गौरनदी उपजिल्ला
गौरनदी
গৌরনদী | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २२°५८.४′उ॰ ९०°१३.८′पू॰ / २२.९७३३°N ९०.२३००°Eनिर्देशाङ्कहरू: २२°५८.४′उ॰ ९०°१३.८′पू॰ / २२.९७३३°N ९०.२३००°E | |
देश | बङ्गलादेश |
विभाग | बरिशाल विभाग |
जिल्ला | बरिशाल जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १४४.१८ किमी२ (५५.६७ वर्ग माइल) |
जनसङ्ख्या (सन् २००१[१]) | |
• जम्मा | १८०,२१९ |
• घनत्व | १२००/किमी२ (३२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | गौरनदी उपजिल्लाको आधिकारिक समाचार पत्र |
गौरनदी (बङ्गाली: গৌরনদী উপজেলা) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]बाकेरगञ्ज उपजिल्ला २२°५३' देखि २३°०४' उत्तर अक्षांश र ९०°०८' देखि ९०°२२' पूर्वी देशान्तरणमा अवस्थित छ। बाकेरगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४४.१८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कालकिनि उपजिल्लाले उत्तर, उजिरपुर, उपजिल्लाले दक्षिण, बाबुगञ्ज, मुलादी र कालकिनि उपजिल्लाले पूर्व, आगैलझाडा र कोटालिपाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। आडियाल खाँ, नुन्दा, अगरपुल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने तात्कालिक समयमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका स्वतन्त्र लडाकुले ९ अक्टोबर १९७१ का दिन गौरनदी प्रहरी चौकीमा छापा मारेका थिए। बङ्गलादेश मुक्ति अभियानका बेला पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गतको त्रीमोहनी भन्ने स्थानमा थुप्रै सर्वसाधारणहरूको हत्या गरेका थिए भने यसको साथसाथै पाकिस्तानी सेनाले गौरनदी क्याम्पसको छेउछाउका स्थानहरूमा विनाशकारी छापा मारेका थिए। यस बाहेक यस उपजिल्लाका विभिन्न स्थानहरूमा पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहान तथा युद्धमा ८०० स्वतन्त्र लडाकुको मृत्यु भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८०२१९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९१९५९ छ भने महिलाको जनसङ्ख्या ८८२६० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४९३०२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८६५२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०२९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ७९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १५७ रहेको छ। यस उपजिल्लामा १७० मस्जिद, २०५ मन्दिर तथा ६ गिर्जाघरहरू रहेका छन्।[३] यस उपजिल्लाका ९६.८८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.३७% ले पोखरी, ०.३२% ले टुटी र ०.४३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २ ७२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ७ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, नरिवल, केरा, मेवा, खरबुजा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, बाँसका सामग्री उत्पादन केन्द्र, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, केरा, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील र तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ३५ माछापालन केन्द्र, ३४ कुखुरापालन केन्द्र, १२ दुग्ध सङ्कलन केन्द्र तथा ४ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.५९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.८४%, वाणिज्यमा १८.९३%, सञ्चार र यातायातमा ४.४८%, उद्योगमा १.८२% निर्माण क्षेत्रमा २.३२%, सुविधामा ९.७५%, धार्मिक सेवामा ०.२८%, वैदेशिक रोजगारी तथा भाडामा ३.५०% र अन्यमा ४.४९% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]गौरनदी थाना, हाल उपजिल्लाक स्थापना सन् १८०६ मा भएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, ७ सङ्घ परिषद्, १२८ मौजा तथा १३० गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; खाञ्जापुर सङ्घ परिषद्, चाँदशी सङ्घ परिषद्, नलचिडा सङ्घ परिषद्, बाटाजोर सङ्घ परिषद्, बार्थी सङ्घ परिषद्, माहिलारा सङ्घ परिषद् र सरिकल सङ्घ परिषद्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस जिल्लाको कुल साक्षरता दर ५९.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६२.३% छ भने महिलाको साक्षरता दर ५६.३%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: गौरनदी क्याम्पस (सन् १९६४), नलचिडा उच्च विद्यालय (सन् १९११), बारथि तारा माध्यमिक विद्यालय (सन् १९०५), गौरनदी पाइलट माध्यमिक विद्यालय, पालरदी माध्यमिक विद्यालय, शरिकद माध्यमिक विद्यालय, टरकी बन्दर भिक्टोरी माध्यमिक विद्यालय, मेधाकुल बिएनएस माध्यमिक विद्यालय, शिङ्लाकाठि मडेल सरकारी प्राथमिक विद्यालय (सन् १८८५), रामसिद्धि बाजार सरकारी प्राथमिक विद्यालय (सन् १८९५), बाटाजोर अश्विनीकुमार शिक्षण संस्था आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে গৌরনদী", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১০ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१० मिति
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "गौरनदी उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "উপজেলা / থানা কর্তৃক আদমশুমারির ফলাফল" (पिडिएफ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, सन् २००१, मूलबाट २००७-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-२७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०४ मिति
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।