ढाँचा:प्रमुख लेख/आम्पान महाचक्रवात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आम्पान बङ्गालको खाडी भन्दा माथि चरम तीव्रताको नजिक, १८ मे २०२०

आम्पान महाचक्रवात (बङ्गाली: ঘূর্ণিঝড় আম্পান) वा आम्फान महाचक्रवात हाल बङ्गालको खाडीमा सिर्जित एक भयानक आँधी वा चक्रवात हो जसको कारण पूर्वी भारत र बाङ्लादेशको तटीय क्षेत्रमा आँधीको खतरा रहेको छ। यो आँधी सन् २०२० को उत्तर हिन्द महासागरमा सिर्जित चक्रवातहरूको पहिलो उष्णकटिबन्धीय चक्रवात हो। यो चक्रवात सन् १९९९ मा आएको ओडिशा चक्रवात पछि बङ्गालको खाडीमा सिर्जित पहिलो महाचक्रवाती आँधी हो। सबैभन्दा पहिला यस आँधी हिन्द महासागरबाट सिर्जित भएको थियो भने पछि यो आँधी महाचक्रवातमा परिवर्तन भएको थियो। पहिलो दुई आँधीहरू बङ्गालको खाडीबाट सुरु भएका थिए भने यो पछि आम्पानको गतिमा पुगेको थियो। यस दुई आँधी मध्ये एकले भारतको ओडिशा राज्यमा प्रभाव पारेको थियो भने अर्कोले बङ्गलादेशको चट्टोग्राममा क्षति पुर्‍याएको थियो। (पूरा  पढ्नुहोस्...)