क्लियोपेट्रा सातौँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्लियोपेट्रा
Dicksee-Cleopatra.jpg
फ्रान्क बर्नाड डिक्सीद्वारा निर्मित क्लियोपेट्राको चित्र
मिश्रकी टोलेमिक महारानी
शासनइपू ५१ देखि इपू १० वा १२, अगस्ट ३० (२१ बर्ष)[१]
पुर्वाधिकारीटोलेमी बाह्रौँ अलेट्स
उत्तराधिकारीनभएको (इजिप्ट माथी रोमद्वारा कब्जा)
सह-शासकहरू
जीवनसाथी
सन्तान
पुरा नाम
क्लियोपेट्रा सातौँ थे फिलोपाटर
वंशटोलेमिक वंश
पिताटोलेमी बाह्रौँ अलेट्स
माताइजिप्टकी क्लियोपेट्रा पाँचौँ
जन्मइपू ६९
एलेक्जेन्ड्रिया, टोलेमिक राज्य
मृत्युइपू १० वा १२, अगस्ट ३० (३९ बर्ष)
एलेक्जेन्ड्रिया, रोमन इजिप्ट
गाडियोअज्ञात चिहान
(सम्भवतः इजिप्टमा)

क्लियोपेट्रा वा क्लियोपेट्रा सातौँ फिलोपाटर (ग्रिक, Κλεοπάτρα Φιλοπάτωρ अनुवाद: क्लेओपात्रा सातौँ; इपू ६९ अन्त्य[२] – इपू १० वा १२, अगस्ट ३०) प्राचिन इजिप्टको टोलेमिक राज्यकी अन्तिम शासक थिइन। उनले इसापूर्व ५१ देखि इसापूर्व ३० सम्म मिश्र (हाल इजिप्ट)मा स्थित टोलेमिक राज्यमा शासन गरेकी थिइन्। [३] इतिहासकारहरूका अनुसार उनी जति सुन्दर र कामुक थिइन्, त्यो भन्दा धेरै गुणा चतुर, षडयन्त्रकारी र क्रुर थिइन्।[४][५] क्लियोपेट्रा आफ्नो सौन्दर्यताको लागि गधाको दूधमा मह र जैतुनको तेल लगाएर नुहाउँथिन्।[६]

जीवनी[सम्पादन गर्ने]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

क्लियोपेट्राको जन्म इसापूर्व ६९ मा टोलेमिक वंशमा भएको थियो। उनी १७ वर्षकी हुँदा उनको पिताको मृत्यु भएको थियो। [३] त्यस पछि मिश्रको प्रथा अनुसार क्लियोपेट्रा आफ्नै भाई टोलेमी तेह्रौँसँग विवाह गरेर दुबै मिलेर मिश्रमा शासन गरे। तर पछि उनीहरू बीच राज्याधिकारको लागि भएको संर्घषको परिणाम स्वरुप क्लियोपेट्रा भागेर सिरिया गइन्।[४]

जुलियस सिजरसँगको सम्बन्ध[सम्पादन गर्ने]


मार्क एन्टोनीसँगको सम्बन्ध[सम्पादन गर्ने]

जुलियस सिजरको हत्या पछि रोमको सत्तामा हावी भएका मार्क एन्टोनीले इसापूर्व ४१ मा रानी क्लियोपेट्रालाई रोमको भ्रमणका लागि आमन्त्रण गरे।[७] त्यही भ्रमणको समयबाट क्लियोपेट्रा र मार्क एन्टोनीको प्रेम सम्बन्ध सुरु भएको थियो। पछि एन्टोनी टार्ससबाट फर्कने क्रममा क्लियोपेट्राले उनलाई इजिप्ट आउने निमन्त्रणा दिइन। क्लियोपेट्राको निमन्त्रणालाई स्विकार गर्दै एन्टोनी इसापूर्व ४१ को नोभेम्बरमा एलेक्जेन्ड्रिया पुगे।[८][९] इपू ४० को बसन्तमा सिरियामा पार्थियन साम्राज्यका पूर्व अधिकारी क्विन्टस लेबिनसले एन्टोनीका गभर्नर लुसियस डेसियस साक्सालाई मारेर उनका सैनिकलाई कब्जामा लिए पछि उनले इजिप्ट छाडे। इपू ४० को अन्त्य तिर क्लियोपेट्राले एन्टोनीबाट जुम्ल्याहा सन्तानलाई जन्म दिइन्। उनीहरूको नाम हेलियस (सुर्य) र सेलेने (चन्द्र) राखियो।

मृत्यु[सम्पादन गर्ने]

क्लियोपेट्राको मृत्यु (जेन-एन्ड्रे रिक्सेन्सद्वारा १८७४ मा बनाइएको चित्र)

क्लियोपेट्राले रोमन राजा अगस्टससँगको युद्धमा हार ब्यहोरे पछि उनलाई नै आफ्नो सुन्दरताको जालमा फसाएर फेरि सत्ता प्राप्त गर्ने योजना बनाइन। तर अगस्टसले क्लियोपेट्राको हत्या गर्न लागेको चाल पाएपछि आँफैले एउटा कोब्रालाई टोकाएर आत्महत्या गरिन् भन्ने जनविश्वास छ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Burstein (2004), pp. xx–xxiii, 155.
  2. Walker, p. 129.
  3. ३.० ३.१ ३.२ "क्लियोपेट्रा : जसको कामुकता र सौन्दर्यको सधै चर्चा भयो", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  4. ४.० ४.१ "क्लियोपेट्रा- इतिहासकै सुन्दर र कामुक महिला", gorkhaawaj.com, गोर्खा आवाज, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  5. "गधाको दूधले नुहाउँथिन् महारानी क्लियोपेट्रा", www.loksambad.com, लोक संवाद, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  6. "प्राचीन रानीहरुको सौन्दर्य रहस्य", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  7. "विश्वका पाँच चर्चित प्रेमप्रसंग", saptahik.com.np, कान्तिपुर साप्ताहिक, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  8. Roller (2010), p. 79.
  9. Burstein (2004), pp. xxii, 24.