ट्रान्स्फर्मर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ट्रान्स्फर्मर भनेको नेपालीमा रूपान्तर गर्नु भन्ने बुझिन्छ। त्यसकारण ट्रान्स्फर्मर भनेको एउटा यस्तो मेसिन् हो जसले एसि, करेन्टको भोल्टेज परिवर्तन गर्छ। यस यन्त्र चुम्बकको विद्युतिय उत्पादनमा आधारित छ। अर्थात् ट्रान्स्फर्मरले चुम्बकको विद्युतिय उत्पादनको सिद्धन्तमा काम गर्छ। र यसको काम गर्ने प्रक्रिया चाहि यसप्रकार छ। जब हामी ट्रान्स्फर्मरको प्राइमरि क्वाइल् जोडिएको दुईवटा तारहरूलाई एसि, करेन्टमा जोड्छौ तब त्यहा बिध्धुत्काको चुम्बकिय उपपादनको नियम् अनुसार चुम्बकिय क्षेत्र बन्छ। अर्थात् त्यहा चुम्बकिय शक्ति उत्पादन् हुन्छ। जसको कारणले त्यहा बेरिएको सेकेन्डरी क्वाईलमा चुम्बकिय शक्तिको विद्युतिय उपपादन्को नियम अनुसार् त्यस क्वाईल्मा विद्युत उत्पादन् हुन्छ। जुन विद्युतको भोल्टेज प्राइमरी र सेकेन्डरी क्वाइलमा भएका तारका फेरोको अनुपातमा परिवर्तन भएर आउँछ।