गाउँ खाने कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गाउँ खाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुनसम्बन्धी रमाइलो खेल हो । यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथाको उत्तर दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने मानिसले प्रश्नको उत्तर दिने प्रचलन रहेको छ।


हिँड्दै छ पाइला मेट्दै छ?

= डुङ्गा

केही प्रचलित गाउँ खाने कथाहरू[सम्पादन गर्ने]

  • आकाशको आगो पतालको पानी मुखबाट ताने नाकबाट जाने = हुक्का तानेको।
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
  • आमा छाद्छे, छोरी खान्छे- गाग्रीबाट लोटामा पानी सारेको।
  • आमाको रगतमा छोरी पकाई खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको
  • एकखुट्टे धामी थरथरी कामी- जूको।
  • खाऊँ रोटी खाइनसक्नु, दाऊँ बहर दाइँनसक्नु, टेकौँ लौरो टेकिनसक्नु, - घाम, बाघ र सर्प।
  • तीन भाइको एउटै पगरी- ओदान।
  • धार्नी न बिसौली दुई हातले उचाली- टोपी।
  • पुड्के बाहुनको सिर्के चन्दन, के हो? - मासको गेडा
  • नखाऊँ भने दिनभरको शिकार खाऊँ भने कान्छा बाउको अनुहार = बाँदरको शिकार।
  • नौतले घरको झ्याल न ढोका, के हो? - बाँस
  • नाङ्लोभरि सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ- गोरु जोतेको।
  • भुइँमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपेैयाँ दिऊँ- छाया ।
  • भए दिन्थेँ, छैन ; खाएर जा, के हो ?

-लिँडे गाईको पुच्छर

  • यहाँ नाइँ त्यहाँ नाइँ बानियाँको बजारमा नाइँ, खोजी गए पाइँदैन आइँगए चाहिँदैन के हो? = भुँइँचालो
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी- जिरे खुर्सानी।
  • लेककी चरी औँलामा झरी च्यापमा परी भुतुक्कै मरी- जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाइँ। के हो? = दाँत र जिब्रो।
  • वारि भर्‍याङ पारि भर्‍याङ तेरो बाउको लुते करङ- बाँसको फड्के (सेतु)।
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तवीरले सिङ्गवीरलाई पछार्‍यो- सिँगान फ्याँकेको।
  • माथिबाट आए सिंहराज शाही, तलबाट आए पाँचै भाइ, सिंहराज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
  • लाटोले बाटोमा फाल्छ, बाठोले खल्तीमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी स्याउलाको बिर्को = मूला
  • आफू छ काली, नाम भने राती।= रात (राति)
  • महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? = भित्ते पात्रो
  • जति तान्यो त्यति छोटो हुने, के हो? चुरोट ‍‌
  • सानो सानो बोट चड्नमा गाह्रो ? = सिस्नो
  • आइगुजी पैगुजी पानी देखि दराइगुजी के हो ? = जुत्ता
  • सुत सुत बुरी ख्वात्ता हाल्छु के हो ?= जुत्ता लगाउनु