भिन्स म्याकमेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिन्स म्याकमेन
डिसेम्बर २००६ मा म्याकमेन
जन्मभिसेन्ट केनेडि म्याकमेन
(1945-08-24) अगस्ट २४, १९४५ (उमेर ७८)
उत्तर क्यारोलाइना, अमेरिका
वासस्थानग्रिनविच, अमेरिका
शिक्षाफिसबर्न सैनिक विद्यालय
मातृ शिक्षाप्रतिष्ठानपूर्वी क्यारोलिना विश्वविद्यालय
पेशा
  • व्यावसायिक कुस्ती प्रवर्तक (उथ्थानकर्ता) र कार्यकारी
  • अमेरिकी फुटबल कार्यकारी
  • व्यापारी
कामदारविश्व कुस्ती मनोरञ्जन
अल्फा मनोरञ्जन
जम्मा सम्पति$३.५ अर्ब (सेप्टेम्बर २०१८)[१]
उपाधिडब्ल्युडब्ल्युईका अध्यक्षकार्यकारी अधिकृत
संस्थापक, अल्फा इन्टरटेन्मेन्ट
राजनीतिक दलगणतान्त्रिक
जीवनसाथी
लिन्डा म्याकमेन
(
वि १९६६)
सन्तानसेन म्याकमेन र स्टेफिनि म्याकमेन
मातापिताभिसेन्ट जे म्याकमेन
आफन्तजेस म्याकमेन (हजुरबुवा)
भिन्स म्याकमेन
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाममिस्टर म्याकमेन
भिन्स म्याकमेन
उत्पत्तिग्रिनविच
पदार्पण१९६९ (टिप्पणीकर्ता)
अप्रिल १३, १९९८ (कुस्ती खेलाडी)
परिवारम्याकमेन परिवार

भिन्स म्याकमेन (जन्म अगस्ट २४, १९४५) एक अमेरिकी व्यावसायिक कुस्ती उथ्थानकर्ता वा प्रवर्तक र कार्यकारी हुन्। उनी अमेरिकी फुटबलका कार्यकारी र व्यापारी पनि हुन्। सन् १९८० मा उनका बुबाले कम्पनी सम्हाले पछी, उनले डब्ल्युडब्ल्युईको संयुक्त क्षेत्र र दृश्य पछाडि काम गर्ने गर्दथे। उनी हाल डब्ल्युडब्ल्युईका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत र बहुमत मालिकको रूपमा सेवा गरिरहेका छन्। उनी अल्फा मनोरञ्जन नामक कम्पनीका संस्थापक पनि हुन् जो अमेरिकी फुटबल लिगको एक प्रमुख कम्पनी हो।

म्याकमेन एक उद्घोषक र व्यावसायिक कुस्ती खेलाडीको रूपमा एक विशेष मुकुटको प्रयोग गर्दथे र उनको रिङ नाम मिस्टर म्याकमेन रहेको छ जुन उनको वास्तविक जीवनको व्यक्तित्वमा आधारित छ। उनी दुई-पटक डब्ल्युडब्ल्युई विश्व विजेता पनि भएका थिए। उनी सन् १९९९ मा डब्ल्युडब्ल्युएफ विजेता र सन् २००७ मा इसीडब्ल्यू विश्व विजेता पनि भैसकेका छन्। उनले सन् १९९९ को रोयल रम्बलका पनि विजेता थिए। उनले १९९९ देखि २००० सम्म एकाधिक डब्ल्यूडब्ल्यूएफ / डब्ल्युडब्ल्युई भुक्तान कार्यक्रमको शीर्षमा आएका थिए र सन् २००० को रेसल मेनियामा द रकको लागि सहयोगीको रूपमा भाग जनाएका थिए। एकल प्रतियोगितामा, उनले पहिलाको डब्लुएफएफ / डब्ल्युडब्ल्युई विजेता रिक फ्लेयर, द अन्डरटेकर, शन माइकल्स र ट्रिपल एचको बिरुद्ध विजय हासिल गरेका थिए। उनले म्याकमेन परिवारको बाँकीका सदस्यहरूका साथमा प्रमुख प्राधिकारीको रूपमा उनी आफ्नो पछिल्ला र पर्दा अगाडि न‌ै विभिन्न भूमिकाहरू निर्वाह गर्ने गर्दछन्।

म्याकमेनले पूर्व कार्यकारी अधिकृत र वर्तमान अमेरिकी साना व्यवसाय प्रशासनका प्रशासक लिन्डा म्याकमेनसँग विवाह गरेका छन्ज सको साथ उनका २ जना सन्तान रहेका छन्, जसमा छोरा शेन र छोरी स्टेफिनी हुन्। उनी डब्लुडब्लूईका परिचालन अधिकृत/कुस्ती खेलाडी ट्रिपल एचका ससुरा हुन्। उनका ६ वटा नातिनातिनाहरू रहेका छन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

भिसेन्ट केनेडी केम्बर २४ अगस्ट, १९५३ मा पेनाहर्स्ट, न्यू साउथ वेल्समा जन्मिएका थिए।[२] उनी भिक्टोरिया (एस्किउ) र भिसेन्ट जेम्स म्याकमेनका कान्छा छोरा हुन्। उनको पिताले परिवारलाई छोडेपछि म्याकमेन त्यतिबेला पनि बच्चा थिए र उनको बुबा छोरा रडलाई उनको साथ लिएर गएका थिए। त्यसैले म्याकमेनले उनलाई बाह्र वर्षको उमेर छँदा पनि भेटेका थिएनन्।[३] उनका हजुरवुवाका वुवा जेस म्याकमेन पनि एक व्यावसायिक कुस्ती प्रवर्तक थिए जसका आमाबाबु गलवे जिल्लाका आयरल्यान्डेली मूलका थिए । [४][५] उनका हजुरवुवाका हजुरआमा, रोज डेभिस पनि आयरल्यान्डेली मूलकै थिइन्।[५] उनले आफ्नो अधिकांश बाल्यकाल आमा र सौतेनी बुवाका साथ बिताएका थिए। उनका सौतेनी वुबा लियो लुप्टनले उनकी आमालाई कुटपिट गर्दथे र म्याकमेनले उनलाई बचाउन जाँदा उनलाईनै आक्रमण गर्दथे। उनको भनाईका उनुसार,"यो दुर्भाग्यवश भयो कि मैले उहाँलाई मार्न पूर्व उहाँ आफै मर्नुभयो। मैले त्यो आनन्द मान्न सक्थेँ"।[६] उनले भर्जिनियामा रहेको फिसबर्न सैनिक विद्यालयबाट सन् १९६४ मा स्नातक गरेका थिए।[७] उनको प्रारम्भिक जीवनमा, उनले टोलाउने खालको रोगलाई पनि हराउन सफल भएका थिए।[८][९]

व्यापार कार्यकाल[सम्पादन गर्नुहोस्]

विश्वव्यापी कुस्ती सङ्घ (१९६९–१९७९)[सम्पादन गर्नुहोस्]

म्याकमेनले पहिलो पटक १२ वर्षको उमेर छँदा राजधानी कुस्ती निगम (अनुवादित नाम) (सीडब्ल्यूसी) का प्रर्वतक, उनकै बुबा भिन्सेन्ट जे म्याकमेनलाई भेटेका थिए। त्यसपछि, म्याकमेनले आफ्नो बुबाको व्यावसायिक कुस्तीलाई पछ्याउनेमा चासो राखे र प्रायजसो उनको साथ मेडिसन स्क्वायर गार्डनको यात्रा गर्न थालेका थिए। म्याकमेन एक कुस्ती खेलाडी बन्न चाहन्थे, तर उनका बुवाले उनलाई सो गर्नबाट रोकेका थिए।[१०]

सन् १९६८ मा, म्याकम्नले पूर्वी क्यारोलाइना विश्वविद्यालयबाट व्यापारिक स्नातकोत्तर हासिल गरेका थिए।[५] पछि, उनको बुवाको विश्वव्यापी कुस्ती सङ्ङमा प्रबन्धकीय भूमिकामा काम गर्न इच्छुक थिए (यद्यपि म्याकमेन आफ्नो छोराको व्यापारमा प्रवेशको विचारसँग खुसी थिएनन्)।[११] सन् १९६९ मा, म्याकमेन वल्ड वाइड रेस्लिङ फेडरेसनको अल-स्टार रेस्लिङको लागि एक रिङ् उद्घोषकको रूपमा आफ्नो पहिलो भूमिका निभाएका थिए।[१२] सन् १९७१ मा रे मोर्गानलाई प्रतिस्थापन गर्दै पछि प्रत्येक दूरदर्शनमा खेलहरूका लागि टिप्पणीकार बनेका थिए, उनले नोभेम्बर १९९७ भन्दा अघि सम्म नियमित रूपमा त्यस भुमिका निभाएका थिए।

सन् १९७० को दशकमा, म्याकमेनको आफ्नो पिताको कम्पनीमा प्रमुख बलको रूपमा उदाय भएको थियो।[१३] उनले कम्पनलाई वल्ड रेस्लिङ फेडरेसन (विश्व कुस्ती सङ्घ) (डब्ल्यूएफएफ) मा नामाकरण गर्नेमा जोड दिएका थिए। म्याकमेनले सन् १९७६ को मोहम्मद अली र एन्टोनियो इनोकी विचको कुस्ती खेल हुनुमा उनकै हात रहेको थियो।[१३] सन् १९९५ मा उनी र उनकी पत्नी लिन्डाले आफ्नो कम्पनी, टाइटन खेलकुदको स्थापना गरेकी थिइन् जसलाई सोही वर्षमा उद्घाटन गरिएको थियो।[१४] सन् १९८२ मा जब म्याकमेन ३७ वर्षका थिए, उनले आफ्ना बाबु मार्फत क्यापिटल रेस्लिङ कम्पनीको अधिग्रहण गरेका थिए भने उनको पिताको मृत्यु सन् १९८४ मा भएको थियोे।

वल्ड रेस्लिङ फेडरेसन/वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट/डब्ल्युडब्ल्युई (विश्व कुस्ती सङ्घ)[सम्पादन गर्नुहोस्]

सन् १९८० कुस्तीको सुनौलो युग[सम्पादन गर्नुहोस्]

२१ फेब्रुअरी १९८० मा म्याकमेनले औपचारिक रूपमा टाइटन खेलकुद नामक कम्पनीको स्थापना गरेका थिए र कम्पनीको प्रधान कार्यालय दक्षिण यर्माउथ, म्यासेचुसेट्समा स्थापना गरिएको थियो। उनीहरूले हाल निस्क्रिय रूपमा रहेको केप कोड रङ्गशालाको प्रयोग गरी उनले यसलाई कम्पनीको गृह आधारको रूपमा सञ्चालन गरेका थिए।[१५] डब्ल्युडब्ल्युएफको खरिदको समयमा, व्यावसायिक कुस्ती, क्षेत्रीय प्रचारकहरूद्वारा सञ्चालित एक व्यवसाय थियो। विभिन्न प्रर्वतकहरूले, एकअर्काको क्षेत्रहरूमा आक्रमण नगरिकन आआफ्नै ढङ्गले खेलहरू सञ्चालन गरेका थिए, किनभने यो अभ्यास दश वर्षका लागि पूर्वनिर्धारित गरिएको थियो। अन्य कुस्ती कम्पनीहरूले म्याकमेनको उद्योग कस्तो हुन सक्छ भन्ने कुरामा फरक दृष्टिकोण राख्दथे। सन् १९८३ मा, डब्ल्युडब्ल्युएफ नेशनल रेस्लिङ एलायन्समा दोस्रो पटक विभाजन भएको थियो, त्यसअघि सन् १९६३ मा विभाजन भएर पुनःस्थापना भई मिलेको थियो। नेशनल रेस्लिङ एलायन्स देशभरका सबै स्थानिय क्षेत्रहरू र टाढाको क्षेत्रमा जापानको पनि यो शासकीय निकाय रहेको थियो।

उनले कम्पनीको उत्तरपूर्वी अमेरिकाका बाहिरका क्षेत्रहरूमा प्रचारप्रसार गरी राष्ट्रिय रूपमा कम्पनी विस्तार गर्न थालेका थिग र उनले अमेरिकी कस्ती सङ्घ (एडब्ल्युए) जस्ता अन्य कम्पनीहरूबाट प्रतिभाशाली कुस्ती खेलाडीहरूको हस्ताक्षर गराउन सफल भएका थिए। उनले हल्क होगनलाई पनि आफ्नै कम्पनीमा भर्ती गराएका थिए र प्रतिद्वन्द्वी इलाकामा प्रसारण गर्न सुरु गरेका थिए। यद्यपि, म्याकमेन त्यतिबेला पनि डब्लुएफएफका उद्घोषककै रूपमा अगाडि बढिरहेका थिए। कुस्तीको क्षेत्रमा पप सङ्गीत कलाकारहरूको समावेश गरेर उनले द रक 'एन' रेस्लिङ कनेक्सन सृजना गरेका थिए। नतिजाको रूपमा, डब्ल्यूडब्ल्यूएफले आफ्नो समर्थकको आधारमा एक राष्ट्रिय मुख्यधारा दर्शकहरूलाई विस्तार गर्न सक्षम भएको थियो जसका कारण यो एमटिभी नामक चर्चित अमेरिकी दूरदर्शनले सञ्चालन गर्ने प्रोग्रामिङ नामक एक कार्यक्रममा खुलस्त रूपमा प्रदर्शित भएको थियो। मार्च ३१, १९८५ मा, उनले मेडिसन स्क्वायर गार्डेनमा पहिलो रेसलमनिया आयोजनन गरेका थिए जुन बन्द सर्किट दूरदर्शनहरूमा अमेरिकाका विभिन्न बजारहरूमा उपलब्ध रहेको थियोे।

सन् १९८० को दशकको अन्तमा, म्याकमेनले डब्ल्यूडब्ल्यूएफलाई एक नमुना खेल मनोरञ्जन ब्रान्डको आकार दिएका थिए जसले गर्दा यसले परिवारिक दर्शकहरूलाई आकर्षित गराएको थियो। कुस्तीमा कहिल्यै पनि ध्यान नदिनेहरूलाई पनि यसले आकर्षित गराउन सफल भएको थियो। उनले त्यसपछि अत्यधिक प्रचारको माध्यमले बढावा गरेर यसलाई दूरदर्शन मार्फत प्रत्यक्ष प्रसारण गरेका थिए। सन् १९८७ मा डब्लुएफएफले ९०,१७३ जना दर्शकहरूलाई पन्टियक सिल्भरडोम नामक रङ्गशालामा भित्र्याउन सफल भएको थियोे जसलाई "तेस्रो रेसलमेनिया"मा (खेलकुद मनोरञ्जन इतिहासमा सबैभन्दा ठूलो भीड) भनिन्छ, जसमा हल्क होगन र एन्ड्र्ड द जायन्ट बिचको प्रतिस्पर्धा मुख्य कार्यक्रममा राखिएको थियो।[१६]

मनोवृत्ति युग[सम्पादन गर्नुहोस्]

टेड टर्नरको विश्व च्याम्पियन कुस्ती (डब्ल्यूसीडब्ल्यू) विरुद्धको सङ्घर्ष पछि म्याकमेनले सन् १९९० को दशकको अन्तमा डब्लुडब्ल्युएफ विशिष्ट कुस्ती मञ्चको रूपमा पदोन्नति गरेका थिए र उनले नयाँ ब्रान्ड रणनीति सुरु गरेका थिए जसले गर्दा डब्ल्युडब्ल्युएफलाई विशिष्टताको सिखरमा फर्काउनु मद्दत गरेको थियो सन् १९९७ सर्भाइभर सिरिज नामक भुक्तान कार्यक्रमको बेलामा म्याकमेनले डब्ल्यूडब्ल्यूएफ विश्व विजेता ब्रेट हार्ट र सन माइकल्स बिच भएको प्रतियोगितामा उनले खेल बिचमै रोकि उपाधि सन माइकल्सलाई दिने निर्णय गरेका थिए।[१७] त्यसपछि म्याकमेनको एक नयाँ युगको सुरुवात गरेका थिए। म्याकमेन, जसले वर्षौं वर्षको लागि आफ्नो कम्पनीको स्वामित्व निभाएका थिए र प्रायः एक टिप्पणीकारको रूपमा चिनिन्थे। डब्ल्यूडब्ल्यूएफमा उनी दुष्ट मिस्टर म्याकमेनको रूपमा पनि चिनिएका थिए । उनले स्टोन कोल्ड स्टिभ अस्टिनको साथमा एक खतरनाक दुश्मनीको सुरुवात भएको थियो, जसले मालिकलाई चुनौती दिएका थिए। नतिजाको रूपमा, डब्ल्यूडब्ल्यूएफ अचानक आफुलाई राष्ट्रिय पप संस्कृतिको बीचमा भेट्टाउन पुग्यो र यसको साप्ताहिकको मण्डे नाइट र (नेपालीमा - सोमबार रातिको र) प्रसारणमा यसले लाखौँ दर्शकहरूको ध्यान खिच्न पुगेको थियो। यसले केबल दूरदर्शनमा सर्वोच्च मूल्याङ्कन गरिएका छनोटहरू बीच स्थान प्राप्त गरेको थियो।[१६]

अक्टोबर १९९९ मा, म्याकमेनले डब्ल्युडब्ल्युएफ कम्पनीको स्टकको प्रारम्भिक सार्वजनिक प्रस्तावको नेतृत्व गरेका थिए। म्याकमेनले २३ मार्च, २००१ मा टर्नर प्रसारण प्रणालीबाट डब्ल्यूसीडब्ल्यूको अधिग्रहण गरे त्यसको लगत्तै मण्डे नाइट्स वार (नेपाली - सोमबार राती युद्ध)को अन्त्य भएको थियो।[१८] १ अप्रिल, २००१ मा, एक्सट्रिम च्याम्पियनसिप रेस्लिङ ऋण तिर्न नसकेर टाँट पल्टिएका कारण डब्ल्यूडब्ल्यूएफ त्यस समयमा अन्तिम प्रमुख कुस्ती आयोजकको रूपमा रहेको थियो।[१९]

अन्य व्यापारिक सम्झौताहरू[सम्पादन गर्नुहोस्]

म्याकमेन, रोन किलिङ्ससँग ठट्टा गर्दै ट्रिब्युट टु द ट्रुप्स २००८ मा

सन् १९८५ मा भिन्स र लिन्डाले केप कोड कोलिजियम नामक रङ्गशाला र अटलान्टिक कोस्ट हकी लिगको, टिम केप कोड ब्युक्यानर्सलाई खरिद गरेका थिए। कुस्ती र हक्की वाहेक, तिनीहरूले गैर-गर्मीको महिनाहरूमा, हानेन र रस लगायतका रक ब्यान्डहरूका साथ रक कन्सर्टहरू बिक्री गर्न थालेका थिए। पारम्परिक रूपमा पर्यटकहरूको कमीका कारण यसले नाफा कमाउन नसकेको मानिन्छ। यस उद्यमले गर्दा म्याकमेन रङ्गमञ्च प्रबन्धकहरूको अन्तर्राष्ट्रिय सङ्घमा प्रवेश गरेका थिए जसले गर्दा उनले रङ्गमञ्च प्रबन्ध अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमार्फत अन्तर्राष्ट्रिय व्यवसायको विवरण र अन्य प्रबन्धकसँग सञ्जाल विस्तार गर्ने अवसर प्राप्त गरेको थिए जसले गर्दा, लिन्डाले पछिल्ला दिनहरूमा "डब्लुडब्ल्युई" सफलताको लागि "ठूलो फाइदा" भएको बताएकी थिइन्।[२०]

सन् १९९९ मा, म्याकमेनले वर्ल्ड बडी बिल्डिङ फेडरेसनको (शरीर बनाउने संस्था) स्थापना गरेका थिए।[२१]

सन् २००० मा, म्याकमेन पुन: व्यावसायिक कुस्तीबाट बाहिर गई एक्सएफएल, एक व्यावसायिक अमेरिकी फुटबल लिग को सुरुवात गरेका थिए। लिग फेब्रुअरी २००१ मा सुरु भएको थियो, म्याकमेनले पहिलो खेलमा उपस्थित जनाएका थिए। तथापि, एक्सएफएल कम दूरदर्शन मूल्याङ्कनहरूको कारणले एक संस्करण पछि तुरुन्तै बन्द भएको थियो।[२२]

फेब्रुअरी २०१४ मा, म्याकमेनले इन्टरनेट प्रवाह सेवा डब्ल्युडब्ल्युई सञ्जालको सुरुवात गर्नमा सहयोग पुर्‍याएका थिए।

सन् २०१७ मा, म्याकमेनले व्यक्तिगत रूपमा एक डब्लुडब्ल्यूईको एकाइबाट भिन्नै अल्फा मनोरञ्जनको स्थापना गरेका थिए। म्याकमेनले २५ जनवरी, २०१८ नयाँ कम्पनीको सन्दर्भमा एक प्रमुख घोषणाको प्रत्यक्ष प्रसारण गरेका थिए। प्रत्यक्ष प्रसारणको समयमा, म्याकमेनले एक्सएफएलको पुनरुत्थानको घोषणा गरेका थिए।[२३]

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

वल्ड वाइड/वल्ड रेस्लिङ फेडेरसन/इन्टरटेनमेन्ट/डब्ल्युडब्ल्युई (विश्व कुस्ती सङ्घ/मनोरञ्जन)[सम्पादन गर्नुहोस्]

उद्घोषक/टिप्पणीकर्ता (सन् १९७१–१९९७)[सम्पादन गर्नुहोस्]

मिस्टर म्याकमेन चरित्रको रूपमा विकास हुनु भन्दा अगाडि, म्याकमेन मुख्य रूपमा दूरदर्शनमा एक टिप्पणीकारको रूपमा आएका थिए। सन् १९६९ मा, म्याकमेन वल्ड वाइड रेस्लिङ फेडरेसनको अल-स्टार रेस्लिङको लागि एक रिङ् उद्घोषकको रूपमा आफ्नो पहिलो भूमिकामा कार्य सञ्चालन गरेका थिए। सन् १९७१ मा रे मोर्गानलाई प्रतिस्थापन गर्दै पछि प्रत्येक दूरदर्शन खेलहरूका लागि उनी टिप्पणीकार बनेका थिए। उनका वुबा भिन्सेन्ट जे म्याकमेनसँग रे मोर्गानलाई तिर्नु पर्ने रकममा परेको विवादका कारण उनलाई भिन्सले प्रतिस्थापन गर्ने मौका प्राप्त गरेका थिए। उनका वुबाले मोर्गनको माग पुरा नगरिकननै कम्पनी बर्खास्त गरेका थिए र उनको साट्टो आफ्नै छोरा भिन्सलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। उनको लागि, यो केहि सम्झौता पनि थियो, किनकि यसले उनलाई दूरदर्शनमा देखा पारेको थियोे। म्याकमेन एक कुस्ती खेलाडी बन्न चाहन्थे, तर उनका बुवाले उनलाई सो गर्नबाट रोकेका थिए।[१०]

खेल बाहेक, म्याकमेनले अन्य डब्ल्यूडब्ल्यूएफ कार्यक्रमहरूको पनि आयोजना गरेका थिए। उनले ब्ल्याक सटर्डे नामक कुस्ती कार्यक्रमको, टिबिएस (एक अमेरिकी दूरदर्शन) मार्फत डब्ल्यूडब्ल्यूएफ कार्यक्रमको स्थापना गरेको थियो, जसमा डब्ल्यूडब्ल्यूएफले जर्जिया च्याम्पियनसिप रेस्लिङ अधिग्रहण गरेको कुरा सार्वजनिक गरेका थिए। यसकै आधारमा सञ्चालनमा रहेको डब्ल्युसीडब्ल्यु सटर्डे नाइट नामक एक दूरदर्शनमा प्रसारण गरिने कार्यक्रमको पनि अधिग्रहण गरेका थिए। त्यसपछि उनले यस कार्यक्रमलाई जिम क्रकेट प्रोमोसन्स नामक अर्को कुस्ती मञ्चलाई बेचेका थिए। उनले अन्ततः जिम क्रकेट प्रोमोसन्स उत्तराधिकारी कम्पनी, विश्व च्याम्पियनसिप कुश्तीलाई, सन् २००१ मा एओएल टाइम वर्नर मार्फत प्राप्त गरेका थिए।

म्याकमेन पर्दामा प्रायः "मिस्टर म्याकमेन"को पहिचानले उनको कार्यकालको सुरु भएको थियो, उनी एक टिप्पणीकार वा आयोजकको रूपमा केहि समय मात्र डब्ल्यूएफएफ दूरदर्शनमा भौतिक परिवर्तन भएको थियो। सन् १९९५ मा, जब आन्द्रे द जायन्टले ट्युस्डे नाइट टिटान्स नामक दूरदर्शन कार्यक्रममा एक अन्तरबार्ताको समयमा उनले म्याकमेनले पहिलो रेसलम्निया भएको उनको र बिग जोन स्टुडसँगको खेलको बारेमा केही प्रश्नहरू सोध्दा उनलाई आन्द्रे द जायन्टले कलरमा समातेर धम्की दिएका थिए। सेप्टेम्बर २८, १९९१ डब्ल्युडब्ल्युएफ सुपरस्टार अफ रेस्लिङको एक शृङ्खलामा, रोडि पिपरले खुम्च्याइएको स्टिलको कुर्सीले रिक फ्लेयरलाई हान्न खोज्दा उनले झुक्केर म्याकमेनलाई प्रहार गरेका थिए जसले गर्दा म्याकमेनलाई त्यस रङ्गमञ्चबाट स्ट्रेचरमा (बिरामी बोक्न साधन वा खाट) हाली अस्पताल पुर्याइएको थियोे र फेरि ८ नोभेम्बर १९९३ मा सोमबार रातिको र को एक शृङ्खलाको बेलामा रेन्डि स्याभेजले क्रसलाई प्रहार गर्ने खोजेका थिए जसमा उनले रोक्न खोज्दा उनी रेन्डि स्याभेजसँग ठोकिएर घाइते हुन पुगेका थिए। मे २६ १९९० मा, डब्ल्युडब्ल्युएफ सुपरस्टार अफ रेस्लिङको एक शृङ्खलाको द ब्रदर्स लभ सो नामक एक कार्यक्रममा अर्थक्वेक (कुस्ती खेलाडी) ले हल्क होगन त्यस रङ्गमञ्चबाट छिटो बाहिर नगएको भन्दै उनलाई आक्रमण गरेका थिए जसले गर्दा म्याकमेनले त्यहाँ उपस्थिति कर्मी र चिकित्सकहरूलाई झपारेका थिए।

संयुक्त राज्य कुस्ती सङ्घ (सन् १९९३)[सम्पादन गर्नुहोस्]

मिस्टर म्याकमेन चरित्र पहिलो पटक देखिएको थियो जहाँ सन् १९९३ मा डब्ल्यूडब्ल्यूएफमा उनलाई खलनायकको रूपमा चित्रण गरिएको थियो। म्याकमेनको (डब्ल्युडब्ल्युएफका मालिक) र जेरी लवेरसँग (त्यतिबेलाका संयुक्त राज्य कुस्ती सङ्घका मालिक) द्वन्द्व चर्किएको थियोे। यसै द्वन्दका क्रममा, म्याकमेनले "व्यावसायिक कुस्तीका राजा" को नाममा कहलिएका जेरी लवेरलाई गद्धीबाट उतार्नु विभिन्न कुस्ती खेलाडीहरूलाई मेम्फिस पठाइदिएका थिए। उनले एक खेल हेर्न आएका जेरी लवेरलाई उनी बसिरहेको ठाउँमा गई मुक्का हानेका थिए। यसै क्रममा, म्याकमेनलाई डब्ल्युडब्ल्युएफका मालिक रहेको कुरा सार्वजनिक गरिएको थिएन र यो द्वन्दलाई पनि दूरदर्शन मार्फत सार्वजनिक गरिएको थिएन। उनिहरू दुबै जना रेन्डि स्याभेजको साथमा सुपरस्टार नामक कार्यक्रममा उद्घोषकको भुमिकाका रहेका थिए। यसै द्वन्दले गर्दा समरस्ल्याममा जेरी लवेर र ब्रेट हर्टको कुस्ती खेल तय भएको थियो।[२४] जेरी ल्वेर र टटाङ्क बिच परेको संयुक्त राज्य कुस्ती सङ्घको उपाधि खेलमा टाटङ्काले जेरी लवेरलाई पराजित गर्दै उपाधि हात परेका थिए। उक्त प्रतिस्पर्धामा टटाङ्काको साथीको रूपमा म्याकमेन रहेका थिए जसले उनले उपाधि भिर्दा जेरी ल्वेरलाई घुरेर हेरेका थिए।[२५] यस द्वन्द मेम्फिसमा रहँदा जेरी लवेरले एउटी वालिकालाई बलात्कार गरेको आरोप उनमा रहेको थियो र पछि यो आरोप झुटो रहेको उनले बताएकी थिइन् जसले गर्दा उनी र म्याकमेन बिच चर्केको द्वन्दको अन्त्य भएको थियो।[२६] जेरी लवेरलाई डब्ल्युडब्ल्युएफबाट निकालिएता पनि उनी फेरि केही समय पछि फर्केका थिए।

मिस्टर म्याकमेन चरित्रको सुरुवात (१९९६–१९९७)[सम्पादन गर्नुहोस्]

सन् १९९६ को अन्त्य वा १९९७ मा, म्याकमेन डब्ल्युडब्ल्युएफ दूरदर्शनको मालिकको रूपमा बिस्तारै चिनिएका थिए तर उनी कम्पनीको लागि भने हरेक खेलमा उद्घोषककै भुमिका सम्हाली रहेका थिए। १७ मार्च १९९७ मा ब्रेट हर्टले साइको सिड (कुस्ती खेलाडी)सँग आफ्नो डब्ल्युडब्ल्युएफ विश्व विजेता स्टिल केज म्याचमा गुमाएका थिए। त्यसपछि पनि म्याकमेन, हर्टको निन्दा गर्दै पुन: टिप्पणीकर्ताको रूपमा फर्किएका थिए।

ब्रेट हर्टले मा आफ्नो उपाधि गुमाएपछि पनि उनले उद्घोषकको भूमिकामा आफ्नो कार्य जारी राखेका थिए। सेप्टेम्बर २२, १९९७ मा जब ले आफ्नो म्याडिसन स्क्वायर गार्डनबाट पहिलो प्रसारण गरेको थियोे त्यतिबेला ब्रेट हर्टका दाइ ओवेन हर्टले उपस्थित मानिसहरूलाई भाषण लिएका थिए। भाषणको बेलामा, स्टोन कोल्ड स्टिभ अस्टिन र न्युयोर्क प्रहरी बिभागका ५ जना अधिकारी सहित त्यस रिङमा आई उनको बेइज्जत गरेका थिए। सुरुवातमा स्टोन कोल्ड स्टिभ अस्टिनले उपस्थित अधिकारीहरूलाई आक्रमण गर्न खोजेको जस्तो देखिएको थियोे। त्यसपछि म्याकमेन त्यहाँ डौडिएर आई उनी सकुशल नरहेको कुरा ओवेन हर्टलाई जानकारी दिएका थिए। ओवेन हर्ट र स्टोन कोल्ड स्टिभ अस्टिन बिच समरस्ल्याममा भएको प्रतिस्पर्धात्मक कुस्ती खेलमा ओवेनले उनलाई आफ्नो प्रमुख चाल पाइलड्राइभर (उचालेर उल्टो बनाइ टाउको भुइँमा टोक्काउने) हानेका कारण उनको घाँटी भाँचिएको थियो। म्याकमेनले डब्ल्युडब्ल्युएफले स्टोन कोल्डको सकुशल नभइन्जेल सम्म उनको सुरक्षा गर्ने उनलाई प्रष्ट पारेका थिए। सोही बेलामा अस्टिनले म्याकमेनले स्टनर नामक आफ्नो कुस्तिको एक चाल सहित हमला गरेका थिए जसले गर्दा उनी उसले गरेको काण्ड देखेर छक्क परेका थिए। अस्टिनलाई अनुमति बिना मनलाग्दी गरेकोमा र प्रहरी अधिकारीहरू माथि हात उठाएको भन्दै उनलाई हिरासतमा लिइएको थियोे। यही उनको म्याकमेनलाई आक्रमण गरेकाले उनी र म्याकमेन बिचको द्वन्दको सुरुवात भएको थियो।

सन् १९९७ को सरभाइभर सिरिजको प्रमुख खेलमा, ब्रेट हर्टले, लामो समय देखिका दुश्मन सन माइकल्ससँग भएको खेलमा उनले आफ्नो उपाधि सफलतापूर्वक बचाउन सफल भएका थिए। उक्त प्रतिस्पर्धाको बेलामा, सन माइकल्सले ब्रेट हर्टले अनको आफ्नै आत्मसमर्पण युक्त चाल सार्पसुटर (खुट्टा उड्काउने खालको चाल) अपनाएका थिए जसमा उनले आत्मसमर्पण नगर्द नगर्दै पनि म्याकमेनले आदेश दिएका कारण निर्णायकले खेल रद्द भएको भन्दै घण्टी बजाउन अनुमति दिएका थिए जसले गर्दा हर्ट उपाधि बिहिन बनाइएका थिए र फल स्वरूप माइकल्स विश्व विजेता वन्न सफल भएका थिए। यस घटनालाई अङ्ग्रेजीमा "मोन्ट्रिएल स्क्रुजब" पनि भन्ने गरिएको छ। यस घटनाको लगत्तै म्याकमेनले मुख्य टिप्पणीकर्ता वा उद्धोषकको पद त्यागी र जिम रोजलाई उनको पद सम्हाल्ने जिम्मेवारी दिइयो। यस पछि मिस्टर म्याकमेनको (चरित्र) उदय भएको थियो।

स्टोन कोल्ड स्टिभ अस्टिनसँगको द्वन्द (१९९७–१९९९)[सम्पादन गर्नुहोस्]

डिसेम्बर १९९७ इज वारको बेलामा (हालको सोमबार रातिको र) डि-जेनेरेसन एक्स: इन योर हाउस नामक भुक्तान दूरदर्शन कार्यक्रम पछिको एक रात, म्याकमेनले स्टोन कोर्ल्ड स्टीभ अस्टिनले जिम रोज र म्याककेन जस्ता डब्ल्युडब्ल्युएफका बिशिस्ट पदमा रहेका टिप्पणीकार र उद्घोषकहरूलाई देखाएको व्यवहार र मनोवृत्तिको बारेमा कुरा ब्यक्त गरेका थिए। मिस्टर म्याकमेनले द रकसँगको पुनर्खेलमा आफ्नो अन्तरमहमदेशीय उपाधिको लागि खेल्नु पर्ने भन्दै एक कुस्ती खेल माग गरेका थिए। त्यसको अघिल्लो खेलमा, अस्टिनले आफ्नो सानो खाले कार जस्तो सानो ट्रकको प्रयोग गरी द रक र नेसन अफ डोमिनेसन (द रक सहित ४ जनाको कुस्ती समूह) लाई आक्रमण गरेका थिए। अस्टिनले द रकलाई आफ्नो उपाधि प्रदान गर्ने निर्णय गरेका थिए तर त्यसको सट्टामा अस्टिनले आफ्नो प्रमुख चाल स्टोन कोल्ड स्टनर प्रहार गरी म्याकमेनलाई रिङबाट बाहिर फाल्दिएका थिए।

१९ जनवरी १९९८ मा, र इज वारको एक शृङ्खलामा म्याकमेनले माइक टाइसनलाई रिङको मुख्य उद्घोषकको रूपमा चुनेका थिए। म्याकमनले घोषण गर्नु पूर्व, रेसलमनिया १४ मा स्टोन कोल्ड स्टिभ अस्टिन र सन माइकल्स बिचको एक प्रतिस्पर्धात्मक खेलका, लागि टाइसन रिङ बाहिर एक सहयोगीको रूपमा रहने बताइएको थियो। त्यसै बिच अस्टिनले उनले भनाइ राख्दा राख्दै उनलाई बिचमै रोकि रिङ् भित्र आएर आफ्नो माझी अौँला उनको निधारमा देखाई जिस्काएका थिए। त्यसै क्रममा उनिहरू बिच हात हालाहाल भएको थियोे र डब्ल्युडब्ल्युइका सुरक्षा दल त्यहाँ आएर दुई जनालाई छुट्याएका थिए। त्यो घटनाले गर्दा म्याकमेन रिसाएका थिए र उनलाई गालि समेत दिएका थिए।

२ मार्च को र इज वारको एक शृङ्खलाको बिच, माइक टाइसनले डब्ल्युडब्ल्युई विश्व विजेता सन माइकल्स र ट्रिपल एच लगायतका अरु सदस्यहरूका साथ डि-जेनेरेसन एक्सको सदस्य भएका थिए। त्यसको ठ्याक्कै एक साता पछि, अस्टिनले म्याकमेनलाई बोलाई टाईसनले सन माइकल्ससँग मिलेको कारण बारेमा सोधेका थिए। अस्टिनले मौलिक रूपमा म्याकमेनलाई दुर्व्यवहार गरेका थिए र उनलाई उत्तेजित बनाईदिएका थिए जसका कारण उनलाइनै प्रहार गर्न खोजेका थिए तर म्याकमेनले केही समय पछि रिङ छाडेका थिए। त्यको फेरि एक हप्ता पछिको र इज वारमा, उनले अस्टिनलाई प्रहार वा आक्रमण नगरेको कुरा उपस्थित सबैलाई जानकारीअनुसार दिएका थिए। उनले आफ्नै कारण रेसलमेनियाको मेन इभेन्ट (मुख्य खेल वा अन्तिम प्रस्तुति) मा रहेको स्टोन कोल्ड स्टिभ अस्टिन र सन माइकल्स बिचको उपाधिको लागि घोषित भएको खेललाई नरोक्न चाहेको पनि जानकारी दिएका थिए। उनले अस्टिनको भाँचिएको बङ्गाराले खेल्न अस्टिन असमर्थ हुन सक्ने बताएका थिए। त्यस पश्चात् रेसलमेनिया १४ को मेन इभेन्टमा म्याकमेन अस्टिन र सन माइकल्स बिचको खेलमा उपस्थित थिएनन् तर रिङ बाहिर रहेका माइक टाइसनले सन माइकल्सलाई धोका दिएर उनमाथिनै लुकिछिपि प्रहार गरी अस्टिनलाई डब्ल्युडब्ल्युइ विश्व विजेता बन्न अत्यन्तै ठूलो सहयोग पुर्याएका थिए।

रेसलमेनिया १४ मा परेको सन माइकल्स र अस्टिनको खेल जिती डब्ल्युडब्ल्युएफ विश्व विजेता बनेका अस्टिनलाई, त्यसको १ दिन पछि मार्च ३० को इज वारको बेलामा म्याकमेनले एक नयाँ डब्ल्युडब्ल्युएफ पेटि उनलाई हस्तान्तरण गरेका थिए र अस्टिनलाई उनको विद्रोही प्रकृतिको अनुमोदन नगरेका कारण चेतावनी दिएका थिए। त्यस लगत्तै अस्टिनले म्याकमेनलाई आफ्नो अन्तिम चाल स्टोन कोल्ड स्टनर २ पटक प्रहार गरी त्यसको उत्तर दिएका थिए। अप्रिल १३ को र इज वारको एक शृङ्खलामा, अस्टिन र म्याकमेनको खेल तय भई भिडन्त परेको थियोे र जुन खेल बिचम‌ै मिक फोलीले हस्तक्षेप गरेका कारण त्यो खेल कसैले पनि जितेका थिएनन्।

यो घटना पश्चात् जुन १०, १९९६ पछि र ले डब्ल्युसिडब्ल्युको निट्रो नामक कुस्ती कार्यक्रममा मूल्याङ्कनमा हराएको थियोे जसका कारण अनफर्गिभन नामक भुक्तान दूरदर्शन कार्यक्रममा अस्टिनलर लभबीच कुस्ती खेल भएको थियो जसमा म्याकमेन रिङको छेउमा बसेर लभलाई उपाधि जिताउनमा सहयोग गरिरहेका थिए। लभले उक्त खेलमा अस्टिनले म्याकमेनलाई स्टिलको कुर्सीले प्रहार गरेका कारण बिचमै रद्द गरिएको थियो। अस्टिनले सोही खेल सामान्य खेलको नियम अनुसार आत्मसमर्पण वा पिन फल मार्फत लभले नजितेकाले डब्ल्युडब्ल्युएफको उपाधि भने परिवर्तन भएको थिएन। उनिहरू बिचनै भएको ओभर द एज: इन योर्र हाउस नामक कार्यक्रम भएको पुनर्खेलमा अस्टिनले आफ्नो उपाधि गुम्न दिएनन् जुन खेलमा म्याकमेनका सहयोगी गेराल्ड ब्रिस्को र प्याट प्याटरसन उक्त खेलमा क्रमशः समय रक्षक र रिङ उद्धोषक रहेका थिए भने म्याकमेन चाहीँ निर्णायक बनेका थिए। खेलमा लभले प्रहार गरेको कुर्सीले म्याकमेनलाई लागेको थियो जसका कारण अस्टिनले उनलाई झुक्याएर स्टोन कोल्ड स्टनर प्रहार गरी म्याकमेनकै हातको प्रयोग गरी ३ सम्म गनि उक्त खेल आफ्नो पक्षमा पारेका थिए।

सन् १९९८ पछि म्याकमेन अस्टिनको उनमाथिको व्यवहार र उनी डब्ल्युडब्ल्युएफ विश्व विजेताको रूपमा रहिरहेको हेर्न चाहदैनथे। म्याकमेनले एउटा नयाँ योजना बनाएका थिए जसमा उनले द अन्डरटेकर र केन जस्ता बलिया र शक्तिशाली खेलाडीसँग उनको त्रिपल थ्रेट म्याच (३ जना एक एक्लो) ब्रेकडाउन: इन योर्र हाउसमा नामक डब्ल्युडब्ल्युएफको एक कार्यक्रममा हुने भनेर तय गरिएको थियोे। उक्त खेलमा द अन्डरटेकर र केन दुबैले उनलाई क्रमश हराएका थिए जसका कारण अस्टिनले आफ्नो उपाधि गुमाउन पुगेका थिए। तर खेलमा विजेता भने घोषित गरिएको थिएन्। सोही रात, म्याकमेनले नयाँ डब्ल्युडब्ल्युएफ विजेताको नाम घोषण गर्न लागेका थिए र उनले त्यही क्रममा केन र अन्डरटेकरलाई रिङमा आउन आग्रह समेत गरेका थिए। उनले दुबै जनाले उक्त उपाधिको हकदार रहेको कुरा बताए लगत्तै अस्टिन त्यहाँ हिउँमा चलाउने सवारी साधन लिएर आई म्याकमेनलाई आक्रमण गरेका थिए र केन र अन्डरटेकरले भने म्याकमनलाई अस्टिनबाट बचाउन असमर्थ रहेका थिए र केही समय पछि प्रहरी दल त्यहाँ आई अस्टिनलाई हिरासतमा लिएका थिए जसका कारण म्याकमेनले विजेताको नाम घोषण गर्न पाएका थिएनन्। उक्त घटना पछि म्याकमेनले द अन्डरटेकर र केन बिचको खेल जजमेन्ट डे नामक डब्ल्युडब्ल्युएफको वार्षिक कार्यक्रममा तय गरिदिएका थिए र खेलका निर्णायक भने अस्टिनलाई रोजेका थिए। केन र अन्डरटेकरले दुई मित्र बिच खेल राखेको भन्दै उनलाईनै आक्रमण गरेका थिए जसका कारण उनको गोलि गाँठा अशक्त बनेको थियोे।[२७]

जजमेन्ट डेमा पनि नयाँ विजेताको नाम घोषित नभएपछि अस्टिनले आफुलाई आफैलाई विजेता घोषण गरेका थिए जब उनले दुवै द अन्डरटेकर र केनलाई ३ गन्दा सम्म नच्ल्ने स्थितिमा पुर्‍याएका थिए। म्याकमेनले फेरि डब्ल्युडब्ल्युएफ उपाधि सन् १९९८ को सरभाइभर सेरिजमा उपाधिको लागि खेल हुने आदेश जाहेर गरेका थिए। द अन्डरटेकर र केनले म्याकमेनलाई घाइते बनाएपछि, मेनकाइन्डले (कुस्ती खेलाडी) उनलाई भेट्न भनेर अस्पताल पुगेका थिए[२८] र उनीहरू किच गोप्य कुरा समेत भएको थियो र म्याकमेनले फाईनलमा उनको स्थान पक्का गरिदिने आश्वासन दिएका थिए। म्याकमेनले, मेनकाइन्डलाई उनको कुस्ती खेल्ने तरिकाबाट प्रसन्न भई उनलाई हार्डकोर च्याम्पियनसिप नामक एक उपाधि प्रदान गरेका थिए। सुरुवातमा म्याकमेनले, मेनकाइन्ड र द रकको उपाधि खेलमा उनलाई सहयोग गरेको जस्तो देखिएको थियो तर द रकले म्याकमेन तर्फ ध्यान लगेका कारण उनले मेनकाइन्डलाई धोका दिएका थिए र उक्त खेलमा द रकले सार्पसुटर नामक प्रचलित खुट्टा बटार्ने चाल चलेपछि पनि उनले आत्मसमर्पण नगरेकाले म्याकमेनले निर्णायकलाई घण्टी बजाउन निर्देशन दिएका थिए जसका कारण द रक डब्ल्युडब्ल्युएफ विजेता बनेका थिए। यो एक वर्ष अगाडि भएको सन माइकल्स र ब्रेट हर्ट बिचमा भएको खेलमा यही गरेका म्याकमेनले त्यहाँ पनि उक्त हरकत देखाएका थिए।[२८] म्यकमेनले द रकलाई (अङ्ग्रेजीमा) "कर्पोरेट च्याम्पियन" भन्न रूचाउँदथे जसका कारण उनले द रक र उनकै आफ्नै छोरा सेनसँग मिली एक समूह गठन गरेका थिए।[२९] रक बटम: इन योर्र हाउस नामक डब्ल्युडब्ल्युएफको एक कार्यक्रममा मेनकाइन्ड र द रक बिच भएको खेलमा द रकले आत्मसमर्पण गरी आफ्नो उपाधि गुमाएका थिए तर म्याकमेनले भने आफ्नो अधिकारको दुरुपयोग गरी द रकलाईनै विजेता घोषण गरिदिएका थिए।[३०] म्याकमेनले कर्पोरेट रम्बलमा आफ्नो नाम दर्ता नभएतापनि उपस्थिति जनाई भाग लिएका थिए तर उनलाई चाइनाले उक्त खेलबाट उनलाई हटाइदिएकी थिइन्।

डिसेम्बर १९९८ मा, म्याकमेनले द अन्डरटेकर र अस्टिन बिचको खेल विशेष हुने बताएका थिए जसमा उक्त खेल बुरिड अलाईभ म्याच (जमिनमा गाड्ने खालको खतरनाक खेल) राखेका थिए र त्यसको विजेताले रोयल रम्बलमा आफ्नो स्थान सुरक्षित गर्ने पनि प्रस्ट परेका थिए जसका कारण उनको र स्टोन कोल्ड स्टिभ अस्टिन बिचको लामो समय देखि चलिआएको दुश्मनी फेरि सुरुवात भएको थिए। अस्टिनले उक्त खेलमा केनको सहायताले अन्डरटेकरलाई पराजित गरेका थिए। रोयल रम्बलमा अस्टिनलाई खेलबाट निकाल्नेलाई म्यामेनले १ लाख अमेरिकी डलर दिने घोषण गरेका थिए।[३१] रोयल रम्बलको बेलामा, अस्टिनलाई महिलाको स्नानकक्षमा कर्पोरेसनका तीन जना मिली उनलाई आक्रमण गरेका थिए। सोही खेलमा, अस्टिन र म्याकमेन डोरी तलबाट निस्किएका थिए। रोयल रम्बलमा निस्किनका लागि डोरी माथिबाट खसी दुबै खुट्टाले भुइँमा छुनपर्ने नियम रहेका कारण दुई जानै बाहिरिएका थिएनन्। द रकले अस्टिनलाई झुक्यादिएका थिए सोही मौका छोपेर म्याकमेनले अस्टिनलाई डोरीबाट खसालेर रोयल रम्बलका विजेता वनेका थिए जसका कारण उनले रेसलमेनिया १५ मा द रकसँग डब्ल्युडब्ल्युएफ उपाधिका लागि खेल खेल्ने अवसर प्राप्त गरेका थिए। तर डब्ल्युडब्ल्युएफका आयुक्त सन माइकल्सले त्यस उपाधि भने अस्टिनलाई प्रदान गरेका थिए[३२] जसले गर्दा म्याकमेन रिसले चुर परेका थिए। अस्टिनले भने उनको डब्ल्युडब्ल्युएफ विश्व च्याम्पियनसिप उनले म्याकमेनको बिरुद्धमा रहने घोषण गरेका थिए। उक्त खेल इन योर्र हाउस: सेन्ट भ्यालेन्टाइन्स डे मासाकेयर नामक पे पर भ्युमा तय गरिएको थियोे र सोही खेल स्टिल केज म्याच रहने बताइएको थियोे। प्रतिस्पर्धात्म उक्त खेल हुदै गर्दा बिग सोले (कुस्ती खेलाडी) खेलमा बाधा बन्न आइपुगेका थिए जुन उनको डब्ल्युडब्ल्युएफमा पहिलो उपस्थिति समेत रहेको थियो। उनले अस्टिनलाई जालिबाट बाहिर धकेल्दिएका थिए जसका कारण अस्टिनले उक्त खेल सजिलैसँग आफ्नो पक्षमा पार्न सफल भएका थिए।[२९][३३]

द कर्पोरेसनले द अन्डरटेकरले बनाएको वा उनकै नेतृत्वमा रहेको "मिनिस्ट्रि अफ डार्कनेस" सँग द्वन्दको सुरुवात भएको थियोे जसले भिन्सको छोरी स्टेफिनि म्याकमेनको उदय भएको थियो। स्टेफिनिलाई मिनिस्ट्रि अफ डार्कनेसका सदस्यहरूले २ पटक अपहरण गरेका थिए। पहिलो पटक अपहरणमा पर्दा उनलाई युएफसी पा संयुक्त मार्सल कलाकार क्न सामरके भेट्टाएका थिए। उनी दोस्रो पटक अपहरणमा पर्दा उनलाई अन्डरटेकरले उनलाई विवाह गर्न लागेका थिए तर उनलाई स्टोन कोल्ड स्टिभ अस्टिनले बचाएका थिए। जसले गर्दा म्याकमेन र अस्टिन बिचको लामो समय देखिको द्वन्द्व अन्त्य हुन लागेको थियो। मे १९९९ मा, म्याकमेन द कर्पोरेसनका सदस्य बनेका थिए। उनका छोरा सेनले द अन्डरटेकरको मिनिस्ट्रि अफ डार्कनेस र द कर्पोर्सनलाई समायोजन गरी संयुक्त रूपमा द कर्पोरेट मिनिस्ट्रिको सुरुवात गरेका थिए। जुन ७ को र इज वारको एक शृङ्खलामा, म्याकमेन द कर्पोरेट मिनिस्ट्रिका सबैभन्दा ठूला व्यक्ति रहेको कुरा सार्वजनिक गरिएको थियोे जसले गर्दा उनको र अस्टिन बिचको सम्बन्ध सामान्य बनेको थियो र लिन्डा र स्टेफिनिले डब्ल्युडब्ल्युएफको ५०% शेयर अस्टिनलाई दिएका थिए।

किङ अफ द रिङ नामक डब्ल्युडब्ल्युएफको एक वार्षिक कार्यक्रममा, भिन्स र सेनले अस्टिनलाई पराजित गरेका थिए जुन खेल भने हेन्डिक्याप म्याच (दुई जना बिरुद्ध एक जना) रहेको थियोे। जितसँगै उनिहरूले डब्ल्युडब्ल्युएफमा पूर्ण स्वामित्व पाएका थिए। अस्टिन कार्यकारी अधिकृतको भूमिकाका रहेको बेलामा, किङ अफ द रिङ भएको एक दिन पटिको र इज वारमा अस्टिनले आफ्नो डब्ल्युडब्ल्युएफ विश्व विजेताको उपाधि दाउमा लगाउने भएका थिए जसमा उनको खेल द अन्डरटेकरसँग हुने तय भएको थियो। उक्त खेलमा उनले द अन्डरटेकरलाई पराजित गर्दै पुन अर्को पटक विश्व विजेता बनेका थिए। फुल्लि लोडेड नामक वार्षिक कुस्ती कार्यक्रममा, अस्टिनले आफ्नो डब्ल्युडब्ल्युएफको उपाधि फेरि पनि द अन्डरटेकर बिरुद्ध दाउमा लगाउनु पर्ने निर्णय गरिएको थियो। उक्त खेलमा अस्टिन पराजित भएका थिए र उनी डब्ल्युडब्ल्युएफ विश्व विजेताको उपाधिको लागि फेरि खेल्न उनलाई प्रतिबन्ध गरिने र अस्टिनले जितेको खण्डमा भिन्स म्याकमेन डब्ल्युडब्ल्युएफको दूरदर्शनमा उपस्थिति जनाउन नपाउने गरी कडा नियम बनाइएको थियो। अस्टिन र द अन्डरटेकरको खेलमा, अस्टिनले द अन्डरटेकरलाई पराजित गरेका थिए र सर्तअनुसार डब्ल्युडब्ल्युएफ दूरदर्शनबाट म्याकमेन प्रतिबन्ध भएका थिए।[३४]

सन् १९९९ को अन्त्य लगत्तै, म्याकमेन र ट्रिपल एच बिच डब्ल्युडब्ल्युएफ विश्व विजेताको लागि कुस्ती खेल भएको थियोे जसमा म्याकमेनले बाजि मार्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएका थिए। उक्त खेलमा अस्टिनले ट्रिपल एचलाई झुक्याएका थिए जसमा उनले मौकको फाइदा उठाउदै उनलाई हराउन सफल भएका थिए। उनले त्यस लगत्तैको र इज वारमा आफ्नो उपाधि छोड्दिने बताएका थिए किनभने फुल्लि लोडेड नामक कार्यक्रममा भएको सम्झौताका अनुसार उनी डब्ल्युडब्ल्युएफ टिभीबाट प्रतिबन्धित भएका थिए। तथापि ,आफैले उनी बिरुद्ध खेल्नका लागि स्टोन कोल्ड स्टिभ अस्टिने भने उनलाई ल्याउनमा मद्दत गरेका थिए। ट्रिपल एच र म्याकमेन बिच स्टेफिनिसँग ट्रिपल एचको विवाह सम्बन्धित द्वन्द चर्किएको थियोे जसमा यसले विशाल रूप लिदै उनिहरूको खेल सन् १९९९ को आर्मएजडन नामक डब्ल्युडब्ल्युएफको वार्षिक कार्यक्रममा तय गरिएको थियोे जसमा म्याकमेनले ट्रिपल एचलाई नो होल्ड ब्यारेड स्ट्रिट म्याच (उपलब्ध रहेका जस्तोसुकै हतियारले पनि हान्न वा प्रहार गर्न पाइने) रहने घोषण गरिएको थियो र उक्त खेलमा म्याकमेनले हार व्यहोर्नुपरेको थियोे। त्यसपछि म्याकमेन र उनका छोरा सेनले ट्रिपल एच र स्टेफिनिबिचको सहकार्यलाई अस्विकार गर्दै उनिहरू डब्ल्युडब्ल्युएफबाट हराएका थिए जसले गर्दा डब्ल्युडब्ल्युएफको पुर्ण नियन्त्रण ट्रिपल एच र स्टेफिनिको हातमा छोडिएको थियो। [३५]

म्याकमेन-हेम्स्ली युग (२०००–२००१)[सम्पादन गर्नुहोस्]

म्याकमेन मार्च १३, २००० मा र इज वारको एक शृङ्खलामा फर्किएका थिए र उनले सोही रात बिग शो र द रक बिचको खेलमा उनले द रकलाई सहयोग गर्दै विश्व विजेताको लागि खेल्न पाउने सुनौलो अवसर प्रदान गर्नमा ठूलो भूमिका निर्वाह गरेका थिए। उनले सेन र ट्रिपल एच माथि पनि आक्रमण गरेका थिए।[३६] घटनाको २ हप्ता पछि,म्याकमेन र द रकले ट्याग टिम खेलमा निर्णायक मेनकाइन्डको सहयोगमा सेन म्याकमेन र बिग शोलाई पराजित गरेका थिए।[३६] सन् २००० को रेसलमेनियामा, ट्रिपल एचले फ्याटल फोर वे म्याचमा (४ जना एक एक्लो) आफ्नो अपाधि गुम्न दिएनन् जसमा सबै प्रतिस्पर्धीको कुनामा म्याकमेन थिए। ट्रिपल एचको कुनामा भने उनकै श्रीमती स्टेफिनि म्याकमेन रहेकी थिइन र त्यसबेला उनी डब्ल्युडब्ल्युएफ महिला विजेता रहेकी थिइन्, द रकको कुनामा भिन्स म्याकमेन रहेका थिए, मिक फोलिको कुनामा लिन्डा म्याकमेन रहेकी थिइन् भने बिग सोको कुनामा सेन म्याकमेन रहेका थिए। बिग सो र मिक फोलि बाहिरिएपछि, ट्रिपल एच र द रक मात्रै रहेका थिए। तथापि भिन्स द रकको कुनामा रहेतापनि उनले द रकलाई स्टिलको कुर्सीले प्रहार गरेका थिए। स्टोन कोल्ड स्टिभ अस्टिनसँगको द्वन्दमा उनलाई घात गरेपछिको यो उनको पहिलो घात रहेको थिए जसले गर्दा ट्रिपल एचले आफ्नो उपाधि बचाइराख्न सफल भएका थिए।[३७] यसैले गर्दा म्याकमेनको हेम्स्ली युगको सुरुवात भएको थियो।

किङ अफ द रिङमा खेल गुमाएपछि म्याकमेन, जुन २००० मा

किङ अफ द रिङमा, म्याकमेन, सेन र डब्ल्युडब्ल्युएफ विजेता ट्रिपल एच र द ब्रदर्स अफ डिस्ड्रक्सनका सदस्य केन र द अन्डरटेकर र द रकसँग ६ पुरुष ट्याग टिम खेलमा प्रतिस्पर्धा परेको थियो उक्त खेलको जसले सबैभन्दा धेरै पटक बिरोधिहरूलाई हराउछ वा ३ गन्दा सम्म पनि जवाफ नदिने अवस्थामा पुर्‍याछ उसैलेनै डब्ल्युडब्ल्युएफ विश्व विजेता बन्नेछ भनेर पहिलानै सर्त गरिएको थियो जसमा म्याकमेनलाई द रकले हराएका थिए।[३८] म्याकमेन सन् २००० सम्म डब्ल्युडब्ल्युएफमा उपस्थिति जनाएका थिएनन्। डिसेम्बर ४ को र इज वारको एक शृङ्खलामा, म्याकमेनले आर्मएजडन नामक कार्यक्रममा ६ जना खेलाडीहरू हेल इन सेलमा (सबैतिरबाट विशेष जालिले घेरिएको ठूलो ठाउँ) प्रतिस्पर्धा गर्ने बारेको फाइदा उनले डब्ल्युडब्ल्युएफका आयुक्त मिक फोलिलाई प्रश्न गरेका थिए। डिसेम्बर १८ को र इज वारको एक शृङ्खलामा, म्याकमेनले कर्ट एङ्गलसँग अपाधि रहित खेलमा प्रतिस्पर्धा गरेका थिए जसमा मिक फोलिको घुसपैठ गर्दै दुबैलाई आक्रमण गरेका कारण बिचमै खेल रद्द गरिएको थियोे। खेल पश्चात्, म्याकमेन र कर्ट एङ्गल दुबै मिलि मिक फोलिलाईनै आक्रमण गरेका थिए र पछि म्याकमेनले फोलिलाई केही समयको लागि र इज वारको उपस्थितिमा प्रतिबन्ध लगाएका थिए।[३६]

म्याकमेनले आफ्नी छोरी स्टेफिनिलाई दिक्क वा हैरान पार्ने उदेश्यले उनले ट्रिस स्ट्रटससँग एक व्यक्तिगत सम्बन्ध सुरु गरेका थिए। तथापि, २६ फेब्रुअरीको र को एक शृङ्खलामा म्याममेन र स्टेफिनिले दुबै जना मिलेर ट्रिसलाई अपमानित गरका थिए। त्यस क्रममा म्याकमेनले स्टेफिनि सधै आफ्नी प्यारी छोरी रहने र उनी भने म्याकमेनको लागि खेलौनाको रूपमा हेरेको उनले बताएका थिए। म्याकमेन र स्टेफिनिले त्यसपछि एउटा समूहको गठन गर्दै सेनको बिरुद्धमा काम गरिरहेका थिए। सेन त्यसपछि भिन्स र स्टेफिनिले गरेको करतुत सहन नसकेर र मा पुन फर्किएका थिए। रेसलमेनिया १७ मा, म्याकमेनले छोरा सेनसँग पराजित भएका थिए। लिन्डामाथि भावनात्मक दुरुपयोग गर्दै म्याकमेनले उनलाई मनसिक रोगको स्तरसम्म पुर्‍याएका थिए जसमा उनले डिसेम्बर ७ को स्म्याकडाउनको एक शृङ्खलामा लिन्डासँग सम्बन्ध बिच्छेदको माग गरेका थिए। जसले गर्दा उनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सञ्चालन गर्न नसकेका कारण उनले भिन्सलाईनै कम्पनी १००% भाग सम्हाल्न छोड्दिएकी थिईन्। त्यसपछि उनले भिन्सलाई लो ब्लो (अन्डकोषमा प्रहार) जस्तो खतरनाक चाल चल्दै त्यहाँबाट गएकी थिइन्।[३९][४०] सोही रात म्याकमेनले स्टोन कोल्ड स्टिभ अस्टिनसँग एक समूहको गठन गर्दै उनले द रकसँग अस्टिनको डब्ल्युडब्ल्युएफ विश्व विजेताको उपाधि प्रदान गर्नमा एक ठूलो योगदान दिएका थिए। उनिहरू दुईले उनिहरूको समूहमा ट्रिपल एचलाई पनि समावेश गरेका थिए। स्टोन कोल्ड स्टिभ अस्टिन र ट्रिपल एच मिलि द रकलाई नराम्रो सँग कुटपिट गरी उनलाई कुस्ती खेल्न असमर्थ पारेका थिए। द रकले द स्कोर्पियन किङ नामक एक अमेरिकी चलचित्रमा काम गर्न पठाएको कुरा उनिहरूले बताएका थिए। अस्टिन र ट्रिपल एचले डब्ल्युडब्ल्युएफका प्रमुख ३ वटा उपाधिहरू आफ्नो पक्षमा पार्न सफल भएका थिए। ट्रिपल एच घाइते भएकोमा र म्याकमेनले छुट्टै व्यावसाय सञ्चालन गरेका कारण यो गठबन्धन छोटो समयको लागि मात्र रहेको थियोे।

विद्रोह र डब्ल्युडब्ल्युएफको ब्रान्ड विभाजन[सम्पादन गर्नुहोस्]

म्याकमेनले आफ्नो लामो समय देखिको प्रतिद्वन्द्वी विश्व च्याम्पियनसिप रेस्लिङ (डब्ल्युसीडब्ल्यु) लाई एओएल नामक अमेरिकी इन्टरनेट कम्पनीको सहायक टाइम वार्नर मार्फत खरिद गरेका थिए र उनले त्यसमा आबद्ध भएका धेरै व्यावसायिक कुस्ती खेलाडीहरूलाई आफ्नै डब्ल्युडब्ल्युईमा आबद्ध गराएका थिए जसले गर्दा डब्ल्युसिडब्ल्युका कुस्ती खेलाडीहरू निरन्तर रूपमा डब्ल्युडब्ल्युईका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दथे जसले गर्दा डब्ल्युडब्ल्युईमा विद्रोहको सुरुवात भएको थियो। जुलाई ९ को र इज वारको एक शृङ्खलामा, इसिडब्ल्युका खेलाडीहरूले डब्ल्युडब्ल्युएफमा आई डब्ल्युसिडब्ल्युका खेलाडीहरूसँग गठबन्धन बनाएका थिए। त्यसपछि स्टोन कोल्ड स्टिभ अस्टिन, सेन म्याकमेन लगायत स्टेफिनि म्याकमेन पनि उक्त गठबन्धनमा आबद्ध भएका थिए भने अर्को तर्फ भिन्स म्याकमेनले डब्ल्युडब्ल्युएफ टोलीको प्रतिनिधित्व गरेका थिए। सरभाइभर सेरिजमा डब्ल्युडब्ल्युएफको टोलीले अर्को गठबन्धनलाई पराजित गर्दै उक्त विद्रोहको अन्त्य गरेका थिए।[४१]

गठबन्धनको अन्त्य पछि, भिन्स म्याकमेनले " भिन्स म्याकमेन किस माइ यास क्लब" (जसलाई "मिस्टर म्याकमेन किस माइ यास क्लब" को नामले पनि चिनिने गरिन्छ) नामक एक विचित्र क्लबको स्थापना गरेका थिए जसमा उनले डब्ल्युडब्ल्युएफमा आबद्ध भएका सबै खेलाडीहरूलाई रिङको बिचमा आई उनको शरिरको पछाडि भागलाई चुम्नु पर्ने कडा नियम लागू गरेका थिए र सो लाई नकार्नेलाई उनले डब्ल्युडब्ल्युएफबाट निलम्बन गरिदिने पनि नियम रहेको थियो। स्म्याकडाउनको एक शृङ्खलामा, रिकिसिको शरिशको पछाडिको भागलाई जबर्जस्ती रूपमा चुम्न लगाउदा उनले नमानेका कारण यस क्लबलाई द रकले पूर्ण रूपमा खारेज गरिदिएका थिए। [४२]

द अन्डरटेकर, म्याकमेन, ब्रक लेज्नर र सेबल स्म्याकडाउन! मा

नोभेम्बर २००१ मा, रिक फ्लेयर ८ वर्षको लामो समयपछि डब्ल्युडब्ल्युएफमा फर्किएका थिए जसमा उनले आउनासाथ उनले डब्ल्युडब्ल्युएफको सह मालिक रहेको दाबी गरेका थिए जसका कारण म्याकमेन आक्रोशित बनेका थिए। तिनिहरू दुबै जनाको खेल जनवरी २००२ मा रोयल रम्बलमा भएको थियोे जुन स्ट्रिट फाइट म्याच रहेको थियो जसमा म्याकमेन पराजित भएका थिए।[४३] तिनिहरू बिच मालिक को भन्ने बिषयमा परेका विवादका कारण, म्याकमेन स्म्याकडाउनका मालिक र रिक फ्लेयर र का मालिक बनेका थिए। तथापि, जुन १० को र को एक शृङ्खलामा, म्याकमेनले रिक फ्लेयरलाई पराजित गर्दै उनिहरू बिच रहेको द्वन्दको अन्त्य भएको थियो र उनी डब्ल्युडब्ल्युईका मालिक बनेका थिए।[४४]

फेब्रुअरी १३, २००३ मा स्म्याकडाउनको एक शृङ्खलामा, म्याकमेनले ५ महिना पछि डब्ल्युडब्ल्युईमा फर्किएका हल्क होगनलाई नकर्दै उनको बिरुद्धमा बोलेका थिए त्यसकारणले उनले उनलाई हिर्काउँदै रनिङ लेग ड्रप प्रहार गरेका थिए।[४५] नो वे आउट नामक डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रममा, म्याकमेनले होगन र द रक बिच चलिरहेको खेलको बेलामा घुसपैठ गरेका थिए। होगनले त्यस खेलमा द रकलाई रनिङ लेग ड्रप प्रहार गर्दै बाजि मारिसकेका थिए तर त्यस क्रममा सबै ठाउँका बत्तीहरू एक्कासि बन्द भएका थिए र एकैछिन पछि बत्ती आउँदा म्याकमेन रिङको कुनामा आई होगनलाई झुक्याउने प्रयास गरेका थिए र निर्णायकको भूमिकामा रहेका सेलाभेन ग्रेइनरले भने द रकलाई स्टिलको कुर्सी दिएका थिए र त्यसैको फाइदा उठाउँदै द रकले उनलाई उक्त स्टिलको कुर्सीले प्रहार गरेका थिए र पछि उनको अन्तिम चाल रक बटमले आक्रमण गर्दै उनलाई पराजित गर्दै खेललाई टुङ्ग्याएका थिए।[४६] यसकै कारणले म्याकमेन र हल्क होगनको खेल रेसलमेनिया १९ मा तय भएको थियो। उक्त खेल स्ट्रिट फाइट रहेको थियो जहाँ उनिले खेल गुमाउन पुगेका थिए।[४७] त्यसपछि म्याकमेनले होगनलाई रिङबाट प्रतिबन्ध गरिदिएका थिए र पछि उनी पुन: मिस्टर अमेरिकाको रूपमा फर्किएका थिए। म्याकमेनले मिस्टर अमेरिका हल्क होगन भएको प्रमाणित गर्न चाहन्थे तर उनले मुकुट लगाएका कारण उनिलाई चिन्न म्याकमेनलाई अप्ठ्यारो परिरहेको थियो। अन्तत म्याकमेनले मिस्टर अमेरिका हल्क होगनै रहेको उनले पत्ता लगाएका थिए र उनले होगलाई प्रतिबन्ध गरिदिएका थिए र पछि उनले डब्ल्युडब्ल्युईबाट सन्यास लिएका थिए।[४८]

अक्टोबर २ को स्म्याकडाउनको एक शृङ्खलामा, म्याकमेनले छोरी स्टेफिनिलाई स्म्याकडाउनमा महा प्रबन्धकको रूपमा राजिनामा दिन आग्रह गरेका थिए र उक्त आग्रहलाई स्टिफिनिले भने नकारेकी थिइन् जसका कारण उनिहरू दुई बिच प्रतिस्पर्धात्मक कुस्ती खेल भएको थियो[४९] र उक्त खेल भने अइ कुइट म्याच (जित्नका लागि प्रतिद्वन्द्वीलाई आत्मसमर्पण गर्नु पर्ने नियम रहेको एक कुस्ती खेल) रहेको थियोे।[५०] खेल नो मर्सी नामक डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रममा भएको थियो। खेलको क्रममा लिन्डाले गम्छा रिङमा फालेका कारण म्याकमेनले छोरीलाई पराजित गरेका थिए।[५१] सोही रात, ब्रक र द अन्डरटेकर बिच बाइकर चेन म्याचमा परेको उपाधि मुलक खेलमा म्याकमेनले ब्रकलाई सहयोग गर्दै उनको उपाधि गुम्न दिएका थिएनन्।[५२] जसका कारण म्याकमेन र अन्डरटेकर बिच द्वन्दको शुरुवात भएको थियो। सरभाईभर सेरिजमा, म्याकमेनले केनको साहयता लिँदै बुरिड अलाइभ म्याच नामक खेलमा अन्डरटेकरलाई पराजित गरेका थिए।[५३]

डि-जेनेरेसन एक्स, डोनाल्ड ट्रम्प र बबि लास्लिसँगको द्वन्द (२००५–२००७)[सम्पादन गर्नुहोस्]

एरिक बिसफ र को सामान्य प्रबन्धकको रूपमा राम्रो काम नगरिरहेको भन्दै म्याकमेनले २००५ को अन्त तिर म्याकमेनले उनिसँग द्वन्दको शुरुवात गरेका थिए त्यसपछि उनले एरिक बिसफको परीक्षण शुरू गरे जहाँ म्याकमेनले निर्णायकको रूपमा सेवा गरे तथापि बिसफले परीक्षण गुमाएछि म्याकमेनले उनलाई फोहोरको थुप्रै उठाउने ट्रकमा हालेर उनले बिसफलाई रबाट निकालिदिएका थिए। बिसफ केही महिना बितिसक्दा पनि र मा उपस्थिति जनाएका थिएनन्। उनलाई निकालिदिएको १ वर्षपछि २००६ को अन्तमा, बिसफलाई म्याकमेनका कार्यकारी सहायक जोनाथन कोचम्यानले उनलाई फर्काएका थिए। उनले फर्किएसाथ उनले आफ्नो आत्मकथा समेटिएको पुस्तक "कन्ट्रोभर्सि क्रेट क्ल्यास" नामक पुस्तक लेखेर सकिएको कुराको घोषण गरेका थिए। बिसफले म्याकमनलाई उनले गरेको करतुत वा र को सामान्य प्रबन्धकको भूमिकाबाट उनलाई निकालिदिनले उनी निराश भएको उनले आक्रोशित बन्दै बताएका थिए।

म्याकमेन सन् २००७ मा,को एक शृङ्खलामा

डिसेम्बर २५, २००५ मा रको एक शृङ्खलामा, भिन्सले आधिकारिक रूपमा ब्रेट हर्टको डिभिडिको पुर्वावलोकन गरेका थिए। सोही समयमा सन माइकल्स पनि त्यहाँ आए र ब्रेट हर्टको बारेमा केही कुरा बताउन लागे। म्याकमेनले भने,"मैले तिमिहरू बिच भैरहेको खेलमा स्क्रू गरेको थिए। सन अब तिमिले मलाई आफसमाथिनै स्क्रू गर्नु पर्ने बाध्य नबनाउ"।[१७][५४] सन् २००६ को रोयल रम्बलमा सन सेल्टन बेन्जमिनलाई बाहिर पठाउँदै उनी अन्तिम ६ जनामा परेका थिए। सोही बला म्याकमेनको प्रवेश सङ्गीत बज्न थाल्यो जसका कारण सन माइकल्स झुक्किए र उनलाई भिन्स म्याकमेनका छोरा सेनले बाहिर धकाल्दिएका थिए।[५५] फेब्रुअरी २७ को र मा सन माइकल्सलाई सेनले नराम्ररी कुटपिट गर्दै बेहोसीको अवस्थामा पुर्‍याइदिएका थिए। माइकल्सका पहिलाका ट्याग टिम रकर्सका साथी मार्टि जेनेटिले उनलाई बचाउन आउँदा, उनलाईनै भिन्स म्याकमनको "किस माइ यास क्लब"मा जुड्न बाध्य पारिएको थियो।[५६] १८ अौँ संस्करणको सनिबार रातिको मेन इभेन्टमा, सन माइकल्स र सेन म्याकमेनको एक खतरनाक प्रतिस्पर्धा परेको थियोे, सो खेल भने स्ट्रिट फाइट रहेको थियोे। उक्त खेलमा म्याकमेनले माइकल्सलाई घात गर्दै उनलाई स्क्रु गरेका थिए जसमा सेनले माइकल्सलाई सार्प सुटरले आत्मसमर्पण गर्ने खालको चाल चलेका थिए तर उनले आत्मसमर्पण नगरेपनि म्याकमेनले रेफ्रिलाई खेल रद्द गर्ने भन्दै घन्टि बजाउन आग्रह गरेका थिए र उनले सेनलाई विजेता घोषित गरिदिएका थिए।[१७][५७] रेसलमेनिया २२ मा, भिन्स म्याकमेन र सन माइकल्सको खेल नो होल्ड ब्यारेड म्याच हुने तय गरिएको थियो। तथापि स्प्रिट स्क्वाड र सेनको बाहिरबाट खेलमा उनलाई सहयोग गर्दा गर्दै पनि म्याकमेनले उक्त खेल गुमाउन पुगेका थिए। [५८] ब्याकल्यासमा, भिन्स म्याकमेन र उनका छोरा सेन सेनले सन माइकल्स र गडलाई नो होल्ड ब्यारेड म्याचमा पराजित गरेका थिए।[५९]

मे १५ को मा, ट्रिपल एचले सन माइकल्सलाई हिर्काउन खोज्दा झुक्केर सेनलाई हम्मरले हिर्काएका थिए।[६०] त्यसपछिको अर्को हप्ताको र मा ट्रिपल एचसँग माइकल्सलाई कुनै बस्तुले हमला गर्ने सुनौलो मौका रहेतापनि उनले स्प्रिट स्क्वाडलाई हमला गरेका थिए।[६१] केही हप्तासम्म, म्याकमेनले माइकल्सले भनेको कुरा अटेरी गरी ट्रिपल एचलाई आफ्नो "किस माइ यास क्लब"मा समावेश नभएको भन्दै उनिसँग दुश्मनीको शुरुवात गरेका थिए। म्याकमेनको चाला देखेर ट्रिपल एचले म्याकमेनलाई पेडिग्रिले प्रहार गरेका थिए। म्याकमेनले ट्रिपल एचलाई स्प्रिट स्क्वाडको बिरुद्धमा एक गनलेट हेन्डिम्याप म्याचमा (दुई जनाको बिरुद्ध एक जना) खेल्न बाध्य पारिदिएका थिए।[६२][६३] तथापि,सन माइकल्सले ट्रिपल एचलाई बचाई दुई जना मिलि पुन डि- जेनेसेसन एक्सको शुरुवात गरेका थिए। यसलै गर्दा म्याकमेन र डि- जेनेरेसन एक्स विच दुश्मनीको शुरुवात भएको थियो र यो द्वन्द्व त्यस वर्षको गृष्म ऋतुसम्म चर्किएको थियोे।[६४] म्याकमेन, स्प्रिट स्क्वाडको साथ र सेनसँग मिलिर युगिनसँग (कुस्ती खेलाडी) कुस्ती खेल्दा झेली भई हार व्यहोरेका थिए। सन् २००६ को समरस्ल्याम नामक डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रममा भिन्स र सेनले, बाहिरबाट उमागा, बिग सो, फिनले, मिस्टर केनेडि र विलियन रिगलको सहयोग रहेता पनि उनिहरूले डिएक्स बिरुद्धको खेलमा हार व्यहोरेका थिए।[६५] भिन्स र सेनले, ईसिडब्ल्यु विश्व विजता बिग सोसँग पनि सहकार्य गरेका थिए। अनफर्गिभनमा, भिन्स र सेन बिग सोसँग मिलेर डि जेनेरेसन एक्सको बिरुद्ध हेल इन अ सेलमा प्रतिस्पर्धा गरेका थिए। तीन जना बिरुद्ध २ जनाको फाइदा उनिहरूलाई भएतापनि उनिहरूले डि जेनेरेसन एक्ससँगको खेलमा पराजित भएका थिए जसका कारण उनिहरू बिच चर्किएको द्वन्द्वको अन्त्य भएको थियो।[६६]

जनवरी २००७ मा, म्याकमेनले डोनाल्ड ट्रम्पसँग दुश्मनीको सुरुवात गरेका थिए जसको कुराले मिडियामा व्यापक चर्चा पाएको थियो। सुरुमा ट्रम्पले म्याकमेनसँग लड्न चाहेतापनि तिनीहरू दुई जना एक सम्झौतामा पुगेका थिए। उक्त सम्झौता भने रेसलमेनिया २३ मा पर्ने एक लडाइँको बारेका रहृको थियो र दुई जनालेनै आफ्नो पक्षमा एक कुस्ती खेलाडीहरूलाई लडाउने र जसको पक्षकोले खेल गुमाउँछ उसैलाई सबै कपाल खौरन पर्ने (अङ्ग्रेजीमा-- हेयर भर्सेर हेयस म्याच) एक विचित्रको सम्झौता गरिएको थियो। सोमबार रातिको मा सम्झौता पत्रमा हस्ताक्षर भएको केही छिन पछि म्याकमेनले ट्रम्पलाई अौँला देखाएर उत्तेजित गर्दे कुममा कोपेपछि ट्रम्पले म्याकमेनलाई टेबुलमा टाउको ठोक्काइदिएका थिए। पछि एक प्रेस विज्ञप्तिमा, म्याकमेनले एक तस्बिर खिचाउने क्रममा, ट्रम्पलाई हात मिलाउन प्रस्ताव गरेका थिए तर ट्रम्पले हात निकालेर मिलाउन खोज्दा उनले आफ्नो हात पछाडि सारेका थिए।[६७] म्याकमेनले ट्रम्पलाई अझै जिस्काउँदै उनको टाईलाई एताउति फालि उनको नाक चलाएका थिए। जसले गर्दा ट्रम्प रिसाई सिधै उनको अनुहारमा झापड हानेका थिए। म्याकमेनले।केही गर्न नपाउँदै ट्रम्पका अङ्गरक्षक, प्रतिनिधि र बबि लास्लिले उनलाई त्यहाँबाट लखेटिदिएका थिए। रेसलमेनिया २३ मा, म्याकमेनका प्रतिनिधि (उमागाले) खेल गुमाए[६८] जसले गर्दा डोनाल्ड ट्रम्प, लास्लि र उक्त ब्याटल अफ बिलिनियर (अरब पति बिचको प्रतिस्पर्धा) खेलका रेफ्रि (निर्णायक) स्टोन कोल्ड स्टिभ अस्टिन मिलेर म्याकमेनको कपाल पुरै तालु बनाइदिएका थिए।[६८]

उक्त घटना पछि म्याकमेनले उनको इसिडब्ल्यु च्याम्पियनसिपको सम्बन्धमा बबि लास्लिसँग द्वन्द्वको सुरुवात गरे। ब्याकल्यास नामक डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रममा, म्याकमेन, उनका छोरा सेन र साथी उमागा मिलि बबि लास्लिलाई थ्री अन वान हेन्डिक्याप म्याच (तीन जना बिरुद्ध एक जना)को खेलमा म्याकमेनले उनिहरूको सहयोगमा बबि लास्लिलाई हराई बबि लास्लिको इसिडब्ल्यु च्याम्पियनसिप आफ्नो पक्षमा पार्न सफल भएका थिए।[६९][७०] जजमेन्ट डे (डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रम) मा फेरि थ्री अन वान हेन्डिक्याप म्याचमा आफ्नो उपाधि बचाइ राख्न सफल भएका थिए। उक्त प्रतिस्पर्धात्मक खेलमा लास्लिले उनका छोरा सेनलाई आफ्नो खतरनाक चाल डोमिनेटर प्रहार गर्दै उनलाई जितेका थिए तथापि म्याकमेनले भने उनले आफुलाई नहराएको भन्दै उनिको उपाधि फुत्किन दिएका थिएनन् र उनिनै विजेता घोषित भएका थिए र सोही खेल सकिए पश्चात बबि लास्लिले उनलाई पराजित गरे मात्रै उपाधि उनलाई आफ्नो उपाधि दिने बताएका थिए।[७१] अन्ततः म्याकमेनले वान नाइट स्ट्यान्ड (डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रम) मा परेको लास्लि बिरुद्धको खेलमा उमागा र सेनको घुसपैठ गर्दागर्दै पनि आफ्नो उपाधि बचाइ राख्न असमर्थ भएका थिए। उक्त खेल भने स्ट्रिट फाईट रहेको थियो।[७२]

नक्कली मृत्यु, अवैध छोरा र मिलियन डलर उन्माद (२००७-२००८)[सम्पादन गर्नुहोस्]

विस्फोट भएको कार रेसलमेनियामा

डब्ल्युडब्ल्युईले को अन्तमा एक खण्ड प्रसारण गरेको थियो जुन विस्फोट हुनुअघिका को क्षण थियोे र जसमा म्याकमेन एक लामो कारमा प्रवेश गरिरहेका थिए। जसको लगत्तै डब्ल्युडब्ल्युई बन्द गरिएको थियो र डब्ल्युडब्ल्युई डटकमले एकैछिन पछि म्याकमेनको उक्त विस्फोटमा ज्यान गुमाएको भन्दै एक प्रतिवेदन सार्वजनिक गरेको थियो।[७३] उक्त घटना मिस्टर म्याकमेनको चरित्रको एक झलक पनि रहेको थियो र उनमाथि भने केही हानी भएको थिएन। उक्त नक्कली मृत्यु भने एक कथा जस्तो बनाइएको थियो।[७४] पछि डब्ल्युडब्ल्युईले सिएनबिसि नामक एक अमेरिकी समाचार टेलिभिजनलाई उक्त मृत्यु नक्कली रहेको स्विकार गरेको थियो।[७५]

२५ जुन को एक शृङ्खलामा, म्याकमेनको सम्झनामा शोक सभा आयोजना गरिने तालिका प्रस्तुत गरिएको थियो। तथापि क्रिस बेनोइट (अमेरिकी कुस्ती खेलाडी)को वास्तविक मृत्यु उक्त कार्यक्रमको सुरुवातमै म्याकमेन सबैका माझ उपस्थित भएका थिए जसले गर्दा उनको मृत्यु नक्कली रहेको प्रममणित गरेको थियो र उक्त नक्कली मृत्यु उनको चरित्रको एक झलक रहेको कुरा सबैले थाहा पाएका थिए।[७६] त्यसपछि, डब्ल्युडब्ल्युईले क्रिस बेनोइटको सम्झनामा ३ घण्टा सम्म शोक सभाको आयोजना गरेको थियो।[७७] म्याकमेन, ६ अगस्ट २००७ सम्म डब्ल्युडब्ल्युई टेलिभिजनमा अन्तिम उपस्थिति जनाएका थिए। म्याकमेनले, क्रिस बेनोइटको श्रद्धाञ्जली अघिल्लो रात प्रसारित भएको कुरा जानकारी गराएका थिए। क्रिस बेनोइटले आफ्नी श्रीमती र छोराको हत्या गरेपश्चात उनी झुन्डिएर आत्महत्या गरेका थिए जसका कारण म्याकमेनले क्रिस बेनोइटको सम्झनामा अब कुनैपनि शोक सभाको आयोजना नगरिने घोषण गरेका थिए इसीडब्ल्युले बेनोइट हत्याबाट प्रभावित भएकाहरूलाई समर्पित गरिने पनि बताएका थिए। अगस्ट ६ मा, म्याकमेनको नक्कली मृत्युले उनलाई सबैले हेर्ने नजर र उनी प्रतिको सोचाइको जाँच गरेको कुरा बताएका थिए।

म्याकमेनले, हन्सवागललाई "किस माई यास क्लबमा सङ्लग्न हुन आह्वान गर्दै" सन् २००८ मा

६ अगस्ट को सोमवार रातिको मा मिस्टर म्याकमेन (चरित्र) आधिकारिक रूपमा फर्किएका थिए। उनले फर्के लगत्तै विभिन्न विषयमा कुरा उठाउन थाले र उनले संयुक्त राज्य अमेरिकाको काङ्ग्रेसले अन्तर्राष्ट्रिय राजस्व सेवामाथि गरेको छानबिनका विषयमा बोले। म्याकमेनले सोही मा ब्याटल रोयल खेल हुने र जसले उक्त खेल जित्छ सोही व्यक्तिलाई को सामान्य प्रवन्धकको रूपमा छनौट गरिने घोषण गरेका थिए र उक्त खेल भने विलियम रिगलले जितेका थिए। को अन्तमा, जोनाथन कोचम्यानले, म्याकमनलाई लामो समयको लागि हराएको एक अवैध बच्चाको पितृत्वको बारेमा जानकारी दिए।[७८] जसलाई अर्को हप्ताको मा सो बच्चा डब्ल्युडब्ल्युईको एक पुरुष सदस्य रहेको खुलासा गरिएको थियो। सेप्टेम्बर ३ को मा म्याकमेन आउनासाथ उनको आफ्नै परिवारसँग आम्ने-साम्ने भयो। उनलाई मिस्टर केनेडिले (कुस्ती खेलाडी)ले बोल्दाबोल्दै रोकी आफू उनका अवैध छोरा रहेको कुरा दावा गरे। मिस्टर केनेडिलाई नै फेरि जेरी लवेरले बोल्दाबोल्दै रोकी उनी म्याकमेनका अवैध छोरा नभएको र उनका सक्कली छोरा भने अर्को हप्ताकोको मा खुलासा गरिने बताइएको थियो।[७९] १० सेप्टेम्बरको को एक शृङ्खलामा उनका अबैध छोरा हन्सवागल रहेको कुरा खुलासा गरिएको थियो।[८०] फेब्रुअरी २००८ मा, हन्सवागल र उनी बिचको प्रेप्रेमपछि, जोन "ब्राड्स" लेफिल्डले हन्सवागल उनका छोरा नभइ आफ्ना छोरा रहेको बताएका थिए। यो सबै घोटला सेन, स्टेफिनि र लिन्डा म्याकमेन र फिनलीले गरेको कुरा बाहिर आएको थियो।

स्टोन कोल्ड स्टिभ अस्टिनलाई हल अफ फेम घोषित गर्ने समयमा

जुन २ को मा, म्याकमेनले अर्को हप्ताको को सुरुवात देखि प्रत्यक्ष प्रसारणमा दस लाख अमेरिकी डलर दिने घोषण गरेका थिए। जसमा प्रशंसक प्रत्येक हप्ता अनलाइन मार्फत दर्ता गर्न मिल्ने सुविधा सुरु गरिएको थियो। अनियमित रूपमा, प्रशंसक दस लाख अमेरिकी डलरबाट केही भाग प्राप्त गर्ने भएका थिए। उक्त मिलियन डलर उन्माद, मत्र तीन हप्ता सम्म मात्र सञ्चालमा आएको थियो। सो कार्यक्रम, जुन २३ मा, ३ घण्टे लामो को ड्राफ्ट शृङ्खला पछि बन्द गरिएको थियो। ५ लाख अमेरिकी डलर बाँडे पछि, बिस्फोटका कारण को मञ्च टुक्रिएर उनीमाथिनै खसेको थियो।[८१][८२] जुन ३०, मा म्याकमेनका छोरा सेनले हुन भन्दा अगाडि डब्ल्युडब्ल्युईका श्रोताहरूलाई सूचित गर्दै उनीहरूले आफ्नो पारिवारिक अवस्था (म्याकमेनको) अवस्थालाई गोप्य राख्ने निर्णय सार्वजनिक गरेका थिए। अतिरिक्तमा उनले, डब्ल्युडब्ल्युईलाई सो "अशान्त समयमा" सबैलाई एकैपटक उठ्न पनि आग्रह गरेका थिए। म्याकमेनले डब्ल्युडब्ल्युईमा कार्यरत धेरै कुस्ती खेलाडीहरूलाई एकजुट भई अघि बढ्न पनि अनुरोध गरेका थिए र उनले को कार्यभार हेर्न र सञ्चालन गर्नका लागि को नयाँ सामान्य प्रबन्धकको रूपमा माइक एडमलेलाई निर्वाचित गरेका थिए।

लेगेसी र ब्रेट हर्टसँगको द्वन्द (२००९-२०१०)[सम्पादन गर्नुहोस्]

जनवरी ५, २००९ को को एक शृङ्खलामा, क्रिस जेरिकोले स्टेफिनि म्याकमेनलाई, भिन्स म्याकमेन चाँडैनै मा फर्किने बताएका थिए।[८३] त्यसको एक हप्ता पछि, जेरिकोलाई स्टेफिनिले डब्ल्युडब्ल्युईबाट प्रतिबन्ध गरिदिएकी थिइन्। जनवरी १९ को मा म्याकमेन मा फर्कँदै स्टेफिनिको क्रिस जेरिकोलाई डब्ल्युडब्ल्युईबाट प्रतिबन्ध गर्ने विषयमा कुरा उठाउँदै स्टेफिनिको पक्षमा बोलेता पनि उनले क्रिस जेरिकोलाई पुन मा आउने भन्दै प्रतिबन्ध फुकुवा गरिदिएकी थिइन्। सोही बेला रेन्डी ओर्टन त्यहाँ आइ म्याकमेनलाई हमला गर्दै स्टेफिनिलाई उत्पीडन दिएका थिए। म्याकमेन फेरि मार्च ३० को मा उनका छोरा सेन, ज्वाइँ ट्रिपल एचसँग आई रेन्डी ओर्टनसँग आम्ने साम्ने गरेका थिए। रेसलमेनिया २५ को पछिल्लो दिनमा म्याकमेन मा देखा पर्दै रेन्डी ओर्टनले अब हुने डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रम ब्याकल्यासमा अर्को च्याम्पियनसिप उपाधिको लागि खेल्न नपाउने बताएका थिए तर रेन्डी ओर्टनका सहयोगी लेगेसी, र ट्रिपल एच, सेन म्याकमेन र भिन्स म्याकमेनसँग सिक्स मेन ट्याग टिम म्याच (३ जनाको एक टोली एक तर्फ र ३ जना अर्को टोली अर्को तर्फ गरी भिड्ने कुस्ती खेल) खेल हुने भनिएको थियो। डब्ल्युडब्ल्युई च्याम्पियनसिपको खेललाई भने मा कार्यरत सामान्य प्रबन्धकको रूपमा सेवा दिइरहेकी भिकि गुरेरोले बनाइदिएकी थिइन्। ओर्टनले सोही रात म्याकमेनलाई भिड्नको लागि चुनौती दिएका थिए। खेलको क्रममा, रेन्डी ओर्टनका साथी लेगेसीका सदस्यहरू त्यहाँ आइ म्याकमेनलाई हमला गरेका थिए जसको फाइदा उठाउँदै रेन्डी ओर्टनले उनलाई आरकेओ नामक खतरनाक चालद्वारा प्रहार गरेका थिए जसको कारण उनी अशक्त बनेका थिए। त्यस क्रममा, म्याकमेनका सहयोगी ट्रिपल एच, सेन र डब्ल्युडब्ल्युईमा फर्किएका बाटिस्टा आइ उनलाई उद्धार गरेका थिए। उक्त हुने भनिएको सिक्स मेन ट्याग टिम म्याचमा म्याकमेनले आफ्नो सट्टामा बाटिस्टालाई पद सुम्पेका थिए।[८४] जुन १५ मा को एक शृङ्खलामा, म्याकमेनले उनको स्वामित्वमा रहेको ब्रन्डलाई व्यापारी डोनाल्ड ट्रम्पलाई बेचिदिएको घोषण गरेका थिए। अर्को हप्ताको मा म्याकमेनले डोनाल्ड ट्रम्पबाट फेरि खरिद गरेको बताएका थिए। जुन २९ को मा, म्याकमेनले अब देखि प्रत्येक हप्ता एक प्रख्यात अतिथिले को नियन्त्रण गर्ने घोषण गरेका थिए। उनी त्यसपश्चात स्म्याकडाउनमा देखा परेका थिए र स्म्याकडाउनका महाप्रबन्धकको पदमा रहेका थियोडोरे लङलाई उनले गरेको काम बापद उनलाई परीक्षणमा राखेका थिए। अगस्ट २४ को मा, म्याकमेनले आफ्नो जन्मदिनको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेका थिए र उक्त कार्यक्रममा लेगेसी आइ उनलाई बोल्दा बोल्दै रोकेर खेलको प्रस्ताव गरेका थिए र पछि उक्त खेल सिक्स मेन ट्याग टिम म्याच रहेको थियो जसमा म्याकमेनका लामो समय देखिका दुश्मनी रहेको समूह डिएक्ससँग मिलि खेलको सुरुवात गरेका थिए। जसमा जोन सिनाले खेलको बिचमै घुसपैठ गरेपछि दखेल डिएक्स र म्याकमेनले जितेका थिए। उनी स्म्याकडाउनमा निरन्तर रूपमा देखा परिरहे र कहिलेकाही खेलहरू पनि बनाउने गर्दथे। थियोडरे लङभने त्यति खेर पनि परीक्षणकालमा रहेका थिए। नोभेम्बर १६ मा को एक शृङ्खलामा, म्याकमेनले आफ्ना अतिथि आयोजक रोडि पिपरलाई बोलाएका थिए जसले म्याडिसन स्क्वायर गार्डेनमा म्याकमेनसँग खेलको अपेक्षा गरेका थिए। म्याकमेनले उक्त प्रस्तावलाई अस्विकार गर्दै खेलबाट सन्यास लिने निर्णयको घोषण गरेका थिए।[८५][८६]

जनवरी ४, २०१० को मा म्याकमेन पुन मा फर्किएका थिए जसमा आफ्ना विशेष अतिथि ब्रेट "द हिटम्यान" हर्टसँग आम्ने साम्ने गरेका थिए। सो घटना सन् १९९७ को सरभाइभर सेरिजमा भएको मोन्ट्रिएल स्क्रुजब पछि पहिलो पटक टेलिभिजनमा देखाइएको थियो। उनले मोन्ट्रिएल स्क्रुजबको बन्चरोलाई गाड्ने कुरा बताएका थिए। उनीहरू दुई जना सो बन्चरोलाई गाडि हात समेत मिलाएका थिए चर म्याकमेनले उनलाई कम्मरमा प्रहार गर्दै रङ्गमञ्चबाट निस्किएका थिए। उपस्थित दर्शकहरूले भने "यु स्क्रिउड ब्रेट" (अङ्ग्रेजी) भन्दै उनको निन्दा गरेका थिए।[८७] उनीहरू दुई बिचको खेल रेसलमेनिया २६ मा हुने तय गरिएको थियो। उक्त नो होल्ड ब्यारेड लम्बरज्याक म्याचमा ब्रेट हर्टले म्याकमेनलाई पराजित गरेका थिए। ३१ मे को मा म्याकमेन पुन मा फर्किँदै ब्रेट हर्ट महाप्रबन्धक बनेको उपलक्ष्यमा बधाई ज्ञापन गरेका थिए। जुन २२ को मा म्याकमेनले एनएक्सटिका नयाँ समूह नेक्ससको बारेमा केही कदम नचालेको भन्दै उनीबाट को महाप्रबन्धकको पद खोसेका थिए। सोही रात, म्याकमेनले नयाँ महाप्रबन्धकको पदमा कुनै एकलाई पद दिने घोषण गरेका थिए र उनले निर्णय इमेल मार्फत गर्ने बताएका थिए जो चाँही माइकल कोलले पढ्ने बताइएको थियो। महाप्रबन्धकको पहिलो निर्णय भने म्याकमेन उक्त रात पर्ने सेमस र जोन सिना बिचको खेलमा विशेष अतिथि रेफ्री बनेका थिए। खेलको बिचमै नेक्ससका सबै सदस्यहरू त्यहाँ आइ खेललाई रोकेर म्याकमेनलाई हमला गरेका थिए। त्यसपश्चात म्याकमेन नोभेम्बर १ को को एक खण्डमा देखा परेका थिए जहाँ उनी नेक्ससको हमला पछि कोमामा पुगेका थिए। उनी कोमाबाट निस्किएपछि, उनलाई उपचार गर्ने चिकित्सकले उनमाथि के भएको सबै कुरा बताएका थिए। उक्त भिडियोको खण्ड भने हिँडिरहेकी स्टेफिनि म्याकमेनलाई देखाइएको थियो र उनले त्यो सबै एक सपना भएको खुलासा गरेकी थिइन्।

फाटफुट उपस्थिति (सन् २०११–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०११ को सुरुवातमै, म्याकमेन पुन डब्ल्युडब्ल्युई रिङबाट टाढा गई आफ्नो कार्यकारी भूमिका र डब्ल्युडब्ल्युईको संयुक्त क्षेत्र र दृश्य पछाडि काम सुरु गरेका थिए।

जुन २७ को को एक शृङ्खलामा, सिएम पङ्कले (अमेरिकी कुस्ती खेलाडी) डब्ल्युडब्ल्युई जुन हिसाबले सञ्चालन भइ रहेको त्यो एकदमै गलत रहेको र म्याकमेनको भूमिकालाई कडा निन्दा गर्दै आफ्ना भनाइहरू व्यक्त गरेका थिए। त्यसपश्चात म्याकमेनले उनलाई डब्ल्युडब्ल्युईबाट प्रतिबन्ध गरेका थिए तर मनि इन द बैङ्क नामक डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रममा उनको खेल डब्ल्युडब्ल्युई विश्व विजेता जोन सिनासँग हुने भएकाले उनले फेरि प्रतिबन्ध फुकुवा गरेका थिए। सो कार्यक्रममा, म्याकमेन र उपाध्यक्ष जोन लाउरीनाइटिस्ले उक्त खेलमा घुसपैठ गरेतापनि सिएम पङ्कले जोन सिनालाई हराई उनी डब्ल्युडब्ल्युई विश्व विजेता बन्न सफल भएका थिए। अर्को ट्रिपल एच मा फर्किएका थिए। उनले डब्ल्युडब्ल्युई निर्देशन विभागको आदेशमा, म्याकमेनलाई स्म्याकडाउन सञ्चालन गर्नबाट प्रतिबन्ध गरिदिएका थिए तथापि ट्रिपल एचले उनलाई निर्देशन विभागका अध्यक्षको रूपमा निर्वाचित गरिदिएका थिए। ट्रिपल एच आफू डब्ल्युडब्ल्युईका प्रमुख परिचालन अधिकारी बन्ने घोषण गरेका थिए।[८८] म्याकमेन अक्टोबर १० को मा फर्किँदै ट्रिपल एचलाई सञ्चालन गर्नबाट प्रतिबन्ध गर्का थिए। उनले ट्रिपल एच प्रमुख परिचालन अधिकारी बनेकोमा कम्पनीको आर्थिक अवस्थामा विनाशकारी परिवर्तन गरेको कुरा बताएका थिए र उनले पछिल्लो हप्ता गरिएको मतदानमा डब्ल्युडब्ल्युईमा कार्यरत कर्मचारीहरूले निर्धक्क नभई मतदान गरेको कुरा बताएका थिए। उनले त्यस लगत्तै जोन लाउरीनाइटिस्लाई का अन्तरीम महाप्रबन्धकको रूपमा निर्वाचित गरेका थिए।[८९] जून ११, २०१२ मा, म्याकमेन, जोन लाउरीनाइटिसको कामको मुल्याङ्कन गर्नको लागि डब्ल्युडब्ल्युईमा फर्किएका थिए। जोन सिनाबिग शोसँग उनको तनाव बढिरहेको बेला बिग शोले झुक्किएको उनलाई नकआउट पञ्च प्रहार गर्छन् जसले गर्दा म्याकमेनले नो वे आउटमा बिग शो र जोन सिनाको बीचमा खेल हुने घोषण गर्छन् र उक्त खेलमा यदी बिग शोले जोन सिनालाई पराजित गर्न नसकेमा जोन लाउरीनाइटिस को प्रवन्धको रूपमा काम गर्न नपाउने वा काम छोड्न पर्ने कुरा पनि बताउँछन्। नो वे आउटमा परेको स्टिल केज म्याचमा जोन सिनाले बिग शोलाई पराजित गर्छन् र जसले गर्दा म्याकम्नले जोन लाउरीनाइटिसलाई को प्रवन्धकबाट निकालिदिन्छन्।

पछि रको १०००अौँ शृङ्खलामा, म्याकम्नले एजे लीलाई कि नयाँ प्रवन्धकको रूपमा नियुक्त गरेका थिए र अगष्ट ३ को स्म्याकडाउनको एक शृङ्खलाकमा म्याकमेनले बुकर टिलाई पनि स्म्याकडाउनका प्रवन्धकको रूपमा नियुक्त गरेका थिए। अक्टोबर ८ को एक शृङ्खलामा, सिएम पङ्कले म्याकमेनले बोलिरहेकको बेलामा आई उनको सामना गरेका थिए। म्याकमेनले पङ्कलाई खेलको चुनौती दिन्छन् र यदी उनले अस्वीकार गरेको खण्डमा उनलाई डब्ल्युडब्ल्युईबाट निकालिदिने कुरा बताएका थिए। उनीहरू बीचको खेल आधिकारिक रूपमा सुरु हुन नपाउँदै उनीहरू बीच हात हालाहाल हुन्छ र जसले गर्दा सिएम पङ्कले उनलाई जिटिएस प्रहार गर्न खोज्दा राइब्याक र जोन सिना आई उनको उद्दार गरेका थिए। सो घटना पश्चात्, हेल इन द सेल नामक डब्ल्युडब्ल्युईको एक वार्षिक कार्यक्रममा, म्याकमेनले सिएम पङ्क विरुद्धमा खेल राखेका थिए।[९०]

सन् २०१३ को रोयल रम्बलको सुरुवात हुने ताका, म्याकमेनले द रक र सिएम पङ्कको खेलमा द सिल्ड (कुस्ती समूह) को घुसपैठ रहेको खण्ड सिएम पङ्कले उनको उपाधि धुमाउनु पर्ने बताएका थिए। खेलमा, बत्ती अचानक निभेको थियो र द रकलाई सिल्डले आक्रमण गरेका थिए र सोही कारण द रकले खेल गुमाउन पुगेका थिए।[९१] भिन्स पुन: उपस्थिति भए र खेललाई पुन: सञ्चालन गरेका थिए जसमा द रकले सिएम पङ्कलाई हराएका थिए। अर्को हप्ताको मा, पल हेमेनको अन्तर्वार्ताको क्रममा उनका सहयोगी ब्रक लेसलरले भिन्सलाई आक्रमण गरी एफ फाइभ प्रहार गरेका थिए। डब्ल्युडब्ल्युईका अनुसार, म्याकमेन उक्त हमलाका कारण विभिन्न चोटपटक आएको र सल्यक्रियाको आवश्यक रहेको जनाएको थियो। सोही घटनाका कारण उनको र पल हेमेनको खेल परेको थियो जसमा ब्रक लेसनर पुन: उपस्थित भएका थिए र उनको सामना गर्न ट्रिपल एच पनि आएका थिए जसका कारण उनीहरूको भिडन्त परेको थियो। यस घटना पश्चात्, ट्रिपल एच र ब्रक लेसनरको रेसलमेनिया २९ मा खेल परेको थियो। जुन २०१३ देखि, म्याकमेन परिवार डब्ल्युडब्ल्युईको नियन्त्रणमा झगडा गरिरहेका थिए। पछि, ट्रिपल एच र स्टेफिनीले द अथोरिटी (अनुवाद-शासनाधिकारी) को सृजना गरेका थिए।[९२]

म्याकमेन ३ नोभेम्बर २०१४ को को एक शृङ्खलामा फर्किएका थिए र उनले यदि सर्भाइभर सिरिजमा, जोन सिनाको टोली सिनाले टोली अथोरिटीलाई पराजित गरेको खण्डमा द अथोरिटिको शक्ति र बल गुम्ने बताएका थिए।[९३] टोली सिनाले उक्त खेल जितेको थियो। म्याकमेन १४ डिसेम्बर २०१५ को, रको एक शृङ्खलामा पुन: फर्किँदै टोली अथोरिटीको पक्षमा गएका थिए र उनले टिएलसीमा रोमन रेन्जले ट्रिपल एचलाई आक्रमण गरेको बारेमा जान्नका लागि उनको सामना गरेका थिए।[९४] म्याकमेनले रोमन रेन्जलाई डब्ल्युडब्ल्युई विश्व विजेताका लागि सेइमससँग खेल हुने र यदि रोमन रेन्जले खेल गुमाएको खण्डमा उनलाई निस्कासन गरिने जनाएका थिए। खेलको समयमा, म्याकमेनले उनीहरूको।खेलमा घुसपैठ गर्दै उनलाई झुक्याएका थिए जसका कारण रोमन रेन्जले उनलाई आक्रमण गरेका थिए र उक्त खेल रोमनले जित्नै पुन: अर्को पटक विश्व विजेता बनेका थिए। २८ डिसेम्बरको रमा म्याकमेनले एक अधिकारीलाई आक्रमण गरेको भन्दै पक्राउ गरिएको थियो।[९५] ४ जनवरी २०१६ मा, म्याकमेनले पुन: अर्को पटक भएको सेइमस र रोमन रेन्जको खेलमा अतिथि निर्णायकको भूमिका निर्वाह गरेका थिए , उक्त खेलमा उनी घाइते हुन पुगेका कारण अर्का निर्णायकले निर्णय लिँदै रेन्जलाई विजयी बनाइदिएका थिए। उनको योजना असफल भएपछि, उनले रोमन रेन्जको उपाधिलाई आगामी सन् २०१६ को रोयल रम्बलमा रक्षा गर्नु पर्ने बताएका थिए। रोयल रम्बलमा ट्रिपल एचले बाजी मारेका थिए र उनले उपाधि खोसिन पुगेको थियो।[९६]

२२ फेब्रुअरीको को एक शृङ्खलामा, म्याकमेनले पहिलो "भिन्सेन्ट जे म्याकमेन" उत्कृष्ट देन पुरस्कार उनकी छोरी स्टोफिनीलाई प्रदान गर्नै लाग्दा उनका छोरा सेन म्याकमेनले उनलाई रोकेका थिए जहाँ उनी ६ वर्ष पश्चात् डब्ल्युडब्ल्युईमा फर्किएका थिए। उनले रको नियन्त्रण आफ्नो पक्षमा हुनु पर्ने माग राखेका थिए।[९७] यसले गर्दा भिन्सले उनका छोरा सेनका लागि द अन्डरटेकरसँग रेसलमेनिया ३२ मा, हेल इन अ सेल (एक खेलको प्रकार जहाँ प्रतिस्पर्धीहरू जाली भित्र थुनिएर कुस्ती खेल्ने गर्छन्) मा हुने बताएका थिए र यदि सेनले उक्त खेल जितेको खण्डमा द अन्डरटेकर आगामी रेसलमेनियाका लागि पूर्णरूपमा सहभागी हुन नपाउने शर्त रहेको थियो। ४ अप्रिलको को एक शृङ्खलामा, म्याकमेनले उनको छोराको हिजो भएको खेलको पूर्वावलोकन गरेका थिए। सेन यहीँ आएर उनीसँग बिदा मागेका थिए जसले गर्दा सेनले डब्ल्युडब्ल्युईको अर्को ब्रान्ड द नाइट सो सञ्चालनको अनुमति दिएका थिए। त्यसको केही हप्तासम्म सेनले सञ्चालन गरिरहेका थिए र भिन्स म्याकमेन आई सेन र स्टेफिनीले संयुक्त रूपमा को नियन्त्रण गर्ने घोषण गरेका थिए। [९८] ३ अप्रिल २०१७ को, को एक शृङ्खलामा, म्याकमेन पुन: फर्किँदै रको नयाँ महाप्रबन्धक जिम्मेवारी कर्ट एङ्गललाई दिइएको बताएका थिए। ५ सेप्टेम्बरमा म्याकमेन स्म्याकडाउनको १२औँ शृङ्खलामा, उपस्थिति हुने बताइएको थियो। उक्त कार्यक्रमको अन्त्यमा, केभिन ओवेन्सले सेनले आक्रमण गरेको विषयमा लिएर भिन्सले उनको सामना गरेका थिए। म्याकमेन, केभिन ओवेन्सले उनका परिवार प्रति व्यक्त गरेको नराम्रा वाक्यहरूका प्रति रिसाएका थिए।[९९] सेनलाई पछि, निलम्बन गरिएको थियो। उनका छोरा सेन म्याकमेनलाई हेल इन अ सेल नामक कार्यक्रमकम लागि पुन: बोलाइएको थियो। ओवेन्सले उल्टै भिन्स म्याकमेनलाई आक्रमण गरी घाइते बनाइदिएका थिए। कर्मचारी, निर्णायक र अन्य व्यक्तिहरूको उपस्थितिमा पनि उनले भिन्सलाई कुटपिट गरिरहेका थिए र उनलाई घाइते नै बनाएका थिए। केही क्षणमै स्टिफिनी त्यहाँ उपस्थिति भई उनका बुबालाई सहयोग गरेकी थिइन्।[१००]

२२ जनवरी २०१८ मा, म्याकमेन को २५औँ वार्षिकोत्सबमा देखा परेका थिए र उनले सम्पूर्ण डब्ल्युडब्ल्युईको नाममा सम्बोधन गरेका थिए। उनलाई पछि, स्टोन कोल्डले रिङमा नै आई उनलाई स्टनर (कुस्तीको एक चाल) प्रहार गरेका थिए। १२ मार्चमा, उनी पर्दा पछाडि देखिएका थिए र रोमन रेन्जले गरेको हर्कतका कारण उनी केही समयका लागि कम्पनीबाट निलम्बन हुने बताएका थिए। स्म्याकडाउनको १०००औँ शृङ्खलामा, म्याकमेन पुन: फर्किएका थिए।[१०१] १७ डिसेम्बर २०१८ को को एक शृङ्खलामा, म्याकमेन उनका छोरा सेन, उनकी छोरी स्टेफिनी र उनका ज्वाई ट्रिपल एचसँग फर्किएका थिए र खेलाडीहरूलाई स्थानान्तरण गरिने बताएका थिए। म्याकमेन उनीहरूले स्म्याकडाउन संयुक्त रूपमा सञ्चालन गर्ने घोषण गरेका थिए।[१०२]

संयुक्त राज्य कुस्ती सङ्घ[सम्पादन गर्नुहोस्]

मिस्टर म्याकमेनको चरित्र पहिलोपटक देखिए पछि, म्याकमेन डब्ल्युडब्ल्युएफ (हाल डब्ल्युडब्ल्युई) मा, खलनायकको रूपमा देखिएका थिए। सन् १९९३ मा, उनी जेरी ल्वेरसँग विश्व कुस्ती सङ्घ र संयुक्त राज्य कुस्ती सङ्घमा गरी दुई पक्षीय पदोन्नतिका लागि द्वन्द्व गरिरहेका थिए। म्याकमेनले जेरी ल्वेरको " व्यावसायिक कुस्तीको राजा"को रूपबाट च्युत गर्नका लागि विभिन्न कुस्ती खेलाडीहरूलाई मेम्फिस सहर पठाएका थिए। यसले गर्दा उनले आफूलाई पहिलो पटक एक खेलमा सहभागी गराएका थिए। यस भन्दा अघि उनले रिङ बाहिरबाट नै उनीलाई हमला वा झुक्याउने काम गर्दथे।[१०३] म्याकमेनलाई त्यतिबेलमा, विश्व कुस्ती सङ्घको मालिक रहेको भनेर स्वीकार गरिएको थिएन र उनीहरूको द्वन्द्वलाई पनि दूरदर्शनहरूमा प्रस्तुत गरिएको थिएन। उनीहरू दुई जानै रेन्डी स्याभेजको साथ सुपरस्टार्सका लागि रिङ बाहिर टिप्पणीकर्ताको भूमिका निभाउने गर्दथे।[२५] उक्त द्वन्द्वका कारण जेरी ल्वेर र ब्रेट हर्टको समरस्ल्याममा खेल परेको थियो। उक्त द्वन्द्व ताताङ्काले जेरी ल्वेरलाई पराजित गरी संयुक्त राज्य कुस्ती सङ्घको उपाधि हात पारेसँगै अन्त्य भएको थियो। जेरी ल्वेरले एउटी किशोरीलाई बलात्कार गर्न प्रयास गरेको समाचार बाहिरिएसँगै उनलाई डब्ल्युडब्ल्युएफबाट निलम्बन गरिएको थियो। उक्त किशोरीले उक्त घटना झुठो भएको भनेपछि, उनी पुन: फर्किएका थिए।[१०४]

अन्य सञ्चार माध्यमहरूमा[सम्पादन गर्नुहोस्]

सन् २००१ मा, म्याकमेनलाई प्लेब्याई नामक कम्पनीले अन्तर्वार्ता लिएको थियो। उनले छोरा सेनका साथ उक्त अन्तर्वार्तामा सहभागी भएका थिए।[१०५] सन् २००६ को मार्चमा उनी ६० वर्षको उमेर हुँदा, उनी मसल्स एन्ड फिटनेस नामक पत्रिकाको आवरणमा देखिएका थिए। मार्च २०१५ मा, उनी ६९ वर्षको छँदा उनी पुन: अर्को पटक मसल्स एन्ड फिटनेसको पत्रिकाको आवरणमा देखम परेका थिए।[१०६]

चलचित्रमा[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१४ स्कुवाई-डु! रेसलमेनिया मिस्ट्रि मिस्टर म्याकमेन आवाज
सन् २०१५ द फ्लिन्टस्टोन एन्ड डब्ल्युडब्ल्युई: स्टोन एज स्म्याकडाउन! मिस्टर म्याकमेन आवाज
सन् २०१६ चाम्प डब्ल्युडब्ल्युई मिस्टर म्याकमेन आवाज
सन् १०१६ स्कुबाई-डु! एन्ड डब्ल्युडब्ल्युई: कोर्स अफ द स्पिड डिमोन मिस्टर म्याकमेन आवाज
सन् २०१७ सर्फ अप टु: रेसलमेनिया मिस्टर म्याकमेन आवाज
सन् २०१७ द जेटसन एन्ड डब्ल्युडब्ल्युई: रोबो-रेसलमेनिया! मिस्टर म्याकमेन आवाज

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

म्याकमेन जोन डब्ल्यु ट्रोक्सेल, ट्रिपल एच र छोरा सेनको साथ छलफल गर्दै

परिवार[सम्पादन गर्नुहोस्]

म्याकमेनले २६ अगस्ट १९९६ मा, लिन्डा म्याकमेनसँग विवाह गरेका थिए। उनीहरू भेट लिन्डा १३ र उनी १६ वर्ष छँदा एक गिर्जाघरमा भएको थियो। त्यतिबेला उनी, भिन्स लुपटनको नामले चिनिन्थे जो उनको सौतेनी बुबाको थर थियो। उनीहरूलाई भिन्सकी आमा भिकी एच लुपटनले परिचित गराएकी थिइन्। उनीहरूको दुईवटा सन्तान सेन र स्टेफिनी छन्। दुबैले डब्ल्युडब्ल्युई/डब्ल्युडब्ल्लुएफमा लामो समय बिताइसकेका छन्। उनका छोरा सेनले १ जनवरी २०१० (सन् २०१६ मा पुन: फर्किएका थिए) कम्पनी छोडेका थिए भने उनकी छोरी स्टेफिनीले विभिन्न भूमिका निर्वाह गरेकी थिइन्। म्याकमेनका दाजु रोडरिक जेम्स म्याकमेन, भने कुस्तीसँग सम्बन्धित छैनन्। म्याकमेनका ६ वटा नातिनातिना छन् जहाँ सेनका ३ वटा छोरा र स्टेफिनीको ३ वटा छोरी छन्।[१०७]

धन र दान[सम्पादन गर्नुहोस्]

सन् २००६ सम्म, म्याकमेनको करोड २० लाख बराबरको घर रहेको छ।[१०८] उनको घन सम्पत्ति १.१ अर्ब अमेरिकी डलर रहेको बताइएको छ। [१०९] उनी सन् २००१ यता अर्बपति बनेका थिए। तथापि, उनको सम्पत्ति सन् २००२ देखि २०१३ सम्म घटेको थियो।[१०९][११०] सन् २०१४ मा, उनको अनुमानित कुल सम्पत्ति १.२ अर्ब अमेरिकी डलर रहेको थियो। १६ मे २०१४ मा, कम्पनीको उतारचढावका कारण म्याकमेनको घन ७५ करोड घटेको अनुमान गरिएको थियो। [१११] सन् २०१५ मा, उनी पुन: १.१ अर्ब अमेरिकी डलरका साथ अर्बपतिको सूचीमा आएका थिए।[११२] सन् २०१८ मा, उनको घन ३.६ अर्ब अमेरिकी डलर पुगेको थियो।[१११][११३]

म्याकमेन र उनकी श्रीमतीले गणतान्त्रिक दलहरूलाई दान गरेका थिए।[११४] सन् २०१४ मा, उनीहरूले १० लाख अमेरिकी डलर सङ्घीय उमेदवार र राजनितीक समितिलाई दान गरेका थिए।[११५] म्याकमेन र उनको परिवारले डोनाल्ड ट्रम्पको कोष लाई ५० लाख अमेरिकी डलर दान गरेका थिए।[११६] सन् २००८ मा, उनले विभिन्न सैनिक विद्यालयहरूमा गरी ८० लाख अमेरिकी डलर दान गरेका थिए।[११६] म्याकमेनले सन् १९८६ देखि, विशेष ओलम्पिक समितिलाई दान गरेका थिए।[११७]

बलात्कार र यौन उत्पीडनको आरोप[सम्पादन गर्नुहोस्]

१६ जुलाई १९८६ मा, विश्व कुस्ती सङ्घकी सम्भवतः प्रथम निर्णायक रिटा मारिले, म्याकमेनले उनलाई जबर्जस्ती करणी गरेको र उनमाथि मुख मैथुन गर्ने प्रयास गरेको र उनले अठेर गरेपछि उनलाई बलात्कार गरिएको दावी गरेकी थिइन्।[११८] १ फेब्रुअरी २००६ मा, म्याकमेनलाई फ्लोरिडाको बोका रटनमा, कामदारद्वारा यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो।[११९] सुरुमा, यस आरोप बदनाम गरिएको देखिन्थ्यो किनभने म्याकमेन त्यसबेला सन् २००६ को रोयल रम्बलको लागि मियामीमा रहेकम थिए।[१२०] कथित घटना रोयल रम्बलको दिनमा प्रहरी समक्ष उजुरी गरिएको थियो, तर वास्तवमा उक्त घटना अघिल्लो दिन भएको बनेर स्पष्ट पारिएको थियो।[१२१] २५ मार्च मा, म्याकमेन विरुद्ध अनुसन्धानको परिणामको रूपमा कुनैपनि अभियोग दर्ता गरिएको थिएन। [१२२]

कुस्तीमा[सम्पादन गर्नुहोस्]

  • अन्तिम चाल
    • पेडिग्री (डबल अन्डरहुक फेसबस्टर) - ट्रिपल एचको दखासिखि
    • पीपुल्स एलबो / कर्पोरेट एलबो (प्रतिस्पर्धीको छातीमा कुहिनाको प्रहार द रक को देखासिखि
    • लेग ड्रप - हल्क होगन
    • म्याकमेन स्टनर - "स्टोन कोल्ड" स्टिभ अस्टिनको देखासिखि
  • उपनाम
    • द बोस
    • द जेनेटिक ज्याकह्यामर
  • प्रवेश सङ्गीत
    • "नो चान्स इन हेल"

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

म्याकमेन इसिडब्ल्यु विश्व विजेताको रूपमा, सन् २००७ मा
म्याकमेनको तारा अङ्कित, हलिवुड वाक अफ फेम
  • व्यावसायिक कुस्ती हल अफ फेम
    • सन् २०११ को सदस्य[१२३]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • वर्षको दुश्मनी (सन् १९९६) विरुद्ध एरिक बिसफ[१२४]
    • वर्षको दुश्मनी (सन् १९९८, १९९९) विरुद्ध स्टोन कोल्ड स्टिभ अस्टिन बिरुद्ध[१२४]
    • वर्षको दुश्मनी (२००१) सेन म्याकमेन बिरुद्ध[१२४]
    • वर्षको उत्कृष्ट खेल (२००६) सन माइकल्सको बिरुद्ध, रेसलमेनिया २२ मा[१२५]
  • विश्व कुस्ती मनोरञ्जन
    • इसिडब्ल्यु विश्व विजेता (१ पटक) [१२६]
    • डब्ल्युडब्ल्युएफ विश्व विजेता (१ पटक)[१२७]
    • रोयल रम्बल (सन् १९९९)[१२८]
  • रेस्लिङ अब्जरभर न्युजलेटर पुरस्कार
    • उत्कृष्ट बुकर (१९८७, १९९८, १९९९)
    • उत्कृष्ट प्रर्वतक (१९८८, १९९८–२०००)
    • उत्कृष्ट गैर कुस्ती खेलाडी (१९९९, २०००)
    • वर्षको दुश्मनी (१९९८, १९९९) बिरुद्ध स्टोन कोल्ड स्टिभ अस्टिन
    • सबैभन्दा आपत्तिजनक (१९८३–१९८६, १९९०, १९९३)[१२९]
    • वर्ष सबैभन्दा खतरनाक द्वन्द (सन् २००६) सेन म्याकमेन विरुद्ध डि-जेनेरेसन एक्स (सन माइकल्स ट्रिपल एच)
    • रेस्लिङ अब्जर्भर न्युजलेटर हल अफ फ्रेम १९९६ का सदस्य

अन्य पुरस्कार र सम्मानहरू[सम्पादन गर्नुहोस्]

  • ब्वाइज एण्ड गल्स्स क्लब अफ अमेरिका हल अफ फ्रेम (२०१५ का सदस्य)[१३०]
  • गिनिज विश्व किर्तिमान – वृद्ध डब्ल्युडब्ल्युई विजेता (सेप्टेम्बर १९९९)[१३१]
  • डक्टर अफ ह्युम्यान लेटर्स, स्केर्ड हर्ट विश्वविद्यालयबाट[१३२][१३३]
  • स्टार अन द हलिवुड वाक अफ फ्रेम

लुच्चा दे अपुस्ता तथ्याङ्क[सम्पादन गर्नुहोस्]

जित्ने हार्ने स्थान कार्यक्रम मिति टिप्पणी
बबि लास्लि
(डोनाल्ड ट्रम्पको कपाल)
उमागा
(भिन्स म्याकमेनको कपाल)
डेट्रोइट, मिसिगन रेसलमेनिया २३ अप्रिल १, २००७ यो खेललाई (अङ्ग्रेजीमा) "ब्याटल अफ बिलिनियर्स" (नेपालीमा - अरबपतिको भिडन्त) पनि भनिएको छ। स्टोन कोल्ड स्टिभ अस्टिन विशेष अतिथि निर्णायकको रूपमा सेवा गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भिसेन्ट म्याकमेन फोर्ब्समा जानकारी पृष्ठ" 
  2. "आईजिएन: भिन्स म्याकमेनको जिवनी", आइजिएन डटकम, मूलबाट नोभेम्बर १६, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २००७  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १६, २००७ मिति
  3. "भिन्स म्याकमेनको जिवनी", स्ल्याम! स्पोर्ट्स।  = Archive.today अभिलेखिकरण २०१२-०६-२९ मिति
  4. "आइरिस", आइरिस इक्ज्यामिनर, सेप्टेम्बर २०, २०१३। 
  5. ५.० ५.१ ५.२ हर्नबेकर, टिम (२००७), राष्ट्रिय कुस्ती एलाएन्स, इसिडब्ल्यु प्रेस। 
  6. "प्लेबोइ अन्तरबार्ता: भिन्स म्याकमेन"। प्लेबोइ। फेब्रुअरी २००१। पृष्ठ ६०। 
  7. "प्लेबोइ अन्तरबार्ता: भिन्स म्याकमेन", प्लेबोइ: ६१, फेब्रुअरी २००१। 
  8. "डिस्लेक्सिया टिभी", डिस्लेक्सिया, अन्तिम पहुँच सेप्टेम्बर १५, २००८  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०९-२४ मिति
  9. "चर्चित डिस्लेक्सिया", डिस्लेक्सिया मेन्टोर, मूलबाट सेप्टेम्बर २१, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २००८ 
  10. १०.० १०.१ म्याकमेन डिभिडि
  11. हर (२०१५)। "रेस्लिङ"। लुलु डटकम। पृष्ठ ३५।  अज्ञात पारामिटर |प्रम1=उपेक्षा गरिएको छ (मद्दत)
  12. किलबेरर, एन्जी प्याटरसन (२००३), म्याकमेन: भिन्स म्याकमेन र उनको परिवार, क्यापस्टोन प्रेस, पृ: १५, आइएसबिएन 0-7368-2143-0 
  13. १३.० १३.१ ग्रस, जोस (जुन ९, २००६)। "अलि भर्सेस इनोकि"। बेल बला बुक्स, इङ्क – गुगल पुस्तक-को माध्यमबाट। 
  14. "डब्ल्युडब्ल्युई निर्देशन विभाग"डब्ल्युडब्ल्युई  अज्ञात पारामिटर |पहुँतमिति=उपेक्षा गरिएको छ (मद्दत)
  15. "म्याकमेनको कथा", अक्टोबर १, २०१०।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०५ मिति
  16. १६.० १६.१ "भिन्स म्याकमेनको जिवनी", डब्ल्युडब्ल्युइ कर्पोरेट, मूलबाट डिसेम्बर १५, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-१५ मिति
  17. १७.० १७.१ १७.२ "सरभाइभर सेरिज १९९७ को मेन इभेन्ट", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १४, २००८ 
  18. "डब्ल्युडब्ल्युएफले प्रतिद्वन्दी डब्ल्युसीडब्ल्युलाई खरिद गरेको छ", सिएनएन मनि, मार्च २३, २००१, अन्तिम पहुँच मार्च १२, २०१६ 
  19. बेकम्यान, स्कट (२००६), संयुक्त राज्य अमरिकामा पेशेवर कुस्तीको इतिहास, ग्रिनवुड पब्लिसिङ ग्रुप, पृ: १३९, आइएसबिएन 978-0275984014 
  20. सुलिभन, केभिन (२०१३), डब्ल्युडब्ल्युइ ५०, पृ: ३३। 
  21. डिल्बर्ट, रायन (जनवरी २५, २०१८), "भिन्स म्याकमेनले वर्ल्ड बडी बिल्डिङ फेडरेसनको स्थापना गरेका छन्", स्यालोन डटकम, अन्तिम पहुँच नोभेम्बर ७, २०२५ 
  22. बोलर्ट, एरिक (मे ११, २००१), "किन एक्सएफएल बन्द भयो?", स्यालोन डटकम, अन्तिम पहुँच अक्टोबर ३, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२५ मिति
  23. "अल्फा मनोरञ्जन", अल्फा मनोरञ्जनको आधिकारिक वेबसाइट, जनवरी २५, २०१८, अन्तिम पहुँच जनवरी २५, २०१८ 
  24. "समरर्ल्याम १९९३ आधिकारिक नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १४, २००८ 
  25. २५.० २५.१ चभिस, क्रिस, "Tatanka's Biography (Page 2)", नेटिभ ताताङ्का, मूलबाट डिसेम्बर २६, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २००८  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २६, २००७ मिति
  26. "जेरी लवेर – प्राय सोधिने प्रश्नहरू", रेसलभ्यु। 
  27. जिमरम्यान, क्रिस्टोफर, "डब्ल्युडब्ल्युएफ र इज वार २८.९.९८", स्ल्यास रेस्लिङ, अन्तिम पहुँच २००७-१२-२७ 
  28. २८.० २८.१ "सरभाइभर सेरिज १९९८ को मेन इभेन्ट", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १५, २००८ 
  29. २९.० २९.१ "कर्पोरेसन प्रोफाईफ", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १५, २००८ 
  30. "रक बटमको नतिजा", रेस्लिङ सुपरकार्ड एण्ड टुर्नामेन्ट्स, अन्तिम पहुँच जनवरी १५, २००८ 
  31. "१९९९ रोयल रम्बलका खेलहरू", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १५, २००८ 
  32. जिमरम्यान, क्रिसटोफर (जनवरी २५, १९९९), "र इज वारको पुर्वावलोकन", द अदर एरिना, मूलबाट फेब्रुअरी ९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-०९ मिति
  33. "सेन्ट भ्यालेन्टाइन्स डे मासाकेयरको नतिजा", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १५, २००८ 
  34. "फुल्लि लोडेड १९९९ नतिजाहरू", रेस्लिङ सुपरकार्ड्स एण्ड टुर्नामेन्ट्स, अन्तिम पहुँच जनवरी १६, २००८ 
  35. "आर्मएजडन १९९९ को आधिकारिक नतिजाहरू", डब्ल्युडब्ल्युई, मूलबाट मार्च १९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  36. ३६.० ३६.१ ३६.२ "र इज वारको नतिजा, २०००", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १६, २००८ 
  37. "रेसलमेनिया २००० को मेन इभन्टमा", डब्ल्युडब्ल्युएफ, मूलबाट फेब्रुअरी २०, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  38. "किङ अफ द रिङ सन् २००० का नतिजाहरू", रेस्लिङ सुपरकार्ड्स एण्ड टुर्नामेन्ट्स, अन्तिम पहुँच जनवरी १६, २००८ 
  39. "रेसलमेनिया १७ को आधिकारिक नतिजाहरू", डब्ल्युडब्ल्युई, मूलबाट नोभेम्बर १९, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  40. म्याकमेन बिरुद्ध म्याकमेन – रेसलमेनिया १७ खेलको पुर्वावलोकन युट्युबमा हेर्नुहोस् अभिगमन मिति अप्रिल १५,, २०१०
  41. "सरभाइभर सेरिज २००१ को मेन इभेन्ट", डब्ल्युडब्ल्युई, मूलबाट मार्च २६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  42. "डब्ल्युडब्फ्युएफ स्ल्यामडाउनको नतिजा", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच अगस्ट ९, २००९ 
  43. "रोयल रम्बल २००२ को आधिकारिक नतिजा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १६, २००८ 
  44. "र को नतिजा – जुन १०, २००२", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १६, २००८ 
  45. "स्म्याकडाउन! नतिजा – फेब्रुअरी १३, २००३", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १६, २००८ 
  46. "नो वे आउट २००३ को आधिकारिक नतिजा", डब्ल्युडब्ल्युई, मूलबाट फेब्रुअरी १९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  47. "रेसलमेनिया १९ को आधिकारिक नतिजा", डब्ल्युडब्ल्यु, अन्तिम पहुँच जनवरी १६, २००८ 
  48. "स्म्याकडाउन! नतिजा – जुलाई ३, २००३", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १६, २००८ 
  49. "स्म्याकडाउन! नतिजा – अक्टोबर २, २००३", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  50. "नो मर्सी २००३ विस्तारित सबै नतिजाहरू", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच अगस्ट २२, २०१५ 
  51. "भिन्स र स्टेफिनिको कुस्ती खेलको आधिकारिक भिडियो", डेल्लिमोसन, अन्तिम पहुँच डिसेम्बर २९, २०१८ [dead link]
  52. "नो मर्सी २००३ मुख्य कार्यक्रम", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  53. "साभाइभर।सेरिज २००३ आधिकारिक नतिजा", डब्ल्युडब्ल्युई, मूलबाट जनवरी २, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १७, २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  54. "एड्भान्टेज केन", डब्ल्युडब्ल्युई, डिसेम्बर २६, २००५, अन्तिम पहुँच जनवरी १५, २००८ 
  55. "रोयल रम्बल २००६ नतिजा", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १७, २००८ 
  56. "क्लबमा आबद्ध", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच फेब्रुअरी २७, २००६ 
  57. "सेन म्याकमेनले सन माइकल्सलाई पराजित गरेका छन् (स्ट्रिट फाइट)", डब्ल्युडब्ल्युई, मार्च १८, २००६, अन्तिम पहुँच जनवरी १७, २००८ 
  58. "सन माइकल्सले मिस्टर म्याकमेनलाई पराजित गरेका छन् (नो होल्ड ब्यारेड म्याच)", डब्ल्युडब्ल्युई, अप्रिल २, २००६, अन्तिम पहुँच जनवरी १७, २००८ 
  59. "मिस्टर म्याकमेन र सेनले, सन माइकल्स र "गड"लाई पराजित गरेका थिए", डब्ल्युडब्ल्युई, अप्रिल ३०, २००६, अन्तिम पहुँच जनवरी १४, २००८ 
  60. डि, लुई (मे १५, २००६), "झुक्याएर प्रहार", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  61. डि, लुइ (मे २२, २००६), "माफ स्विकार?", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  62. डि, लुई (जुन ५, २००६), "यसलाई चुम्मन गर", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  63. विलियम्स III, एड (जुन १२, २००६), "गनलेट हेन्डिम्याप म्याच", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  64. "मिस्टर म्याकमेनको प्रोफाइल", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच जनवरी १७, २००८ 
  65. हन्ट, जेन (अगस्ट २०, २००६), "डि एक्सकले भिन्स म्याकमेन र सेन म्याकमेनलाई पराजित गरेका छन्", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १८, २००८ 
  66. टेलो, क्र्ग (सेप्टेम्बर १७, २००६), "बिलियन डलर", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १८, २००८ 
  67. लुइ डि, "अरब पति बिचको खेल", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच मार्च २८, २००७ 
  68. ६८.० ६८.१ टेलो, क्रेग, "द 'मेन' इभेन्ट", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १४, २००८ 
  69. रोबिनसन, ब्रायन (अप्रिल २९, २००७), "इसिडब्ल्यु विजेता म्याकमेन", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  70. "मिस्टर।म्याकमेन पहिलो इसिडब्ल्यु विजेता बन्न सफल", डब्ल्युडब्ल्युइ, अन्तिम पहुँच जनवरी १८, २००८ 
  71. रोबिन्सन, ब्रायन (मे २०, २००७), "जजमेन्ट डेको नतिजा", डब्ल्युडब्ल्यु, अन्तिम पहुँच जनवरी १७, २००८ 
  72. रोबिनसन, ब्रायन (जुन ३, २००७), "इसिडब्ल्यु विजेता भिन्स म्याकमेनले आफ्नो उपाघि बचाइ राख्न सफल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १७, २००८ 
  73. "बिस्फोटना अद्यावधिक", डब्ल्युडब्ल्युई, जुन ११, २००७, मूलबाट जुन २१, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २००७  वेब्याक मेसिन अभिलेखिकरण जुन २१, २००७ मिति
  74. रोरी स्वेर्नि (जुन २६, २००७), "Vince McMahon’s hoax goes up in smoke", टाइम्स लिडर डटकम, मूलबाट जुन २३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  75. डेरेन रोभेल (जुन २०, २००७), "डब्ल्युडब्ल्युईका म्याकमेनको "मृत्यु"", सिएनबिसि डटकम, अन्तिम पहुँच जुलाई २, २००७ 
  76. अल्फन्सो ए. क्यासटिलो (जुन २६, २००७), "डब्ल्युडब्ल्युई क्रिस बेनोइट र उनका परिवारको मृत्यु", न्युज डे डटकम, मूलबाट जुलाई ५, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  77. "बेनोइटको मृत्यु", डब्ल्युडब्ल्युई, जुन २५, २००७, मूलबाट जुन २७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २५, २००७  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-०५ मिति
  78. "को नतिजा – अगस्ट ६, २००७", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच सेप्टेम्बर १२, २००७ 
  79. "को नतिजा – सेप्टेम्बर ३, २००७", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच सेप्टेम्बर १२, २००७ 
  80. "को नतिजा – सेप्टेम्बर १०, २००७", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच सेप्टेम्बर १२, २००७ 
  81. "म्याकमेनको मिलियन डलर उन्माद", स्पोर्टिङ न्युज डटकम, जनवरी १९, २०१९, अन्तिम पहुँच जुन २५, २००७ 
  82. "म्याकमेनको मिलियन डलर उन्माद", रेडिट, जनवरी १९, २०१९, अन्तिम पहुँच जुन २५, २००७ 
  83. "विग नाइट्स इन द बिग इजि", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच जनवरी ५, २००९ 
  84. "ब्याकल्यस २००९ को नतिजा", रेस्लिङ इङ्क डटकम, अन्तिम पहुँच फेब्रुअरी १०, २०० 
  85. "भिन्स म्याकमेनले रिङबाट आधिकारिक रूपमा सन्यास लिएका छन्", रेस्लिङ न्युज प्लस, अन्तिम पहुँच जनवरी ५, २००९ 
  86. "मिस्टर म्याकम्न चरित्रको समाप्ति", इन क्विस्टर डटकम, अन्तिम पहुँच जनवरी ५, २०१४ 
  87. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named us.wwe.com
  88. "म्याकमेनको निष्कासन", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच जुलाई १६, २०११ 
  89. "डब्ल्युडब्ल्युई सुपर सोको नतिजा: "लाउरीनाइटिस् युगको " सुरुवात", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच अक्टोबर १२, २०११ 
  90. टम मिडलटन (अक्टोबर १५, २०१२), "डब्ल्युडब्ल्युई रको नतिजा - सिएम पङ्कको हेल इन द सेलका प्रतिस्पर्धीको खुलासा", रेस्लिङ इङ्क डटकम, अन्तिम पहुँच अक्टोबर १५, २०१८ 
  91. "Mr. McMahon suffers broken pelvis due to Brock Lesnar attack", डब्ल्युडब्ल्युई डटकम, जनवरी २९, २०१३, अन्तिम पहुँच जनवरी २९, २०१३ 
  92. टेडेस्को, माइक, "WWE SMACKDOWN RESULTS - 7/19/13 (NEW SMACKDOWN GM)", WrestleView, अन्तिम पहुँच जुलाई १९, २०१३ 
  93. काल्डवेल, जेम्स, "CALDWELL'S WWE RAW RESULTS 11/3: Complete "virtual-time" coverage of live Raw - VKM returns on 3 Hour & 38 Minute Show, Rollins vs. Orton, U.S. Title match on WWE Network, more", PWTorch.com, अन्तिम पहुँच ४ नोभेम्बर २०१४ 
  94. वर्टमन, जेम्स, "Raw Five-Point Preview: Dec. 28, 2015", अन्तिम पहुँच डिसेम्बर २७, २०१५ 
  95. वर्टमान, जेम्स, "Raw Five-Point Preview: Dec. 28, 2015", अन्तिम पहुँच डिसेम्बर २७, २०१५ 
  96. "WWE Raw live results: Dec. 28, 2015", अन्तिम पहुँच डिसेम्बर २९, २०१५ 
  97. बेनिगो, एन्थोनी, "WWE World Heavyweight Champion Roman Reigns def. Sheamus", डब्ल्युडब्ल्युई डटका, विश्व कुस्ती मनोरञ्जन, अन्तिम पहुँच ४ जनवरी २०१५ 
  98. टेडेस्को, माइक, "WWE RAW Results - 1/4/16 (Reigns vs. Sheamus)", रेसलभ्यु, अन्तिम पहुँच ४ जनवरी २०१६ 
  99. "The McMahon Family Celebrates After Triple H's Historic Royal Rumble Victory - BenchWarmers"  Authors list-यो |पहिलो1= को |अन्तिम1= छैन (मद्दत)
  100. टेडेस्को, माइक, "WWE RAW Results - 2/22/16 (Shane McMahon returns)", रेसलभ्यु डटकम, अन्तिम पहुँच फेब्रुअरी २२, २०१६ 
  101. रटेडेस्को, माइक (अप्रिल ३, २०१७), "WWE RAW Results - 4/3/17 (Night after WrestleMania 33) - WWE News and Results, RAW and Smackdown Results, TNA News, ROH News" 
  102. "WWE SmackDown Results - Vince McMahon Attacked, Three Title Matches, New Champions Crowned, More - WrestlingInc.com", रेस्लिङ निगम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-०८ 
  103. "SummerSlam 1993 official results", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १४, २००८ 
  104. "Jerry Lawler – FAQ", रेसलभ्यु। 
  105. "प्लेब्वाई अन्तर्वार्ता: भिन्स म्याकमेन", प्लेब्वाई: 55–68, फेब्रुअरी २००१। 
  106. "WWE Chief Vince McMahon Is Still Making Gains" 
  107. "Heavy Muscle Radio/Access Bodybuilding: (1-3-11):TRIPLE H! Plus, Dr. Scott Connelly!", आरएक्स मसल, अन्तिम पहुँच जनवरी ३, २०११ 
  108. "Vince McMahon's house in Greenwich, CT (Google Maps)", फेब्रुअरी १९, २००८। 
  109. १०९.० १०९.१ म्याकमेन। विश्व कुस्ती मनोरञ्जन। २००६ – डिभिड-को माध्यमबाट। 
  110. "The running of the rich: Is wealth changing Connecticut politics?", by Ken Dixon, Stamford CT Advocate, अभिगमन मिति ३ जुलाई २०१०
  111. १११.० १११.१ "भिन्सेन्ट म्याकमेन", फोर्ब्स, अन्तिम पहुँच फेब्रुअरी १४, २०१८ 
  112. "WWE's Linda McMahon Seeks GOP Nod For Sen. Chris Dodd's Seat", द हर्टफोर्ड कुनेन्ट, सेप्टेम्बर १६, २००९, मूलबाट अक्टोबर १, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २००९ मिति
  113. "भिन्सेन्ट म्याकमेन" 
  114. बर्स, अलेक्सान्देर; टारिनि, पार्टि (मे २५, २०१४), "McMahon reemerges as mega-donor", पोलितिको, अन्तिम पहुँच मार्च २४, २०१६ 
  115. "Missing from Trump's list of charitable giving: His own personal cash", द वासिङ्टन पोस्ट, अप्रिल १०, २०१६, अन्तिम पहुँच अप्रिल ११, २०१६ 
  116. ११६.० ११६.१ रिक कोहेन, "@npquarterly | The Cohen Report | Linda McMahon's Nonprofit Non-Credentials", द ननफ्रोफिट क्वाटर्ली, अन्तिम पहुँच २०१०-०९-०४ 
  117. "WrestleMania in Connecticut", द विक्ली स्ट्यान्डर्ड, जुलाई १९, २०१०, अन्तिम पहुँच जुन १४, २०१६ 
  118. Assael, Shaun & Mooneyham, Mike (२००२), Sex, Lies, and Headlocks: The Real Story of Vince McMahon and the World Wrestling Federation (1st संस्करण), New York: Crown Publishers, पृ: 115–117, आइएसबिएन 0609606905, ओसिएलसी 49276567 
  119. Sex, Lies, and Headlocks: The Real Story of Vince McMahon and the World Wrestling Federation (1st संस्करण), New York: क्राउन, २००२, पृ: 115–117, आइएसबिएन 0609606905, ओसिएलसी 49276567 
  120. King, Dale (फेब्रुअरी ३, २००६), "WWE chief accused of groping Boca tanning salon worker", बोका रातोन समाचार, अन्तिम पहुँच जुलाई २, २००७  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २८, २००७ मिति
  121. Meltzer, Dave (फेब्रुअरी २, २००६), "McMahon situation to get more publicity", रेस्लिङ अब्जरभर न्युजलेटर, अन्तिम पहुँच जुलाई २, २००७ 
  122. "Digest", सन सेन्टिल, मार्च २५, २००६, अन्तिम पहुँच मार्च ९, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मार्च १०, २०१६ मिति
  123. "लवेर, म्याकमेन, रोड वरियर्स, कुस्तीका हल अफ फेम २०११ का आधिकारिक सदस्य बनेका छन्", पेशेवर कुस्ती हल अफ फेम, नोभेम्बर २६, २०१०, अन्तिम पहुँच नोभेम्बर २८, २०१० 
  124. १२४.० १२४.१ १२४.२ "कुस्तीको जानकारी – प्रो रेस्लिङ इलुस्टेटर पुरस्कार विजेताहरू– वर्षको द्वन्द्व", प्रो रेस्लिङ इलुस्टेटर, मूलबाट जुन १६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १८, २००७ 
  125. "रेस्लिङको जानकारी – प्रो रेस्लिङ इलुस्ट्रेटेड पुरस्कार विजेताहरू– वर्षको उत्कृष्ट खेल", प्रो रेस्लिङ इलुस्ट्रेटेड, मूलबाट जुन १६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  126. "इसिडब्ल्यु च्याम्पियनसिप आधिकारिक इतिहास", डब्ल्युडब्ल्युइ डटकम, अन्तिम पहुँच जुलाई १८, २००७ 
  127. "डब्ल्युडब्ल्युइका विभिन्न विजेताहरूको आधिकारिक इतिहास", डब्ल्युडब्ल्युइ डटकम, अन्तिम पहुँच जुलाई १८, २००७ 
  128. "रोयल रम्बल १९९९ नतिजा", पिडब्ल्युडब्ल्युइडब्ल्यु डट नेट, अन्तिम पहुँच अगस्ट २२, २००७ 
  129. मेल्टेजर, डेभ (जनवरी २२, १९९६), "जनवरी २२, १९९६:रेस्लिङ अब्जरभर न्युजलेटर (नतिजा) १९९५ रेस्लिङ अब्जरभर न्युजलेटर पुरस्कार, १९९५ रेकर्ड पुस्तिका र अरु बढि सामग्रीहरू", रेस्लिङ अब्जरभर न्युजलेटर 
  130. "४११ मेनिया - भिन्स म्याकमेन द द ब्वाइज एण्ड गल्स क्लब्स हल अफ फ्रेममा घोषित भएका छन्" 
  131. "वल्ड रेस्लिङ इन्टरटेन्मेन्टको उपाधि उचाल्ने सबैभन्दा बढि उमेरका विजेता" 
  132. ज्यामी डेलोमा (मे १४, २००७), "डब्ल्युडब्ल्युइका कार्यकारी", मूलबाट मे १७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १४, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  133. एन्ड्रयु रुट (मे १३, २००७), "मिस्टर म्याकमेन डाक्टर म्याकमेन बनेका छन्", अन्तिम पहुँच मे १४, २००७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]