बाबुगञ्ज उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाबुगञ्ज

বাবুগঞ্জ
उपजिल्ला
বাইতুল আমান জামে মসজিদ 21.jpg
বাইতুল আমান জামে মসজিদ 20.jpg
দুর্গাসাগর.JPG
Sondha river Barisal.jpg
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २२°४९.९′उ॰ ९०°१९.३′पू॰ / २२.८३१७°N ९०.३२१७°E / 22.8317; 90.3217निर्देशाङ्कहरू: २२°४९.९′उ॰ ९०°१९.३′पू॰ / २२.८३१७°N ९०.३२१७°E / 22.8317; 90.3217
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागबरिशाल विभाग
जिल्लाबरिशाल जिल्ला
क्षेत्रफल
 • जम्मा१६४.८८ किमी (६३.६६ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१ [१])
 • जम्मा१३५,९०५
 • घनत्व८२०/किमी (२,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटbabuganj.barisal.gov.bd

बाबुगञ्ज (बङ्गाली: বাবুগঞ্জ) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बाबुगञ्ज उपजिल्ला २२°४४' देखि २२°५६' उत्तर अक्षांश र ९०°१५' देखि ९०°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। बाबुगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६४.८८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गौरन्दी उपजिल्लाले उत्तर, बरिशाल सदरझालकाठी उपजिल्लाले दक्षिण, मुलादीबरिशाल सदर उपजिल्लाले पूर्व र उजिरपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिकारपुर नदी, आडियाल खाँ, कालिजिवा, आगरपुल बरिशाल, रावारबर खाल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।


जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १४६७४० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७४००८ छ भने महिलाको जनसङ्ख्या ७२७३२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३९१०४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७३५७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०१, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६ रहेको छ।[३] यस उपजिल्लामा ३८० मस्जिद, ९ मन्दिर र २ गिर्जाघरहरू रहेका छन् जसमध्ये केही लोकप्रिय धार्मिक स्थलहरू; बाबुगञ्ज जामे मस्जिद, खानपुरा जामे मस्जिद, अगडपुर जामे मस्जिद, शिकारपुर जामे मस्जिद आदि हुन्। यस उपजिल्लाका ९२.३४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ३.९५% ले पोखरी, १.३९% ले टुटी र ३.२३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ५.६४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ४ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, उखु, बोडी, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, नरिवल, केरा, मेवा, खरबुजा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, पानको पात, कटहर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको जुट, तील र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा केही हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ६३० माछापालन केन्द्र, १३६ कुखुरापालन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५०.५८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.५८%, वाणिज्यमा १३.५४%, सञ्चार र यातायातमा २.८१%, उद्योगमा १.११% निर्माण क्षेत्रमा १.७८%, सुविधामा १५.९२%, धार्मिक सेवामा ०.२९%, वैदेशिक रोजगारी तथा भाडामा ४.०१% र अन्यमा ६.३८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बाबुगञ्ज थानाको स्थापना सन् १९०६ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्,८६ मौजा/महल्ला र ८७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; चाँदपाशा सङ्घ परिषद्, माधवपाशा सङ्घ परिषद्, रहमतपुर सङ्घ परिषद्, केदारपुर सङ्घ परिषद् र जाहाङ्गीरनगर सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ६१.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६२.७% छ भने महिलाको साक्षरता दर ५९.५%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बाबुगञ्ज क्याम्पस (सन् १९६६), आबुल कालाम क्याम्पस (सन् १९७०), आगरपुर क्याम्पस (सन् १९९५)), रहमतपुर माध्यमिक विद्यालय (सन् १८९८), माधवपाशा माध्यमिक विद्यालय, आरजि कालिकापुर माध्यमिक विद्यालय, शहीद क्याप्टेन जाहाङ्गीर वीरश्रेष्ठ माध्यमिक विद्यालय, भुतेरदिया माध्यमिक विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে বাবুগঞ্জ উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৭ নভেম্বর ২০১২-मा सङ्ग्रहित। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बाबुगञ्ज उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "ইউনিয়ন পরিসংখ্যান সংক্রান্ত জাতীয় তথ্য", वेब्याक मेसिन, ১ নভেম্বর ২০১৯। 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 


बाह्य सूत्रहरू[सम्पादन गर्ने]