टुकुचा खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टुकुचा खोला
टुकुचा खोला is located in काठमाडौँ उपत्यका
टुकुचा खोला
टुकुचा खोला is located in बागमती प्रदेश
टुकुचा खोला
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थाननिर्मल निवासको पछाडि चुण्डेवी[१]
मुख 
 •  स्थान
बागमती नदी कालमोचन, थापाथलीमा[२]
 •  भौगोलिक निर्देशाङ्क
२७°४१′२८″N ८५°१८′४७″E / २७.६९१°N ८५.३१३°E / 27.691; 85.313निर्देशाङ्कहरू: २७°४१′२८″N ८५°१८′४७″E / २७.६९१°N ८५.३१३°E / 27.691; 85.313
लम्बाइ५.९ किलोमिटर (३.७ माइल)
जलाधारका विशेषताहरू
नदी प्रणालीबागमती नदी

टुकुचा खोला बागमतीको सहायक नदी हो । काठमाडौँका रुद्रमती र विष्णुमतीका बीच भागमा घना बस्तीका बीच भएर बग्ने यस खोलाको पुरानो सांस्कृतिक नाम इक्षुमती हो र नेवारीमा ‘तुखुचा’ (उखु खोला) भनिने गरिन्छ। तुखुचा अपभ्रंश भएर टुकुचा भएको इतिहासविद् दिनेशराज पन्त बताउँछन्।[३] काठमाडौँ उपत्यकाका अन्य नदीनालाको जस्तै यस खोलाको पनि उद्गमस्थल शिवपुरी जलाधार क्षेत्र मानिएको छ । त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि यो खोला बागमतीमा मिसिन्छ । मुख्य सहरभित्र यसको लम्बाइ करिब ५ किलोमिटर अनुमान गरिएको छ।[४]

अतिक्रमण‍‍‍[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरको मध्य भाग हुँदै बग्ने भए पनि यो खोला सहर पसेपछि कतै देखिन्छ भने कतै बिलाउँछ। ठाउँठाउँमा यस खोलालाई ढल छोपेजस्तै गरी त्यसमाथि संरचना बनाइएका छन्।[५] महाराजगन्जदेखि कमलादीसम्म अधिकांश भागमा खोलामाथि सडक र संरचना बनेका छन्। काठमाडौँ महानगरपालिकाको तथ्यांकअनुसार टुकुचामाथि मात्रै करिब ८५ वटा घर तथा भवन ठड्याइएका छन्। टुकुचामा अतिक्रमण हुन थालेको राणाकालदेखि नै हो। नारायणहिटीको पर्खालभित्रबाट भूमिगत बनाएर ढलकै रूपमा निकालिएको छ ।[६]

विवाद[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान सुरु गरेपछि पक्ष र विपक्षमा जनमत विभाजित भएको छ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Chimariya, Amrit (२०२२-०९-१८), "Tukucha river resurfaces in Kathmandu after 13 years' wait" (en-GBमा), अन्तिम पहुँच २०२२-०९-२२ 
  2. Koirala, Prijun, "Bagmati Tributaries and Kathmandu Civilization" (en-USमा), अन्तिम पहुँच २०२२-०९-२२ 
  3. काफ्ले, सुरेन्द्र (०१ असोज २०७८), "मुनि नदी, माथि सहर", अन्नपूर्ण पोस्ट 
  4. "पाँच किलोमिटर लामो टुकुचा खोला कहाँ कति अतिक्रमण?", सेतोपाटी, अन्तिम पहुँच २०२२-११-२३ 
  5. "बालेन शाह: टुकुचा वरपर खाली गराउने महानगरको योजना साकार पार्न यस्ता छन् तगारा", बीबीसी न्यूज नेपाली, २०२२-०९-१४, अन्तिम पहुँच २०२२-११-२३ 
  6. "‘हराएको’ टुकुचा खोज्दै काठमाडौं महानगर", नयाँ पत्रिका, अन्तिम पहुँच २०२२-११-२३ 
  7. "कपनमा यसै पसेको होइन खोला", सेतोपाटी (en-USमा), अन्तिम पहुँच २०२२-११-२३