को बन्छ करोडपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
को बन्छ करोडपति
शैलीहाजिरी जवाफ कार्यक्रम
सर्जकडेभिड ब्रिग्स
माइक ह्वाइटहील
स्टिभिन नाइट
निर्देशकअमन प्रताप अधिकारी
प्रस्तुतकर्ताराजेश हमाल
रचनाकार(हरू)किथ स्ट्रचन
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली/अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
निर्माण
निर्माता(हरू)विपिन आचार्य
रमेश न्यौपाने
स्थल(हरू)शान्तिनगर
क्यामरा सेटअपबहु क्यामरा
प्रसारण अवधि६० मिनेट
निर्माण कम्पनी(हरु)एसआरबीएन मिडिया निजी लिमिटेड एपी वान एचडी
वितरकसोनी पिक्चर
प्रसारण
मूल च्यानलएपीवान एचडी
तस्वीर ढाँचा१०८०आइ (एचडीटिभी)
ध्वनी ढाँचाडल्बी डिजिटल
प्रथम प्रसारण१९ माघ २०७५ – हाल
बाह्य कडीहरू
वेबसाइट

को बन्छ करोडपति एक नेपाली वास्तविक खेल टेलिभिजन कार्यक्रम हो जुन बेलायती कार्यक्रम हु वान्ट टु बि अ मिलिनियर? सँग आधारित छ। प्रश्नोत्तर शैलीमा आधारित यस कार्यक्रममा प्रतिस्पर्धीहरूले विभिन्न मुल्यका रकम या पुरस्कार जित्न सक्नेछन्। जब ज्ञान झल्किन्छ, तब भाग्य बद्लिन्छ भन्ने मूल उदेश्यका साथ को बन्छ करोडपति नेपाली टेलिभिजन जगतमा एक नौलो र विशिष्ट प्रस्तुतिका रूपमा प्रसारण भइरहेको छ।

यो कार्यक्रम पहिलो पटक एपी वान एचडीमा २ फेब्रुअरी २०१९ मा प्रसारण भएको थियो र यो कार्यक्रम ५२अौँ शृङ्खला सम्म चल्ने छ।[१] यस कार्यक्रममा प्रस्तोता नेपाली चलचित्र जगतका महानायक राजेश हमालले गरेका छन् भने यसलाई एसआरबीएन मिडिया निजी लिमिटेडले निर्माण गरेको हो।[२] यस कार्यक्रमको प्रतिस्पर्धीले १ करोड नेपाली रुपैयाँ सम्म जित्न सक्छन्।

पहिलो संस्करण[सम्पादन गर्नुहोस्]

सञ्चालक[सम्पादन गर्नुहोस्]

यस कार्यक्रममा नेपालका राष्ट्रिय प्रतिमा र प्रमुख मिडियाका रूपमा चिनिने नेपाली चलचित्र जगतका महानायक राजेश हमालले यस कार्यक्रमको सञ्चालन गरेका हुन्।[३] नेपाली चलचित्र जगतमा सन् १९९१ मा पर्दापण गरेपछि उनले निकै प्रशंसा पायका छन् भने उनका अनुयायीहरू विभिन्न मुलुकहरूमा रहेका हुन्छन्। हमालले हालसम्म ३०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रहरूमा अभिनय गरिसकेका छन्।

उत्पादन[सम्पादन गर्नुहोस्]

यस कार्यक्रममा निर्देशक भूमिकामा अमन प्रताप अधिकारी रहेका छन्। उत्पादनमा फोटोग्राफीको निर्देशक शिवराम श्रेष्ठ गरेका छन्।[४][५][६]

शृङ्खला[सम्पादन गर्नुहोस्]

शृङ्खला मिति विवरण
२ फेब्रुअरी २०१९ यस कार्यक्रममा घर बसेर लखपति पनि सञ्चालन गरिएको छ

खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

छनोट[सम्पादन गर्नुहोस्]

बेलायतमा आयोजना गरिएको कार्यक्रम जस्तै विभिन्न क्षेत्रबाट जनसमुदायहरूले छनोट हाजिरी जवाफ कार्यक्रममा भाग लिन्छन् जुन कार्यक्रम आउनु भन्दा अगाडि देखिनै देशको विभिन्न स्थानहरूमा आयोजना गरिन्छ जसलाई छनोट प्रक्रिया पनि भनिन्छ। ति प्रतियोगीहरूले एक एसएमएस पठाएर पनि भाग जनाउन सक्छन्। थुप्रै प्रतियोगीहरूबाट केही छनोट भएका प्रतिस्पर्धीलाई कार्यक्रममा आउन भन्दा अगाडि विभिन्न अन्तरबार्ताहरू लिइन्छ। यस कार्यक्रममा भाग लिनका लागि अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र कम्तीमा १८ वर्ष कटेको हुनुपर्नेछ।

फास्टेस्ट फिङ्गर फस्ट[सम्पादन गर्नुहोस्]

छनोट भएका प्रतियोगीहरूलाई स्टुडियोमा ल्याइन्छ र त्यसपछि हट सिटमा आउनका लागि एक प्रश्न कम्प्युटर स्क्रिनमा सोधिन्छ र सो प्रश्नको जवाफ १ मिनेट भित्र सबैभन्दा छोटो समयमा क्रम अनुसार मिलाउने प्रतिस्पर्धाीले खेल खेल्न पाउने छन्।

मुख्य खेल[सम्पादन गर्नुहोस्]

फास्टेस्ट फिङ्गर फस्टको विजेताले सञ्चालकसँग "हट सिट" (खेल खेल्ने मुख्य दुई मेच)मा गई खेल्न पाउँछ। त्यसपछि सञ्चालकले उक्त प्रतियोगीलाई उनको कम्प्युटर स्क्रिनमा प्रश्न राख्छन् जसको ४ वटा विकल्प हुन्छ भने प्रतियोगीले उक्त चार वटा विकल्पबाट सहि उत्तर दिन सक्यो भने माथिल्लो चरण सम्म पुग्न सक्छ तर यदी प्रश्नको जवाफ गलत भयो भने प्रतियोगीले जतिवटा प्रश्न मिलाएको छ त्यसको सिमाना भित्र रहेर रकम पाउनेछ।

प्रतियोगीहरूलाई प्रश्नमा सहयोग गर्नका लागि चरावटा लाइफलाईन रहेका हुन्छन् भने उक्त लाइफलाईनको एउटाको एक पटक भन्दा प्रयोग गर्न पाइँदैन। लाइफलाईनहरू यस प्रकार छन्:

  • अडियन्स पोल (खेल हेर्न आउने दर्शकलाई प्रश्न सोध्ने) :- यदी प्रतियोगीले लाइफलाईनको रूपमा अडियन्स पोल रोज्यो भजे खेल हेर्न आउने दर्शकलाई उक्त प्रश्न सोधिन्छ भने सबै दर्शकहरूको हातमा एक अौजार दिइएको हुन्छ उक्त अौजारले दर्शकहरूले आफ्नो मद जायर गर्न सक्छन्। सबै दर्शकहरूले उत्तर त्यस अौजार मार्फत जायर गरिसकेपछि ४ वटा उत्तरहरूको विकल्पमा कति प्रतिशत मत आयो भनेर पर्दामा देख्न सकिन्छ त्यसको मार्फत प्रतियोगीले उत्तर दिन सक्छन्।
  • ५०:५०:- यदी यस लाइफलाइन प्रतियोगीले छनोट गर्न चाह्यो भने कम्प्युटरले उत्तरहरूको ४ विकल्प मध्ये दुईवटा बेठीक विकल्पलाई हटाइदिन्छ।
  • फोन-अ-फ्रेन्ड (साथीलाई फोन गर्ने):- यदी यस लाइफलाइन प्रतियोगीले छनोट गर्न चाह्यो भने ३ वटा साथीहरूबाट प्रतियोगीले रोजेको एकलाई फोन गरिन्छ र उक्त प्रश्न भने प्रतियोगीले आँफैले उसको साथीलाई सोध्नु पर्नेछ भने समय अवदि भने जम्म ३० सेकेन्ड हुन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. काठमाडौँ ट्रिब्युन (२०१८-०२-२०), "को बन्छ करोडपति" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२ 
  2. "को बन्छ करोडपति", खल्ती डिजिटल वालेट, १४ नोभेम्बर २०१८, अन्तिम पहुँच १४ नोभेम्बर २०१८ 
  3. "'को बन्छ करोडपति' रियालिटी शो सुरुवात", म्युजिक हाइलाइट, अन्तिम पहुँच माघ २१, २०७५ [dead link]
  4. "को बन्छ करोडपतिमा कसरी सहभागी हुने?", नेपाली टेलिकम (अङ्ग्रेजीमा), २०१८-०७-२३, अन्तिम पहुँच २०१८-१२-२२ 
  5. "नेपालमा अब को बन्छ करोडपति कार्यक्रम सञ्चालन हुने", काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२ 
  6. वालेट, खल्ती डिजिटल (२०१८-०७-२०), "कोकाकोलाले प्रायोजन गरेको को बन्छ करोडपति", खल्ती (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]