जेजे लालपेख्लुआ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेजे लालपेख्लुआ
२०११ मा जेजे लाल
व्यक्तिगत जानकारी
पुरा नाम जेजे लालपेख्लुआ फनाई
जन्म मिति (1991-01-07) ७ जनवरी १९९१ (उमेर ३३)
जन्म स्थान भारत
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
चेन्नाइ एफसी
सङ्ख्या १२
युवा करियर
२००७-२००८ पुने एफ.सी.
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८-२०१० पुने एफ.सी. ५४ (१५)
२०१०-२०११ → पइलन यर्रोस् (ऋणमा) १५ (१३)
२०१३-२०१४ डेम्पो एससी १८ (५)
२०१४-२०१६ मोहन बगान ए.सी. १२ (१)
२०१४चेन्नाइ एफसी (ऋणमा) १३ (४)
२०१५-वर्तमानसम्म चेन्नाइ एफसी ४७ (१८)
२०१६मोहन बगान एस.सी (ऋण) १४ (४)
२०१७मोहन बगान एस.सी (ऋण) १७ (५)
अन्तर्राष्ट्रिय करियर
२००८-२००९ भारत-१९ (४)
२०१०-२०११ भारत-२३ १७ (६)
२०११– भारत ५१ (२२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ७ नोभेम्बर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ जुन २०१८

जेजे लालपेक्लुआ (जन्म ७ जनवरी १९९१) एक भारतीय व्यवसायीक फुटबल खेलाडी हुन् । उनी हाल चेन्नाइ एफसीबाट व्यवसायीक फुटबल खेल्दैछन् । उनी वर्तमान समयका भारत राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री पछिका चर्चित अग्रपंक्ति खेलाडी हुन् ।

जीवन[सम्पादन गर्नुहोस्]

युवा जीवन[सम्पादन गर्नुहोस्]

जेजेको जन्म एउटा भारतको सानो गाउँमा भएको थियो । उनको परिवार फुटबलमय भएकाले उनलाई फुटबलमा आकर्षित हुन थप हौसला मिलेको थियो । उनका बुबा र दाजु स्थानीय मीरोराम फुटबल क्लब - मोडल स्पोर्टिङ क्लबबाट सन्तोष ट्रफीका खेलहरू खेल्ने गर्दथे । उनले आफ्नो दाजुले क्लब छाडेको लगभग चार महिना पछि मोडल क्लबका लागि फुटबल खेलेका थिए ।

क्लब[सम्पादन गर्नुहोस्]

चेन्नाई[सम्पादन गर्नुहोस्]

जेजेले पहिलो खेल २०१६ इन्डियन सुपर लिग सिजनमा विपक्षी टिम एथलेटिको कोल्कटाको गृह मैदानमा खेलेका थिए । उक्त खेल २-२ गोलको बराबरीमा टुङ्गीएको थियो । साथै उनले चेन्नाइका लागि पहिलो गोल एफसी पुने सिटी विरूद्व गरेका थिए ।

पाइलन यर्रोस् (ऋण)[सम्पादन गर्नुहोस्]

२०१०-११ सीजनदेखि लालपेख्लुआले इन्डियन यर्रोसका लागि ऋणमा आबद्ध भएका थिए । इन्डियन यर्रोसका लागि व्यवसायीक फुटबल खेल्न उनी मात्र १९ वर्षका थियो । २०१० इन्डियन फेडेरेसन कपमा उनले यर्रोस क्लबबाट खेल्दा कपमा दुई खेल खेल्दै १ गोल गरेका थिए ।[२] साथै ३ डिसेम्बर २०१० मा इन्डियन यर्रोसबाट आई-लिगका निम्ति प्रेइज् युनाइटेड एस.सी. विरूद्व खेलेका थिए । उक्त खेल २-१ गोल अन्तरमा टुङ्गीएको थियो ।

जेजे लालपेख्लुआले ८ डिसेम्बर २०१० मा इन्डियन यर्रोस् फुटबल क्लबका निम्ति ओएनजीएस एफसी विरूद्व पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए । त्यसपछि उनले निरन्तर रूपमा क्लबका निम्ति गोल गर्दै गइरहेका थिए । २३ मार्च २०११ मा जेजे लालपेख्लुआले एअर इन्डिया (फुटबल क्लब) विरूद्व आई-लिगको एकै खेलमा चार गोल गरेका थिए । अन्ततः उक्त खेल यर्रोस् क्लबले ५-२ गोल अन्तरमा जित्न सफल भएको थियो ।

पुनः पुने[सम्पादन गर्नुहोस्]

देम्पो[सम्पादन गर्नुहोस्]

मोहन बगान[सम्पादन गर्नुहोस्]

चेन्नाई (ऋण)[सम्पादन गर्नुहोस्]

चेन्नाई[सम्पादन गर्नुहोस्]

मोहन बगान (ऋण)[सम्पादन गर्नुहोस्]

चेन्नाई[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

२३ फेब्रुअरी २०११ मा जेजे लालपेख्लुआले भारतका निम्ति आफ्नो पहिलो खेल खेलेका थिए । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमानै गोल गर्न सफल भएका थिए । उनले पहिलो खेल भारतको २३ वर्ष मुनिको टिमबाट म्यानमारको २३ वर्ष मुनिको टिम विरूद्व खेलेका थिए ।

२१ मार्च २०११ मा जेजे लालपेख्लुआले पहिलो पटक भारतीय सिनियर फुटबल टिमबाट चाइनिज ताइपेइ विरूद्व २०१२ एएफसी च्यालेन्ज कप छनोट चरणको पहिलो खेल खेलेका थिए, भने उनले उक्त पहिलो खेलमै गोल गर्न सफल भएका थिए । यस्तै उनले २३ मार्च २०११ मा आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा पाकिस्तान विरूद्व २०१२ एएफसी च्यालेन्ज कप छनोट चरणकै खेलमा दई गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय विवरणहरू[सम्पादन गर्नुहोस्]

२०१८ जुन १० सम्मका विवरणहरू[३]

भारतीय राष्ट्रिय फुटबल टिम
वर्ष खेलहरू गोल
२०११ १५
२०१२
२०१३
२०१४
२०१५ १०
२०१६
२०१७
२०१८
जम्मा ५१ २२

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

यु-२३ टिम[सम्पादन गर्नुहोस्]

सिनियर टिम[सम्पादन गर्नुहोस्]

आधिकारिक मान्यता अप्राप्त खेलहरू[सम्पादन गर्नुहोस्]

सम्मान तथा उपाधिहरू[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

 भारत

क्लब[सम्पादन गर्नुहोस्]

मोहन बंगान
चेन्नाइ एफसी

व्यक्तिगत पुरस्कार[सम्पादन गर्नुहोस्]

  • एफपिआइ उत्कृष्ट युवा खेलाडी: २०१०-११
  • एआइएफएफ उदयीमान वर्ष खेलाडी: २०१३
  • भारतीय सुपर लीगका उदयीमान खेलाडी: २०१५
  • फेडेरेसन कप उच्च गोलकर्ता: २०१५-१६
  • फुडेरेसन कप उत्कृष्ट खेलाडी:२०१५-१६
  • एफपिएआइ भारतीय वर्ष खेलाडी: २०१५-१६
  • एआइएफएफ वर्ष खेलाडी: २०१६
  • इन्डियन सुपर लिग समर्थक उत्कृष्ट खेलाडी: २०१७-१८[४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]