जिका भाइरस
जिका भाइरस | |
---|---|
![]() | |
जिका भाइरसको इलेक्ट्रोन माइक्रोग्राफ | |
भाइरस वर्गीकरण | |
समुदाय: | समूह चौथो ((+)एसएसआरएनए)
|
कुल: | |
वंश: | |
प्रजाति: | जिका भाइरस
|
जिका भाइरस | |
---|---|
विभाग: | Infectious disease Zoonosis |
जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो ।[१] विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएर २४ मुलुकमा फैलिसकेको छ ।[२] जिका जन्मदोष र मस्तिष्क सम्बन्धि विकारमा जिम्मेबार छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिन्छ। यो भाइरस नेपालमा समेत भित्रिन सक्ने बताइएको छ।[३]
इतिहास[सम्पादन गर्नुहोस्]
सन् १९४७ मा युगान्डा स्थित जिकाको जङ्गलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो ।[४]
प्रकोप क्षेत्र[सम्पादन गर्नुहोस्]
यो भाइरस अमेरिका, अफ्रिका, दक्षिण एसिया र पश्चिम प्रशान्त क्षेत्रमा फैलिएको छ | सन् २०१६ फेव्रुअरी २५ सम्ममा ४२ ओटा देशमा फैलीसकेको छ |
जिका भाइरस संक्रमणका लक्षण[सम्पादन गर्नुहोस्]

- आँखा रातो हुने र सुन्निने ,
- जोर्नी दुख्ने,
- जिब्रो रातो हुने,
- गाला सुन्निने,
- हत्केला/पाईतला सुन्निने र रातो हुने,
- टाउको दुख्ने,
- बिमिरा आउने
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "‘जिका भाइरस इबोलाजस्तै खतरनाक’", नयाँ पत्रिका, अन्तिम पहुँच २ फेब्रुअरी २०१६।
- ↑ "‘जिका भाइरस नियन्त्रणभन्दा बाहिर जान सक्ने’", बिबिसी नेपाली सेवा, अन्तिम पहुँच २३ जनवरी २०१५।
- ↑ "जिका भाइरस : विश्वव्यापी स्वास्थ्य आपतकाल", उज्यालो अनलाइन, अन्तिम पहुँच २ फेब्रुअरी २०१६।
- ↑ ईकान्तिपुर"जिका संक्रमणप्रति अन्तर्राष्ट्रिय आपत्काल", अन्तिम पहुँच फेब्रुअरी २०१६।