जिओन मातसुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिओन मातसुरी
"योइयामा"
अनुयायीक्योटो
प्रकारधार्मिक
प्रारम्भ१ जुलाई
समापन३१ जुलाई
मितिजुलाई महिना

जिओन महोत्सव (祇園祭 जिओन मातसुरी?) वार्षिक रूपमा जापानको क्योटोमा मनाइने सबैभन्दा प्रसिद्ध चाडपर्व मध्येको एक हो । यो जुलाईको पूरा महिनाको लागि मनाइन्छ र जुलाई २१ र जुलाई २४ मा एक यमबोको जुन्को (山 鉾 巡行) परेड द्वारा मुकुट लगाइदिइने गरिन्छ । यसको नाम क्योटोको जिओन जिल्लाबाट लिइएको हो ।

क्योटोको शहरी क्षेत्रमा तीनवटा रातहरूका ट्राफिकहरू लाई पैदल यात्रीको लागि आरक्षित गरिएको हुन्छ । जिओन मातसुरी का तीनवटा जुलाई १६ र जुलाई २३ का रातहरूलाई योइयामा (宵 山), जुलाई १५ र जुलाई २२ का रातहरूलाई योइयोइयामा (宵々山)जुलाई १४ र जुलाई २१ का रातहरूलाई योइयोइयोइयामा (宵々々山) को रूपमा चिनिन्छन् । सडकहरू रातको समयमा लगाइएका स्टालहरू याकीटोरी (बारबेक्यू चिकन स्केवरहरू), ताईयाकी, ताकोयाकी, ओकोनोमियाकी, परम्परागत जापानी मिठाइहरू र धेरै अन्य पाक भोजनहरूले भरिभराउ हुन्छन् । युकाटा (समर किमोनो) लुगा लगाइएका धेरै महिलाहरू उनीहरूको परम्पारिक पर्स र पेपर पङ्खाहरू चारैतिर हिंड्छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो उत्सव शुद्धिकरण अनुष्ठान (गोर्यो-ई) को भाग को रूपमा उत्पन्न भएको हो, जसमा देवताहरू लाई आगो, बाढीभूकम्प को कारण मानिन्थ्यो । ८६९ मा, व्यक्तिहरूले प्लेगमहामारीबाट पीडित भएका थिए र यसको कारण देवता गोजु तेन्नो (牛頭 天王) लाई दिइएको थियो । सम्राट सेइवाले मानिसहरू लाई यासाका तीर्थस्थान मा गई सुसानू-नो-मिकोटो देवतालाई प्रार्थना गर्नु भनि आदेश दिए । यासाका तीर्थालयबाट पुरानो जापानको प्रत्येक प्रान्तको शिनसेन-एन, एउटा बगैचा, का लागि छैसठ्ठी विशिष्ट शैलीका हल्बर्डहरू तयार पारिएका थिए र गुडाउन मिल्ने (पोर्टेबल) मूर्तिहरू (मिकोशी) पनि सँगै बनाइएका थिए । जहाँ-जहाँ एक प्रकोपको फैलावट भयो त्यहाँ-त्यहाँ यो अभ्यास दोहोर्याइएको थियो । ९७० मा, यो एक वार्षिक कार्यक्रम भनि आदेश भएको थियो र आजसम्म निरन्तर चलिरहेको छ । समयको साथ बढ्दो शक्तिशाली र प्रभावकारी व्यापारी वर्गले त्यो महोत्सवलाई थप विस्तृत बनाएका छन् ।

१५३३ मा, अशिकागा शोगुनेटले सबै धार्मिक घटनाहरूलाई रोकाए । उनीहरूले जुलूस ननिकालि अनुष्ठान बिना काम गर्न सक्थे भनि मानिसहरूले विरोध गरे । यसले चाडको हालको प्रगतिलाई जनाउदछ । शताब्दी गेखिका साना गुडाउन मिल्ने (पोर्टेबल) हराएका वा क्षतिग्रस्त भएका मूर्तिहरू लाई प्रतिस्थापन गरी नयाँ टेपेस्ट्रीहरू लगाइएका छन् । प्रयोगमा नभएका बेलामा भने, रथ मूर्तिहरू र राजपत्रहरू स्थानीय जनताको हेरचाहमा क्योटोको सम्पूर्ण केन्द्रीय व्यापारी जिल्लाको विशेष पसलमा राखिएको हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]