चीन मोबाइल थिएथोङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चीन मोबाइल थिएथङ
मौलिक नाम
中移铁通有限公司
व्यवसाय प्रकार
निजी, चीन मोबाइलको सहायक
उद्योगदूरसञ्चार
भवितव्यतासन् २००८ मा चीन मोबाइलद्वारा अधिग्रहण
स्थापित(डिसेम्बर २०, २०००; २३ वर्ष पहिले (२०००-१२-20))
केन्द्रीय कार्यालय
बेइजिङ
,
चीन
सेवा क्षेत्र
मुख्यभूमि चीन
उत्पादनहरूएडिएसएल, निश्चित लाइन, इन्टरनेट सञ्जाल
वेबसाइटchinatietong.com

चीन मोबाइल थिएथोङ (सरलीकृत चिनियाँ: 中移铁通有限公司) एसियामा अवस्थित राष्ट्र चीनको एक मुख्य सरकारी स्वामित्वमा रहेको आधारभूत दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यसको पूर्व नाम चीन थिएथोङ दूरसञ्चार निगम (सरलीकृत चिनियाँ: 中国铁通集团有限公司) वा चीन रेलकम रहेको थियो। यसको स्थापना २० डिसेम्बर २००० मा भएको थियो। यसले सेवा मुख्यभूमि चीनमा सञ्चालन गर्दछ भने कम्पनीको प्रधान कार्यालय चीनको राजधानी बेइजिङमा अवस्थित छ। यो जुङ्गो हिदो थोङ्सिन जिथ्वान गोङ्सको (अनुवादित - चीन मोबाइल) निजी सहायक कम्पनी हो जसलाई चीन मोबाइल सञ्चार निगमले सञ्चालन गर्ने गर्दछ। यसको दर्ता भएको पूँजी १ बिलियन युवान रहेको छ। कम्पनीले देशव्यापी रूपमा ७०,००० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पनीको स्थापना २० डिसेम्बर २००० मा भएको थियो। यसलाई जनवादी गणतन्त्र चीनको रेल मन्त्रालयबाट, सरकारी परिषदको राज्यको प्रशासनिक सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोगको स्वामित्वमा रहेको थियो। पछि यसको नाम चीन मोबाइल टाइटङमा परिवर्तन गरिएको थियो। २३ मे २००८ मा चीन थिएथोङ, जुङ्गो हिदो थोङ्सिन जिथ्वान गोङ्स (अनुवादित - चीन मोबाइल सञ्चर निगमले) अधिग्रहण गरेको थियो। जुन सूचीबद्ध कम्पनी चीन मोबाइल सरकारी स्वामित्वको मूल कम्पनी हो।[१] चीन मोबाइलले चीन मोबाइल थिएथोङको सम्पूर्ण सम्पत्ति तथा व्यवसायको अधिग्रहण गरेको थियो जसमा यसको खरिद मूल्ष ३१.८८ बिलियन युवान रहेको थियो।[२] कम्पनीको गठन चीनको राजधानी बेइजिङमा भएको थियो भने यसको प्रधान कार्यालय पनि हाल राजधानी बेइजिङमै रहेको छ।

व्यापार[सम्पादन गर्नुहोस्]

चीन मोबाइल थिएथोङको व्यवसायका मुख्य क्षेत्रहरूले एडिएसएल र डायल-अप इण्टरनेट सेवाहरू प्रदान गर्दछ छन् र कम्पनीसँग निश्चित-लाइन दूरभाष ग्राहकहरू पनि रहेका छन्। प्रत्येक घरमा पहुँचको कमीका बाबजुद कम्पनीले प्रत्येक प्रमुख सहरको केबल दूरदर्शन प्रदायकहरूसँग धेरै नजिकबाट काम गर्दछ र प्रायः यसको प्रतिस्पर्धीहरूको तुलनामा कम मूल्यको प्रस्ताव गर्दछ। चीन मोबाइल थिएथोङ, जुङ्गो डियानसिन थोङ्सिन युसिण्टा वा चीन दूरसञ्चार र चीन नेटकमपछिको चीनको तेस्रो ठूलो निश्चित लाइन इण्टरनेट सेवा प्रदायक हो।[३] डिसेम्बर २००९ मा, चीन रेलकमले रेलवे निजी सञ्चार सञ्जाल र सार्वजनिक सञ्चार सञ्जाललाई औपचारिक रूपमा विभाजित गरेको थियो जसको स्वामित्व चीन थिएथोङको अभिभावक कम्पनी चीन मोबाइलको रहेको छ। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "国务院国有资产监督管理委员会", www.sasac.gov.cn, अन्तिम पहुँच २०१६-०९-०२ 
  2. "中国移动318.8亿元收购铁通", 中国经济网, मूलबाट २०१६-०१-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-११-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-०५ मिति
  3. "China Begins Revamp of Telecommunications Industry, जिनहुवा", 23 May 2008 (ब्लुमबर्ग)
  4. "Telecom industry restructure begins with China Mobile's acquisition of China Tietong"[dead link], २३ मे २००८ (इन्टरफ्याक्स)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]