ज्ञानु राणा
Jump to navigation
Jump to search
ज्ञानु राणा | |
---|---|
![]() ज्ञानु राणा | |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. 2006 कात्तिक 3 गते ठमेल काठमाडौँ |
विधा | आधुनिक,बाल |
पेशा | गायक |
वाद्ययन्त्र | नेपाली तथा पश्चिमी |
ज्ञानु राणा (जन्म : २००६ कात्तिक ३) नेपाली गायिका हुन् । उनले एक हजार चार सयभन्दा बढी गीतहरू गाएकी छिन् । ती गीतहरूमा राणाका करिब ४ सय भजन र एक दर्जन जति बालगीत छन् ।[स्रोत नखुलेको]
सुरुवाती जीवन[सम्पादन गर्ने]
उनको जन्म २००६ कात्तिक ३ मा काठमाडौँको ठमेलमा भएको हो । उनका पिता जनकवि केशरी धर्मराज थापा हुनुहुन्छ र माता सावित्री हुनुहुन्छ।
उहाँले गायिकाका रूपमा चीन, जापान, दक्षिण कोरिया, पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, ताइवान, बर्मा, तत्कालिन सोभियत संघको भ्रमण गरेकी छिन्। उनलाई इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, संगीत महाविद्यालय प्रथम पुरस्कारले सम्मान गरिएको छ।