जोकर (पात्र)

जोकर (Joker) एक काल्पनिक पात्र र डिसी कमिक्सद्वारा प्रकाशित एक चित्रकथा पुस्तकको प्रमुख खलनायक हो। जोकरलाई पहिलो पटक बिल फिङ्गर, बब केन र जेरी रबिन्सनद्वारा रचित हास्य पुस्तक ब्याटम्यान (अप्रिल २५, १९४०) मा सार्वजनिक गरिएको थियो। जोकरको सिर्जनाको श्रेय कसले लिने भन्ने बारे विवादित छ; केन र रबिन्सनले जोकरको डिजाइन आफुले गरेको दाबी गरेका छन् भने बिल फिङ्गरलाई लेखन योगदानको लागि धन्यवाद दिएका थिए।
जोकरलाई १९६० दशकको ब्याटम्यान टेलिभिजन शृङ्खला एनिमेसन, र भिडियो गेम, ब्याटम्यान (१९८९), द डार्क नाइट (२००८) हिथ लिजर द्वारा अभिनित र जोकर वाकिन फिनिक्सद्वारा अभिनित (२०१९) लगायतमा ब्याटम्यानको प्रतिद्वन्दीको रुपमा प्रस्तुत गरिएको छ।; हेथ लिजर र वाकिन फिनिक्सले आआफ्नो अभिनयको लागि एकेडेमी पुरस्कार हासिल गरेका थिए। मार्क हमिल, ट्रोय बेकर, र अन्यले यस चरित्रको लागि आवाज प्रदान गरेका छन्।
ब्याटम्यान जस्तै जोकरसँग पनि कुनै अलौकिक क्षमता छैन, बरु रासायनिक इन्जिनियरिङमा आफ्नो विशेषज्ञता प्रयोग गरेर विषाक्त वा घातक मिश्रणहरू र विषयगत हतियारहरू विकास गर्दछ, जसमा रेजर-टिप्ड प्लेइङ कार्डहरू, घातक जोय बजरहरू, र एसिड-स्प्रेइङ ल्यापल फूलहरू समावेश छन्। जोकरले कहिलेकाहीं पेन्गुइन र टु-फेस जस्ता अन्य गोथम सिटी अपराधीहरू, र इन्जस्टिस ग्याङ र इन्जस्टिस लिग जस्ता सुपरभिलेन समूहहरूसँग काम गर्दछ, तर यी साझेदारीहरू प्रायः जोकरको अनियन्त्रित अराजकताको चाहनाका कारण समाप्त हुन्छन्।