टाटे सिमी
| टाटे सिमी | |
|---|---|
| टाटे सिमीको बोट | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | L. purpureus |
| वैज्ञानिक नाम | |
| Lablab purpureus (L.) Sweet | |
| पर्याय[१] | |
|
Dolichos lablab L. | |
परिचय
एउटा गेडा-गुडीको प्रकार अथवा सिमी अथवा बोडीको प्रकार जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ।
| प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ | |
|---|---|
| ऊर्जा | २०९ kजूल (५० कि॰कैल) |
९.२ g | |
०.२७ g | |
२.९५ g | |
| भिटामिन | भिटामिन दैआ%† |
| थायमिन (बि१) | ५% ०.०५६ मिग्रा |
| रिबोफ्लाबिन (बि२) | ७% ०.०८८ मिग्रा |
| नायासिन (बि३) | ३% ०.४८ मिग्रा |
| फोलेट (बि९) | १२% ४७ μg |
| भिटामिन सी | ६% ५.१ मिग्रा |
| खनिज | परिमाण दैआ%† |
| क्यालसियम | ४% ४१ मिग्रा |
| आइरन | ६% ०.७६ मिग्रा |
| म्याग्नेसियम | १२% ४२ मिग्रा |
| म्याग्नेसियम | १०% ०.२१ मिग्रा |
| फोसफोरस | ७% ४९ मिग्रा |
| पोटासियम | ६% २६२ मिग्रा |
| जिङ्क | ४% ०.३८ मिग्रा |
Link to USDA Database entry Cooked, boiled, drained, without salt | |
| |
| †वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत। स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल | |
टाटे सिमी
टाटे सिमीलाई इजिप्सियन बिन (Egyptian bean) भनेर चिनिन्छ । यसको कोसा र कोसाभित्रको दाना तरकारी वा दालको रूपमा प्रयोग गरिन्छ ।एउटा गेडा-गुडीको प्रकार अथवा सिमी अथवा बोडीको प्रकार जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ।
अभावको तरकारीः हिउँदे सिमी
--------------------
अङ्ग्रेजीमा हाइसिन्थ बिन (hyacinth bean), इन्डियन बिन (Indian bean) अथवा इजिप्सियन बिन (Egyptian bean) भनेर चिनिन्छ ।
हिउँदे सिमी एउटा महत्वपूर्ण लहरे तरकारी बाली हो र यसको खेती नेपालको तराई देखि पहाडसम्म प्राचीन काल देखि नै स्थानीय रुपमा गरिदै आएको छ ।
नेपालीमा यसलाई हिउँदे सिमी, टाटे सिमी, पाटे सिमी, माछे सिमी, सेम आदि भनिन्छ । यो खानमा मिठो, कम लागतमा पनि खेती गर्न सकिने, उत्पादकत्व वढि भएको र पोसिलो तरकारी भए तापनि यसको खेती स्थानिय रुपमा नै सीमित छ र व्यवसायिक खेती हुन सकेको छैन ।
यो तरकारी बालीको नेपालमा अनुसन्धान पनि कम भएको छ र जातहरु पनि स्थानीय रुपमा नै सीमित छन् र अहिलेसम्म कुनै जात सिफारिश हुन सकेको छैन । स्थानीय जातहरुमा हिउँदे,टाटे, घिउ सिमी,तरवारे सिमी,पाटे सिमी,काउसे सिमी आदि रहेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Lablab purpureus at Multilingual taxonomic information from the University of Melbourne