा यस रोगका 14 लाख नयाँ बिरामी देखा परेका थिए भने यसै रोगबाट 694,000 मानिसहरूको ज्यान गएको थियो।[१०] यो रोग विकसित देशहरूमाबढी मात्रामा रहेको देखिन्छ, जहाँ कुलमध्ये 65% केसहरू फेला पर्दछन्।[४] यो रोग पुरूषहरुभन्दा महिलाहरूमा कम हुने गरेको पाइन्छ।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 4 "Colon Cancer Treatment (PDQ®)", NCI, २०१४-०५-१२, अन्तिम पहुँच २९ जुन २०१४।
  2. ↑ "Defining Cancer", National Cancer Institute, अन्तिम पहुँच १० जुन २०१४।
  3. 1 2 3 "General Information About Colon Cancer", NCI, २०१४-०५-१२, अन्तिम पहुँच २९ जुन २०१४।
  4. 1 2 3 4 5 6 7 8 9 World Cancer Report 2014, World Health Organization, २०१४, पृ: Chapter 5.5, आइएसबिएन 9283204298।
  5. 1 2 3 "Colorectal Cancer Prevention (PDQ®)", National Cancer Institute, २०१४-०२-२७, अन्तिम पहुँच २९ जुन २०१४।
  6. ↑ "Screening for Colorectal Cancer", U.S. Preventive Services Task Force, अक्टोबर २००८, मूलबाट २१ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१४।
  7. ↑ Thorat, MA; Cuzick, J (Dec २०१३), "Role of aspirin in cancer prevention.", Current oncology reports 15 (6): 533–40, डिओआई:10.1007/s11912-013-0351-3, पिएमआइडी 24114189।
  8. ↑ "Routine aspirin or nonsteroidal anti-inflammatory drugs for the primary prevention of colorectal cancer: recommendation statement.", Am Family Physician 76 (1): 109–13, २००७, पिएमआइडी 17668849।
  9. ↑ "SEER Stat Fact Sheets: Colon and Rectum Cancer", NCI, अन्तिम पहुँच १८ जुन २०१४।
  10. 1 2 World Cancer Report 2014, World Health Organization, २०१४, पृ: Chapter 1.1, आइएसबिएन 9283204298।