गोपाल गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली

गोपाल गुरुङ
अन्तिम सार्वजनिक सभामा गोपाल गुरुङ
जन्म(१९३९-१२-०७)डिसेम्बर ७, १९३९
महानदी, दार्जिलिङ,मा)
मृत्युजुन १०, २०१६(२०१६-०६-१०)
ललितपुर, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामयात्री
शिक्षाबी.ए.,एम.ए.,राजनीति शास्त्र
उपाधिराजनीतिज्ञ, लेखक, पत्रकार, चिन्तक
राजनीतिक दल मंगोल नेशनल अर्गनाइजेशन
राजनीतिक कृयाकलापPolitical reformer, social reformer
धर्मबुद्धिस्ट
जीवनसाथी
देबिका गुरुङ (विवाह १९७१)
(
no value)
पुरस्कारMitsui

गोपाल गुरुङ (सन् १९३९–२०१६) एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । [१][२] नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया (पिएफए), मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए । नेपाली राजनीतिमा गुरुङलाई बर्णभेद जातिभेद विरुद्धका लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र 'न्यू लाइट'मा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए ।[३][४]

सन् १९८५ मा पहिलो पटक नेपाल राजनीतिमा अदेखा सचाइ प्रकाशित भएको थियो । यस पुस्तकको दोस्रो संस्करण १९८८ मा प्रकाशित भएपछि पञ्चायत सरकारले अगस्ट ३०, १९८८ मा पक्राउ गरेको थियो । राजगद्धी ताकेको र साम्प्रदायिक फैलाएका गुरुङलाई तीन वर्षको लागि भद्रगोल केन्द्रीय कारागारमा पठाइयो । जनवरी १ १९८९ मा मंगोल नेशनल अर्गनाइजेशन को झण्डा र घोषणापत्र जेलभित्र तयार गरेका थिए । अन्तरास्ट्रिय सङ्गठन, पत्रकार, राजनीतिज्ञहरूको रिहाइको चर्को माग र दबाब पञ्चायत सरकारलाई थेग्न हम्मे परेको थियो । पञ्चायतको अन्त्य भएपछि गुरुङ अप्रिल १३, १९९० मा रिहा गरिएको थियो ।[५]

पुनः ‘अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी–डक्टरेट’ २००१ मा प्रकाशित भएपछि ५ वर्ष भूमिगत भइ जीवन व्यतित गर्नु परेको थियो । उक्त पुस्तक विक्रि वितरण गर्ने कार्यकर्ताहरु समेत पक्राउ परि महिनौ यातना खेपेका थिए । [६]

सन् १९७२ देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र [७] धर्मनिरपेक्षको वकालत गर्न सुरु गरेका गुरुङले डिसेम्बर १५, १९९५ मा राजा बिरेन्द्रलाई मानव अधिकार हनन, राजनैतिक संकटको सृजना र मुलुक गृहयुद्ध उन्मुख भएको ध्यानाकर्षण गराउदै राजा पदबाट राजिनामा दिएर आजीवन राष्ट्रपति बनिदिन आग्रह सहित ६ बुँद्दे पत्र पठाएका थिए । [८]

Reference[सम्पादन गर्नुहोस्]

  1. "YouTube", www.youtube.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-०१ 
  2. "Who is this man, Gopal Gurung ?" 
  3. लामा,, थुप्तेन (२००८.), गोपाल गुरुङ नेपाली नेलशन मण्डेला., Thupten Lama, पृ: 18,19। 
  4. www.hrc.utexas.edu https://www.hrc.utexas.edu/teaching/pen/free-speech/free-speech-22.html |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०२०-०५-०१ 
  5. Hangen, Susan I. (२००९-१२-०४), The Rise of Ethnic Politics in Nepal: Democracy in the Margins (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-135-18160-4 
  6. Refugees, United Nations High Commissioner for, "Refworld | U.S. Department of State Country Report on Human Rights Practices 2001 - Nepal", Refworld (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-०१ 
  7. "मंगोल नेता गोपाल गुरुङको निधन", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२०-०५-०१ 
  8. Gurung, Gopal (१९९८), Newly Created Untouchable Janjati (nomad, gypsy) Society in Nepalese and Sikkim Pilitics, Gopal Gurung, पृ: 1,2,3।