चे गेभारा
स्वरूप
चे गेभारा |
|---|
अर्नेस्तो "चे" गेभारा स्पेनी उच्चारण: [ˈtʃe ɣeˈβaɾa]) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टिनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Casey 2009, p. 128.
बाहिरका कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा चे गेभारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ग्वेभारा मारिने समयको तस्विर उनी मारिएको ४७ वर्ष पछि सार्वजनिक वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-१८ मिति- नेपाली हेडलाईन्स