टेलिकम अफ थाइल्यान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टेलिकम अफ थाइल्याण्डबाट अनुप्रेषित)
थाइल्यान्ड टेलिफोन सङ्घ
मौलिक नाम
थाई: ทีโอที
व्यवसाय प्रकार
सरकारी स्वामित्वमा रहेको
उद्योगदूरसञ्चार
स्थापित२४ फेब्रुअरी १९५४; ७० वर्ष पहिले (१९५४-०२-24)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
थाइल्यान्ड
मुख्य व्यक्ति
मोन्चाइ नोसोङ (अध्यक्ष)
उत्पादनहरूमोबाइल फोन,
ताररहित ब्रोडब्यान्ड सेवाहरू
राजश्व३०.८ बिलियन (२०१६)
परिचालन आय
१.६ बिलियन (२०१६)
-५.८ बिलियन (२०१६)
वेबसाइटwww.tot.co.th
थाइल्यान्ड टेलिफोन कम्पनीको लोगो भएको एक जहाज

थाइल्यान्ड टेलिफोन सङ्घ थाइल्यान्डमा राज्यको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो । यो सन् १९९४ मा स्थापित भएको थियोे र यसले २००२ मा निगमको रूपमा सेवा सुरुवात गरेको थियोे । यो थाइल्यान्ड टेलिफोन सङ्गठन र थाइल्यान्ड टेलिफोन निगम सार्वजनिक कम्पनी लिमिटेडको रूपमा पनि चिनिन्छ । कम्पनीका वर्तमान अध्यक्ष श्री मोन्चाइ नोसोङ हुन् जो १६ नोभेम्बर २०१५ मा यस पदमा नियुक्त भएका थिए ।[१] यो थाइल्यान्डको सबैभन्दा पुरानो वा पहिलो दूरसञ्चार सेवा प्रदायक हो । यसको मुख्य कार्यलय थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको छ ।

जनवरी २०१७ मा, सन् २०१६ को वित्तीय विवरण का अनुसार ३०८ करोडको कुल राजस्व रहेको थियोे भने ब्याज, कर, मूल्यह्रास र सम्शोधन गर्नु भन्दा पहिलेको आय १.६ बिलियन र कूल नोक्सान ५.८ बिलियन डलर रहेको थियोे ।[२]

सुरूवाती इतिहास[सम्पादन गर्नुहोस्]

थाइल्यान्डमा फोनको पहिलो प्रयोग सन् १८८१ मा राजा रामा पाँचौको शासनकालमा शुरु भएको थियो जसमा बैङ्कक र पकनामको बीच जोड्ने टेलिफोन लाईनको निर्माण गरिएको थियो । यसको मुख्य उद्देश्य बैङ्ककमा पानीजहाजको आगमन र प्रस्थानको जानकारी पकनाममा पुर्‍याउनु थियोे ।

थाइल्यान्ड टेलिफोन सङ्घ, २४ फेब्रुअरी १९५४ मा थाई सरकार द्वार यातायात र सञ्चार मन्त्रालयको अधीनको रूपमा रहेको एक राज्य उद्यमको रूपमा स्थापित गरिएको थियो । यसले ७३२ जना सदस्यहरूको साथ सेवा सुरु गरेको थियोे जसमा ५ करेड वजेट रहेको थियो । थाइल्यान्ड टेलिफोन सङ्घले, सुरूवाति चचरणमा बैङ्ककमा टेलीफोन सेवा प्रदान गरेको थियोे ।

यो एक राज्यको स्वामित्वमा रहेको उद्यमबाट यातायात तथा सञ्चार मन्त्रालयको नियन्त्रणमा रहेको सार्वजनिक कम्पनीमा रूपमा परिवर्तन गरिएको थियो र यसलाई ३१ जुलाई २००२ मा थाइल्यान्ड टेलिफोन सङ्घको रूपमा नामाकरण गरिएको थियोे ।

सहकारी स्थिति परिवर्तन[सम्पादन गर्नुहोस्]

थामसिनको (थाइल्यान्डका राजनितिज्ञ) सरकारले व्यक्तिगत रूपमा निश्चित र सेलुलर सेवाहरूमा उत्पादन कर लगाएको थियोे र त्यसपछि टेलिकम कम्पनीले रकम र मजदूरी शुल्कबाट उत्पादित कर तिर्ने रकमको कटौती गर्न अनुमति दिइएको थियोे ।

डिसेम्बर २००९ मा, यसले थाइल्यान्डमा पहिलो ३ जी मोबाइल फोन सेवाको प्रदाता बन्यो र टिआेटि ३ जी मोबाईल, मार्फत ३ जी मोबाइल फोन सेवा सुरु गर्दै सन् २०११ को अन्त सम्ममा राष्ट्रव्यापी रूपमा सेवा पुर्‍याउने लक्ष्यको साथ अघि बढेको थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थाइल्यान्ड टेलिफान सङ्घका अध्यक्षहरूको मूल्याङ्कन", बौङ्कक पोष्ट, ३१ अगस्ट २०१६, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 
  2. "थाइल्यान्ड टेलिकम सङ्घले पुर्वाधार कोष स्थगित गरेको छ" बैङ्कक पोष्ट

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]