जफाराबाद जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जफाराबाद जिल्ला
पाकिस्तानको नक्शामा जफराबादको अवस्थिती
पाकिस्तानको नक्शामा जफराबादको अवस्थिती
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशबलुचिस्तान
स्थापना१९८७
सदरमुकामउस्ता महम्मद
क्षेत्रफल
 • जम्मा२,४४५ किमी (९४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा५१३,८१३
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
वेबसाइटआधिकारिक वेबसाइट

जफाराबाद जिल्ला अथवा जाफरवाद (बलूची उर्दू: جعفر آباد) पाकिस्तानको बलुचिस्तानमा प्रदेशको दक्षिण-पुर्वी क्षेत्रमा रहेको एक जिल्ला हो । जफाराबाद जिल्लाको हालको सदरमुकाम डेरा अल्ला यार रहेको जुन १९७० सम्म जकोबाबाद क्षेत्रमा अवस्थित थियो र सन् १९७५ सम्म साबी जिल्लामा रहेको थियो । पछि यसलाई जिल्लाका परिणत गरिएको थियो । जफाराबाद जिल्लामा तीन तहसीलमा विभाजीत छ । जामली, खोशो, रिन्ड, मेन्गल आदी एस शहरका प्रमुख आदिबासी हुन् भने गोलो, डोम्की, लासीरी, उमरानी आदी जनजातिहरू पनि एस शहरमा बसोबास गर्दै आएका छन् ।

पृष्ठभुमि[सम्पादन गर्ने]

जफाराबाद जिल्ला जारफार खान जमालीको नामबाट राखिएको ह‍ो जो मस्लिम लिगका एक दक्ष र अनुभवी व्यक्तिव्व थिय । उनिले मुस्दिम लिगमा ठूलो योगदान दिएका थिय । उनको निधन ७ अप्रिल १९६७ मा भएको थियो र उनको पार्थिव शरिरलाई रोजान जामलीमा गाडीएको थियो । यो जिल्ला पहिले उप-प्रदेशको झाटपटको रूपमा रहेको थियो र जकोबाबाद जिल्लाको सिन्ध प्रदेशमा अवस्थिति थियो ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २,९१२,९० रहेको थियो भने सन् १०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ५,१३८,१३ रहेको छ । जिल्लामा मुख्यतया बलूची भाषा बेल्ने गरिन्छ जसको आवाधी ६२ % रहेको छ भने सिन्धी भाषा बोल्ने २४ % रहेका छन् त्यसैगरी सकराइ भाषा बेल्ने मानिसहरूको आवाधी ११ % रहेको छ । [२]

शिक्षा[सम्पादन गर्ने]

सन् २०१७ को पाकिस्तान जिल्ला राष्ट्रिय शिक्षा बरियता अनुसार जफाराबाद जिल्ला १४१ मा ११३ अौँ स्थानमा पर्छ । २०१४-१५ मा १० वर्ष माथिका उमेर भएका साक्षरता दर पुरुषमा ३६ % छ भने महिलाको १५ % मात्रै रहेको छ । प्राथमिक विद्यालय पहुँच जिल्लामा ८९ % रहेको छ भने उच्च विद्यालयहरूको तुलनामा जुन जिल्लामा मात्र ४ % सरकारी विद्यालयहरू छन् । पाकिस्तानमा २७४,४८ विद्यार्थीहरू १ देखि ५ सम्मको कक्षामा पढ्छन भने ९७९ मात्र विद्यार्थी १० कक्षा र से भन्दा माथिल्लो विद्यालयमा पढ्छन् । यो शहरमा लैंगिक भेदभाव भएको कारणले मात्रै २८ % जिल्लाका विद्यालयहरू महिलाका लागिहुन् भने बाँकी अरू पुरुषका लागि हुन् । त्यसकारण देशमा महिला साक्षरता दरमा कमी आएको हो । यो जिल्लाका विद्यालयहरूमा आधारभुत सुविधाबाट कमी छ त्यसैले यो जिल्ला शिक्षामा खस्किएको हो । यो जिल्लाका ५ मध्य ३ विद्यालयमा विद्युत र सफा सौचालयको अभाव छ भने ५ मध्य १ भन्दा बढी विद्यालयमा सफा पिउने पानीको समेत अभाव छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]