टपरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टपरी
टपरी

टपरी सालको पातहरूलाई बाँसको सिन्काले गासेर तयार गरिने थाली जस्तो एक भाँडो हो। यो विभिन्न आकारमा तयार गर्न सकिन्छ। टपरीको प्रयोग प्रायः विवाह, व्रतबंध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवताहरूलाई भोग लगाउने र खाना खाने काममा गरिन्छ। सानोमा दुना जत्रो र ठूलोमा जग्गे भरिको हुन सक्छ। विवाहमा बरनीको लागि तयार गरिने बरनीको टपरी तीन हात ब्यास सम्मको हुन्छ। सालको पातलाई नेपाली समाजमा शुद्ध पातको रूपमा हेरिन्छ। पहाड, तराई जता ततै सालको रुख पाईने हुनाले सालको पात सर्वसुलभ हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]