डोकोमो प्यासिफिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोकोमो प्यासिफिक
उद्योगदूरसञ्चार
केन्द्रीय कार्यालयग्वाम
मुख्य व्यक्ति
रोड्रिक बोस (अध्यक्ष तथा कार्यकारी)
उत्पादनहरूमोबाइल, दूरदर्शन, इन्टरनेट, दूरभाष
मूल सङ्गठनएनटिटि डोकोमो
वेबसाइटआधिकारिक वेबसाइट

डोकोमो प्यासिफिक (जापानी: ドコモパシフィック) जापानी अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एनटिटि डोकोमोको पूर्ण स्वामित्वमा रहेको एक सहायक कम्पनी हो। मोबाइल सेवा, दूरदर्शन, इण्टरनेट र दूरभाष सेवाहरूलाई समावेश गर्न संयुक्त प्रस्तावहरूको साथ, डोकोमो प्यासिफिकले ग्वाम र उत्तरी मारियाना टापुमा सेवा प्रदान गर्ने गर्दछ। यो दूरसञ्चार र मनोरञ्जन सेवाहरूको सबैभन्दा ठूलो प्रदायक हो साथसाथै यसले क्षेत्रहरूमा सेनाहरूको स्थापना पनि गर्दछ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

तमुनिङमा प्रधान कार्यालय भएको यस कम्पनी, ग्वामसेल सञ्चार र हाफाटेलको समायोजित कम्पनी हो। यसलाई डिसेम्बर २००६ मा, जापानी कम्पनी एनटिटि डोकोमोले अधिग्रहण गरेको थियो जून जापानी सञ्चार कम्पनी निपोन टेलिग्राफ एण्ड टेलिफोनको एक सहायक कम्पनी हो।[२]

अधिग्रहणले एनटिटि डोकोमोलाई ग्वाममा यसको प्रविधि बाँडफाँड गर्ने अवसर प्रदान गरेको थियो जसमा डोकोमो प्यासिफिकमा उल्लेखनिय लगानी तथा वृद्धि समावेश छ। [३] अक्टोबर २००८ मा, डोकोमो प्यासिफिक ग्वामाा पहिलोपटक द्रुत गतिको साढे तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्ने पहिलो कम्पनी बनेको थियो। नोभेम्बर २०११ मा, डोकोमो प्यासिफिकले चौथो पुस्ता सञ्जाल सेवाको सुरुवात गरेको थियो भने यसले अक्टोबर २०१२ मा उन्नत चौथो पुस्ता सञ्जालको प्रक्षेपण गरेको थियो।[४]

अवलोकन[सम्पादन गर्नुहोस्]

ग्वाम ताररहित दूरभाष कम्पनी, (ग्वाम ताररहित वन ब्राण्ड नाम "हाफटेल") जसले मूल रूपमा ग्वाममा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको प्रयोग गरी मोबाइल फोन व्यवसाय चलाउँदछ। ग्वाम साइपानमा सिडिएमए प्रणाली प्रयोग गरेर मोबाइल फोन व्यवसायको पनि विकास गरेको छ।[५]

मार्च २००६ मा, एनटिटि डोकोमोले एक नयाँ स्थापना गरिएको लगानी नियन्त्रक कम्पनी मार्फत पूर्ण रूपमा ग्वामसेलको अधिग्रहण गर्ने घोषण गरेको थियो। ग्वामसेलले, गुवाम ताररहितको व्यापार स्थानान्तरणको रूपमा दुई कम्पनीहरूको एकीकरण गर्ने घोषणा गरेको थियो। सोही वर्षको नोभेम्बरमा सङ्घीय सञ्चार आयोगले यस अधिग्रहणलाई अनुमोदन गरेको थियो, र यसलाई आधिकारिक रूपमा जापानी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एनटिटि डोकोमोले अधिग्रहण गरेको थियो। अक्टोबर २००८ मा, ग्वाम सेलुलरको कम्पनी नाम परिवर्तन गरी हालको नाम डोकोमो प्यासिफिकमा राखिएको थियो। [६] यसले नोकिया, मोटोरोला, एचटिसी र ब्ल्याकबेरी जस्ता कम्पनीहरूसँग पनि सम्झौता गरेको छ। यसले ताररहित दूरसञ्चार सेवा प्रदान गर्ने उपकरण पेजरका निर्माताहरूसँग पनि सम्झौता गरेको छ। मे २०१३ मा, ग्वाममा केबल दूरदर्शन र इण्टरनेट सेवा सञ्चालन गर्ने कम्पनी एमसिभीलाई मोबाइल फोन, ल्याण्डलाइन आदि प्रदान गर्दै एक व्यापक दूरसञ्चार कम्पनी बन्ने उद्देशका साथ सेवा समायोजन गरिएको थियो।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]