ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०५-१०
स्वरूप

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन्। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन्। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। उहाँ कुनै शान्ति दुत थिएन।उहाँले सद मार्गको मार्गदर्शक हुनुहुन्थ्यो।
।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ।[२] तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन वर्तमान नेपालको रूपन्देही जिल्लाको लुम्बिनी= मा भएको थियो।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। भगवान गौतम बुद्धको इतिहास अनुसार उनी त्रिकल्पसम्म हजारौँ पूर्व जन्महरूमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे। कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी राजकुमार सिद्धार्थ भारतको विभिन्न ठाउँमा छ वर्षसम्म महान तपस्या गर्नुभयो। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। त्यसपछि शेष ४५ वर्षसम्म उहाँ भारत र नेपालका विभिन्न ठाउँ पुग्नुभइ दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र प्रवर्तन गर्नुभयो। (पूरा पढ्नुहोस्...)लेखको शिर्षकः गौतम बुद्ध, उच्च प्रदर्शित मिति: २०१७-०५-१०, जम्मा पृष्ठ दृश्य - ३०९
- ↑ L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
- ↑ The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
- ↑ नेपालको इतिहास र संस्कृति