जोकर (द डार्क नाइट)
| जोकर | |
|---|---|
| द डार्क नाइट पात्र | |
जोकरको रूपमा हिथ लेजर | |
| पहिलो उपस्थिति | द डार्क नाइट (२००८) |
| अन्तिम उपस्थिति | द डार्क नाइट (२००८) |
| मा आधारित | |
| द्वारा अनुकूलित | |
| चित्रित | हिथ लेजर |
जोकर सन् २००८ को सुपरहिरो चलचित्र द डार्क नाइटमा देखिएको, डिसी कमिक्सको चरित्रमा आधारित र सोही नामको एउटा काल्पनिक सुपरभिलेन चरित्र हो। यो चलचित्रको निर्देशन क्रिस्टोफर नोलनले गरेका थिए। जोकरको भूमिकामा अस्ट्रेलियाली अभिनेता हिथ लेजर देखिएका थिए। जोकर पात्र एक तीक्षणबुद्धि भएको मनोवैज्ञानिक अपराधी र सामूहिक हत्यारा हुन्छ। उनलाई गोथम सिटीको माफियाहरूले ब्याटम्यान (क्रिस्टियन बेल) लाई मार्न भाडामा लिएका हुन्छन्। ब्याटम्यानका सहयोगीहरू गोथम प्रहरी अधिकारी जेम्स गोर्डन (ग्यारी ओल्डम्यान) र जिल्ला न्यायधिवक्ता हार्भी डेन्ट (आरोन एकार्ट)सँग पनि उनको द्वन्द्व हुन्छ। जोकरले चलचित्रभरी अराजकताका विषयवस्तुहरू प्रस्तुत गरेका छन्, उनले गोथम सहरमा अपराधको माध्यमबाट सामाजिक व्यवस्था बिगार्ने इच्छा व्यक्त गर्दछन्, र ब्याटम्यानसँगको आफ्नो द्वन्द्वबाट आफूलाई परिभाषित गर्दछन्।
जुलाई ३१, २००६ मा, वार्नर ब्रदर्स पिक्चर्स द्वारा द डार्क नाइटको आधिकारिक घोषणा गरिएको थियो र हिथ लेजरलाई जोकरको रूपमा कास्ट गरिएको थियो।[२] निर्देशक क्रिस्टोफर नोलनले वर्षौंदेखि लेजरसँग विभिन्न भूमिकाका लागि भेटेका थिए, जसमा ब्याटम्यान बिगिन्स (२००५) मा ब्याटम्यानको भूमिका पनि समावेश थियो। लेजरले सुपरहीरो फिल्महरूमा काम गर्न आफूलाई रुचि नभएको बताए: "मलाई मूर्ख र मूर्ख महसुस हुनेछ। म यसलाई तान्न सक्दिनथें र त्यहाँ अन्य व्यक्तिहरू छन् जसले पूर्ण रूपमा गर्न सक्छन्, तर म आफूलाई गम्भीरतापूर्वक लिन सकिनँ"।[१][३][४][५] ब्याटम्यान बिगिन्स हेरेपछि र प्रभावित भएपछि, लेजरले यसको सिक्वेलमा जोकरको भूमिका खोजे।[४] नोलनले आफ्नो दृढ संकल्पका कारण पटकथा आउनुभन्दा पहिले नै लेजरलाई कास्ट गरे, उनले भने, "हिथ यो गर्न तयार थिए, उनी त्यति ठूलो काम गर्न तयार थिए।"[३][६][७]
कथा
[सम्पादन]ब्याटम्यान बिगिन्समा परिचय
[सम्पादन]बैंक डकैती र भीड
[सम्पादन]नकाबधारी लुटेराको समुह गोथम शहरको बैङ्क लुट्छन र बैङ्क लुटे पछि एक अर्कालाई मार्छन्। अन्तिम लुटेरा बाच्नु भन्दा पहिले, असली 'जोकर' सबैलाई मारेर लुटेको सबै पैसा लिएर फरार हुन्छ।
माफिया साल मरोनी, ग्याम्बल र चेचेन भिडियो कन्फरेन्सबाट लाउ सँग उनको उसको बैंंकिङ फन्ड लैजाने र हङकङ फरार हुने सम्बन्धित कुरा गर्छन्। यसै बेला जोकर मिटिङमा हस्तक्षेप गर्छन्, र भन्छन् कि ब्याटम्यानको कुनै सिमितता छैन र लाउलाई जसरी पनि समाउनेछन्। त्यसकारण राम्रोको लागि जोकर ब्याटम्यानलाई मार्ने र त्यसको बदलामा सबै पैसाको आधा हिस्साको माग गर्छन्। जोकरको अनुचित मागबाट बिफराए ग्याम्बल जोकरलाई मार्ने सुपारी दिन्छन् तर आखिरीमा ऊ नै जोकरबाट मरिन्छ। र माफिया पनि जोकरको मद्दत लिने निर्णय गर्छन्।
ब्याटम्यानसँगको द्वन्द्व
[सम्पादन]ब्याटम्यान हङ्कङ गएर लाउलाई समाउछन् र गोथम फिर्ता ल्याएर पुलिसलाई बुझाउछन्। लाउद्वारा माफियाको विरुद्ध वयान दिएपछी डेन्ट ती ५४९ अपराधीलाई हिरासत मा पुराउछन्। त्यसै दिन जोकर टिभीमा धम्कि दिन्छन कि यदि ब्याटम्यानले आफ्नो असली पहिचान नबताए ऊ मानिसको ज्यान लिनेछन। जोकर आफ्नो योजना अनुसार हार्बी डेन्ट कमिश्नर लोयेब र न्यायाधीश सुरिलो, जसले माफिया बिरुद्दको मुद्धा सुनुवाई गरेका थिए,को ज्यान लिने सुराक दिन्छन्। कमिश्नर लोयेब र जज सुरिलोको हत्या हुन्छ तर डेन्टको हत्या प्रयास ब्याटम्यानले असफल गरी दिन्छन्। जोकर आफ्नो अर्को योजनामा मेयर एन्थोनी गार्सियाको हत्या गर्ने बनाउछन्। तर गार्डनले मेयरलाई बचाएर आफू सहिद हुन्छन्। पक्राउ परेका हत्याराबाट डेन्टलाइ जोकरको अर्को शिकार रेचल हो भन्ने थाहा हुन्छ।
ब्रुस बाध्य भएर ब्याटम्यानको पहिचान बताउने निर्णय गर्छन्, अर्को दिन पत्रकार सम्मेलनमा डेन्ट, ब्रुसले केहि गर्नु भन्दा पहिले नै, सबैकोको सामुन्ने आफू नै ब्याटम्यान भएको खुलासा गर्छन्। डेन्टलाई सुरक्षा निगरानीमा कस्टडीमा लिइन्छ।
गोथममा आक्रमण
[सम्पादन]बीच बाटोमा जोकर आफ्नो हतियारबन्द समुहको साथ घेराबन्दी तोड्दै डेन्ट माथि अचानक हमाला गर्छ। ब्याटम्यान यो हमलामा डेन्ट लाई बचाउछन् र गार्डन, जसले आफ्नो मृत्युको अफवाह फैलाएको थियो, जोकरलाई गिरफ्तार गर्न सफल हुन्छन्। गोर्डनलाई मेयरले कमिश्नर पदमा पदोन्नती गर्छन्। तर चाडै नै डेन्ट र रेचल वेपत्ता भएको सुचना आउँछ, जसलाई पहिले नै जोकरद्वारा नियन्त्रित पुलिसकर्मी उनीहरूलाई हरण गरेका हुन्छन्। ब्याटम्यान सोधपुछको लागि जोकरको राम धुलाई गर्छन् र भन्छन् कि रेचल र डेन्ट लाई अलग अलग ठाउँमा विस्फोटक संगै बन्धक बनाइएको छ। ब्याटम्यान तब रेचल र गोर्डन डेन्टको उद्धारको लागि निस्कन्छन्। तर ब्याटम्यान लाई जोकराले दिएको ठेगानामा डेन्ट हुन्छन्। त्यसै बेला भवन मा धमाका हुन्छ र डेन्टको आधा अनुहार जलेकाले उसलाई अस्पताल भर्ना गरिन्छ। रेचललाई बचाउन गोर्डन असफल हुन्छन्। यस्तो अस्तव्यस्तको माझ जोकर लाउ लाई लिएर जेलबाट भाग्छ।
कल्मेन रिज, जो वेयन इन्टरप्राइजेज मा अकाउन्टेन्ट हुन्छन्, जसलाई कम्पनिको फाइल जाँचको दौरान 'टम्बलर' वाहनको डिजाइन सम्बन्धित कागज मिल्छ। र पब्लिकमा म्याट म्यानको पहिचान सार्वजनिक गर्ने प्रचार गर्छ। उता जोकर माफियाको मिलेको पैसाले लाउ लाई जिउँदै जलाउँछ, र चेचेन लाई पनि मारीदिन्छ।
रिजको दाबीमा आफ्नो मत राख्दै जोकर टिभीमा भन्छन् कि अब उसलाई ब्याटम्यानको को हो भन्ने जान्न पर्दैन। जोकरले फेरी टिभीबाट धम्कि दिन्छन् कि यदि रिजलाई चाडै नै नमारे देखि ऊ एउटा अस्पताल लाई नष्ट गरिदिन्छन्। त्यसैले रिज पब्लिकको निशाना बन्छ। गोर्डन गोथम शहरको हरेक अस्पताल खाली गर्ने निर्देशन दिएर रिजको सुरक्षाको लागि निस्कन्छन्। गोर्डन लाई ब्रुसले पुलिस वायरलेसबाट सुचना दिएर रिजलाई बचाउँछन्।
हार्वे डेन्टसँगको सम्पर्क
[सम्पादन]जोकर अस्पतालमा डेन्टलाई खोजेर, उसलाई रिचलको मृत्युको बदला लिन उक्साउछन्। आखिरमा अस्पतालमा बिस्फोट गरेर, बन्धकले भरिएको बसमा सवार भएर जोकर भाग्छ। डेन्ट रेचलको मृत्युको बदलाको लागि रेचलको मृत्युको जिम्मेवार खोज्छ, र आखिरमा मरोनी लाई पनि मार्छ।
पानी-जहाज घटना र गिरफ्तारी
[सम्पादन]त्यहि रात, दूई पानी-जहाज मा बस्फोटक राखिएको जानकारी मिल्छ, जुन मध्ये एकमा आम सर्वसाधारण नागरिक र अर्कोमा कैदीहरूलाई उनीहरूको यथास्थानमा पुर्यैइदै थियो। जोकर रेडियो मा दुवै जहाजमा रहेका मानिसहरूलाई भन्छन् कि "मध्य-रातमा म दुवै जहाजलाई उदाइदिन्छ तर यदि उनीहरूलाई बाच्नु छ भने अर्को जहाज लाई बस्फोट गर। त्यसैले चाडो निर्णय गर्नु होला किनकी अर्को जहाजमा रहेकाहरूले पहिले रिमोट दबाउन सक्लान्"। दुवै जहाज का यात्री यसलाई नकार्छन्। तब सम्म ब्याटम्यान र स्वाट टिम जोकरको बिल्डिङमा गएर अन्य बन्धकलाई बचाउछन्।
ब्याटम्यानले जोकरलाई समाउँछन् तब जोकर ब्याटम्यान संग भन्छन्: "हामी दूई एक अर्कालाई मार्न सक्दैनौ । तिमी आफैले बनाएको आफ्नो नियमको कारणले मलाई मार्न सक्दैनौ। र म तिमीलाई मर्दिन किनभने तिमी हुँदा नै धेरै मजा आउँछ। हामी दूई जनाको अस्तित्व एक अर्का लड्नुमा नै रहेको छ।" फेरीमा रहेका मानिसहरूले एक अर्कालाई नमारेको कारण ब्याटम्यानले जोकरलाई "मानिसहरू अझै आदर्शमा विश्वास गर्ने गरेको बताउंछन् ।" जोकर ब्याटम्यान संग आफुले गोथमको आत्माको लडाई आफुले जितेको बताउछन् किनकी जब शहरबासीले डेन्टको हत्यारा वाला "अर्को अनुहार" थाहा पाउँछन्, तब उनीहरूको आशा तुरुन्तै निराशामा बदलिन्छ । ब्याट म्यानले जोकरलाई समाउछन् र जोकरले भन्छ कि "मैले त्यो सेतो सिपाही डेन्ट लाई भ्रस्ट गरी दिए र अब उसले त्यही गर्छ जुन ऊ चाहन्छ"।
जब उसलाई पुलिसहरूले समाउँछ, जोकर त्यसपछी हिंसक रूपमा हास्छ।
उता गोर्डन त्यही जर्जर बिल्डिङ मा पुग्छन् जहाँ रेचलको मृत्यु भएको थियो र अब त्यही डेन्ट बन्दुक ताकेर डेन्टको परिवारको साहारा आफ्नो बदला पुरा गर्न लाई धम्काउछ। ब्याटम्यान मामिला समाधान गर्ने प्रयास गर्छन् तर डेन्ट उसलाई गोली हान्छ। डेन्ट सिक्का उठाएर गोर्डनको छोरालाई दाउमा लगाउनु भन्दा पहिले नै ब्याटम्यानले डेन्टलाई भवनबाट धकेलेर डेन्टको मृत्यु हुन्छ। डेन्टको मृत्युको दोष ब्याटम्यान आफूले लिन्छन् र गोर्डनसँग डेन्टको आदर्शवादी पहिचान जोगाइ राख्न डेन्टको दोष मा पर्दाले छोप्न भन्छन्। गोर्डन अनिच्छाले ब्याटम्यानलाई भगौडा करार दिएर उसको पिछा गर्नुपर्ने हुन्छ।
अन्त्यमा ब्याटम्यान डेन्टको अपराधको जिम्मा आफुले लिएर जोकरको योजनालाई सफल हुन दिदैनन्।
द डार्क नाइट राइजेसमा अनुपस्थिति
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 Collura, Scott (७ नोभेम्बर २००६), "The Dark Knight: Heath Ledger Talks Joker", IGN, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५।
- ↑ "Batman sequel title announced", IGN, जुलाई ३१, २००६, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१५।
- 1 2 ढाँचा:Cite AV media notes
- 1 2 Calautti, Katie (डिसेम्बर ३, २०१२), "Christopher Nolan Reflects on His Batman Trilogy, Heath Ledger & More", Comic Book Resources, मूलबाट डिसेम्बर ६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१५। अभिलेखिकरण अगस्ट ९, २०१६ वेब्याक मेसिन
- ↑ Fischer, Paul (सेप्टेम्बर ११, २००६), "Heath Ledger for 'Candy & The Dark Knight'", Dark Horizons, अन्तिम पहुँच मे २०, २०२१।
- ↑ Mattina, Eric (नोभेम्बर २९, २०१२), "Christopher Nolan Spends the 'Knight' at Lincoln Center: 5 Things Learned About Batman and Beyond", Indiewire, अन्तिम पहुँच अक्टोबर ५, २०१५।
- ↑ Jolin, Dan (डिसेम्बर २००९), "The Making of Heath Ledger's Joker", Empire, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१५।