जिनेदिन जिदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जिनेदिन जिदानेबाट अनुप्रेषित)
जिनेदिन जिदान
जिनेदिन जिदान
व्यक्तिगत जानकारी
पुरा नाम जिनेदिन यसिद जिदान[१][२]
जन्म मिति (1972-06-23) २३ जुन १९७२ (उमेर ५१)[१]
जन्म स्थान मर्सिली, फ्रान्स
उचाइ १.८५ मी (६ फिट १ इन्च)
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड (म्यानेजर)
युवा करियर
१९८२–१९८३ युएस सेन्ट-हेन्री
१९८३–१९८६ सो सेप्टेम्स-लेस-भलोन्स
१९८६–१९८९ एएस केन्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८९–१९९२ एएस केन्स ६१ (६)
१९९२–१९९६ बोर्डीअक्स १३९ (२८)
१९९६–२००१ युभेन्टस १५१ (२४)
२००१–२००६ रियल म्याड्रिड १५५ (३७)
जम्मा ५०६ (९५)
अन्तर्राष्ट्रिय करियर
१९८८–१९८९ फ्रान्स यु-17 (१)
१९८९–१९९० फ्रान्स यु-18 (०)
१९९०–१९९४ फ्रान्स यु-21 २० (३)
१९९४–२००६ फ्रान्स १०८ (३१)
प्रबन्धक करियर
२०१४–२०१६ रियल म्याड्रिड क्यास्टीला
२०१६– रियल म्याड्रिड
*क्लब घरेलु लिग उपस्थिति र गोल

जिनेदिन जिदान पूर्व फ्रान्सेली फुटबल खेलाडी हुन्। जिदानको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् १९९८ फिफा विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो। फाइनलमा उनले दुई गोल हेडिङ मार्फत गरेका थिए। उनकै अनुशासनहीन खेलका कारण २००६ फिफा विश्वकप फाइनलमा फ्रान्स इटालीसँग पराजित हुन पुगेको थियो। इटालीका रक्षापङ्क्ति मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर उनी रातो कार्ड खाँदै मैदानबाट विदा भएका थिए। त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि रहेको थियो। तीन पटकसम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका व्यवसायिक फुटबल खेलाडी थिए। उनलाई सुनौलो छवि लिएर छिर्ने र ओइलाएको छवि बोकेर अन्तर्राष्ट्रिय फुटबल जगतबाट विदा हुने फुटबल खेलाडी भनेर चिन्ने गरिन्छ।[स्रोत नखुलेको] यद्यपि फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाई गरिँदैन।[स्रोत नखुलेको] जिनेदिन जिदान विश्वकप इतिहासमा सबैभन्दा बढी कार्ड खाएका खेलाडी हुन्। उनले ४ पहेँलो र २ रातो कार्ड खाएका थिए।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Zinedine Zidane Profile", ESPN।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-२८ मिति
  2. "Zinedine Zidane biography", Biography.com, अन्तिम पहुँच २८ मे २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]