जेन्स फिन्क-जेन्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jens Fink-Jensen. Ideogramma International Literature Festival in Nicosia, Cyprus, 27.11.2019.
Jens Fink-Jensen. Ideogramma International Literature Festival in Nicosia, Cyprus, 27.11.2019.

येन्स पिन्क योन्सन, एक परिचय डिसेम्बर १९, १९५६मा जन्मिएका येन्स पिन्क योन्सन डेनमार्कका प्रख्यात कवि, लेखक, फोटोग्राफर, संगीतकार तथा आर्किटेक्ट हुन्।

संक्षिप्त जीवनीः[सम्पादन गर्नुहोस्]

लेखकको रूपमा उनको पहिलो प्रकाशित रचना एउटा लघुकथा ‘जुनि’ थियो। त्यो लघुकथा उनले सन् १९९५को जून महीनामा लेखेका थिए भने जुन ४, १९७५मा सो कथा इन्फर्मेसन नामक दैनिक पत्रिकामा छापिएको थियो। त्यसै गरी कविको रूपमा उनका चारवटा कविताहरू साहित्यिक पत्रिका Hvebekornमा १९ अक्टूबर १९८१मा प्रकाशित भएका थिए। रुजून ५, १९८६मा प्रकाशित कथासङ्ग्रह बेस्टर्न (पशुहरू)ले उनलाई गद्य लेखकको रूपमा पनि चिनायो। मार्च १८, १९९४मा उनको पहिलो बाल साहित्य ‘योनास र शंखकीराको खोल’ प्रकाशित भएको थियो।आधुनिक भाषा विज्ञान लिएर उनले Herlufsholm स्कूलबाट सन् १९७६मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपश्चात् राष्ट्रिय सेवा अन्तर्गत एनसीओको रूपमा शाही लाई फ गार्डको रूपमा पनि तालीम प्राप्त गरे। सन् १९९६मा उनले कोपेन्हेगनको ललितकला र आर्किटेक्ट प्रतिष्ठानबाट आर्किटेक्ट र सोही स्थानबाट सन् १९९७मा मल्टीमेडियामा स्नातकोत्तर तहसम्मको पढाइ सकाए। उनले सन् १९८० ताका Hvedekorn का सम्पादक पल बोरमको साथमा मिकेल स्ट्रङ्ग लगायतका सहकर्मीहरूसँग मिलेर कोपेन्हेगनमा समकालीन कविहरूको औपपचारिक तथ्यांक ‘एन ए ८०’को सङ्कलन पनि गरे। उनी विभिन्न साहित्यिक र सांगीतिक भेलाहरू, कलेज र पुस्तकालयहरूमा बेला बेला स्याक्सोफोन र की बोर्ड जस्ता वाद्ययन्त्रहरूका साथ स्लाईड प्रदर्शनको माध्यमबाट आफ्ना कविताहरू प्रस्तुत गर्ने गर्दछन्।

प्रदर्शनीहरूः[सम्पादन गर्नुहोस्]

डेनमार्क, नर्वे र स्विडेन जस्ता देशहरूमा उनको बेइजिङ्गका छविहरू, (चीनको राजधानीका दृश्यहरू र साथमा त्यहाँका बासीन्दाहरूको अनुहारहरू, अन्तर्राष्ट्रिय एम्नेष्टीद्वारा वितरित।) तथा दक्षिणका डुङ्गाहरू, (मेडिटेरियन समुन्द्र, यूरोपका एटलाण्टिक तट र मोरक्कोमा माछा मार्न प्रयोग गरिने साना साना डुङ्गा, मछुआराहरू र उनीहरूको वरिपरिको बातावरणको झलकहरू।) नामक फोटो प्रदर्शनीहरू भएका छन्।

प्रकाशित कृतिहरूः[सम्पादन गर्नुहोस्]

  • Verden i et øje, संसारलाई हेर्दा, (सन् १९८१, कविता)
  • Sorgrejser पीडासँग सहयात्रा, (सन् १९८२, कविता)
  • Dans under galgen, मृत्युसँग रमाउँदा, (सन् १९८३, कविता)
  • Bæsterne, पशुहरू, (सन् १९८६, लघुकथाहरू)
  • Nær afstanden, दूरीको नजीक, (सन् १९८८, कविता)
  • Jonas og konkylien, योनस र शंखकीराको खोल, (सन् १९९४, बालसाहित्य, म्याड्स स्टेजको चित्र सहित)
  • Forvandlingshavet, परिवर्तनका छालहरू, (सन् १९९५, कविता)
  • Jonas og himmelteltet, योनास र उसले पाएको आत्मज्ञान, (सन् १९९८, बालसाहित्य, म्याड्स स्टेजको चित्र सहित)
  • Alt er en åbning, सबै उदारु छ, (सन् २००२, कविता)
  • Syd for mit hjerte. १०० udvalgte kærlighedsdigte, मेरो मुटुको पाटोबाट छानिएका रु१०० मायाका कविताहरू

( सन् २००५, कविता) नेपाली अनुवादः ब्रजेश

वेव लिंक[सम्पादन गर्नुहोस्]