क्रिस्टिन स्टेवार्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टिन स्टेवार्ट
जन्मक्रिस्टिन जेम्स स्टेवार्ट
(1990-04-09) अप्रिल ९, १९९० (उमेर ३३)
लस एन्जलस, क्यालिफोर्नोया, सं.रा.अ.
पेशाअभिनेत्री
कार्यकाल१९९९–हाल
हस्ताक्षर
वेबसाइटwww.kristenstewart.com

क्रिस्टिन जेम्स स्टेवार्ट(जन्म: ९ अप्रिल १९९०) एक अमेरिकी अभिनेत्री हुन। उनी चलचित्र द ट्वीलाईट सागाको भूमिका बेला स्वानको रूपमा चर्चित छिन। यसका साथै उनले प्यानिक रुम (२००२), जथुरा (२००५), इन द ल्यान्ड अफ वुमन (२००७), द मेसेन्जर्स (२००७), एड्भेन्चरल्यान्ड (२००९) र द रनअवेज (२०१०) लगायतका चलचित्रहरूमा पनि अभिनय गरेकि छिन।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

क्रिस्टिन स्टेवार्टको जन्म ९ अप्रिल १९९०मा क्यालिफोर्नियाको लस एन्जलसमा भयो र त्यहिँबाट उनी अभिनय क्षेत्रमा उदाईन।[१][२][३] उनका बुवा जोन स्टेवार्ट फक्स ब्रोडकास्टिङ्ग कम्पनीको लागि काम गर्ने स्टेज व्यवस्थापक र टेलिभिजन निर्माता थिए।[४] उनकी आमा जुलेस मन-स्टेवार्ट मारोसाईडोर, क्विन्सल्यान्ड, अस्ट्रेलियबाट आएकि एक स्क्रिप्ट पर्यवेक्षक थिईन।[३][५][६][७] उनका एक दाजु क्यामरुन स्टेवार्ड र एक धर्मभाई टेलर छन।[८][९] क्रिस्टिनले सातौँ तहसम्म विद्यालयमा नै अध्यन गरिन र त्यसपछिका तहहरू पत्राचारको माध्यमबाट निरन्तरता दिईन।[३] उनले भर्खरै उच्च शिक्षा पुरा गरिन।[१०]

अभिनय जीवन[सम्पादन गर्नुहोस्]

स्नो व्हाइट एन्ड हन्ट्सम्यानको प्रिमियरमा कृस हेम्स्वर्थको साथमा क्रिस्टिन

क्रिस्टिनको परिवारका सबैले क्यामरा पछाडी काम गरे र उनी पनि आफू अभिनेत्री नभई एक लेखक वा निर्देशक बन्नेछु भन्ने सोच्थिन। उनी भन्छिन, "म आकर्षणको केन्द्र बिन्दु बन्न चाहान्न थिए - म 'म चर्चित हुन चाहान्छु, म एक अभिनेत्री बन्ने छु' भन्ने खालको बच्चा थिईन। मैले अभिनयको माग कहिल्यै बाहिर प्रश्तुत गरिन, तर म सधै आफ्नो हस्ताक्षरको अभ्यास गर्दथें किनकि मलाई कलम मन पर्थ्यो। म सबै चिजमा आफ्नो नाम लेख्थें।"[११] क्रिस्टिन आठ वर्षकी हुँदा एक एजेन्टले उनलाई प्राथमिक स्कूलको क्रिसमसको नाटकमा प्रश्तुति गर्दै गरेको देखेपछि उनको अभिनय जीवनको शुरुवात भयो।[१२] स्वर परीक्षणको एक वर्ष पश्चात, क्रिस्टिनले चलचित्र द थर्टिन्थ एयरमा लाटीको रूपमा पहिलो भूमिकामा अभिनय गरिन।[४] त्यस पछि, उनले अर्को चलचित्र द फ्लिन्टस्टोन इन भिवा रक भेगासमा "रिङ्ग टस केटी"को रूपमा देखापरिन।[४] लगत्तै उनी एक स्वतन्त्र चलचित्र द सेफ्टि अफ अब्जेक्टमा एक पिडित एकल आमा (पेट्रीसिया क्लार्कसन)को टमब्वाई छोरीको भूमिकामा देखापरिन। क्रिस्टिनले हलिवुडको चलचित्र प्यानिक रुममा एक छोडपत्र भएकि आमा (जोडी फोस्टर)को मधुमेहको रोगी छोरीको रूपमा प्रमुख भूमिकामा अभिनय गरिन। यो चलचित्रले साधारण तरिकामा सकारात्मक समीक्षा प्राप्त गर्‍यो र क्रिस्टिनले पनि उनको प्रश्तुतिको लागि सकारात्मक जनाउ पाईन। यसबाट उनी आफ्नो प्रश्तुतिको लागि युवा कलाकार अवार्डको लागि मनोनित भईन।[१३]

प्यानिक रुमको सफलता पछि क्रिस्टिनले अर्को थ्रिलर कोल्ड क्रिक म्यानरमा पात्रहरू डेनिस क्वाईडस्यारोन स्टोनको छोरीको रूपमा हभिनय गरिन। यो चलचित्र साधारण रूपमा बक्स अफिसमा असफल रह्यो। उनी पून: उनको प्रश्तुतिको लागि युवा कलाकार अवार्डको लागि मनोनित भईन।[१३] क्रिस्टिनको करियरको यस समयमा, उनको अनियमित कार्यक्रमहरू भएकोले जुन उनी घरमा नै अध्ययन गर्न थालिन जसले उनको पढाईमा असर पारिरहेको थियो। उनले भनिन, "मैले घरमा अध्ययन गर्न शुरू गरे किन भनें मेरो शिक्षकहरूले मलाई अनुतिर्ण गर्न लागेका थिए। मलाई लागेको थियोको यो केवल असन्तोष हो - मैले उनीहरूको लागि काम बढाईरहेको छु। तर घरमा अध्ययन गर्नु राम्रो लाग्यो। यसबाट तपाईँ आफुले चाहेको कुरा अध्ययन गरेर सक्नु हुन्छ, जसले तपाईलाई आफ्नो कार्य प्रति अधिक उत्साहित गर्नको लागि सहयोग गर्छ।"[१३]

क्रिस्टिनको पहिलो प्रमूख भूमिका पछि उनले बच्चाहरूको एक्सन-कमेडी क्याच द्याट किडमा म्याक्स थिरियोट र कर्बिन ब्लुको विपरीतमा अभिनय गरिन। उनले थ्रिलर अन्डरटोमा पनि लिला भूमिकामा अभिनय गरिन। यहि समयमा क्रिस्टिन लरी ह्याल्स एन्डरसनको उपन्यासमा आधारित शोटाईम टेलीभिजन नेट्वर्कको चलचित्र स्पिक (२००४) मा समीक्षकहरूबाट बहुप्रशंसित भूमिका निभाईन। यसबेला १३ वर्ष रहेकि क्रिस्टिनले बलात्कार पछि सबै मौखिक सम्पर्क बन्द भएकि भर्खरै उच्च विद्यालय शुरु गरेकि मेलिन्डा सर्डिनोको भूमिका निभाएकी छिन। चलचित्रमा देखाईएको स्टीवर्टको यो केवल केही लाई न मात्र बोल्ने तर दिमागमा अनेक अव्यक्त विचारहरू बोकेको पात्र भूमिका प्रति उनले उत्कृष्ट प्रशंसा प्राप्त गरिन।

२००५ मा क्रिस्टिन काल्पनिक-साहसिक चलचित्र जथुरामा देखा परिन। यस चलचित्रमा उनी बोर्ड खेलेर अनियन्त्रित रूपमा यत्र-तत्र ठोक्किएर घरलाई अन्तरिक्ष यान जस्तै बनाउने दुईटा साना केटाहरूको एक गैर जिम्मेवार दिदी, लीजाको भूमिकामा अभिनय गरेकि छन। चलचित्रलाई समिक्षकहरूले प्रशंसा गरे तर क्रिस्टिनको पात्र चलचित्रको अधिक भागमा स्थिर रहेकोले ज्यादा मीडियाको ध्यान आकर्षण गर्न सफल भएन।[१४] अर्को वर्ष, उनले ड्यूनी ग्रिफिन द्वारा निर्देशित चलचित्र फाइर्स पिपुलमा मायाको भूमिकामा अभिनय गरिन। यस चलचित्र पछि, उनले एक अलौकिक चलचित्र द मेसेन्जर्समा जेस सोलोमनको रूपमा प्रमुख भूमिका प्राप्त गरिन।

बायाँबाट क्रमस: निर्देशक क्रिस वेट्ज, अभिनेत्री क्रिस्टिन स्टेवार्ट तथा अभिनेताद्वय टेलर लट्नर र रोबर्ट प्याटिन्सन

२००७ मा, क्रिस्टिन मेग रयान र एडम ब्रोडी अभिनीत एक रोमान्टिक चलचित्र इन द ल्यान्ड अफ वुमनमा किशोरी लुसी हार्डविक रूपमा देखा परिन। चलचित्रका साथ साथै क्रिस्टिनको प्रश्तुतिले मिश्रित समीक्षा प्राप्त गर्‍यो। त्यो त्यसै वर्ष, स्टीवर्टले शन पेनको समीक्षकहरूबाट बहुप्रशंसित चलचित्र रूपान्तर इनटु द वाईल्डमा अभिनय गरिन। ट्रेसीको उनको चित्रणको लागि - एक किशोरी युवा गायिकाक जो साहसी क्रिस्टोफर म्याकक्यान्डलसलाई माया गर्छे - क्रिस्टिनले सामान्यत: सकारात्मक समीक्षा प्राप्त गरिन। Salon.com उनको कार्यलाई "मजबूत, संवेदनशील प्रश्तुति" मान्छ,[१५] र शिकागो ट्रिब्यूनले लेख्यो कि उनले "एक भूमिकाको संक्षिप्त वर्णन प्रष्ट राम्रो सँग गरेकी छन्"।[१६] उनको प्रश्तुति आलोचित भए पनि भेराइटीका आलोचक डेनिस हार्वेले लेखे, "यो स्पष्ट छैन कि क्रिस्टिन हिप्पी-लडकी ट्रेसीको अभिनय निरस रूपमा गरेकि छिन वा यो बस यहि तरीकाको छ।"[१७] इनटु द वाईल्ड पछि, क्रिस्टिन अक्टोबर २००८मा लोकार्पण भएका चलचित्र जम्पर र व्हाट जस्ट ह्यापन्डमा अतिथि भूमिकामा देखापरिन।[१८] उनले केवल चलचित्र समारोहहरूमा मात्र देखाईएको स्वतन्त्र चलचित्र केक द केक इटर्समा पनि सह-अभिनेत्रीको रूपमा अभिनय गरिन।

१६ नोभेम्बर २००७ मा, समिट इन्टरटेन्टमेन्टले घोषणा गर्‍यो कि क्रिस्टिनले स्टेफनी मेयेर सर्वाधिक बिक्रि भएको भ्यामपायरको रोमान्सको उपन्यासमा आधारित चलचित्र ट्वीलाईटमा इसाबेला "बेला" स्वानको भूमिकामा अभिनय गर्नेछिन।[१९] यसका निर्देशक क्याथरीन हार्डविक क्रिस्टिनलाई एक अनौपचारिक स्क्रीन टेस्टको लागि भेट्न जाँदा उनी एड्भेनचरल्यान्डको सेटमा थिईन। यो टेस्टले निर्देशक "मोहित" बनायो।[२०] यसमा उनले उनको पात्र "बेला स्वान"को पिशाच प्रेमी एडवर्ड कलनको भूमिका निभाएका रोबर्ट प्याटिन्सनसँग अभिनय गरिन। चलचित्रले फेब्रुअरी २००८मा उत्पादन शुरू गर्‍यो, मे २००८मा समाप्त भयो र २१ नोभेम्बर २००८मा लोकार्पण भयो।[२१] ट्वीलाईटको रिलीज पछि, क्रिस्टिन बेला स्वानको रूपमा उनको चित्रणको लागि सर्वोत्कृष्ट महिला प्रश्तुतिको लागि एमटिभी मूभी अवार्डद्वारा सम्मानित भईन। क्रिस्टिन दोस्रो भाग द ट्वीलाईट सागा: न्यू मुनमा पनि बेलाको रूपमा देखापरिन र द ट्वीलाईट सागा: इक्लिप्समा यस भूमिकालाई दोहोर्याईन। उनी बाफ्टा (BAFTA) राइजिङ्ग स्टार अवार्डको लागि मनोनित भईन र सफलता प्राप्त गरिन।[२२] २०१० को ८२ औँ वार्षिक एकेडेमी अवार्डमा क्रिस्टिन र ट्वीलाईटका सह-अभिनेता सितारा टेलर लट्नर हरर चलचित्रका किसिमको सम्मानमा एक उपहार प्रश्तुत गरे।[२३]

२००९ मा क्रिस्टिन सनडान्स चलचित्र समारोहमा शुरू भएको र २०१० मा सिनेमाघरहरूमा लागेको श्यामूएल गोल्डविन फिल्म्सको चलचित्र द येल्लो ह्याङ्करचिफमा अभिनय गरिन। उनले जनवरी २०१०मा सनडान्स चलचित्र समारोहमा प्रीमियर गरिएको वेलकम टु द रिलेजमा पनि जेम्स ग्यान्डल्फिनी साथमा अभिनय गरिन। क्रिस्टिन हालसालैमा लेखक तथा निर्देशक फ्लोरिया सिगिस्मन्डीको द रनवेजमा सोही ब्यान्डकी रक-स्टार जोआन जेट रूपमा देखापरेकी छिन्।[२४] क्रिस्टिन २००८-०९को नयाँ वर्षमा यस भूमिकाको तयारीको लागि जेट सँग भेट गरिन र स्टुडियोमा चलचित्रको लागि गितहरूको प्रिरेकर्डिङ्ग समाप्त गरिन्।[२५] उनले आफ्नो प्रश्तुतिको लागि लगभग एकमतिय प्रशंसा प्राप्त गरिन्। सिनेमा ब्लेन्डका जोश टायलर उनलाई आधुनिक दिनको जेम्स डीनको संज्ञा दिदै भन्छन," उनले द रनवेजमा यस्तो राम्रो अभिनय गरेको छन कि जुन उनको (जेम्स डीन) मृत्यु पछि पर्दामा देख्न पाईएको थिएन। द रनवेज उनको रेबल विदआउट अ कज हो... उनी बिल्कुल जोआन जेट जस्तै लागेकि छन।"[२६]

क्रिस्टिन जेसन मेविजसँग के-११ नामक चलचित्रमा अभिनय गर्दै छिन।[५] क्रिस्टिनकी आमाले निर्देशित गर्ने यो चलचित्र लस एन्जलस काउन्टी जेलको एक छात्रावासमा लिईनेछ र उनी यसमा एक पुरुष चरित्रको रूपमा देखापर्ने छिन।[५][२७] उनी ज्याक केरोकको क्लासिक उपन्यासमा आधारित आगामी चलचित्र अन द रोडमा म्यारी लोको भूमिकामा अभिनय गर्दैछिन। शूटिङ अगस्ट २०१० मा शुरू भयो।[२८] मार्च २०११ मा यो पुष्टि गरिएकोछ कि क्रिस्टिन चलचित्र स्नो व्हाइट एन्ड हन्ट्सम्यानमा प्रमूख भूमिका निभाउँदै छिन।[२९]

क्रिस्टिनलाई भ्यानिटी फेयरको "२०१० टप हलिवुड टप अर्नर लिस्ट"मा हलीवुडमा सर्वाधिक कमाई गर्ने महिला अभिनेत्रीको रूपमा सूचीबद्ध गरियो। २०१० भरीमा क्रिस्टिनले उनका सबै चलचित्रहरूबाट लगभग २.८५ करोड डलर कमाई गरिन।[३०]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

क्रिस्टिन हाल लस एन्जलसको वुडल्यान्ड हिल्समा बस्छिन। उनी आफुलाई अस्ट्रेलियामा बस्न र काम गर्न इच्छा व्यक्त गर्दै भन्छिन, " म अस्ट्रेलियामा सिडनी विश्वविद्यालयमा जान चाहान्छु किनभने मेरी आमा त्यहिको हुनुहुन्छ।"[३१] अभिनयको अलावा उनी निकट भविष्यमा कलेजमा उपस्थित हुनमा रुचि राख्छिन र भन्छिन, " म साहित्यको लागि कलेज जान चाहान्छु। म एक लेखक बन्न मन लागेको छ। मेरो मतलब, म मेरो कामलाई माया गर्छु, तर यो मैले गर्न चाहेको सबै कुरा हैन - मेरो जीवनको बाँकी समयको लागि एक झुटी बनेर बिताउन चाहान्न।"[३२] भ्यानिटी फेयरसँगको एक अन्तर्वार्तामा क्रिस्टिनले उनको आफ्ना स्पिकका सहकर्मी माइकल एन्गार्नोसँग सम्बन्ध रहेको बताईन।[३३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्र तथा टेलिभिजन
वर्ष शीर्षक भूमिका नोट
१९९९ थर्टिन्थ एअर, दद थर्टिन्थ एअर ड्रिङ्क कुरिरहेकि केटी[३४] श्रेणीबिहिन
२००० फ्लिन्टस्टोन इन भिवा रक भेगास, दद फ्लिन्टस्टोन इन भिवा रक भेगास रिङ्ग टस केटी[३५]
२००१ सेफ्टि अफ अब्जेक्ट, दद सेफ्टि अफ अब्जेक्ट स्याम जेनिङ्ग्स न्युन लोकार्पण
२००२ प्यानिक रुम सराह अल्टम्यान
२००३ कोल्ड क्रिक म्यानर क्रिस्टिन टिल्सन
२००४ स्पिक मेलिन्डा सर्डिनो
२००४ क्याच द्याट किड म्याडी
२००४ अन्डरटो लिला
२००५ फाइर्स पिपुल माया अस्बोर्न न्युन लोकार्पण
२००५ जथुरा लिजा
२००७ मेसेन्जर्स, दद मेसेन्जर्स जेस्सिका "जेस" सोलोमन
२००७ इन द ल्यान्ड अफ वुमन लुसी हार्डविक
२००७ केक इटर्स, दद केक इटर्स जर्जिया न्युन लोकार्पण
२००७ इनटु द वाईल्ड ट्र्यासी ट्याट्रो
२००७ कटलेस योङग रोबिन छोटो चलचित्र
२००८ जम्पर सोफि अतिथि भूमिका
२००८ व्हाट जस्ट ह्यापन्ड जो
२००८ ट्वीलाईट बेला स्वान
२००९ एड्भेनचरल्यान्ड इमिली "इम" लेविन
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन बेला स्वान
२०१० येल्लो ह्याङ्करचिफ, दद येल्लो ह्याङ्करचिफ मार्टिन न्युन लोकार्पण
२०१० रनवेज, दद रनवेज जोआन जेट
२०१० वेलकम टु द रिलेज म्यालोरि
२०१० ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स बेला स्वान
२०११ अन द रोड म्यारि लो पोष्ट-प्रोडक्सन
२०११ ट्वीलाईट सागा: ब्रेकिङ्ग डन - भाग १, दद ट्वीलाईट सागा: ब्रेकिङ्ग डन - भाग १ बेला स्वान/कलन निर्माणाधिन
२०१२ ट्वीलाईट सागा: ब्रेकिङ्ग डन - भाग २, दद ट्वीलाईट सागा: ब्रेकिङ्ग डन - भाग २ बेला कलन निर्माणाधिन

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन तालिका
वर्ष चलचित्र अवार्ड श्रेणी नतीजा नोट
२००२ प्यानिक रुम युवा कलाकार अवार्ड ठूलो पर्दाको चलचित्रमा सर्वोत्कृष्ट प्रश्तुति- प्रमूख युवा-अभिनेत्री मनोनित
२००३ कोल्ड क्रिक म्यानर युवा कलाकार अवार्ड ठूलो पर्दाको चलचित्रमा सर्वोत्कृष्ट प्रश्तुति- सहायक युवा-अभिनेत्री मनोनित
२००४ अन्डरटो युवा कलाकार अवार्ड ठूलो पर्दाको चलचित्रमा सर्वोत्कृष्ट प्रश्तुति- सहायक युवा-अभिनेत्री मनोनित
२००७ इनटु द वाईल्ड युवा कलाकार अवार्ड ठूलो पर्दाको चलचित्रमा सर्वोत्कृष्ट प्रश्तुति- सहायक युवा-अभिनेत्री मनोनित
२००७ इनटु द वाईल्ड स्करिन एक्टर्स गाईल्ड अवार्ड चलचित्रमा एक कलाकार द्वारा सर्वोत्कृष्ट प्रश्तुति मनोनित पूर्ण कलाकार
२००८ ट्वीलाईट एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट महिला प्रश्तुति विजयी
२००८ ट्वीलाईट एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट चुम्बन विजयी रोबर्ट प्याटिन्सनको साथमा
२००८ ट्वीलाईट टिन च्वाईस अवार्ड च्वाईस मूभी एक्ट्रेस ड्रामा विजयी
२००८ ट्वीलाईट टिन च्वाईस अवार्ड च्वाईस मूभी लिपलक विजयी रोबर्ट प्याटिन्सनको साथमा
२००८ ट्वीलाईट स्क्रिम अवार्ड उत्कृष्ट प्रेत कलाकार विजयी
२००८ ट्वीलाईट स्क्रिम अवार्ड उत्कृष्ट समष्टिगत कलाकार मनोनित
२००८ ट्वीलाईट पिपुल्स च्वाईस अवार्ड मनपर्ने पर्दाको समूह विजयी रोबर्ट प्याटिन्सन र टेलर लट्नरको साथमा
२००८ ट्वीलाईट पिपुल्स च्वाईस अवार्ड मनपर्ने चलचित्र अभिनेत्री मनोनित
२००९ एड्भेनचरल्यान्ड गोथम अवार्ड उत्कृष्ट समष्टिगत कलाकार मनोनित पूर्ण कलाकार
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन बाफ्टा (BAFTA) अवार्ड उदयिमान कलाकार अवार्ड विजयी
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन निकलोडियन किड्स'च्वाइस अवार्ड सबैभन्दा आकर्षक जोडी विजयी टेलर लट्नरको साथमा
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन निकलोडियन किड्स'च्वाइस अवार्ड सबैभन्दा आकर्षक जोडी मनोनित रोबर्ट प्याटिन्सनको साथमा
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट महिला प्रश्तुति विजयी
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट चुम्बन विजयी रोबर्ट प्याटिन्सनको साथमा
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन गोल्डन र्‍यास्प्बेरी अवार्ड पर्दाको खराब जोडी मनोनित रोबर्ट प्याटिन्सनको साथमा
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन गोल्डन र्‍यास्प्बेरी अवार्ड पर्दाको खराब जोडी मनोनित टेलर लट्नरको साथमा
२००९ ट्वीलाईट सागा: न्यू मुन, दद ट्वीलाईट सागा: न्यू मुन टि च्वाइस अवार्ड च्वाइस मूभी एक्ट्रेस फ्यानेस्टी विजयी
२०१० रनवेज, दद रनवेज टि च्वाइस अवार्ड च्वाइस मूभी एक्ट्रेस ड्रामा मनोनित
२०१० रनवेज, दद रनवेज एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट चुम्बन मनोनित डाकोटा फ्यानिङको साथमा
२०१० ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स पिपुल्स च्वाईस अवार्ड मनपर्ने चलचित्र अभिनेत्री विजयी
२०१० ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स पिपुल्स च्वाईस अवार्ड मनपर्ने पर्दाको समूह विजयी रोबर्ट प्याटिन्सन र टेलर लट्नरको साथमा
२०१० ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स पिपुल्स च्वाईस अवार्ड २५ वर्ष मुनिको मनपर्ने चलचित्र स्टार मनोनित
२०११ ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स निकलोडियन किड्स'च्वाइस अवार्ड चलचित्र अभिनेत्री मनोनित
२०११ ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट महिला प्रश्तुति अनिर्णित
2011 ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट चुम्बन अनिर्णित टेलर लट्नरको साथमा
2011 ट्वीलाईट सागा: इक्लिप्स, दद ट्वीलाईट सागा: इक्लिप्स एमटिभी मूभी अवार्ड सर्वोत्कृष्ट चुम्बन अनिर्णित रोबर्ट प्याटिन्सनको साथमा

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Kristen Stewart Biography – Yahoo! Movies", Movies.yahoo.com, अप्रिल ९, १९९०, अन्तिम पहुँच २ जनवरी, २०१० 
  2. According to the State of California. California Birth Index, 1905–1995. Center for Health Statistics, California Department of Health Services, Sacramento, California. At Ancestry.com
  3. ३.० ३.१ ३.२ "Kristen Stewart Interview, The Messengers – MoviesOnline", Moviesonline.ca, अन्तिम पहुँच जनवरी २, २०१० 
  4. ४.० ४.१ ४.२ "Kristen Stewart - AskMen.com", AskMen.com<!, अन्तिम पहुँच जनवरी २, २०१० 
  5. ५.० ५.१ ५.२ Larry Carroll (नोभेम्बर २१, २००८), "EXCLUSIVE: 'Twilight' Stars Kristen Stewart & Nikki Reed To Reunite, Play Men In Prison Film 'K-11'", MTV, अन्तिम पहुँच नोभेम्बर २८, २००८ 
  6. Jules Mann-Stewart
  7. "Kristen Stewart Biography (1990–)", Filmreference.com, अन्तिम पहुँच जनवरी २, २०१० 
  8. Fortini, Amanda (मे ५, २०१०), "Kristen Stewart: ELLE’s June cover girl on relationships, privacy, and her critics", Elle, अन्तिम पहुँच अप्रिल २३, २०११  वेब्याक मेसिन अभिलेखिकरण जुन १८, २०११ मिति
  9. "Interview from", Portrait Magazine, अन्तिम पहुँच जनवरी २, २०१० 
  10. Dennis Hopper (अक्टोबर १, २००९), "Kristen Stewart", Interview, अन्तिम पहुँच अक्टोबर १, २००९ 
  11. Biography Today, Detroit, Michigan: Omnigraphics, २०१०, पृ: १५६, आइएसबिएन 978-0-7808-1058-7 
  12. "Girls of Fall: Autumn's Crop of Enchanting Entertainers", WWD, सेप्टेम्बर २९, २००८, अन्तिम पहुँच नोभेम्बर ४, २००८ 
  13. १३.० १३.१ १३.२ "Biography Today", pp.158
  14. From Suburbia and Stranded Somewhere Near Saturn from New York Times
  15. "Into the Wild" from Salon.com
  16. Movie review: 'Into the Wild' from Chicago Tribune
  17. Into the Wild review from Variety magazine
  18. 'What Just Happened' sets release from Hollywood Reporter
  19. "Twilight Series | Twilight | Twilight the Movie", StephenieMeyer.com, अन्तिम पहुँच जनवरी २, २०१० 
  20. Nicole Sperling (जुलाई १०, २००८), "'Twilight': Inside the First Stephenie Meyer Movie", Entertainment Weekly (Time Inc), अन्तिम पहुँच जुलाई २६, २००८  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २४, २०१४ मिति
  21. A Strategic Move? Twilight moves release date to November 21! – The Movie-Fanatic वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-०९ मिति
  22. "Orange British Academy Film Awards", Bafta.orange.co.uk, अन्तिम पहुँच अप्रिल २६, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २६, २०१० मिति
  23. "Kristen Stewart and Taylor Lautner team up at the Oscars | InStyle UK", Instyle.co.uk, मार्च ८, २०१०, अन्तिम पहुँच अप्रिल २६, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २८, २०११ मिति
  24. Borys Kit (डिसेम्बर ३, २००८), "Kristen Stewart to play Joan Jett", The Hollywood Reporter, अन्तिम पहुँच डिसेम्बर ३, २००८  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ४, २००८ मिति
  25. "Kristen Stewart: Jett-ing Through A Twilight Adventureland", SuicideGirls.com, अप्रिल १, २००९, अन्तिम पहुँच अप्रिल १, २००९ 
  26. "The Runaways – Review |", Cinema Blend, मार्च १९, २०१०, अन्तिम पहुँच मे ११, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे २९, २०१० मिति
  27. Sheila Roberts, "Kristen Stewart Interview, Twilight", Movies Online, अन्तिम पहुँच नोभेम्बर २८, २००८  वेब्याक मेसिन अभिलेखिकरण जुन २९, २०१५ मिति
  28. "'Twilight' star Kristen Stewart to venture 'On the Road' |", Entertainment Weekly, मे ६, २०१०, अन्तिम पहुँच मे ११, २०१० 
  29. http://www.mtv.com/news/articles/1659300/kristen-stewart-confirmed-snow-white-huntsman.jhtml
  30. Allen, Floyd. "Twilight star, Kristen Stewart Hollywood’s highest-earning female actress". International Business Times AU. Retrieved: February 04, 2011.
  31. Lynn B., "Kristen Stewart Gets The "Message"", A Girl's World, अन्तिम पहुँच २ जनवरी, २००९ 
  32. "The Vanities Girls", Vanity Fair, फेब्रुअरी ६, २००९, अन्तिम पहुँच फेब्रुअरी १२, २००९  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १७, २००९ मिति
  33. Ahlborn, Kate, "Q&A: Twilight's Kristen Stewart | VF Daily", Vanity Fair, अन्तिम पहुँच अप्रिल २६, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मार्च २६, २०१० मिति
  34. 4 augustus 2009 (अप्रिल ९, १९९०), "Kristen Stewart Profile – Her Life Story", YouTube, अन्तिम पहुँच जनवरी २, २०१० 
  35. "Late Show with David Letterman", नोभेम्बर २०, २००८।  |airdate= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]