सामग्रीमा जानुहोस्

जाभानी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाभानिज
ꦧꦱꦗꦮ
Basa Jawa
Basa (language) written in the Javanese script
उच्चारणढाँचा:IPA-jv
मूलभाषीJava (Indonesia)
रैथाने(हरू)९ करोड ५० लाख इन्डोनेसियाका जाभानिजहरू (जनगणना २०११)
मातृभाषी वक्ता८२ million
प्रारम्भिक रूप
स्तरीय स्वरूप
Kawi
(Early standard form)
Surakartan Javanese
(Modern standard form)
आञ्चलिक भाषाहरूजाभानिज
Latin script
Javanese script
Pegon alphabet
सरकारी दर्जा
आधिकारिक भाषा
ढाँचा:Country data Special Region of Yogyakarta (with Indonesian Language)
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१jv
आइएसओ ६३९-२jav
आइएसओ ६३९-३विविध:
jav  Javanese
jvn  Caribbean Javanese
jas  New Caledonian Javanese
osi  Osing
tes  Tenggerese
kaw  Kawi
ग्लोटोलगjava1253[]
भाषाविद् प्रयोगशाला31-MFM-a
गाढा हरियोमा जाभानिज भाषीको बहुमत भएको क्षेत्र हल्का हरियो जाभानिज भाषा बोलिने तर अल्पसंख्यक क्षेत्र
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

जाभानिज भाषा (अंग्रेजी Javanese)/dʒ/'vie'/ə/n/'ee' z जाभानिज उच्चारण बहाषा जाभा इन्डोनेसियाको जाभा टापुका बासिन्दाले बोल्ने मुख्य भाषा हो। यो भाषा टापुका पूर्वी क्षेत्रमा मूख्यरूपले र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक रूपमा बोलिन्छ। यो भाषा बोल्नेको संख्या ९ करोड ९८ लाख भन्दा बढि रहेको तथ्याङ्क छ [] (जून इन्डोनेसियाको कूल जनसङ्ख्याको ४२ प्रतिशत भन्दा बढी हुन्छ)।

जाभानिज भाषा अष्ट्रो-एशियन भाषा परिवारमा पर्दछ तर यो भाषा अरू भाषा सँग धेरै नजिकनभएकोले यसको बर्गीकरण गर्न कठीन छ। यस भाषाका नजीकका भाषामा छिमेकमा बोलिने सुडानिजऽ मादुरेशी र बालिनिज पर्दछन्। जाभानिज भाषा बोल्ने अधिकांशले इण्डोनेशियन भाषा बोल्दछन्।

प्राचीन जाभानिज

[सम्पादन गर्नुहोस्]
पामको पातमा १४औं शताब्दीमा लेखिएको पाण्डुलिपी

जाभानिज प्राचिन लिपी भएको र यो सन् ४५० देखि प्रचलनमा आएको इतिहास छ। यसको सबैभन्दा प्राचिन अभिलेख सुकबुमी शिलालेख मानिन्छ जुन मार्च २५ सन् ८०४ मा लेखिएको थियो। ८ ओ र नवौँ शताव्दीमा जाभानिज साहित्यको ठूलो विकास भएको थियो। त्यसबेला साङ ह्याङ कामाहायानिकनऽ काकाविन रामायण आदिको रचना भएको थियो। यस ताकाका रचनाहरू संस्कृत रामायणकालिन विष्णवी छन्दमा रहेका पाइन्छन्। भाषा र संस्कृतिको व्याख्याका कृतिहरु जाभानिज भाषामा लेखिएको भने सन् १२९३ ताका देखि हो जुन बेला पूर्वी जाभामा माजापाहितऽ मदुराऽ बाली क्षेत्रमा हिन्दू बौद्ध साम्राज्यहरू थिए।

मध्यकालको मजापहित साम्राज्यमा जाभानिज भाषाको तीब्र विकास भएको पाइन्छ। यो साम्राज्य सन् 1405 देखी 1406 को बीचमा इस्लाम सुल्तान देमक द्वारा पराजित भएका थिए। सन् 1478 मा अन्तिम हिन्दू साम्राज्यको अन्त्य भएपनि जाभानिज भाषा जिवितै रह्यो।

१६औं शताब्दी देखि मातराम सुल्तानहरूको उदय सँगै जाभानिज भाषाको पनि उत्थान हुन थाल्यो।

भाषा बोल्ने समुदाय

[सम्पादन गर्नुहोस्]

यो भाषा योग्याकार्टा मध्य तथा पूर्वी जाभा तथा टापुको उत्तरी तटीय भेकमा समेत बोलिन्छ। अन्यत्र बसोबास गर्ने जाभानिज हरूले पनि यो भाषा बोल्दछन्। दक्षिण पूर्वी एसियाका अन्य देशमा पनि जाभानिज भाषा बोलिन्छ। त्यसका अतिरिक्त नेदरल्याण्डऽ सुरिनाम न्यू क्यालिडोनिया लगायतका अन्य देशमा पनि यो भाषा बोलिन्छ। तलको तालिकाले १९८० मा उपलब्ध भएको जाभानिज भाषा बोल्नेको तथ्याङ्क देखाउँछ। []

इन्डोनेसियाका प्रान्तहरूजनसङ्ख्याको प्रतिशतजाभानिज भाषा भाषी (सन् १९८०)
1. आचे प्रान्त 6.7% 175,000
2. उत्तरी सुमात्रा 21.0% 1,757,000
3. पश्चिमी सुमात्रा 1.0% 56,000
4. जाम्बी 17.0% 245,000
5. दक्षिणी सुमात्रा 12.4% 573,000
6. बेंकुलु 15.4% 118,000
7. लाम्पुङ 62.4% 2,886,000
8. रियाउ 8.5% 184,000
9. जकार्ता 3.6% 236,000
10. पश्चिम जाभा[] 13.3% 3,652,000
11. मध्य जाभा 96.9% 24,579,000
12. योग्याकार्ता 97.6% 2,683,000
13. पूर्वी जाभा 74.5% 21,720,000
14. बाली 1.1% 28,000
15. पश्चिम कालिमान्तान 1.7% 41,000
16. मध्य कालिमान्तान 4.0% 38,000
17. दक्षिण कालिमान्तान 4.7% 97,000
18. पूर्वी कालिमान्तान 10.1% 123,000
19. उत्तरी सुलावेसी 1.0% 20,000
20. उत्तरी सुलावेसी 2.9% 37,000
21. दक्षिण पूर्वी सुलावेसी 3.6% 34,000
22. मालुकु 1.1% 16,000
सोलिहिन मस्जिद, सुराकार्तामा जाभानिज भाषामा लेखिएको शिलालेख।

जाभानिज लिपी

[सम्पादन गर्नुहोस्]

जाभानिज भाषाको आफ्नै जाभानिज लिपी पनि छ तर प्रचलनमा भने ल्याटिन र अरेबिक लिपीको बढी छ। [] जाभानिज भाषामा ल्याटिन लिपीको प्रयोगले ओगटेपछि हाल प्राथमिक र माध्यमिक विद्यालयमा जाभानिज लिपीको अनिवार्य पठन पाठन सुरू गरिएको छ। 


योग्याकार्तामा लेखिएको पुर्तगाली र जाभानिज भाषाको शिलापत्र।

जाभानिज भाषा बोलिने क्षेत्र

[सम्पादन गर्नुहोस्]

जाभा टापु इन्डोनेसिया।


जाभा, मदुरा र बालीमा बोलिने जाभानिज भाषा बोल्ने मानिसहरूको बसोबासको एक चित्र।

आधारभूत पदावली

[सम्पादन गर्नुहोस्]
नेपाली Ngoko Krama
हो iya inggih[]
होइन ora boten
के apa punapa
को sapa sinten
कसरी kapriyé or kepiyé kados pundi or pripun
किन nangapa or ngapa kènging punapa
खानु mangan nedha
सुत्नु turu saré
यहाँ ing kéné ing riki
त्यहाँ ing kana ing rika
त्यहाँ छ (छन्) ana wonten
त्यहाँ छ (छैन) ora ana boten wonten
नाईं! अथवा  चाहिँदैन! emoh wegah
कृपया भ्रमण गर्नुहोस् dolan amèng-amèng
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Javanesic", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. Kewarganegaraan, Suku Bangsa, Agama dan Bahasa Sehari-hari Penduduk Indonesia - Hasil Sensus Penduduk 2010, Badan Pusat Statistik, २०११, आइएसबिएन 978-979-064-417-5
  3. १९८० जनगणना provided by James J. Fox and Peter Gardiner and published by S.A. Wurm and Shiro Hattori, eds. 1983. Language Atlas of the Pacific Area, Part II. (Insular South-east Asia). Canberra
  4. In 1980 this included the now separate Banten province
  5. Van der Molen (1983:VII-VIII).
  6. Piwulang Basa Jawa Pepak, S.B. Pramono, hal 148, 2013