सामग्रीमा जानुहोस्

टेकबहादुर बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेक बहादुर बस्नेत
Member of Parliament, Pratinidhi Sabha
पद बहाली
4 March 2018
निर्वाचन क्षेत्रSalyan 1
Member of Constituent Assembly
कार्यकाल
28 May 2008  14 October 2017
पूर्वाधिकारीPrakash Jwala
निर्वाचन क्षेत्रSalyan 1
व्यक्तिगत विवरण
जन्म (1965-09-17) १७ सेप्टेम्बर १९६५ (उमेर ६०)[]
राजनीतिक दलCPN (Maoist Centre)
अन्य राजनीतिक
संलग्नता
CPN (Mashal)

Deprecated parameter honorific-prefixDeprecated parameter otherparty

एकिकृत नेकपा माओवादीको तर्फबाट सल्यान जिल्लाबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधानसभा सदस्य टेकबहादुर बस्नेत प्राविधिक जागीरे छाडेर जनयुद्धमा होमिने थोरै नेतामा पर्नुहुन्छ। शिक्षण पेशा पछि उहाँ लामो समय कृषि प्राविधिक जेटिए भएर रुकुम, सल्यान, डोल्पालगायत थुप्रै जिल्लामा काम गर्नुभएको थियो। २०४२ साल देखि वामपन्थी राजनीतिमा आस्था राखे पनि बस्नेतले २०५० सालमा जागीर छोडेर माओवादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो। उहाँ जिल्ला समितिको सदस्यहुँदै सचिव र इन्चार्ज पनि हुनुभयो।

जनमुक्ति सेनातर्फ उहाँ डिभिजनको कमिसारको जिम्मेवारी समेत बस्नेतले पुरा गर्नुभएको छ। तीन दर्जन हाराहारीका युद्ध मोर्चामा सहभागी हुनुभएका बस्नेत बेनी, अर्घाखाँचीजस्ता ठूला लडाइँमा पनि भाग लिनुभएको थियो।

वाणिज्य शास्त्रमा स्नातक तहसम्मको औपचारिक अध्ययन पुरा गर्नुभएका बस्नेत हाल माओवादीको सल्यान इन्चार्ज तथा राज्य समितिको सचिवालय सदस्य पनि हुनुहुन्छ। सल्यान कोतमौला गाविस ३ बिउरेखोलाका स्थायी बासिन्दा बस्नेत फुर्सदमा घुम्न रुचाउनुहुन्छ।

जनताका भावना अनुरूप सङ्घीय गणतान्त्रिक र निम्न वर्गको हितमा ध्यान दिने संविधान लेख्न आफ्नो पहल रहेन बस्नेतको भनाई छ। []