टेलिनर म्यानमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलिनर म्यानमार
တယ်လီနော မြန်မာ
उद्योगदूरसञ्चार
स्थापित२०१३; १० वर्ष अघि (२०१३)
केन्द्रीय कार्यालययाङ्गुन, म्यानमार
मुख्य व्यक्ति
सरद मेहरोत्रा (प्रमुख कार्यकारी अधिकृत)[१]
उत्पादनहरूदूरसञ्चार सेवा
मालिकटेलिनर
वेबसाइटआधिकारिक वेबसाइट

टेलिनर म्यानमार दक्षिणी पूर्वी एसियामा अवस्थित राष्ट्र म्यानमारमा आधारित एक दूरसञ्चार कम्पनी हो। यो कम्पनी एक प्रख्यात तथा अग्रणी नर्वेली बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनर समूहको सहायक कम्पनी हो।[२] कम्पनीको प्रधान कार्यालय म्यानमारको प्रमुख सहर याङ्गुनमा रहेको छ। टेलिनर म्यानमारले दोस्रो पुस्ता, तेस्रो पुस्ता र चौथो पुस्ता सेवाहरू पनि सञ्चालन गर्दै आइरहेको छ।

कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत सरद मेहरोत्रा हुन् जसले १ अक्टोबर २०१८ देखि प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनी पहिला सन् २०१३ देखि २०१५ सम्म टेलिनर म्यानमारका प्रमुख बजार अधिकृत रहेका थिए।

इतिहास[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१३ मा, टेलिनरले, म्यानमार सरकारले आह्वान गरेको मोबाइल अनुमति पत्रको लागि टेलिनरले सहभागीता जनाउँदै बोली लगाएको थियो। [३]

२७ जून २०१३ मा, टेलिनरलाई म्यानमारमा दूरसञ्चार विकासको लागि १५ वर्षको अनुबन्धसहित सम्मानित गरिएको थियो।[४]

टेलिनरले औपचारिक रूपमा म्यानमार सरकारसँग मोबाइल सञ्जाल सञ्चालन गर्नको लागि ५ फेब्रुअरी २०१४ मा अनुमति पत्र प्राप्त गरेको थियो। ७ अप्रिल २०१४ मा यसको मोबाइल सञ्जालको परीक्षण गरिएको थियो र २७ सेप्टेम्बर २०१४ मा देशका दुई प्रमुख सहर मण्डाले र यानगोनमा यसको सेवा आधिकारिक रूपमा सुरुवात गरिएको थियो। टेलिनरको सञ्जाल लगत्तै नेपिडवमा ४ अक्टोबर २०१४ मा सुरुवात गरिएको थियो र पछि २६ अक्टोबर २०१४ मा यसको सञ्जाललाई पुरै म्यानमार भरि फैलाइएको थियो।

जून २०१४ मा, टेलिनर म्यानमारले बर्मी विकिपिडिया समुदायलाई सहयोग पुर्याउन र नयाँ स्वयंसेवकहरू आबद्ध गराउन उदेश्य सहित पहिलो संयुक्त कार्यशालाको आयोजना गरेको थियो। बर्माी विकिपिडिया मञ्च डागन विश्वविद्यालयमा टेलिनर म्यानमारको साथमा आयोजित गरिएको थियो जसमा विद्यार्थीहरू सहित गरी २,००० भन्दा बढी व्यक्तिहरूलाई आकर्षित गर्न सफल भएको थियो।[५] [६]

नोभेम्बर २०१४ मा, टेलिनर म्यानमार र योमा बेङ्कको संयुक्त प्रयासमा म्यानमारमा मोबाइल बेङ्किङ सेवा प्रदान गरिने घोषण गरिएको थियो। [७] यो सेवाको मुख्य उदेश्य भनेको बेङ्क खाता नहुने व्यक्तिहरूको लागि वित्तीय सेवा प्रदान गर्नु थियो। [८] सन् २०१६ को आँकडा अनुसार, टेलिनर म्यानमारका १ करोड चालिस लाख प्रयोगकर्ताहरू रहेका थिए भने यो सङ्ख्या सन् २०१८ मा आएर १ करोड सत्तरी लाख पुगेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.telenor.com.mm/en/article/sharad-mehrotra-appointed-ceo-telenor-myanmar
  2. "Telenor Myanmar | Telenor Myanmar", टेलिनर म्यानमार, अन्तिम पहुँच २०१६-०५-०३ 
  3. "All eyes on the Myanmar leapfrog", अन्तिम पहुँच २०१३-०४-०५ 
  4. "Burma awards lucrative mobile phone contracts", बिबिसी समाचार, अन्तिम पहुँच २७ जुन २०१३ 
  5. "Telenor Group - Bringing Wikipedia to Myanmar", टेलिनर समूह 
  6. "တယ်လီနောသည်ဝီကီပီးဒီးယားဖိုရမ်ကို တက္ကသိုလ်တွင်အိမ်ရှင်အဖြစ်လက်ခံကျင်းပသည်", इलेभेन म्यानमार 
  7. जेम्स बार्टन (२५ नोभेम्बर २०१४), "Telenor readying mobile money with Yoma in Myanmar", डेभलपिङ टेलिकम्स, अन्तिम पहुँच २ अक्टोबर २०१५ 
  8. Jeremy Mullins and Aye Thida Kyaw (२४ नोभेम्बर २०१४), "‘Stay tuned’ for mobile banking services from Yoma and Telenor, say CEOs", म्यानमार टाइम्स, अन्तिम पहुँच २ अक्टोबर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट