डब्ल्युडब्ल्युई स्म्याकडाउन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डब्ल्युडब्ल्युई स्म्याकडाउन
WWE SmackDown (2019) Logo.svg
४ अक्टोबर २०१९ देखि प्रयोग भएको स्म्याकडाउनको प्रतिक
शैलीव्यावसायिक कुस्ती
सर्जकभिन्स म्याकमेन
प्रस्तुतकर्ता
कलाकारहरूस्म्याकडाउनसँग सम्बन्धित खेलाडी तथा व्यक्तित्वहरू
सुरुवात 'गीत'
[२]
रचनाकार(हरू)अङ्गुसमालकोल्म योङ
निर्माण गर्ने देशFlag of the United States.svg अमेरिका
सत्रहरुको सङ्ख्या२०
भागहरूको सङ्ख्या१,०९१ (२४ जुलाई २०२० (2020-07-24) सम्म)
निर्माण
निर्माता(हरू)
क्यामरा सेटअपबहु-क्यामरा जडान
प्रसारण अवधि१२० मिनेट (विज्ञापन समावेश)
निर्माण कम्पनी(हरु)डब्ल्युडब्ल्युई
वितरकडब्ल्युडब्ल्युई
प्रसारण
मूल च्यानल
  • युपिएन (सन् १९९९–२००७)
  • द सिडब्ल्यु (सन् २००७–२००८)
  • माइ नेटवर्क टिभी
    (सन् २००८–२०१०)
  • साइफाई (सन् २०१०–२०१५)
  • युएसए सञ्जाल
    (सन् २०१६–२०१९)
  • फक्स (सन् २०१९–हाल)
  • फक्स देपोरतेस
    (सन् २०१९–हाल)
  • फक्स स्पोर्ट्स १ (सन् २०१९)
तस्वीर ढाँचा
  • मानक परिभाषित चित्रण
  • उच्च परिभाषित चित्रण[३]
  • ७२० चित्रपेशी (उच्च परिभाषित चित्रण)[३]
प्रथम प्रसारण२९ अप्रिल १९९९ (1999-04-29) – हाल (हाल)
कालक्रम
सम्बन्धित कार्यक्रमहरू
बाह्य कडीहरू
वेबसाइट

डब्ल्युडब्ल्युई स्म्याकडाउन, वा शुक्रबार रातिको स्म्याकडाउन वा सामान्य रूपमा स्म्याकडाउन, एक व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन २९ अप्रिल १९९९ मा, सुरु भएको थियो। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको स्म्याकडाउन ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरूको काम र प्रदर्शन तोकिएको छ। यसलाई हाल सोमवार रातिको साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।[४] स्म्याकडाउन हाल फक्स सञ्जालमा शुक्रबार राति प्रत्यक्ष रूपमा प्रसारित हुन्छ। ४ अक्टोबर २०१९ देखि सञ्जालको शुक्रवार रातको तालिकाको सम्पूर्णता भर्दै, फक्स देपोरतेसले यसलाई स्पेनी भाषामा उद्घोषणको साथ कार्यक्रमको अनुकरण गर्दछ।

स्म्याकडाउन संयुक्त राज्य अमेरिकामा युपिएन नामक प्रसारण सञ्जाल मार्फत सुरु भएको थियो र यसलाई पहिलोपटक बिहीबार राति प्रसारण गरिएको थियो। युपिएन र डब्ल्युपी एकापसमा गाभिएसँगै कार्यक्रम ९ सेप्टेम्बर २००५ मा शुक्रवारमा सरेको थियो र सेप्टेम्बर २००६ मा, यो द सिडब्ल्यु मार्फत प्रसारण भएको थियो। कार्यक्रम पछि, अक्टोबर २००८ मा माई नेटवर्क टिभीमा सरेको थियो।[५][६] १ अक्टोबर २०१० मा, स्म्याकडाउन केबुल सञ्जाल सायफायमा स्थानान्तरण भएको थियो र अन्ततः १५ जनवरी २०१५ मा, बिहिवार फर्किएको थियो।[७][८] यो कार्यक्रम ७ जनवरी २०१६ मा, युएसए सञ्जालमा सरेको थियो र पछि १९ जुलाई २०१९ मा स्म्याकडाउनले मङ्गलबारको रातमा प्रत्यक्ष प्रसारण गर्न सुरु गरेको थियो।[९] ४ अक्टोबर २०१९ मा स्म्याकडाउन फक्स सञ्जाल मार्फत प्रसारित हुँदै शुक्रबारमा सरेको थियो[१०][११][१२] जहाँ यो कार्यक्रम फक्सको सञ्जालमा दोस्रो पटक प्रसारण भइरहेको छ।[१३]

स्म्याकडाउन १६३ रङ्गमञ्च, १४८ सहर तथा क्षेत्र र सात देशहरू मार्फत प्रसारित हुन्छ। यो संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, इराक (सन् २००३ र सन् २००४ को ट्रिब्युट टु ट ट्रुप्समा), जापान (सन् २००५ मा), इटाली (सन् २००७ मा) र मेक्सिकोमा प्रत्यक्ष रूपमा प्रसारित हुन्छ। यसको हालको प्रत्यक्ष ढाँचामा फेरबदल गर्दा, अगाडि नै भरिएका शृङ्खलाहरू समय भेदका कारण केही घण्टा अघि आयरल्यान्ड र संयुक्त अधिराज्य र एक दिन अघि अस्ट्रेलिया, क्यानडा, सिङ्गापुर, र फिलिपिन्समा प्रसारण गरिएको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा फरक थियो। कार्यक्रमले आफ्नो १५औँ वार्षिकोत्सब १० अक्टोबर २०१० मा मनाएको थियो भने यसले १०००औँ शृङ्खला १६ अक्टोबर २०१८ मा, पुरा गरेको थियो।[१४]

३ मार्च २०१७ सम्म, कार्यक्रमका सबै अभिलेखिकृत शृङ्खलाहरू डब्ल्युडब्ल्युई सञ्जाल मार्फत माग अनुरूप अवलोकनको लागि उपलब्ध छन्। भर्खरको शृङ्खलाहरू मूल प्रसारित मिति पछिको ३० दिन पछि मागको आधारमा हेर्नका लागि उपलब्ध छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "WWE Premiere Week", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२६ 
  2. "WWE reveals new logos, graphics and theme songs for Raw and SmackDown shows", सिबिएस खेलकुद (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२३ 
  3. ३.० ३.१ "WWE Slams Into HD", TV Technology, मूलबाट मार्च १०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ९, २००८ 
  4. "NXT moves to USA Network", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच अगस्ट २२, २०१९ 
  5. Wallenstein, Andrew (२००८-०२-०८), "CW, "SmackDown" Part Ways", द हलिउड रिपोर्टर, मूलबाट २००८-०५-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०२-०९ 
  6. "MyNetworkTV Crowns WWE Its New Programming Champ", विश्व कुस्ती मनोरञ्जन, २००८-०२-२८, मूलबाट २०१०-०६-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-०७ 
  7. "SmackDown Goes SyFy", विश्व कुस्ती मनोरञ्जन, २०१०-०४-१३, मूलबाट २०१०-०४-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०४-१३ 
  8. फ्लिन्ट, जो (२०१०-०४-१२), "WWE's "SmackDown" Moving to Syfy", लस एन्जलस टाइम्स, अन्तिम पहुँच २०१०-०४-१३ 
  9. "SmackDown moves to Thursday nights", डब्ल्युडब्ल्युई, नोभेम्बर ६, २०१४। 
  10. कोन्दोलोगी, आमान्डा (अप्रिल ७, २०१५), "'WWE SmackDown' Moves to USA Network in 2016", TV by the Numbers, अन्तिम पहुँच अप्रिल ७, २०१५ 
  11. बाक्ले, अरिएना (अप्रिल ७, २०१५), "WWE SmackDown moves to USA Network", इन्टरटेन्मेन्ट विक्ली, टाइम निगम, अन्तिम पहुँच अप्रिल ८, २०१५ 
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 24Wrestling
  13. "SmackDown going live on USA Network on a new night with a distinct roster starting July 19", डब्ल्युडब्ल्युई, मे २५, २०१६, अन्तिम पहुँच मे २५, २०१६ 
  14. "Celebrate the 15th Anniversary of Smackdown - Friday Oct 10", डब्ल्युडब्ल्युई डटकम, डब्ल्युडब्ल्युई, सेप्टेम्बर २२, २०१४, मूलबाट अक्टोबर २१, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

ढाँचा:डब्ल्युडब्ल्युई ढाँचा:एनबिसी खेलकुद ढाँचा:फक्स खेलकुद ढाँचा:संयुक्त राज्य अमेरिकामा व्यावसायिक कुस्ती